Home » Archives for September 2023 » Page 5
Monthly Archives

२०८० आश्विन ३, बुधबार १२:२०

यतिबेला माओवादी केन्द्रका केन्द्रीय सदस्य राजप्रसाद सापकोटा उर्फ दीपशिखा दक्षिण कोरियामा रोकिनुभएको छ। उहाँमाथि अध्यागमनले प्रहरीले अनुसन्धान गरिरहेको छ। आखिर एक महिनादेखि अनुसन्धान गर्नुपर्ने उहाँमाथि त्यस्तो के आइपर्यो ?

दीपशिखाका अनुसार उहाँ अगस्ट १० तारिखमा कोरियास्थित नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा भाग लिन जानुभएको थियो। त्यसक्रममा कोरियाका लागि नेपाली राजदूत ज्योति प्याकुरेलले एक वर्षदेखि नियमित सेवन गर्दै आइरहेको औषधि मगाउनुभयो। दीपशिखाले सो औषधि बोकेर जानुभयो। तर, डाक्टरको ‘प्रेस्क्रिप्सन’ भनेर लैजान बिर्सनुभयो। प्रेस्क्रिप्सनबिनाको औषधि लैजान नमिल्ने भन्दै उहाँलाई इन्छन अन्तर्राष्ट्रिय विमानस्थलका अधिकारी रोके।

राजदूतले मगाएको औषधि लैजाँदा अध्यागमनमा रोकिएपछि उहाँलाई दूतावासले छुटाउन पहल गर्यो। दूतावासको अनुरोधमा दीपशिखा प्रेस्क्रिप्सनबिनाको औषधि अध्यागमनमै छोडेर विमानस्थबाट …

0 comment
0 FacebookTwitterEmail

चीन सरकारले कोभिड १९ पछि आर्थिक संकटबाट बच्न विभिन्न हतकण्डा अपनाइरहेको छ। परिवर्तित वैश्विक राजनैतिक परिवेश र मोर्चाबन्दीले गर्दा पनि चीन झन्झन् ‘राजनैतिक र आर्थिक’ घेराबन्दीको मार बल्झिँदै गएको छ।

आर्थिक मन्दीसँगै चीनमा बढेको बेराजगारीबाट आक्रान्त युवाहरूको आक्रोशलाई सम्याउन सरकारले देशभक्ति शिक्षा विधेयक पेस गरेको छ। जसले गर्दा कम्युनिस्ट पार्टीको नीतिलाई भित्री र बाह्य समर्थन जुटाइने आशा लिइएको छ।

चीनको नेसनल पिपुल्स कंग्रेसको वैचारिक सिद्धान्तका लागि नयाँ देशभक्ति शिक्षा विधेयकको मसौदा पेस गरिएको हो। पूर्णरुपमा पारित हुने सम्भावनाका साथ पेश गरिएको यो विधेयकका विभिन्न अनुच्छेदको मुख्य उद्देश्य, ‘चिनियाँ जनताको महान् पुनर्जीवनलाई बढाउन सहयोग पुर्याउने छ।’

चीनका राष्ट्रपति सी जिनपिङले यसलाई …

0 comment
0 FacebookTwitterEmail

नेपाल शिक्षक महासङ्घपछि स्थानीय सरकारहरूको सङ्घ र महासङ्घले पनि  हालै सङ्घीय संसदमा दर्ता भएको शिक्षा विधेयक–२०८० को विरोध गरेका छन्। विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० संसद्‌मा दर्ता गत बुधवार भएको हो।

गाउँपालिका राष्ट्रिय महासङ्घ र नेपाल नगरपालिका सङ्घले संयुक्त विज्ञप्ति निकालेर सरकारले संसद्‌मा पेस गरेको शिक्षा विधेयक स्थानीय तहको अधिकार विपरीत रहेको बताएका छन्।

संविधानतः खारेज भइसकेका जिल्ला शिक्षा कार्यालय, शिक्षा विभाग लगायतका संरचना पुनः ब्युँताउन खोज्नु र प्रधानाध्यापकको छनोटसमेत जिल्ला शिक्षा कार्यालयबाट गर्न खोज्नु संविधान विपरीत रहेको  संयुक्त विज्ञप्तिमा बताइएको छ।

“विद्यालय शिक्षा विधेयक ल्याउनु संवैधानिक प्रावधान विपरीत रहेकाले किमार्थ स्वीकार गर्न सकिँदैन । …

0 comment
0 FacebookTwitterEmail

भारतले आफ्नो देशबाट क्यानडाका उच्च कूटनीतिज्ञलाई निष्कासन गरेको छ। ती कूटनीतिज्ञलाई देश छोड्न पाँच दिनको समय दिएको हो।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले भारतमाथि सिख नेताको हत्या गरेको आरोप लगाएपछि यो स्थिति सिर्जना भएको हो। ट्रुडो संसद्मा बोल्दै भारत सरकारका एजेन्टले जुन महिनामा क्नडास्थित ब्रिटिस कोलम्बियामा सिख समुदायका नेता हरदीप सिंह निज्जरको हत्या गरेको बताउनुभएको थियो।

साथै उहाँले ९ र १० सेप्टेम्बरमा भारतमा भएको जी–२० शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसामु यो मुद्दा उठाउनुभएको थियो। क्यानडा सरकारलाई प्राप्त खुफिया जानकारीको आधारमा आरोप भारतमाथि आरोप लगाएको बताइएको छ।

यसैगरी क्यानडाका विदेशमन्त्री मेलनी जलीका अनुसार क्यानडाले एक भारतीय कूटनीतिज्ञलाई पनि देश निकाला गरेको …

0 comment
0 FacebookTwitterEmail

बुटवलको आधुनिक पशु बधशाला सञ्चालनमा आउने भएको छ। बुटवल उपमहानगरपालिका र मुक्तिनाथ लाइभस्टक बैंक लिमिटेडबीच यही असोजदेखि पशु बधशाला सञ्चालन गर्ने सम्झौता भएको हो।

आइतबार बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी र मुक्तिनाथ लाइभस्टक बैंक लिमिटेडका सञ्चालक तथा कम्पनी प्रतिनिधि रामशरण तिमिल्सिनाले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो।

सम्झौताअनुसार मुक्तिनाथ लाइभस्टकले असोजभित्रमा बधशाला सञ्चालनमा ल्याउनेछ। बुटवल १० रामनगरमा दुई बिघा ३ कठ्ठा क्षेत्रफलमा बनेको बधशाला सञ्चालनका लागि यसअघि सहमति भएपनि विधि र प्रक्रिया नपुगेपछि उपमहानगरपालिकाले गत असारमा पुनः टेन्डर आह्वान गरेको थियो।

नयाँ प्रक्रियाअनुसार मुक्तिनाथ लाइभस्टकले वार्षिक ५८ लाख ३८ हजार ७ सय १० रुपैयाँ बुटवल उपमहानगरपालिकालाई बुझाउने छ। ५ वर्षका लागि …

0 comment
0 FacebookTwitterEmail

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले सन् २०२१ मै प्रयोग गर्न नहुने भनेका १०३ प्रकारका एन्टिबायोटिकमध्ये १४ प्रकारका एन्टिबायोटिक औषधि नेपालमा प्रयोग हुँदै आएको थियो। औषधी व्यवस्था विभागले बल्ल ती सबैमा बन्देज त लगायो तर व्यापारीको हित मनन गर्दै ती औषधिको स्टक बेचिसक्न ६ महिनाको समय दिएको छ। ६ महिनाको समयको यो छुट समय आम मानिसको हित भन्दा पनि व्यापारीहरूको हितमा भएको भनेर जनस्वास्थ्यकर्मीहरूले आलोचना गरेका छन्।

यो साताको सुरुमा नै एक सूचना प्रकाशित गरेर औषधी व्यवस्था विभागले एक सय तीन प्रकारका प्रति जैविक प्रतिरोध (एन्टिबायोटिक) औषधिको प्रयोग नगर्न उपभोक्ता र सरोकारवालालाई निर्देशन दिएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले पनि ती …

१०३ एन्टिबायोटिकमा प्रतिबन्ध तर स्टक बेचिसक्न ६ महिनाको छुट
0 comment
0 FacebookTwitterEmail

गुगलले आफ्नो नयाँ एआई सफ्टवेयर जेमिनी ल्याउने भएको छ। एआईबाट लाभ लिइरहेका व्यवसालाई लक्षित गरी जेमिनी ल्याउन लागेको कम्पनीले जनाएको छ। यद्यपि कम्पनी अहिले डेभलपर्स (विकासकर्ता) लाई जेमिनीको पहुँच दिएको छ। तर यो पहुँच विकास भइरहेको जेमिनीको ठूलो संस्करणमा भने होइन। अब आउन लागेको ठूलो संस्करणको तुलना जिपिटी–४ सँग हुनेछ।

गुगलले आफ्नो गुगल क्याउड भर्टेक्स एआई सेवाको माध्यमबाट जेमिनी व्यवसायलाई उपलब्ध गराउने योजना बनाइरहेको छ। यो परियोजनामा गुगल ब्रेन र डिपमाइन्डजस्ता दुई प्रमुख एआईले काम गरिरहेका छन्।

जेमिनीको विशेषता

जेमिनी विशाल भाषा मोडलको एउटा संग्रह हो। यो च्याटबट्सको प्रयोग टेक्स्ट संक्षेपीकरण गर्नेलगायत विभिन्न अनुप्रयोगलाई शक्ति प्रदान गर्छ। सफट्वेयरमार्फत गुगल डक्स …

0 comment
0 FacebookTwitterEmail

पूर्वीय वैदिक सनातन धर्म परम्पराका विभिन्न पौराणिक एवं आध्यात्मिक ग्रन्थहरूमा, खासगरी स्कन्द पुराण र भविष्योत्तर पुराणलगायतमा वर्णन भएबमोजिम राजा हिमालयले आफ्नी पुत्री गौरीको विवाह भगवान्र विष्णुसँग गरिदिने निधो गरे। पिता हिमालयको निर्णयबाट पुत्री गौरी आहतरअसहमत भएपश्चात, साथीहरूले माता गौरीलाई हरेर (सखीहरूको सहयोगमा) विकट स्थानमा पुर्याए र त्यहीँ गौरी (पार्वती) ले कठोर तपस्या गरिन्। उनको तपस्याबाट महादेव प्रसन्न भई , भाद्र महिनाको शुक्ल पक्षको तृतीया तिथि हस्ता नक्षत्रका दिन स्वयं महादेव प्रकट भई गौरीको तपस्या स्वीकार्दै (विवाह गर्न स्वीकार) आशीर्वाद दिएर तपस्या सफल तुल्याइदिएकाले हरेक वर्ष भाद्र महिनाको शुक्ल पक्षको तृतीयाका दिन हरितालिका तीज पर्व मनाउदै आएको पाइन्छ। सखीहरू (आलीका) बाट …

0 comment
0 FacebookTwitterEmail

मकवानपुरको हेटौँडास्थित सन्चो अस्पतालमा कार्यरत २ जना चिकित्सकमाथि आक्रमण भएको घटनाको विरोधमा बुटवलसहित देशभरका चिकित्सकहरू आन्दोलित भएका छन्। नेपाल चिकित्सक संघको आह्वानमा डाक्टरहरू आन्दोलित बन्दा बिरामी भने अत्यावश्यक उपचार सेवा पाउनबाट वञ्चित भएका छन्।

नेपाल चिकित्सक संघले शनिबार एक विज्ञप्ति जारी गर्दै आइतबारदेखि आइतबारबाट देशभरका अस्पताल र स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा ठप्प पार्ने भनेको थियो। संघको आह्वानअनुसार आइतबार देशभरका अधिकांश अस्पतालमा ओपिडी सेवा बन्द गरिएको छ।

देशभरका अधिकांश अस्पतालले आइतबार बिहानदेखि बहिरंग (ओपिडी)को टिकट वितरण गरेका छैनन्। लुम्बिनी प्रादेशिक अस्पताल परिसरमा आन्दोलनलाई समर्थन गर्दै नेपाल चिकित्सक संघ रुपन्देही शाखाका चिकित्सकहरू विरोध कार्यक्रमसहित धर्ना दिएका छन्। उनीहरूले ‘स्वास्थ्यकर्मी कुट्न बन्द गर’, …

लुम्बिनी प्रादेशिकसहित देशभरका अस्पतालमा ओपिडी सेवा बन्द, बिरामी उपचारबाट वञ्चित
0 comment
0 FacebookTwitterEmail

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आज ७३औं जन्मदिन हो। सन् १९५०, सेप्टेम्बर १७ मा गुजरातको भडनगरमा उहाँको जन्म भएको थियो।

२०१४ देखि उहाँ लगातार भारतीय प्रधानमन्त्रीका रुपमा सत्तामा हुनुहुन्छ। उहाँको नेतृत्वमा भारत विश्वकै तीव्र गतिमा बढ्ने अर्थतन्त्र बनेको छ। तर, के तपाईंलाई उहाँको सम्पत्ति र सेलरीबारे थाहा छ ? छैन भने यहाँ दिइएको छ।

प्रधानमन्त्री मोदीको मासिक तलब कति ?

प्रायःजसो मानिस प्रधानमन्त्रीसँग के के छ भन्ने जान्न चाहन्छन्। जस्तो कि, कहाँ–कहाँ घर छन्, कति सम्पत्ति छ, कहाँ लगानी गर्छन्, आदि–इत्यादि।

गत वर्ष प्रधानमन्त्री कार्यालयले यसबारे विस्तृत विवरण सार्वजनिक गरेको थियो। त्यसमा भारतीय प्रधानमन्त्रीको तलब वार्षिक ३२ लाख रुपैयाँ हाराहारी हुन्छ। …

मोदीको ७३औँ जन्मदिन : कति छ मासिक तलब र सम्पत्ति ?
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved