Home » Archives for October 2023 » Page 6
Monthly Archives

२०८० आश्विन ३०, मंगलवार १४:२२

वीरगन्ज महानगरपालिकाले चलाएको नदी प्रदूषण नियन्त्रण अभियान असफल देखिएको छ। चुनाव जितेलगतै नगर प्रमुख राजेशमान सिंहको पहलमा वीरगन्ज महानगरपालिकाले सिर्सिया नदी प्रदूषण नियन्त्रण अभियान सुरु गरेको थियो। अभियान चलाएको एक वर्ष बिते पनि प्रदूषण नियन्त्र खासै प्रभावकारी हुन सकेको छैन।

महानगरपालिकाको अभियानलाई बारा पर्साका उद्योगीहरूले पटक–पटक अटेरी गर्दै आएका छन्। उनीहरूको अटेरीले गर्दा सिर्सिया प्रदूषणमुक्त अभियान नगरवासीका लागि एउटा नारा मात्रै साबित हुँदै आएको छ।

महानगरपालिकाले दसंै, तिहार र छठ पर्वलाई मध्यनजर गर्दै नदीको प्रदूषण नियन्त्रण अभियानलाई पुनः तीव्रता दिएको छ। विशेषगरी तिहार र छठअगाडि नदी प्रदूषण नरोकिए सिलबन्दी गरेर उद्योगलाई कारबाही गरिने निर्णयसमेत गरेको छ।

सोमबार नगर प्रमुख सिंहको …

वीरगन्ज महानगरको चुनौती बन्यो सिर्सिया नदी प्रदूषण
0 comment
0 FacebookTwitterEmail

इजरायल–हमास युद्ध सुरुको भएको मंगलबार ११ दिन भइसकेको छ। हमास सैन्य प्रवक्ता अबु ओबेदाले आफ्नो नियन्त्रणमा करिब २५० जना रहेको बताउनुभएको छ। यीमध्ये पनि विदेशी नागरिक आफ्ना पाहुना भएको र स्थितिमा सुधार आए उनीहरुलाई छाड्ने उहाँको भनाइ छ।

ओबेदाले गाजामाथि इजरायलको थल कारबाहीले नडर्ने पनि बताउनुभएको छ।

यता इजरायलको सुरक्षा फोर्सले भने लेबनानमा हिजबुल्लाहको अड्डामा आक्रमण गरेको बताएको छ। सोमबार मात्रै इजरायली संसद्मा विशेष सेसन पनि भएको थियो। उक्त सेसनमा प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमाससँगसँगै हिजबुल्ला र इरानलाई पनि चेतावनी दिनुभएको छ।

नेतन्याहूले हमासँगको युद्ध अँध्यारो र उज्यालोबीच (झम्के साँझ) को युद्धझैं भएको बताउनुभएको छ। ‘हामी दुस्मनलाई यति मात्रै भन्छौँ, इजरायलमाथि …

0 comment
0 FacebookTwitterEmail

देशको प्रमुख व्यापारिक तथा आर्थिक केन्द्र बुटवलको मुख्य बजार क्षेत्रमा रहेको सवा तीन किलोमिटर सडक निर्माण सुरु भएको झन्डै एक दशक पुग्न लाग्यो। तर अहिलेसम्म पूरा हुन सकेको छैन। ०६९ सालमा ४ लेनमा निर्माण भएको यो खण्ड पछि ६ लेनमा विस्तार सुरु भएपछि हालसम्म निर्माण पूरा नहुँदा यो क्षेत्र अस्तव्यस्त छ।

बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको ३.२५ किमि सडक विस्तारको काम सुरु भएको ८ वर्ष र रकम ३५ करोड खर्च भइसकेको छ। तर, यहाँ आधा जति पनि काम पूरा भएको छैन।

मुख्य सडकमा हाल सामान्य लेभल मिलाउने डिबिएमको काम मात्रै भएको छ। पिचको काम झनै सुरु भएकै छैन। यो सडकलाई अन्तर्राष्ट्रियस्तरको …

0 comment
0 FacebookTwitterEmail

मान्छेका जीविकोपार्जन गर्ने अनेक तरिका हुन्छन्। कोही पढे–लेखेर सरकारी जागिर खान्छन्। कोही व्यवसाय गर्छन् त कोही आफ्नो परिवारले गर्दै आएको कुनै विधामा संलग्न हुन्छन् त कोही वैदेशिक रोजगारीका लागि विदेश पलायन हुन्छन्। अर्थात् जीविकोपार्जनका लागि केही न केही काम गरेकै हुन्छन्।

त्यस्तै एक साधारण जीविकोपार्जन गरिरहनुभएको छ गीता केसीले।

काठमाडौँ भद्रकाली मन्दिरनजिकै सडकको पेटीमा बसेर प्लाटिकको थैलोबाट हातले केही झिक्दै मुखमा हाल्दै, पानी पिउँदै गरेकी महिला देखिनुहुन्छ।

मैले अलिक पर बसेर त्यो दृश्य हेरिरहेँ। त्यो क्रियाकलाप पटक–पटक दोहोरियो। अलिक नियाल्दै गर्दा आखिर के रहेछ त वास्तविकता भन्ने खुल्दुली लाग्यो र नजिक गएँ। मलाई देखेपछि खाइरहेको सामानको पोका गुटमुटाएर बोराभित्र हाल्नुभयो।…

छोरालाई भूकम्पले लगेपछि खाली बोतल बेचेर छोरीलाई डाक्टर बनाउने सपना बोकेकी गीता
0 comment
0 FacebookTwitterEmail

ग्रामीण भेगमा कोदो खेतीले ढाकिने बारी अहिले खाली हुँदै गएका छन्। गाउँका बारी कोदो खेतीले भरिन्थे। गाउँमा सबैजसोका घरघरमा कोदो लगाइन्थ्यो। पछिल्ला वर्षमा भने कोदो खेती कम हुँदै गएको बताउनुहुन्छ पाल्पा रामपुर नगरपालिका–१ स्थित कुमैडाँडाकी ६५ वर्षीया शान्ति विश्वकर्मा।

‘जवानी उमेरमा दिनभर बारीमा साथीहरूसँग कोदो रोप्दा रमाइलो हुन्थ्यो, घरमा मुरीका–मुरी उब्जन्थ्यो, अहिले त सबैले लगाउन छाड्दै गए, गाउँमा कोदो खेती गर्न कसैले चाख मान्दैनन्’, उहाँले सुनाउनुभयो । आफूले जान्ने बुझ्ने उमेर भएदेखि नै कोदो खेती गरे तापनि अहिले आएर सबैले खेती गर्न छाड्दै जाँदा गाउँका बारी बाँझिन थालेकोमा उहाँले चिन्ता पनि व्यक्त गर्नुभयो ।

‘हाम्रो पालामा जान्ने बुझ्ने उमेर भएदेखि …

0 comment
0 FacebookTwitterEmail

चिनियाँ नागरिकले नेपाली नागरिकता लिएको खुलासा भएको छ।

भारतीय सीमा सुरक्षा बलले एक चिनियाँ नागरिकलाई पक्राउ भएपछि यस्तो खुलासा भएको हो। नेपाली नागरिकतासहित भारत प्रवेश गरेका चिनियाँ नागरिकलाई शनिबार भारतीय एसएसबीले पानीटंकी नाकामा पक्राउ परेको गरेको हो।

उनीलाई भारतमा प्रवेश गराउने उनका दुई नेपाली सहयोगीलाई पनि एसएसबीले पक्राउ गरी आवश्यक कार्यवाही अगाडि बढाएको बताएको छ।

चिनियाँ नागरिक ली सियाकाङ नेपाल–भारतको सीमा नाका काँकडभिट्टा हुँदै नेपाली हुँ भनी भारतको पानीटंकी बजार पुगेका थिए। उनलाई सञ्जीव सुयाल र चित्रगुप्ता अधिकारीले सहयोग गरेका थिए।

सीमामा तैनाथ एसएसबी ४१औँ बटालियनको टोलीले आवश्यक कागजपत्र माग्दा चिनियाँ नागरिक सियाकाङले नेपाली नागरिकताको फोटोकपी देखाएका थिए। तर उनले …

0 comment
0 FacebookTwitterEmail

नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले सदस्य संख्याको अंक गणितका आधारमा तालाबन्दीमा नउत्रन पत्रकार सम्बद्ध संगठनलाई आग्रह गर्नुभएको छ।

नेपाल पत्रकार महासंघ रुपन्देहीले दसैं, दीपावली, छठ र नेपाल संवत् पर्वको अवसरमा आइतबार बुटवलमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै शुद्धीकरणको विषयलाई लिएर तालाबन्दी गरी महासंघको गरिमा नघटाउन आग्रह गर्नुभएको हो।

‘सबैको साझा संस्था बनाउने जगका रुपमा शुद्धीकरण गरिएको हो। विजयादशमीको शुभकामना दिँदै म बुटवलबाट भन्छु, तालाबन्दी निषेधले पत्रकार महासंघको ओज घट्ने हो,’ अध्यक्ष पोख्रेलले भन्नुभयो, ‘संवाद गरौं, सहकार्य गरौं, विधान र शुद्धीकरणअनुसार नयाँ कोर्समा अगाडि बढौं।’

उहाँले पत्रकार महासंघ संवादबाटै निकास निकाल्न तयार रहेको बताउँदै सबैको साझा छाता …

0 comment
0 FacebookTwitterEmail

दसैँतिहार आएसँगै वीरगन्ज आसपासको नाकाबाट तस्करी बढेको छ। सीमावर्ती क्षेत्रबाट तस्करीको समान प्रहरीले बरामद गरे पनि तस्करी चलाउने व्यक्ति वा गिरोहका नाइकेहरू प्रहरीको पकडभन्दा बाहिर छन्।

यसै सिलसिलामा पर्सा प्रहरीले भारतबाट तस्करी गरी ल्याइएको ५१ लगभग लाखभन्दा बढी मूल्यका डेस्कटप र ल्याप्टप कम्प्युटरका पार्ट्स बरामद गरेको हो।

वीरगन्ज महानगरपालिका वडा नम्बर ५ स्थित अजय सिंहले आफ्नै चार तल्ले घरमा सञ्चालन गरेको एडी कम्प्युटर सप्लायर्समा शनिबार साँझ छापा मारी ५१ लाख २६ हजार ७०० रुपैयाँ मूल्यको कम्प्युटर, ल्यापटप, हार्डडिक्सलगायतका इलेक्ट्रोनिक्स समान बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

उक्त सप्लायर्स सञ्चालन घरबाट डेल कम्पनीको सिपियू २१० थान, मोनिटर ४२ थान, …

0 comment
0 FacebookTwitterEmail

तीन दिनसम्म वार्ता भएपछि अन्ततः सरकारले कर्मचारीका मागहरुमा सहमति जनाएको छ। आन्दोलित स्थानीय तहका कर्मचारी र सरकारबीच शनिबार राति १९ बुँदे सहमति भएको छ। आन्दोलनरत कर्मचारीका माग सरकारले पूरा गरिदिएपछि कर्मचारीले आन्दोलन फिर्ता लिएका छन्। देशभरका स्थानीय तहका कर्मचारी काठमाडौ आएर दुइ हप्ता अघिदेखि आन्दोलन गरेका थिए।

संघीय राजधानी काठमाडौंमा विभिन्न माग राखेर आन्दोलन गरिरहेका कर्मचारी र सरकारबीच बिहीबारदेखि शनिबारसम्म निरन्तर वार्ता भएपछि सहमति जुटेको हो। विभिन्न २० बुँदे माग राखेर आन्दोलनमा उत्रिएका स्थानीय तहका कर्मचारीले उठाएका अधिकांश माग संघीय निजामती ऐन तथा प्रदेश निजामती सेवा ऐनमा समेट्ने सहमति भएको छ।

सरकारको तर्फबाट सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव …

तीन दिनसम्म वार्ता गरेपछि कर्मचारीका माग सुन्यो सरकारले, के-के भयो सहमति?
0 comment
0 FacebookTwitterEmail

नेपाली काँग्रेस भित्र विद्रोह गर्दै केदार कार्की कोसी प्रदेशको छैटौँ मुख्यमन्त्रीका रूपमा नियुक्त हुनुभएको छ। एमालेका ३९ र काँग्रेसको विद्रोही समूहका ८ जनाको समर्थनमा शनिवार मुख्यमन्त्री नियुक्त हुनुभएको हो। उहाँले आज (आइतबार) २ बजे पद तथा गोपनीयताको शपथ लिने योजना छ।

सत्तारूढ गठबन्धनले इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्रीमा अघि सारेपछि काँग्रेसको शेखर कोइराला समूहका ८ जना सांसदलाई लिएर कार्कीले विद्रोह गर्नुभयो। उहाँ शेखर समूहकै हुनुहुन्छ।

संविधानको धारा १६८ को ५ ले दिएको सुविधा प्रयोग गर्दै उहाँले मुख्यमन्त्री बन्न अख्तियार गरेको बाटोलाई काँग्रेसकै बहुमत हिस्साले गलत मात्र भनेकै छैन उहाँकै समूहका नेताहरूले पनि अराजनीतिक र अनैतिक भनेका छन्। यद्यपि नेता कार्की मुख्यमन्त्री बनेपछि …

मैले विद्रोह गरेको होइन, संविधानले दिएको अधिकार प्रयोग मात्रै  गरेको होः केदार कार्की, मुख्यमन्त्री, कोसी प्रदेश
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved