पर्साको पश्चिमी सिमानास्थित ठोरी गाउँपालिकाको आँखा उपचार केन्द्र भारतीयहरूको सहारा केन्द्र बन्दै गएको छ। भारतको बिहार तथा उत्तर प्रदेशको सिमावर्ती क्षेत्रमा कम अस्पताल र त्यसमा पनि आँखाको व्यवस्थित अस्पताल नभएका कारण यो अस्पताल भारतीयको सहारा बन्दै गएको हो।
२०७२ सालको विनाशकारी भूकम्पकै स्थापना भएको यो अस्पतालले प्रदान गर्ने गुणस्तरीय सेवाप्रति भारतीय बिरामी विश्वस्त हुन थालेका हुन्। यही विश्वासका कारण भारतको बिहार, पश्चिमी चम्पारणका आँखाका बिरामी आउने गरेका छन्। चम्पारणका भिखनाठोरी, अमोलवा, नरकटियागन्ज, बेतिया, बगहालगायत उत्तर प्रदेश राज्यका समेत बिरामीहरू आँखाका विभिन्न रोगको उपचारका लागि आउने गरेका छन्।
हीरालाल–सन्तुदेवी प्रधान नेत्र विज्ञान अध्ययन संस्थान भरतपुर आँखा अस्पतालद्वारा सञ्चालित यो आँखा केन्द्र …
