पर्साको पश्चिमी सिमानास्थित ठोरी गाउँपालिकाको आँखा उपचार केन्द्र भारतीयहरूको सहारा केन्द्र बन्दै गएको छ। भारतको बिहार तथा उत्तर प्रदेशको सिमावर्ती क्षेत्रमा कम अस्पताल र त्यसमा पनि आँखाको व्यवस्थित अस्पताल नभएका कारण यो अस्पताल भारतीयको सहारा बन्दै गएको हो।
२०७२ सालको विनाशकारी भूकम्पकै स्थापना भएको यो अस्पतालले प्रदान गर्ने गुणस्तरीय सेवाप्रति भारतीय बिरामी विश्वस्त हुन थालेका हुन्। यही विश्वासका कारण भारतको बिहार, पश्चिमी चम्पारणका आँखाका बिरामी आउने गरेका छन्। चम्पारणका भिखनाठोरी, अमोलवा, नरकटियागन्ज, बेतिया, बगहालगायत उत्तर प्रदेश राज्यका समेत बिरामीहरू आँखाका विभिन्न रोगको उपचारका लागि आउने गरेका छन्।
हीरालाल–सन्तुदेवी प्रधान नेत्र विज्ञान अध्ययन संस्थान भरतपुर आँखा अस्पतालद्वारा सञ्चालित यो आँखा केन्द्र स्थापना कालदेखि नै भारतीय बिरामीको सहारा बनेको हो। अस्पतालमा मोतियाबिन्दुको शल्यक्रियादेखि मासु पलाएको, नलीको शल्यक्रियालगायत विभिन्न उपचार हुने गरेको छ। यही कारणले पनि सेवा लिने भारतीयको क्रम दिनप्रतिदिन बढ्दै गएको अस्पतालले जनाएको छ।
अस्पतालमा १ जना चिकित्सक, १ नर्स, आर्मेसिर अप्टिकका २ जना असिसटेन्ट, अपर्थोमिक असिस्टेन्ट २ जना र कार्यालय सहयोगीलगायत १० जना स्टाफले सेवा प्रदान गर्दै आएका छन्। आइतबारदेखि शुक्रबारसम्म ओपिडीबाट आँखाको चेकजाँच गरिनुका साथै बिरामीको चांपअनुसार बुधबार, बिहिबार र शुक्रबार मोतियाबिन्दुलगायत विभिन्न रोगको शल्यक्रिया गरिने गरिएको डाक्टर चन्द्रबहादुर श्रेष्ठले बताए।
हप्तामा ३० देखि ५० जनासम्म बिरामीको शल्यक्रिया हुने गरेको अस्पतालले जनाएको छ। यो अस्पातालबाट सेवा लिन आउने लगभग ८० प्रतिशत बिरामी भारतीय भएको डा. श्रेष्ठको भनाइ छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
अनिल तिवारी /वीरगञ्ज का अन्य पोस्टहरु:
- पर्सामा बालिका बलत्कार, बिचौलियाको सक्रियतामा मुद्दा दबाउने प्रयास भएको आरोप
- मेयर संम्लग्न किर्ते नागरिकता प्रकरण: एक हप्ता देखि जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन
- शिविर लगाएर धार्मिक ठगी, पक्राउ पर्ने सूचना पाएपछि फरार भए काली कम्बल
- उपेन्द्र यादवको चर्को बिरोध पछि जसपा सरकारमा नजाने सङ्केत
- दलाई लामा र चिसिँदै गएको अमेरिका चिन सम्बन्ध !
- क्याम्पसको नवनिर्मित भवनमा गाई गोठ, भवन निर्माणमा अनियमितता भएको आरोपपछि ठेक्कापट्टाको फाइल नै गायब
- किर्ते नागरिकता प्रकरण: सूचना माग्दा प्रमाण गायब, प्रमाण लुकाउन १० लाखको चलखेल भएको आशङ्का
- वीरगन्जको एक सहकारीमा महानगरपालिको सिलबन्दी, जीवी राईलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन
- मेयर जोडिएको किर्ते नागरिकता प्रकरण: छानबिन गर्न समिति गठन
- नक्कली बाबु बनेर नागरिकता दिने वीरगन्ज महानगरपालिका प्रमुख सिंह विरुद्ध उजुरी दर्ता