राष्ट्रिय शैक्षिक परार्मश संघको साधारणसभाबाट सन्तोष प्याकुलेरको नेत्तृवमा नयाँ कार्यसमिति चयन भएको छ । संघ (NECA) को चौथो वार्षिक साधारण सभाले अध्यक्ष सन्तोष प्याकुरेल, उपाध्यक्षहरू भुपेन्द्र सिटौला र रमण कोइराला, महाँसचिब दिपक कोइराला, सचिबहरू प्रधुम्न बोगटी र सुभेन्द्र थापा, कोषाध्यक्षमा रबिन्द्र थापा र सदस्यहरूमा सुर्य पोख्रेल, प्रतिक्षा श्रेष्ठ, त्रिलोचन अधिकारी, कमला बस्नेत, ध्रुब थापा, केशब सिम्खडा र अशोक भण्डारीलाई चयन गरेको छ।
साधारण सभा मार्फत वार्षिक प्रगति प्रतिबेदन, वार्षिक आर्थिक प्रतिबेदन र आगामी कार्य योजना बहुमतले पारित गर्दै नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरीएको छ । कार्यक्रमको प्रमुख अथिति नेपालको लागि अष्ट्रेलियन राजदुत फेलिसिटी भोल्क, अथितिहरूमा नेपाल अभिभावक महांसंघका अध्यक्ष …
