Home » निर्वाचन » Page 3
Category:

निर्वाचन

रसुवा जिल्ला कारागारमा ६ जना महिलासहित ८० जना कैदीबन्दी रहेका छन्। मंसिर ४ गते मतदान गर्न पाउनेको सूचीमा भने जम्मा १४ जना समावेश भएका छन्।

नुवाकोट जिल्ला कारागारमा १४ महिलासहित एक सय ६८ जना कैदीबन्दी रहेका छन्। तर, मतदान गर्न पाउनेको सूचीमा २४ जनाको मात्र नाम अटेको छ। धादिङ कारागारमा २० महिलासहित तीन सय १६ जना कैदी बन्दी रहेका छन् । मतदान गर्न पाउने अस्थायी नामावलीमा ६० जनाको नाममात्र सूचिकृत भएको छ।

सबैभन्दा धेरै कैदी बन्दी काठमाडौं उपत्यकाको कारागारहरूमा रहेका छन्। कारागार व्यवस्था विभागको अनुसार काठमाडौंमा पाँच हजार चार सय ५६ कैदी बन्दी रहेका छन्। तर, एक सय …

0 comment
0 FacebookTwitterEmail

प्रमुख आयुक्त दिनेशकुमार थपलियाले गत स्थानीय तहको निर्वाचनका क्रममा पर्यवेक्षक संस्थाहरूबाट प्राप्त सुझावका आधारमा यही मंसिर मङ्‍सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा मतदानस्थल र मतदान केन्द्रहरू मतदाताका लागि पहुँचयोग्य र सहज तुल्याइएको बताउनुभएको छ।

प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको प्रारम्भिक पर्यवेक्षण प्रतिवेदनको समीक्षाका लागि आम निर्वाचन पर्यवेक्षण समिति (जियोक) ले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै प्रमुख आयुक्त थपलियाले आयोगले सबै पर्यवेक्षक संस्थाहरूबाट प्राप्त वस्तुगत सुझावलाई आयोगले मार्गदर्शकरूपमा ग्रहण गर्ने स्पष्ट गर्दै निर्वाचनमा तोकिएको कार्यक्षेत्रमा तटस्थ र व्यावसायिकरूपमा पर्यवेक्षण गरिदिन आग्रह गर्नुभयो। उहाँले आयोगको क्षमताले भ्याएसम्म मतदान स्थल र केन्द्रलाई मतदाताका लागि …

0 comment
0 FacebookTwitterEmail

निर्वाचन आयोगले मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ। आयोगका अनुसार निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार ५७० मतदाताले १० हजार ८९२ मतदान स्थलमा रहेका २२ हजार २२७ मतदान केन्द्रबाट मताधिकार प्रयोग गर्दै छन्। यसैगरी १४१ अस्थायी मतदान केन्द्र र आफूलाई पायक पर्ने तथा आफू खटिएका मतदान केन्द्रबाट करिब ४ लाख ५० हजार अस्थायी मतदाताले प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्नेछन्।

निर्वाचन आयोगका अनुसार यो निर्वाचनमा प्रतिनिधि सभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि २ हजार ४१२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। यसैगरी …

0 comment
0 FacebookTwitterEmail

जलवायु परिवर्तन र वातावरणका मुद्दामा प्रमुख दलका घोषणापत्रमा एकै ठाउँमा उभिएको पाइएको छ। नेपाल जलवायु परिवर्तनको हिसाबले उच्च जोखिममा रहेको मुलुक भएको भन्दै प्रमुख दलहरूले आफ्नो चुनावी घोषणापत्रमा यी विषयलाई प्राथमिकतामा राखेको जनाएका हुन्।

नेपाल जलवायु परिवर्तन र वातावरणका हिसाबले जोखिममा परेकोले विकसित मुलुकहरूले हाम्रो जस्तो मुलुकमा अनुदान सहयोग गरेर जोखिम न्यूनीकरण गर्नुपर्नेमा शीर्ष दलका प्रतिनिधिहरूले जोड दिएका छन्। नेपाल वातावरण पत्रकार समूहले आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा एसका प्रतिनिधिहरूले आफ्ना घोषणापत्रमा समेटिएका विषयलाई प्राथमिकतामा राखेर कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन्। समूहको सभाहलमा भएको बहसमा नेपाली कांग्रेसको चुनावी संकल्प प्रस्ताव लेखनमा सक्रिय भूमिका निर्वाह गर्नुभएका गेजा

0 comment
0 FacebookTwitterEmail

मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि  काठमाडौँको चुनावी मैदानमा देखिएकाले नयाँ नयाँ पात्रहरूका कारण यसपालीको नतिजा कायाकल्प हुनसक्ने आंकलन गर्न थालिएको छ।

२०७४ मा काठमाडौँ–१ बाट पूर्वमहामन्त्री प्रकाशमान सिंह, काठमाडौँ–४ बाट वर्तमान महामन्त्री गगन थापा, काठमाडौँ–६ बाट केन्द्रीय सदस्य भीमसेनदास प्रधान र काठमाडौँ–१० बाट केन्द्रीय सदस्य राजन केसीले जित्नुभएको थियो। २०७४ मा वाम गठबन्धन भएको अवस्थामा काठमाडौँ– १ र १० नम्बर माओवादीको भागमा परे पनि दुवै क्षेत्रमा पराजित भएको थियो। बाँकी क्षेत्र एमालेका भागमा परेका थिए। एमालेका तर्फबाट काठमाडौँ–२ बाट निर्वाचित माधव नेपाल र काठमाडौँ–८ बाट निर्वाचित जीवनराम श्रेष्ठ अहिले नेकपा एकीकृत समाजवादीमा हुनुहुन्छ। २०७४ मा एमालेले …

0 comment
0 FacebookTwitterEmail

सामाजिक सञ्जालमा ‘नो, नट अगेन’ भनेर अभियान चलिरहेको छ। पुरानालाई बिदा गरौँ, नयाँलाई स्वागत गरौँ भन्ने अभियान चले पनि नुवाकोटमा पुरानै नेताहरूको चुनावी चहलपहल चर्को रहेको छ। चर्चा परिचर्चा पनि पुरानैको र जितको सम्भावना पनि पुरानैको देखिएको छ। निर्वाचनको मैदानमा नयाँ पुस्ताले पनि उम्मेदवारी दर्ता गराएर चुनावी मैदानमा होमिए पनि उनीहरूको भूमिका हस्तक्षेपकारी देखिएको छैन।

नुवाकोटमा गत निर्वाचनमा निर्वाचित ६ जना यो पटक पनि दोहोरिने दाउमा छन्। प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा प्रत्यक्ष र समानुपातिकका ६ जना प्रत्यक्षमा  दोहोरिने दौडमा छन्। ०७४ मा क्षेत्र नं. १ बाट प्रतिनिधि सभामा निर्वाचित नेकपा माओवादीका हितबहादुर तामाङ, प्रदेश क्षेत्र …

नुवाकोट “फ्लप” भयो “नो, नट अगेन”?
0 comment
0 FacebookTwitterEmail

गौतमबुद्धको जन्मभूमि लुम्बिनी रहेको रूपन्देही क्षेत्र नं ५ मा कांग्रेसबाट लामो समयदेखि भरत शाहले निर्वाचन लड्दै आउनु भएको छ। पार्टीभित्र कुनै निर्वाचन जित्न नसके पनि शाहले संसदीय निर्वाचन भने आश्चर्यजनक तरिकाले  चुनाव जित्दै आउनु भएको छ।

यसपटक पनि रूपन्देही ५ मा उम्मेदवार रहेका शाह नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धनका साझा उम्मेदवार रहनुभएको छ। उहाँ विरुद्ध एमाले–राप्रपा–जसपा गठबन्धनले एमालेका वासुदेव घिमिरेलाई प्रतिस्पर्धा गराएको छ।

शाह र घिमिरेसँगै यस क्षेत्रमा १७ जना उम्मेदवार रहनुभएको छ। तर मुख्य प्रतिस्पर्धा शाह र घिमिरेकाबीच नै हुने देखिएको छ। शाह २०५६ मा पनि चुनाव जितेका नेता हुनुहुन्छ। नेता शाहले २०७४ मा वाम गठबन्धनका माओवादी उम्मेदवार डिलाराम …

0 comment
0 FacebookTwitterEmail

निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरूको चुनावी रणनीति बनाउँदै अगाडि बढिरहेका छन्। जनताको घरदैलोमा नेता कार्यकर्ताको दौडधुप चलिरहेको छ।
मकवानपुरको क्षेत्र नम्बर १ (क) मा संविधान सभा सदस्य तथा पूर्व सांसद प्रेमबहादुर पुलामी र पूर्व गाउँ विकास समितिका अध्यक्ष कमल बिष्ट बीच प्रतिस्पर्धा हुँदैछ।
२०६४ को संविधानसभा सदस्यमा विजयी भएका पुलामी नेकपा माओवादीका २०७४ सालमा यही क्षेत्रबाट प्रतिनिधित्व गरी वाम गठबन्धनबाट निर्वाचित हुनुहुन्थ्यो। यसैगरी साबिक हटिया गाउँ विकास समितिमा दुईपटक अध्यक्ष भएका बिष्ट पनि नेकपा एमालेका तर्फबाट उम्मेदवार बन्नुभएको छ। नेपाली काङ्ग्रेस नेतृत्वको गठबन्धनबाट माओवादीबाट पुलामीले टिकट पाउनुभयो भने एमालेबाट बिष्ट मैदानमा हुनुहुन्छ।
पुलामीले बागमती गाउँपालिका वडा नम्बर ६ ठाडीखोलाका पुलामीले २०४८ …

0 comment
0 FacebookTwitterEmail

निर्वाचन आयोगमा यही कात्तिक ३० गते बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले नेपाल सरकार, गृह मन्त्रालय मार्फत सम्बद्ध निकायलाई निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निश्पक्ष र भयरहित रूपमा सम्पन्न गर्न गराउन विभिन्न निर्देशन दिने निर्णय गरेको आयोगले जनाएकोछ।
उक्त निर्णयहरू देहाय बमोजिम रहेको छ :
निर्वाचन आयोगका अनुसार,  यही मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ का सन्दर्भमा निर्वाचन बिथोल्ने वा बहिस्कार गर्ने, बुथ कब्जा गर्ने, मतदातालाई मतदानको अवसरबाट वञ्चित गर्ने, डर, धाक, धम्की दिने लगायतका कार्यहरू गरी निर्वाचनको स्वच्छतामा असर पुर्याउने कुनै पनि गतिविधिहरू नगर्न नगराउन उपयुक्त सुरक्षा रणनीति अवलम्बन गर्न उच्चस्तरीय निर्वाचन सुरक्षा समितिले …

मतदानको ४८ घण्टा अगाडिदेखि जाडरक्सी बन्द, प्रचारप्रसार बन्दलगायतका सुरक्षा रणनीति
0 comment
0 FacebookTwitterEmail

सुनसरी जिल्लाको प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं ४ को (२) का लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेदवार सन्तोषकुमार मेहताको उम्मेदवारी स्वतः बदर हुने निर्णय निर्वाचन आयोगले गरेसँगै मेहताको उम्मेदवारी खारेज भएको छ ।

निर्वाचन आयोगले  प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७३ को दफा १३ को खण्ड (च) बमोजिम मेहताले बहुविवाहसम्बन्धी कसूरमा कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले तीन वर्ष पूरा नभएकोले निजको उम्मेदवारी प्रदेश सभा सदस्य पदका लागि अयोग्य ठहर गरेको हो ।

मेहताले उम्मेदवारी मनोनयनको क्रममा प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा १८ को उपदफा (६) सँग सम्बन्धित अनुसूची ६ बमोजिम …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved