संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले पदभार ग्रहण गर्दा नै संघीय निजामती ऐनको कामलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभएको थियो। त्यसलगत्तै मन्त्रालयले मस्यौदाको काम पनि अघि बढायो। मन्त्री मोदीले भनेबमोजिम अहिले मन्त्रालय कानुनको अन्तिम मस्यौदा टुंगो लगाउनमा जुटेको दावी गर्छ। तर, सो विधेयकमा राजनीति सहमति जुट्न भने सकस नै हुने देखिन्छ।
किनभने उक्त विधेयकका केही बुँदामा कुरा नमिल्दा प्रतिनिधिसभाबाट अन्तिम समयमा फिर्ता लिइएको थियो। सरकारले २७ माघ २०७५ मा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक संसद सचिवालयमा दर्ता गरेको थियो। शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७८ असोजमा विधेयक नै फिर्ता लिएको थियो। दलहरूबीच मतभेद …
नीति/राजनीति
तीन विद्यार्थी सङ्गठनले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा देशभरि नै तालमेल गरेका छन् । त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयमा हुने स्ववियु निर्वाचनका लागि नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु (क्रान्तिकारी) र अनेरास्ववियुबीच तालमेल गरेका हुन् ।
नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पा, अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष पञ्चासिंह र अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले तीनवटै विश्वविद्यालयमा हुन गइरहेको स्ववियु निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको क्रान्तिकारीका अध्यक्ष दीपेश पुनले जानकारी दिनुभयो ।
नेविसङ्घले नेपाल कर्मश क्याम्पस, त्रिचन्द्र क्याम्पस, पद्ममकन्या बहुमुखी क्याम्पस, शङ्करदेव क्याम्पस, महाराजगञ्ज क्याम्पस, महाराजगञ्ज नर्सिङ क्याम्पस, आयुर्वेद क्याम्पस, पशुपति बहुमुखी क्याम्पस, पाटन संयुक्त क्याम्पस, जनप्रशासन क्याम्पस, सरस्वती बहुमुखी क्याम्पस, ग्रामीण आर्दश क्याम्पस, कोटेश्वर बहुमुखी …
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुरको वाँडेगाउँस्थित भट्टराई आश्रमको शनिबार अवलोकन एवं निरीक्षण गर्नुभएको छ । भट्टराई आश्रम पुग्नुभएका उहाँले आश्रममा रहेको नेपाली कांग्रेसका संस्थापक नेता एवम् पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सालिकमा माल्यार्पण गर्नुभयो ।
सो अवसरमा नवनिर्वाचित राष्ट्रपति पौडेललाई आश्रमको सञ्चालिका अमिता कपाली, नेपाली कांग्रेसका उपसभापति एवं पूर्वगृहमन्त्री पूर्णबहादुर खड्का, पूर्वराजदूत एवम् नेपाली कांग्रेसका नेता दीपकुमार उपाध्याय, नेपाली कांग्रेस बागमती प्रदेशका सहमहामन्त्री ऋषिराम घिमिरे, प्रदेशसभा सदस्य मीनकृष्ण महर्जन, जिल्ला समन्वय समिति ललितपुरका सभापति ऋषिदेव फुँयाललगायतले स्वागत गर्नुभएको थियो ।
नवनिर्वाचित राष्ट्रपति पौडेललाई आश्रमका सञ्चालिका कपालीले आश्रमको गतिविधिबारे जानकारी गराउनु भएको थियो ।
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल शनिबार नै कीर्तिपुर नगरपालिका–४ चम्पादेवीस्थित …
उपराष्ट्रपति पदका लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगले आज बिहान ९ बजेदेखि अपराह्न २ बजेसम्मका लागि उम्मेदवारी दर्ताको समयसीमा तय गरेको थियो ।
सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माका अनुसार तोकिएको समयभित्र चार जनाको उम्मेदवारी परेको हो । नेकपा(एमाले)का तर्फबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गर्नुभएको छ ।
यस्तै १० दलीय सत्तारुढ गठबन्धनकातर्फबाट जनता समाजवादी पार्टी नेपालका दुई जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ । जसपाको तर्फबाट रामसहायप्रसाद यादव र प्रमिला यादवको उम्मेदवारी परेको छ । निर्वाचन आयोगले राष्ट्रपति पुरुष निर्वाचित भएपछि उपराष्ट्रपति महिला हुनुपर्ने जनाएपछि दुई जनाको उम्मेदवारी परेको बताइएको छ ।
यस्तै जनमत पार्टीको तर्फबाट ममता …
नेशनल मेडिकल कलेज सञ्चालक परिवारका युवाहरूले गरेको युवती दुर्व्यवहारको काण्डलाई तागत र पैसाको बलमा दबाइएको छ। पर्सा जिल्ला प्रहरी कार्यालयले वीरगञ्जको घटना स्थलको फोटो र भिजुअल समेत मगाएको थियो। तिनमा युवतीसँग दुर्व्यवहार गरको प्रत्यक्ष देखिएको छ। घन्टाघर नजिकै रहेको इन्फिनिटी रेष्टुरेन्टको सिसि क्यामरा युवती लडेको, दुर्व्यवहार गर्नेहरूले लडाएको सबै फोटोहरू देखिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले बताउनु भयो। उहाँले भन्नुभयो, ‘ पहिलो दिन भन्दा दोश्रो दिन पीडितको नै कुरा फेरिएको छ। उनले नै होलीको दिन र बियर खाएकोले गलती हुन गएको भन्दै जाहेरी दिन अस्वीकार गरे पछि मुद्दा दर्ता नगरिएको हो।’
वीरगञ्जको गहवा निवासी पीडिताकी …
गणतन्त्र नेपालको तेश्रो राष्ट्रपतिमा नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित हुनुभएको छ । राष्ट्रपति निर्वाचन अधिकृतको कार्यालय अनुसार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित हुनुभएको हो । उहाँले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाउनुभयो।
नेकपा एमालेका सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै पौडेल राष्ट्रपति निर्वाचित हुनुभएको हो । सुवासचन्द्र नेम्वाङले १५ हजार ५१८ मत भार पाउनुभयो। उहाँले ९८ संघीय सांसद र १६२ प्रदेश सांसदको मत पाएका निर्वाचन कार्यालय स्रोतले जनाएको छ ।
नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा उहाँलाई आज निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्नुभएको हो। कार्यक्रममा निर्वाचन …
प्रधानमन्त्री भनेको प्रधानमन्त्री जस्तो काम नगर्ने भयो। प्रधानमन्त्रीले मन्त्रीमण्डलका सदस्यहरू अर्थात मन्त्रीहरू फेर्न सक्नु पर्ने हो। तर नेपालका प्रधानमन्त्रीले सो काम कहिलै गर्न सकेनन्। संविधान नै यस्तो बनाइएको छ कि प्रधानमन्त्रीले प्रधानमन्त्रीको रुपमा काम गर्न सक्दैनन्।
शेरबहादुर देउवा अस्ति भरखर प्रधानमन्त्री थिए तर वास्तवमा प्रधानमन्त्री त पुष्पकमल दाहाल नै थिए। पुष्पकमल दाहाल र माधव नेपाल गएर शेरबहादुर देउवालाई प्रधानमन्त्री भई दिनु पर्यो भनेर चिरौरी गरे। प्रधानमन्त्री हुन शेरबहादुर देउवा तैयार भए। तर शेरबहादुर देउवाले समर्थकहरू जुटाउन पुष्पकमल दाहालको नै भर गरे।
पुष्पकमल दाहाल प्रधानमन्त्री नहुँदा प्रधानमन्त्री थिए। तर प्रधानमन्त्री भए पछि उनी पनि प्रधानमन्त्री रहेनन्। ओली र देउवालाई प्रधानमन्त्री बनाउने …
लोकतन्त्रको स्तर भ्रष्टाचारको स्तरको अनुमान गर्न महत्वपूर्ण हुन्छ। विभिन्न अध्ययनहरूले सवल लोकतन्त्र हुँदा भ्रष्टाचार घटेको देखाएका छन्। भ्रष्टाचार विषयका लेखक इन्स्टे डोमिनिकका अनुसार- लोकतन्त्र जति लामो समयसम्म स्थिर हुन्छ त्यत्ति नै भ्रष्टाचार कम हुन्छ। कम्तिमा पनि १०२ बढीमा ४५ वर्षसम्म बिना अवरोध स्थिर रहेको लोकतन्त्रमा भ्रष्टाचार घटेको पाइएको छ। त्यसैगरी लोकतन्त्रका प्रारम्भिक वर्षहरूमा भ्रष्टाचार बढ्ने र ४ देखि १५ वर्षमा क्रमशः घट्दै जाने हुन्छ। उनी भन्छन्- सार्वजनिक अधिकारीसँग सम्पर्क बढाएर भ्रष्टाचार गर्न तम्सिने निजी क्षेत्रलाई नियन्त्रण गर्ने उपायहरू नवोदित लोकतन्त्रमा अभाव हुन्छ। जब लोकतन्त्र स्थिर बन्छ तब स्वतन्त्र बजारको प्रवेश पनि सहज हुँदैजान्छ र प्रतिस्पर्धा बढ्न गई भ्रष्टाचार गर्ने अवसर …
तत्कालिन सशस्त्र विद्रोही नेकपा माओवादीका अध्यक्ष प्रचण्डविरुद्ध सर्वसाधरणको हत्या अभियोगमा अनुसन्धान र कारबाही अगाडि बढाउन आदेशको माग गर्दै पीडितहरुकाे तर्फबाट सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।
मंगलबार अधिवक्त ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीसहित २८ ‘जनयुद्ध’ पीडित परिवारका सदस्यहरुले सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन्। उनीहरुले हाल प्रधानमन्त्री रहनुभएका पुष्पकमल दाहाल (प्रचण्ड) लाई पक्राउ गरेर आवश्यक अनुसन्धानको प्रक्रिया अघि बढाउन अन्तरिम आदेशको माग गरेका छन्।
रिट निवेदनमा प्रधानमन्त्री प्रचण्डले गत २०७६ माघ १ गते पाँच हजार व्यक्ति मारिएकाे जिम्मा आफूले लिने भनि साविति बयान सार्वजनिक मञ्चबाट गरेको तर्फ प्रस्तुत गर्दै निजलाई तत्काल प्रचलित कानुन बमोजिम पक्राउ गरी सजाय गर्नुपर्ने …
नेपालको संघीय संसद प्रतिनिधि सभाका नवनिर्वाचित २७५ सदस्यमध्ये हालसम्म २५० सदस्यले आफ्नो सम्पत्ति विवरण संसद सचिवालयमा बुझाएका छन्। संसदका २५ जना सदस्यहरूले अझैपनि सम्पत्ति विवरण बुझाएका छैनन्। यसरी बुझाइएको सम्पत्ति विवरणलाई सचिवालयले भने गोप्य राखेको छ।
संसद सचिवालयका सूचना अधिकारी दशरथ धमलाका अनुसार सो विवरण कानुनले सार्वजनिक गर्न मिल्दैन। संसदको खुलापन सम्बन्धी अन्तराष्ट्रिय सिद्धान्त र अन्तर व्यवस्थापिका परिषद् (आइपियू) का अनुसार संसदका सदस्यहरूले आफ्नो सम्पत्ति र दायित्व सम्बन्धी सो घोषणालाई सदाचारको उच्चतम मान्यता मानेको छ।
संसदीय सदाचारको यो विषयलाई नेपालको संसदले भने आत्मसात गर्न सकेको छैन। संसद सचिवालयका सूचना अधिकारीले सम्पत्ति विवरण खुलासा गर्नै नमिल्ने जवाफ दिनुभयो। नेपालको संसदमा सदस्यहरूको …