नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले यसपालि प्रधानमन्त्रीको रुपमा धेरै काम गर्ने भनेका छन्। काम गर्न सके र काम गरेको देखाउन सके राम्रै हो। तर तीन महिना सम्म केही गर्न नसकेको सार्वजनिक रुपमा नै मानिसकेका छन्। उनीले जुन व्यवस्था खोजेको हो सो व्यवस्था त ल्याउन सकेनन्। सो कुरा उनी आफैले धेरै पटक प्रष्ट पारेका छन्। उनले खोजेको व्यवस्था निर्वाचित राष्ट्रपति हो। त्यसमा पनि उनले खोजेको एक दलीय शासन हो। जुन संसदीय व्यवस्था र बहुदलीय व्यवस्थाको विरोधमा उनीले युद्ध शुरु गरेका थिए सोही व्यवस्थामा पसेर काम गर्नु पर्दा उनीलाई ठुलो सकस भएको छ। संसदीय व्यवस्था भनेको खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने व्यवस्था …
