Home » ताजा खबर » Page 26
Category:

ताजा खबर

फ्रिडम फोरमले पीडितको लागि शीघ्र न्याय सुनिश्चित गर्दै दण्डहीनता अन्त्य गर्न माग गरेको छ ।
नेपाल सरकार कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयले संसद्मा यही असार २९ गते दर्ता गरेको ‘बेपता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ संशोधन विधयेक’ प्रति फ्रिडम फोरमको ध्यानाकर्षण भएको जनाउँदै उक्त माग गरेको हो ।
साथै फ्रिडम फोरमले  सशस्त्र द्वन्द्वको समयका पीडितहरूले न्याय सुनिश्चित गर्न विधयेकको नयाँ व्यवस्थाले सहज नहुने भनेर गरिरहेको विरोध तथा असहमतिप्रति  विज्ञप्तिमार्फत ऐक्यवद्धता समेत जनाएको छ ।
‘पीडितहरूको लागि न्याय सुनिश्चित हुने गरी विधयेकमा स्पष्ट प्रावधानहरू राख्नु पर्ने माग हामी गर्दछौं’, विज्ञप्तिमा भनिएको छ– ‘यसका लागि सर्वोच्च …

शीघ्र न्याय सुनिश्चित गर्दै दण्डहीनता अन्त्य गर: फ्रिडम फोरम
0 comment
0 FacebookTwitterEmail

राष्ट्रिय सूचना आयोगले राजनीतिक दलहरुलाई सूचनाको हक कार्यान्वयन गर्न आदेश दिएको छ । आयोगको साउन ५ गते बसेको बैठकले सो आदेश दिने निर्णय गरेको हो ।
सूचनाको हकसम्बन्धी ऐन अनुसार राजनीतिक दलहरु सार्वजनिक निकायभित्र पर्दछन् र सबै सार्वजनिक निकायहरुले सो ऐन अनुसारको दायित्व पूरा गर्नैपर्छ ।
आयोगले सबै सार्वजनिक निकायहरुलाई सूचना अधिकारीको विवरण अद्यावधिक राख्न पनि आदेश दिएको छ।
राजनीतिक दलहरूको वेबसाइट अध्ययन गर्दा अधिकांश राजनीतिक दलहरूले सूचनाको हक पालनामा उदासीनता देखाएको आयोगले पाएपछि सो आदेश दिएको बताइएको छ ।
आयोगले भनेको छ– ‘देशलाई नेतृत्व दिन, समृद्ध बनाउन, नागरिकलाई बलियो बनाउन प्रतिबद्ध राजनैतिक दलहरूको सूचनाको हक कार्यान्वयनमा प्रतिबद्धताको अहम् र …

राजनीतिक दलहरुलाई सूचना आयोगको आदेश
0 comment
0 FacebookTwitterEmail

मागेको सूचना नदिएकोमा त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुका कार्यालय प्रमुख एवं परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई राष्ट्रिय सूचना आयोगले २० हजार रुपैयाँ जरिवाना गरेको छ।

राष्ट्रिय सूचना आयोगले साउन १० गते जारी गरेको वक्तव्यका अनुसार सूचनाको हकसम्बन्धी नियमावली, २०६५ को नियम ६(७) बमोजिम आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२(१) बमोजिम गरेको जरिवाना असुल उपर गरी आयोगलाई जानकारी दिन काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाउने निर्णय गरेको हो ।

वक्तव्यका अनुसार परीक्षा नियन्त्रक जोशीलाई विभागीय कारबाही गरी सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ को उपदफा (३) बमोजिम आयोगलाई जानकारी गराउन त्रिभुवन विश्वविद्यालयका उपकूलपतिलाई पत्र पठाउने र यस निर्णय …

0 comment
0 FacebookTwitterEmail

राजपुर नगरपालिकाको कार्यालय, रौतहटका कार्यालय प्रमुख बैंजु ठाकुरलाई राष्ट्रिय सूचना आयोगले जरिवाना गरेको छ । प्रमुख ठाकुरलाई सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ को उपदफा (१) बमोजिम सूचना आयोगका कार्यवाहक प्रमुख सूचना आयुक्त कमला ओली थापा र सूचना आयुक्त रत्नप्रसाद मैनालीको २०७९ असार १३ गतेको इजलाशबाट १०,००० (दश हजार) रुपैयाँ जरिवाना र पुनरावेदकको माग बमोजिमको सूचना उपलब्ध गराउन आदेश जारी गरिएको हो ।
‘आयोगबाट प्राकृतिक न्यायको सिद्धान्तबमोजिम निज कार्यालय प्रमुख बैंजु ठाकुरलाई पटक पटक सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ बमोजिम कारबाही हुने व्यहोराबाट सजग गराउँदा, चेतावनी दिँदा पनि आफ्नो जिम्मेवारी पालनामा पूर्णत: गैर जिम्मेवार देखिएका छन्’, सूचना …

राष्ट्रिय सूचना आयोगद्वारा सूचना नदिने पदाधिकारी दण्डित
0 comment
0 FacebookTwitterEmail

काठमाडौं महानगरपालिका वडा नं. ७ द्वारा आयोजित प्रथम वडाध्यक्ष भेट्रान कप फुटबल २०७९ को उपाधि ढोलाहिटी युथ क्लबले जितेको छ।चावहिल गणेशस्थानस्थित खेलमैदानमा मंगलवार सम्पन्न फाइनलमा ललितपुरको टोली ढोलाहिटी युथ क्लबले काठमाडौँ ठमेलको फ्रिडम फाइटरलाई २–१ गोलले पराजित गर्दै उपाधि आफ्नो नाम गर्‍यो।विजेता टोलीले प्रथम वडाध्यक्ष भेट्रान कपको उपाधिका साथै पुरस्कारराशी स्वरूप एक लाख रुपैयाँ प्राप्त गर्‍यो भने उपविजेता फ्रिडम फाइटरले ५० हजार रुपैयाँ पुरस्कार पायो।

प्रतिश्पर्धात्मक फाइनलका तीनै गोल खेलको पहिलो हाफमा सम्भव भएका थिए।पहिलो हाफको पाँच मिनेट बित्न नपाउँदै फ्रिडम फाइटरका विकर्ण श्रेष्ठले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए।तर गोल खाएको दश मिनेटभित्रै दुई गोल फर्काउँदै ढोलाहिटी खेलमा …

ढोलाहिटी  युथलाई प्रथम वडाध्यक्ष भेट्रान कपको उपाधि
0 comment
0 FacebookTwitterEmail

पारदर्शिताको लागि सूचनाको हक कार्यान्वयन गर्न प्रत्येक राजनैतिक दलले आत्मसात गरेको खण्डमा पारदर्शिता, जवाफदेहीतामा अभिवृद्धि हुने सभासद् समिना हुसैनले वताउनु भएको छ। यसैगरी सभासद् रंगमती शाहीले नागरिकलाई यथार्थ जानकारी दिएमा मात्र राज्यप्रति विश्वास बढ्ने बताउनुभयो । माननीय झपट रावलले भने राजनैतिक परिवर्तन भयो तर संस्कार र संस्कृति परिवर्तन नभएकाले मुख र हातखुट्टा सँगसँगै चल्नुपर्ने बताउनुभयो ।

उहाँहरू राष्ट्रिय सूचना आयोगले २०७९ साल जेठ १६ गते सोमबार सूचनाको हक कार्यान्वयनमा संसदीय समितिको भूमिका विषयक आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै हुनुहुन्थ्यो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि विकास तथा प्रविधि समितिका सभापति कल्याणी कुमारी खड्काले नागरिकलाई सूचनाको हकको बारेमा सूसुचीत बनाउन समितिका सदस्यहरुले आ …

राजनैतिक परिवर्तन भयो तर संस्कार फेरिएन
0 comment
0 FacebookTwitterEmail

नेपाल सरकारले आव २०७९/८० को बजेटमा शिक्षा क्षेत्रका लागि कुल राष्ट्र्यि बजेटको १०.९५ प्रतिशत मात्र छुट्याएको छ । शिक्षासम्बन्धी व्यवस्था र बजेटबारे शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसीइ नेपाल) ले यसप्रति असन्तुष्टि जनाएको छ । एनसीइ नेपालका अनुसार नेपाल सरकारले यसअघि विभिन्न मञ्चमा कुल राष्ट्रिय बजेटको कम्तिमा २० प्रतिशत शिक्षा क्षेत्रमा लगानी गर्ने प्रतिवद्धता व्यक्त गर्दै आएको थियो ।
शिक्षाका लागि राष्ट्रिय अभियानले नेपालको सार्वजनिक शिक्षा सुदृढीकरणका लागि तीन तहका सरकारले आ–आफ्नो बजेटबाट कम्तिमा २० प्रतिशत बजेट छुट्याउनु पर्ने माग गर्दै आएको थियो ।
अर्थमन्त्री जनार्दन शर्माले २०७९ जेठ १५ गते संघीय संसद्मा प्रस्तुत गर्नुभएको यस आ.ब.को बजेटमा उल्लेख गर्नुभएको …

शिक्षाक्षेत्रमा प्रतिवद्धता विपरीतको बजेट
0 comment
0 FacebookTwitterEmail

राष्ट्रिय सूचना आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा १९ को खण्ड (ङ) बमोजिम  एक आदेश जारी गर्दै स्थानीय तहको कानून निर्माण गर्दा सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३ को उपदफा (३) मा उल्लेख भएका विषयबाहेक अन्य विषय गोप्य नरहने गरी मात्र कानुन निर्माण गर्ने/गराउन भनेको छ। त्यस्तै आयोगले कानुन तथा नीति निर्माण र बजेट तथा कार्यक्रम तर्जुमा गर्दा सर्वसाधारण नागरिकको सहभागिता सुनिश्चित गर्न प्रस्तावित कानुन, नीति, बजेट तथा कार्यक्रमउपर खुला छलफल तथा सुझाव लिने व्यवस्था गर्न भनेको छ।

यसैगरी स्थानीय तहमा रहेका नगर/गाउँसम्म, कार्यपालिका, वडा समितिले गरेका निर्णयहरु तत्काल स्थानीय तहको वेबसाइट, सूचना पाटी, स्थानीय सञ्चार माध्यमलगायतको माध्यम …

स्थानीय तहमा सूचनाको हक कार्यन्वयन गर्न सूचना आयोगको आदेश
0 comment
0 FacebookTwitterEmail

आइएनएसका प्रधान सम्पादक तारानाथ दाहाललाई त्रिमूर्ति निकेतनले ‘भद्र घले पदक’ बाट सम्मानित गर्ने निर्णय गरेको छ।

त्रिमूर्ति निकेतनको स्थापनामा गुरुतर भूमिका निर्वाह गर्दै देशदेशान्तरमा संस्थाको गरिमामय उचाइ अभिवृद्धिका लागि समेत विशिष्ट योगदान पुर्‍याएबापत तारानाथ दाहाललाई सो पदक समर्पण गर्नेका लागि त्रिमूर्ति निकेतनको पूर्व बैठकबाट निर्णय गरिएको जनाइएको छ।

त्यसैगरी  त्रिमूर्ति निकेतनले त्रिमूर्ति निकेतनबाट गठित ‘विश्वनारी नेपाली साहित्य सम्मेलन’ र ‘सत्यमोहन जोशी शताब्दी महोत्सव’को आरम्भदेखि अन्त्यसम्मको नेतृत्वदायी भूमिकामा सार्थक, उल्लेखनीय र विशिष्ट योगदानका निम्ति प्रा.डा. उषा ठाकुरलाई ‘भद्र घले पदक’ समर्पण गर्ने निर्णय गरेको पनि जनाइएको छ।

प्रमाणपत्र र पदकका साथ ‘भद्र घले पदक’को राशी जनही पच्चीस हजार रूपियाँ रहेको छ।…

तारानाथ दाहाल र उषा ठाकुरलाई ‘भद्र घले पदक’
0 comment
0 FacebookTwitterEmail

निर्वाचन आयोगले १४ जिल्लाका ४४ वटा मतदान केन्द्रमा विवाद र झडपका कारण मतदान स्थगित भएको जनाएको छ । मतदानको समय सकिएपछि निर्वाचन आयोगमा एक पत्रकार सम्मेलन आयोजना गरेर स्थगन भएका मतदान केन्द्रको मतदान आयोगसँगको समन्वयमा छिट्टै गर्ने व्यवस्था मिलाएको जनाएको छ । अवरुद्ध भएका स्थानमा निर्वाचन अधिकृतको प्रतिवेदनका आधारमा आयोगलाई जानकारी दिएर पुनः मतदान गराउने निर्णय मुख्य निर्वाचन अधिकृतले गर्न सक्ने आयोगले जनाएको छ।

पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले देशैभरी एकैसाथ निर्वाचन गराउने क्रममा आवश्यक सुरक्षा प्रवन्ध गर्न नसकिएका कारण धेरै ठाउँमा निर्वाचन स्थगित गर्नु परेको बताउनु भयो ।

प्रमुख निर्वाचन आयुक्त थपलिया पत्रकार सम्मेलनमा भन्नुभयो, ‘एकै …

६५ देखि ७२ प्रतिशतको बीचमा मत खसेको प्रारम्भिक अनुमान
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved