Home » निर्वाचन » Page 12
Category:

निर्वाचन

२०४८ साल यता नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले झापा क्षेत्र नम्बर ३ बाट ६ पटक निर्वाचनमा भाग लिइसक्नु भएको छ। त्यसमध्ये उहाँले दुई पटक मात्रै जित्नु भएको थियो। सिटौलाले २०५१ सालमा भएको उप निर्वाचन र २०७० सालमा भएको संविधानसभाको निर्वाचनमा जित्नु भएको थियो। चार वटा निर्वाचनमा हारेका सिटौला सातौँ पटक निर्वाचनमा सहभागी हुँदै हुनुहुन्छ। 

यस अघि उहाँ २०७४ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्वार राजेन्द्र लिङ्देनसँग पराजित हुनु भएको हो। नेकपा गठबन्धनका उम्मेदवारको रुपमा मैदान उत्रिएका लिङ्देनले कांग्रेस नेता सिटौलालाई भारी मतअन्तर १३ हजार ४ सय ४३ मतले पराजित गर्नु भएको थियो। नेता सिटौलाले २०७४ मा भएको

0 comment
0 FacebookTwitterEmail

झापाको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका लागि भिडिरहनु भएका देवराज घिमिरे र हरिकुमार राना, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्सवादी लेनिनवादी) मा रहेर राजनीति गर्दा झापामा मात्र होइन झापाबाहिर पनि छुट्टै छवि बनाएका व्यक्ति हुनुहुन्छ । 

घिमिरे नेकपा (एमाले) को स्थायी कमिटी सदस्य तथा  १ नम्बर प्रदेश इन्चार्ज हुनुहुन्छ भने राना प्रदेश कमिटी सदस्य हुनुहुन्छ। तर, प्रतिनिधि सभाको निर्वाचन २०७९ को मनोनयन दर्ताको अघिल्लो दिनबाट उनै घिमिरे र राना सहकर्मी नभई मुख्य प्रतिष्पर्धीका रुपमा देखा पर्नु भएको छ। नेकपा (एमाले)ले आफूलाई  स्थान नदिएको भन्दै राना नेकपा (एमाले) छाडेर बाहिरिनु भयो।

पार्टीमा रहँदा शालिन, भद्र र प्रभावशाली नेताका रूपमा आफ्नो परिचय बनाएका

0 comment
0 FacebookTwitterEmail

तत्कालीन राजनीतिक विद्रोहको आधारभूमि रहेको झापा पछिल्लो समय केन्द्रीय राजनीतिको मियोका रूपमा स्थापित भएको छ। समकालीन राजनीतिमा झापाबाट प्रतिनिधित्व गर्ने नेताहरूले छिटपुटबाहेक देशको केन्द्रीय राजनीतिमा वर्चस्व जमाउँदै आएका छन्। २००७ देखि २०६२/०६३ को राजनीतिक परिवर्तनसम्म झापाको भूमिका अग्रमोर्चामा रहेको छ। झापा विद्रोहको कर्मभूमि हो। यही कर्मभूमिबाट उदाएका नेता र नेतृत्वले अहिलेसम्म आफ्नो राजनीतिक कौशललाई कायमै राखेको देखिन्छ। २००७ सालमा राणा आन्दोलनदेखि पञ्चायतको किसान र दुई वटा जनआन्दोलनमा झापा केन्द्रमा नै रह्यो।

आगामी मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनको मिति नजिककै जाँदा अहिले झापामा चुनावी सरगर्मी बढेको छ। दलका नेता तथा कार्यकर्ताहरूको सक्रियता समेत बढेको छ। केन्द्रीय …

0 comment
0 FacebookTwitterEmail

सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकाका गीता राय क्षेत्री (श्रेष्ठ) अहिले काठमाडौको गौशालामा बस्नुहुन्छ। २०५० सालमा जन्मिनुभएकी क्षेत्रीले २०६८ साल मै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकबाट नागरिकता लिएको भए पनि अहिलसम्म भोट हाल्नुभएको छैन । अहिले प्रदेश र प्रतिनिधिसभा सदस्यको चुनावको चर्चा चलिरहेको बेलामा जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा घण्टौं लाईन बसेर क्षेत्रीले बसाइँ सराइको प्रमाण पत्र समेत पेश गरेर मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराउनुभयो । अहिलेसम्म मताधिकार प्रयोग नगर्नुभएकी गीता आगामी निर्वाचनमा भने परिवर्तनको पक्षमा युवालाई भोट हाल्ने बताउनुहुन्छ । परिवर्तन सुरु भएको छ । काठमाडौंमा स्थानीय तहको चुनावमा स्वतन्त्र उम्मेद्वार बालेन साहको पक्षमा खुलेर लाग्नुभएकी क्षेत्री स्थानीय तहको चुनावको नतिजा पछि नै …

नयाँ मतदाता नामावली: अधुरो अनलाइनको दुखेसो
0 comment
0 FacebookTwitterEmail

पहिलो स्थानीय चुनाव जितेर विजयकुमार सरावगी मेयर भएपछि वीरगन्ज महानगरपालिकामा गजबले चलेको हिन्दी फिल्मको डाइलग हो- ‘मेरे पास पैसा है,मै सबको खरिद लुगां’। अहिले यही सम्वादले विजयलाई जिस्काइरहेको छ। चुनावको मुखमा पैसाकै बलमा चुनाव जित्ने घमन्डले माउ पार्टी  परित्याग गरेर एमाले प्रवेश गरे पनि विजयलाई प्रतिस्पर्धी राजेशमान सिह श्रेष्ठले दोबरभन्दा बढी मतले हराएपछि पैसा सबै कुरा हैन भन्ने स्थापित भएको जस्तो देखिन्छ।
जसपाका सिंहले ४६ हजार २ सय १५ मत ल्याउँदा नेकपा एमालेका विजय सरावगीलाई २३ हजार ६ सय ७१ मत परेको छ। सिंह २२ हजार ५ सय ४४ मतान्तरले विजयी हुनुभयो। उपमेयरमा निर्वाचित इम्तियाजले ३० हजार ७८ मत पाउनु …

राजेशमानलाई चाँदी मुकुट, वीरगञ्जमा चलेन नोटको जादु
0 comment
0 FacebookTwitterEmail

नवनिर्वाचित वडाध्यक्ष सुशील घिमिरे पराजित प्रतिद्वन्द्वी ह्याग्रीव आचार्यलाई काँधमा बाेकेर खुसीयाली मनाउँदै

 

वैशाख ५ गते बिहानबाट सामाजिक सञ्जालमा एउटा तस्वीर भाइरल भयो । त्यो स्थानीय तह निर्वाचनमा विजयी वडाध्यक्षले प्रत्यासी उमेदवारलाई काधमा बोकेको तस्बिर थियो। सुन्दा सामान्य लागे पनि हेटौंडामा भने यसले विशेष प्राथमिकता पाइरह्यो।
विजयी उमेदवारलाई पराजित उमेदवारले विद्यालयमा पढाउनुभएको रहेछ । संयोग भनौं हेटौंडा–५ को वडा अध्यक्ष निर्वाचित भएका सुशील घिमिरे नेकपा (एमाले) बाट विजयी बन्नुभयो भने उहाँका निकटतम् प्रतिद्वन्द्वी ह्यग्रीव आचार्य पराजित बन्नुभयो । घिमिरेले आचार्यलाई काधमा बोकेर खुशीयाली मनाउनुभयो। यो तस्वीर खिच्नुभएको थियो हेटौंडाका फोटो पत्रकार ॐ फुयालले। आफ्ना गुरुसँग चुनावी प्रतिस्पर्धाका क्रममा पनि घिमिरेले …

प्रतिस्पर्धीलाई काँधमा राखेर घुमाए नवनिर्वाचित वडाध्यक्षले
0 comment
0 FacebookTwitterEmail

सरकार नियन्त्रित गोरखापत्र दैनिकमा वैशाख २५ गते आइतवार भरतपुर नगरपालिकाकी मेयरकी प्रत्यासी रेणु दाहालको अन्तर्वार्ता छापिएको थियो जसको शीर्षक रहेको थियो– ‘बागी उमेदवारको प्रभाव नगन्य छ’ । निर्वाचन आयोगले गोरखापत्रमा प्रकाशित सो सामग्रीलाई उमेदवारको पक्षमा प्रचार–प्रसार हुने गरी छापिएकाले यसले निर्वाचन आचारसंहिता उलङ्घन भएको ठहर गर्दै गोरखापत्र दैनिकका प्रधान सम्पादकलाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न पत्र काटेको छ ।
वैशाख २३ गते सेतोपाटी अनलाइनमा ‘वीरगञ्जमा दबंग नेता राजेशमानको सम्भावना धेरै, पछिपछि निवर्तमान मेयर सरावगी’ शीर्षकको समाचार प्रकाशित भएको थियो । निर्वाचन आयोगले तत्काल सो समाचार हटाउन सेतोपाटीलाई निर्देशन दिएको थियो । निर्वाचन आचारसंहिता २०७८ को दफा ४ को खण्ड (ण) …

बढ्यो आचारसंहिता उलङ्घन, पत्रकारलाई पनि स्पष्टीकरण
0 comment
0 FacebookTwitterEmail
राजनीतिक दलले फरकक्षमता भएका व्यक्तिहरूलाई उमेदवारको रूपमा स्वीकार गर्न सकेनन्, यसले उनीहरू एक मत मात्र हुन् भन्ने बुझाइ राजनीतिक दलमा रहेछ भन्ने देखिन्छ । त्यतिमात्र होइन नेपालको संविधानले सुनिश्चित गरेको हरेक नागरिकको गोपनीयताको हक प्रत्याभूत गर्नुपर्ने दायित्वबाट समेत राजनीतिक दल पूर्ण रूपले चुकेका छन् । यसबाट फरक क्षमता भएका नागरिकलाई राज्यले बेवास्ता गरेको पुष्टि भएको छ ।

३१ वर्षीय शेरजङ्ग गुरुङ अघिल्लो चुनावमा सेतो छडी समात्दै मतदानस्थल पुग्नुभयो र गाउँकै चिनेका दाइले सहयोगीको रूपमा उनको सट्टामा मतदान गरिदिनुभयो । उहाँलाई आफूले चाहेको प्रतिनिधिलाई नै साथीले स्वस्तिक छाप लगाए कि लगाएनन् भन्ने विषयमा शंका भयो । यसपालीको चुनावमा पनि उहाँको मनमा …

निर्वाचन अपाङ्गता भएका व्यक्तिका लागि हैन र?
0 comment
0 FacebookTwitterEmail

‘रोजगारीको बाध्यताले यहाँ बस्नुपरेको हो, मनजति नेपालमै छ, अहिले त झन् चुनावको वेला कतिखेर नेपाल पुगौंला जस्तो भएको छ’  दिल्लीबाट सोमबार बिहान नेपाल जान लागेका लक्ष्मण अधिकारीले भन्नुभयो -‘पाँच वर्षमा भोट हाल्ने मौका पाइएको छ जसरी पनि जानु पर्यो नि!’

अध्ययन, रोजगारी तथा व्यापार व्यवसायको सिलसिलामा भारतको दिल्लीमा बस्दै आएका नेपालीहरू स्थानीय निर्वाचनमा मतदान गर्नकै लागि  धमाधम नेपाल फर्कन थालेका छन्। यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भाग लिन भारतको नयाँदिल्लीबाट मात्र दैनिक पाँच सयको हाराहारीमा नेपालीहरू स्वदेश फर्किन थालेका छन्। लक्ष्मण जस्तै थुप्रै नेपालीहरूले आफूलाई मन परेको उमेदवार छान्न  एक दुई साताको बिदा मिलाइ नेपाल जान लागेको …

मतदान गर्नकै लागि दिल्लीबाट धमाधम स्वदेश फर्कंदै नेपाली
0 comment
0 FacebookTwitterEmail

विक्रम सम्वत् २०४६ मा बहुदलीय प्रजातन्त्रको स्थापना भएपछि मुलुकमा २०४८ सालको वैशाख महिनामा पहिलो संसदीय निर्वाचन भएको थियो । त्यसबेला चुनाव प्रचार–प्रसारको मुख्य शैली भित्तेलेखन र पोष्टर टाँस्ने हुन्थ्यो । चुनावको मितिभन्दा महिनादिन अघिबाटै पार्टीका कार्यकर्ताहरू चुनावको प्रचार–प्रसारमा लागेका हुन्थे । विभिन्न पार्टीका उमेदवारहरूको प्रचार र भोटका लागि अपील गर्दै मुख्य सडकदेखि भित्री गल्ली छेउछाउका कुनै पनि पर्खाल, गाह्रो वा कुनै पनि खाली ठाउँ बाँकी नराखी भित्तेलेखन गरिएको हुन्थ्यो । आ–आफ्ना उमेदवारका पोस्टर टाँस्ने होडबाजी नै चल्ने गर्दथ्यो । सार्वजनिक स्थलहरूमा जता हेरे पनि विभिन्न थरिका पम्प्लेट र पोस्टरहरूमात्र देखिन्थे ।
त्यसबेला शहरबजारका साथै गाउँ–गाउँका मुख्य चोकहरूमा ठूला–ठूला ब्यानर र …

एनालगबाट डिजिटल हुँदै गएको चुनावी प्रचारप्रसार शैली
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved