Home » निर्वाचन » Page 13
Category:

निर्वाचन

स्थानीय निर्वाचन मिति नजिकिँदै जाँदा तनहुँका १० वटै पालिकालाई चुनावी गतिविधिले तताएको छ। कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँ क्षेत्र नम्बर १ मा पराजित गर्न भूमिका खेलेको आरोपमा कारबाहीमा परेका कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी समूह अहिले तनहुँ कांग्रेसका अगाडि चुनौती बनेर खडा भएको छ।

२०७६ साउन १० गते नेपाली कांग्रेसको अनुशासन समितिले पार्टी सदस्यसमेत नरहने गरी पाँच वर्षका लागि जोशीलाई कारबाही गरेको थियो। पटकपटक मन्त्री हुँदा विकास निर्माणमा जोशीले खेलेको भूमिकाका कारण उनको जनाधार गाउँ गाउँमा भएको पाइन्छ। जोशी पक्षका कार्यकर्तालाई सम्मानजनक भूमिका नदिँदा अहिले तनहुँ कांग्रेसलाई चुनौती थपिएको हो।

गोविन्दराज जोशी यतिबेला स्वतन्त्र समूह बनाएर आफ्नो शक्ति परीक्षणमा …

तनहुँमा स्थानीय निर्वाचन: शक्ति परीक्षणमा रामचन्द्र र गोविन्दराज
0 comment
0 FacebookTwitterEmail

‘एक तरफ कुआ, दुसरा तरफ खाही’ यो भोजपुरी उखान आर्थिक महानगरी वीरगञ्जको चुनावमा धेरैको थेगो बनेको छ। वितृष्णा हुने गरी चुनाव अगाडि भएको दलीय टुटफुट,  पार्टी प्रवेश र गठबन्धनको नाटकपछि एकजना पनि राम्रो उम्मेदवार नपरेकाले होला अहिले यहाँका हरेक चियापसल र पान दोकानमा यही उखान प्रयोग गरिन्छ।

चुनावको मुखमा दल चहार्दै हिँडेका दलबदलुहरू र आफ्ना उम्मेदवार नभएकाले नवप्रवेशीलाई नै उम्मेदवार बनाएका दलहरूका कारण  राजनीतिमा अलिकति पनि नैतिकता बाँकी नरहेको  यहाँका बुद्धिजीवीहरू बताउँछन्। ठाकुर राम बहुमुखी क्याम्पसका प्रध्यापक ललन द्विवेदीको भनाइमा आस्था र सिद्धान्तका कुरा नेता र दल दुबैमा ह्रास भएको छ। उहाँ भन्नुहुन्छ- ‘स्थानीय निकायमा विकास, समृद्धिको प्रतिपर्धा भन्दा पनि …

वीरगञ्जमहानगरका दुबै प्रतिस्पर्धीको भर कांग्रेस
0 comment
0 FacebookTwitterEmail

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि देशभरिका ७ सय ५३ नगर र गाउँपालिकामा विभिन्न पदका लागि १ लाख ४५ हजार ८३ जनाको उम्मेदवारी परेको आयोगले बताएको छ। त्यसमध्ये महिलाको संख्या ५५ हजार ७ सय १५ मात्र छ। यो अघिल्लो निर्वाचनको तुलनामा झण्डै दुई हजारले कम हो।

२०७४ सालको चुनावमा कुल १ लाख ४८ हजार ३ सय ६४ जना उम्मेदवार विभिन्न पदका लागि प्रतिस्पर्धा गर्दैछन्। त्यसमध्ये ५७ हजार ८ सय ४३ जना महिला रहेका छन्। पुरुषहरूको संख्या ९० हजार ५ सय १९ जना र २ जना तेस्रोलिंगी रहेको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ तर यसपटक महिला उम्मेदवारको संख्यामै …

गठबन्धनको जोडघटाउले छायाँमा महिला उम्मेदवारी
0 comment
0 FacebookTwitterEmail

निर्वाचन आयोगले नेपाली कांग्रेस पार्टीसँग तीन दिनभित्र जानकारीसहितको जवाफ माग गरेको छ।ललितपुर कांग्रेसले स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार प्रसार समितिको नामबाट “ओलीजी गफ गर्छन्, हामी काम गर्छौं, रूख चिह्नमा मतदान गरौँ” शीर्षकको पर्चा सामाजिक सञ्जालमा देखिन आएकाले सो पर्चा राखेको हो वा होइन भनी आयोगले कांग्रेससँग जवाफ माग गरेको हो।

आयोगको पत्रमा भनिएको छ– “उक्त सामग्री निर्वाचन आचारसंहिता २०७८ को दफा ४ को देहाय ९ठ० र (ढ) विपरीत देखिएकाले सो पर्चा सामाजिक सञ्जाल तथा अन्य स्थानबाट तुरुन्त हटाइ सो सम्बन्धमा स्पष्ट गरी ३ (तीन) दिन भित्र जवाफ उपलब्ध गराइ दिन हुन आदेशानुसार अनुरोध गरिन्छ।” आचारसंहिता कार्यान्वयन गर्ने प्रतिबद्धता सो दलले …

आचारसंहिता उलंघन गर्नेसँग धमाधम स्पष्टीकरण माग्दै निर्वाचन आयोग
0 comment
0 FacebookTwitterEmail

गठबन्धनबाट बाहिरिएर धरानमा चुनावी घरदैलोमा लागिसकेका जनता समाजवादी पार्टीका नगर प्रमुख, उपप्रमुखका उम्मेदवारले मंगलबार गठबन्धनलाई सघाउन उम्मेदवारी फिर्ता लिएर निस्क्रिय बनाएको घोषणा गरेका छन्। लोकतान्त्रिक बाम गठबन्धनद्वारा आज बिहान आयोजित पत्रकार सम्मेलनमा जसपाको प्रत्याशी बनेका ताजुब लिम्बुले भन्नुभयो ‘केन्द्रीय तहको गठबन्धनको उद्देश्य प्राप्तिका लागि हाम्रो उमेदवारी फिर्ता लिएर निस्क्रिय भएको घोषणा गर्दछौ।‘

यसअघि स्थानीय तहको चुनावमा सत्तारुढ पाँच दलीय गठबन्धन भए पनि धरानमा जनता समाजवादी पार्टी बाहिरिएर अलग्गै चुनाव प्रचारमा लागेको थियो। धरानमा कांग्रेस, माओवादी केन्द्र, जसपा र नेकपा एकीकृत समाजवादीबीच चार दलीय गठबन्धन बनेको थियो। एकीकृतबाट प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिएका रेवतीरमण राई र अमृता सुनारले फिर्ता लिए पनि

धरानमा गठबन्धनलाई सघाउन जसपाको उमेदवारी निस्क्रिय
0 comment
0 FacebookTwitterEmail

विराटनगर महानगरपालिकाको प्रमुख समस्या भनेको डुबान हो। वर्षायाममा विराटनगरका मुख्य सडकसहित घर, बस्ती डुब्ने गरेका छन्। पछिल्लो समय महानगरले ढल निकास व्यवस्थापन गर्न ठुलै लगानी गरेको भए पनि दक्षिणी क्षेत्रमा बनेको रेल–वेले पानीको निकासमा अवरोध पुर्‍याएको हुँदा डुबान समस्या यथावत हुने गरेको छ।
आगामी ३० गते हुने निर्वाचनका लागि मेयरको उमेदवार बनेका महानगरका नेताहरूले विराटनगरको प्रमुख समस्या डुबान भएकाले त्यसको सही समाधान गर्ने बाचा गर्दै भोट माग्ने गरेका छन्। उनीहरूका अरु योजना भनेका देशभरका जनप्रतिनिधिले गर्ने शिक्षा, स्वास्थ्य, रोजगार, पानी, कृषि जस्ता साझा छन्।
नेकपा एमालेबाट मेयरको उमेदवार रहेका सागर थापा भन्नुहुन्छ –‘वर्षा याममा महानगर डुब्छ। खोलाबाट नगरमा बाढी पस्ने …

मेयर पदका उमेदवारको पहिलो प्राथमिकता विराटनगरको डुबान हटाउने
0 comment
0 FacebookTwitterEmail

घोषणापत्र छोड्नुहोस् । विकासका कुरा त झन् सबै गफै हुन् । सत्तामोहले आदर्शका कुरा पनि सब बकवास बनाइसक्यो । मौका परे सबैले गर्ने भ्रष्टाचारको त झन् के विरोध गर्नु ? अब त मधेसका मुद्दामा कोही बोल्न चाहँदैनन् । सायद, ती मुद्दा बिक्नै छाडिसके ! त्यसैले यहाँ नयाँ मुद्दा आएको छ– काला जादुको । यो हो ‘वीरगञ्ज राजनीति’ । अर्थात् मधेसको एक मात्र महानरपालिकाको राजनीति ।

उद्योगपति समेत रहेका विजय कुमार सरावगीलाई चुनाव जित्न साम, दाम, दण्डभेदसँगै कालाजादुको प्रयोग गरेको आरोप लागेको छ । यसैलाई विजयका विपक्षीले चुनावी मुद्दा बनाएका छन् ।

तराईमा बढेको प्रचण्ड गर्मीसँगै आर्थिक महानगरमा चुनाव प्रचार प्रसारको …

चुनाव जित्न कालाजादुको प्रयोग
0 comment
0 FacebookTwitterEmail
Older Posts
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved