Home » नीति/राजनीति » Page 35
Category:

नीति/राजनीति

नेपालको सङ्क्रमणकालीन न्यायसम्बन्धी कानून संशोधन गर्ने विधेयकले नेपालको राष्ट्रिय कानून र अन्तर्राष्ट्रिय कानूनी दायित्वहरू पूर्ण रूपमा पूरा गर्दैन भन्दै अन्तराष्ट्रिय मानवअधिकारवादी तीन संस्थाहरु एम्नेस्टी इन्टरनेसनल, ह्युमन राइट्स वाच र इन्टरनेसनल कमिसन अफ जुरिस्ट्स्ले संयुक्त वक्तव्य जारी गरेका छन् ।

‘यदि अहिलेकै अवस्थामा सो विधेयक पारित गरियो भने यसले पीडितहरूलाई न्याय प्रदान गर्ने छैन’ वक्तव्यमा भनिएको छ ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को संशोधन विधेयकलाई चैत्र ५ गते संसदमा पेश गरिएको थियो। सो विधेयकलाई सङ्क्रमणकालीन न्याय सुनिश्चित गर्न प्रस्तुत गरिएको नेपाल सरकारले दावी गर्दै आएको छ ।

तीन मानअधिकारवादी स‌‌स्थाहरुले  आज अमेरिकाकाे न्यूयाेर्कबाट जारी …

0 comment
0 FacebookTwitterEmail

(२३ मार्च, भारतीय समाजबादी आन्दोलनका नेता डा. राममनोहर लोहियाको जन्म दिवसकाे सन्दर्भमा उहाँबारे स्व.प्रदीप गिरिले लेख्नु भएको लेखकाे पहिलाे भाग हिजाे बिहिबार प्रकाशन गरिएको छ । यो लेखको दोस्रो भाग हो । )

भारतीय स्वाधीनताले भीषण रक्तपात देख्न पर्यो । एक त राष्ट विभाजित भयो । दोस्रो, त्यस विभाजनको क्रममा लाखौं निरपराध भारतीय जनता निर्ममतापूर्वक मारिए। उनीहरू बेखबर भए । उनीहरू शरणार्थी भए । लोहियाले आजीवन आफूलाई प्रश्न गरे । त्यस किसिमको हिंसाको निमित्त को उत्तरदायी थियो ? विभाजन कसरी सम्भव भयो ? यस विषयमा लोहियाले एउटा अत्यन्त मार्मिक पुस्तक लेखेका छन् ‘भारत विभाजनका अपराधी’ । बृटिश साम्राज्यवाद विभाजनका निमित्त …

0 comment
0 FacebookTwitterEmail

‘नेपाल विदेशीको चक्करमा परेको छ’ । यो यदाकदा नसुनिएको कुरा होइन । नेपालका बुद्धिजीविहरुले आफ्नो अन्तरवार्तामा यो कुुरा भन्ने गर्थे । तर यसपालि नेपालको एउटा बलियो राजनैतिक पार्टी नेकपा एमाललेका अध्यक्ष केपी शर्मा ओलीबाट नै यो कुरा सुन्न पाइयो । हुन त यो देशमा विदेशीको चलखेल भइरहने कुनै नौलो कुरा होइन । तर औपचारिकरुपमा नै एउटा पार्टी नेता जो यो देशको पटकपटक प्रधानमन्त्री पनि भइसकेका छन्; उनलेनै ‘नेपाल भारतको दलाल हो’ भन्नु कम आश्चर्यजनक होइन । उनले यो कुरा फोकटमा बोलेका होइनन् होला ।
केपी शर्मा ओलीले यो आलोचना प्रधानमन्त्री पुष्पकमल दाहालमाथि लगाएका हुन् । उनले तोकेरै दुईटा कुरा गरेका …

0 comment
0 FacebookTwitterEmail

रुपन्देही । केन्द्रमा फेरिएको सत्ता समीकरणसँगै लुम्बिनीमा पनि सत्ता समीकरण बदलिने भएको छ । प्रमुख सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले नेकपा एमालेका तर्फबाट मुख्यमन्त्री भएका लिला गिरिलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।

गिरिलाई दिएको समर्थन फिर्ता लिने निश्चित भएको माओवादी केन्द्रका नेताहरुले बताएका छन् । गत पुस २७ गते सात दलका ५६ र दुई स्वतन्त्र गरी ५८ सांसदको समर्थनमा मुख्यमन्त्रीमा गिरि नियुक्त हुनुभएको थियो । उहाँले माघ ५ गते विश्वासको मत पाउनुभएको थियो ।

मुख्यमन्त्रीलाई विश्वासको मत दिएका माओवादी केन्द्र, जसपा र जनमत पार्टी सरकारमा छन् । नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीले …

0 comment
0 FacebookTwitterEmail

(२३ मार्च, भारतीय समाजबादी आन्दोलनका नेता डा. राममनोहर लोहियाको जन्म दिवस हो । यसै सन्दर्भमा उहाँबारे स्व.प्रदीप गिरिले करिब ४५ वर्ष अगाडि लेख्नु भएको लेख प्रकाशन गरिएको छ । यो लेखको  पहिलो भाग हो । )

समाजवाद मूलतः अन्तर्राष्ट्रिय आन्दोलन हो । कुनै एउटा राष्ट्रविशेषको दायरामा समाजवादी आन्दोलन सीमित रहन सक्तैन। कार्ल मार्क्सले उहिले आह्वान गरेका थिए- ‘दुनियाका मजदुर एक हौं।

डा. राममनोहर लोहिया खुद अन्तर्राष्ट्रिय भाइचाराका अडिग समर्थक थिए। सम्पूर्ण संसारका निमित्त उपयोगी र सार्थक सिद्ध हुनसके मात्र समाजवादी राजनीति र सिद्धान्तको औचित्य प्रमाणित हुने छ भन्ने डा. लोहियाको विश्वास थियो । त्यसो हुँदा समाजवादी आन्दोलन र चिन्तनलाई भौगोलिक …

0 comment
0 FacebookTwitterEmail

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपति पदका लागि आज चैत– ३ शुक्रबार भएको निर्वाचनबाट जनता सामाजवादी पार्टीले उम्मेदवार बनाएको रामसहायप्रसाद यादव निर्वाचित हुनुभएको छ ।

निर्वाचनमा ३० हजार ३२८ मतभारका साथ यादव उपराष्ट्रपतिमा निर्वाचित हुनुभएकाे हाे । उहाँ अष्ठलक्ष्मी शाक्य र ममता झालाई पराजित गर्दै  निर्वाचित हुनुभएको हो । निर्वाचनमा खसेको कूल मतको ५० प्रतिशत कटाएको हुनाले रामसहाय प्रसाद प्रथम चरणमै निर्वाचित हुन सफल हुनुभयो ।

शाक्यलाई १६९ प्रदेशसभा सदस्य र १०४ संघीय सांसदले मत दिए भने जनमत पार्टीकी उम्मेदवार ममता झालाई १५ प्रदेशसभा सदस्य र २३ संघीय सांसदले मत दिए । उम्मेदवारी फिर्ताको घोषणा गरेकी प्रमिला यादवले एक प्रदेशसभा …

0 comment
0 FacebookTwitterEmail

गत भदौ २० गते यसै स्तम्भमा नेपालको संविधान नचल्ने नौ वटा कारण दिइएको थियो। त्यसमा यी चार कारण थपिएका छन्। जम्मा १३ वटा कारणले हाम्रो संविधानले काम गर्न नसक्ने भएको छ। संविधानको अपव्याख्या संविधान बनाउने मान्छेहरू नै गरिरहेका छन्। यो बडो दुःख लाग्दो कुरा हो। संविधानका आलोचकहरूले यसको कमजोरीहरू बताउनु नौलो होइन। तर संविधान यथावत राख्नु पर्छ भन्ने संविधान कै निर्माताहरूले नै यसका कमजोरीहरू बाहिर ल्याउँदै छन्। यसकारण नेपालले प्रगति गर्न नसकेको हो।

यो व्यवस्था के हो भनेर कसैलाई सोध्दा संसदीय व्यवस्था हो भनेर भन्छन्। तर के यो साँच्चिकै  संसदीय व्यवस्था हो ? संसदीय व्यवस्था …

0 comment
0 FacebookTwitterEmail

‘हामी पनि हिन्दु हौ भने प्रवेश गर्न दिनु पर्‍यो, छुवाछुतको कुरा हटाउनु पर्‍यो ,सविधानमा पूजा गर्ने अधिकार दिएको छ भने दिनु पर्‍यो, छैन भने छैन भन्न पर्‍यो, हाम्रो माग यति मात्र हो।’ वीरगञ्ज महानगरपालिका– १७ अलौको उमाशंकर रामको भनाइ हो यो। गाउँमै हुन लागेको महायज्ञमा आफूहरू भाग लिन नदिने भएपछ उमाशंकरले भन्नुभयो, ‘सबैले हामीलाई हिन्दु भन्ने तर सँगै पूजा गर्न नदिने, हामी कस्तो हिन्दु हो?’
सोमबारदेखि मुलुककै एतिहासिक गाँउ  अलौंमा झण्डै दुइ दशकपछि हुन लागेको शतचण्डी महायज्ञमा सहभागी हुन नदिने भएपछि दलितहरू आन्दोलित छन्। उनीहरूको आन्दोलनको मुख्य माग हिन्दु धर्मका अरु जातजाति सरह आफुहरूले पूजा गर्न पाउनु पर्दछ।गाउमा हुन गइरुहेको …

0 comment
0 FacebookTwitterEmail

चीनले कोभिड–१९ महामारी फैलिएपछि  विदेशीमाथि लगाइएको  यात्रा प्रतिबन्ध हटाएको छ । यो बुधबार, मार्च १५ देखि विदेशीहरूलाई भिसा जारी गरिने विदेश मन्त्रालयले बताएको छ ।

महामारी नियन्त्रण गर्न सरकारले केही महिना अघिसम्म कठोर ‘शून्य कोभिड रणनीति’ अवलम्बन गरेको थियो  । सरकारको पछिल्लो निर्णयले बाहिरी संसारका निम्ति चीन पुनः खुलेको छ ।

चिनियाँ विदेश मन्त्रालयको कन्सुलर अफेयर्स ब्यूरोसँग सम्बद्ध सामाजिक सञ्जालमार्फत जारी गरिएको सूचनाअनुसार नयाँ भिसा आवेदनको समीक्षा र स्वीकृतिका साथै  मार्च २८, २०२० अघि जारी गरिएका तर म्याद नगुज्रिएका भिसावाहकले पुनः चीनमा प्रवेश गर्न पाउने छन् ।

यस्तै सूचना संयुक्त राज्य अमेरिका र फ्रान्समा रहेका चिनियाँ दूतावाससहित विश्वका धेरै देशमा …

0 comment
0 FacebookTwitterEmail

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले पदभार ग्रहण गर्दा नै संघीय निजामती ऐनको कामलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभएको थियो। त्यसलगत्तै मन्त्रालयले मस्यौदाको काम पनि अघि बढायो। मन्त्री मोदीले भनेबमोजिम अहिले मन्त्रालय कानुनको अन्तिम मस्यौदा टुंगो लगाउनमा जुटेको दावी गर्छ। तर, सो विधेयकमा राजनीति सहमति जुट्न भने सकस नै हुने देखिन्छ।
किनभने उक्त विधेयकका केही बुँदामा कुरा नमिल्दा प्रतिनिधिसभाबाट अन्तिम समयमा फिर्ता लिइएको थियो। सरकारले २७ माघ २०७५ मा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक संसद सचिवालयमा दर्ता गरेको थियो। शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७८ असोजमा विधेयक नै फिर्ता लिएको थियो। दलहरूबीच मतभेद …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved