Home » वातावरण/जलवायु » Page 36
Category:

वातावरण/जलवायु

द फाइभ गेयर्स इन्स्टिटियुट नामक अमेरिकी संस्थाको नेतृत्वमा भएको एक अनुसन्धानले पृथ्वीमा प्लास्टिक प्रदूषणको मात्रा अत्यधिक भएको देखाएको छ। उक्त अनुसन्धानबाट विश्वका समुद्रको सतहमा अहिले करिब १७१ ट्रिलियन (नील) प्लास्टिकका टुक्राहरू (माइक्रोप्लास्टिक) रहेको जानकारी आएको हो ।

यसअघि मानव रगतमा पहिलो पटक माइक्रोप्लास्टिकको उपस्थितिको प्रमाण वैज्ञानिकहरूले फेला पारेका थिएँ। यसबाट विश्वमा प्लास्टिक प्रदुषणमुक्त कुनै ठाउँ छैन भन्ने कुरा प्रष्ट भएको छ । यसअघि समुन्द्र गहिराईदेखि हिमालको उचाईसम्म प्लास्टिक प्रदुषणको अस्तित्वको प्रमाण भेटिएको थियो। अहिलेचाहिँ मान्छेको रगतमा नै प्लास्टिक प्रदुषणको उपस्थिति भेटिनु ठूलो चिन्ताको विषय हो।

जर्नल इनभाइरोन्मेन्ट इन्टरनेशनलमा प्रकाशित अर्को अध्ययनले गर्भमा रहेका बच्चाहरूको प्लेसेन्टा (गर्भनाल) मा समेत माइक्रोप्लास्टिक्स फेला

0 comment
0 FacebookTwitterEmail

पदयात्राका लागि मनाङ पर्यटक आउने समय भएको छ। यसवर्ष हिमपात कम भएकाले पर्यटक अफ सिजनमा पनि आइरहेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख लेखनाथ गौतमले जानकारी दिनुभयो। “दैनिक रुपमा पर्यटक आउन थालिए सकेका छन्, दैनिक करिब ५० पर्यटक मनाङ भित्रिरहेका छन्”, उहाँले भन्नुभयो। पहिलो पटक पदयात्रामा आउने पर्यटकलाई सहज बनाउने उद्देश्यले लोकेशन म्याप (स्थानको नक्सा) निर्माण गरिएको उहाँले बताउनुभयो। “हिमपात भइरहने हो मनाङ, गन्तव्यमा पुग्ने स्थानसम्मको यात्रामा नझुक्कियोस् भनेर साइनिङ पोल, म्याप पोष्टिङ, आवश्यक सङ्केत चिह्न र पुग्नुपर्ने गन्तव्यको नक्सा निर्माण गरिएका छन्”, उहाँले भन्नुभयो।

पाँच हजार चार सय १६ मिटर उचाइमा रहेका कथोराङ्ला जाने पदमार्ग र पाँच नौ सय १९ …

मनाङ पदयात्रा पर्यटनको मौसम सुरु
0 comment
0 FacebookTwitterEmail

वातावरण संरक्षण र दिगो विकासका सन्दर्भमा लामो समयदेखि वकालत गर्दै आएको नेपाल वातावरण पत्रकार समूह (नेवापस) ले समसामयिक वातावरणीय विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गरेको छ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेवापसको प्रतिनिधिमण्डलले आज भेट गरी प्रधानमन्त्रीसमक्ष एक ज्ञापनपत्र समेत बुझाएको छ ।

त्यस अवसरमा प्रधानमन्त्री दाहालले नेवापसले वातावरणका विषयमा लामो समयदेखि पैरवी गर्दै आएको बताउँदै नेवापसले अघि सारेका कार्यहरूमा सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले नेवापसले समसामयिक वातावरणीय मुद्दाहरूलाई निकै मेहनतसाथ र मार्मिकरूपमा प्रस्तुत गरेकामा धन्यवादसमेत दिनुभयो । नेपाल वातावरण पत्रकार समूहका अनुसार, नेवापसको ज्ञापनपत्रमा जलवायु परिवर्तन नेपालका लागि मात्र नभएर विश्वकै लागि चिन्ता र चासोको विषय …

0 comment
0 FacebookTwitterEmail

यस अघि नै अर्थमन्त्री हुँदा नेकपाका महासचिव विष्णु पौडेलले चुनावताका बुटवलमा आयोजित विभिन्न कार्यक्रमहरूमा सम्बोधन गर्दै सरकारले कालीगण्डकी नदीलाई डाइभर्सन गरेर तिनाउमा झार्ने र यसबाट बहुउद्देश्यीय परियोजना सञ्चालन गरेर पर्यटन, सिँचाइ र खानेपानी सुविधा प्रदान गर्ने बताए। उनले गण्डकी प्रदेश सरकारले डाइभर्सनको विरोध गरेको सुनेकाले आफूले गण्डकी प्रदेश सरकार र नागरिकलाई खुसी बनाएर डाइभर्सन सफल पार्ने बताएको भोलिपल्ट नै स्याङ्जामा आफ्नै दलकी नेतृ पद्मा अर्यालले कुनै हालतमा कालीगण्डकी डाइभर्सन बनाउन नदिने भन्दै भाषण गरिन्। लुम्बिनी प्रदेशमा कालीगण्डकी डाइभर्सनका कुरा गरेर चुनाव जित्दा गण्डकी प्रदेशमा भने कुनै हालतमा पनि कालीगण्डकीको पानी लैजान नदिने भएर नेताका भाषण र जनस्तरका आन्दोलनहरू भइरहेका छन्।…

0 comment
0 FacebookTwitterEmail

बिहानको झिमिसेमै मस्तले निदाएका आँखा खुल्छन्। झिसमिसेमै चारैतिर हरियाली र घना जंगलको यात्रा सुरु हुन्छ। घरबाट हिड्दा हिड्दै डाडामाथि घाम झुल्केपछि बल्ल वरिपरि हरियो घनाजंलमा गएर पाइला अड्किन्छन्। चारैतिरको दृश्य हेर्दा मनमष्तिस्क कुनै नयाँ स्वर्गमा पुगेको पत्तै हुँदैन। जब घामको तातो रन्को आँखा कान हुँदै पुरै शरिरमा लागेपछि स्वर्गबाट पृथ्वीमा झरेझै भान हुन्छ।  चिरविर चिरविर चराचुरुङ्गीको आवाजसँगै जंगलको उकालो ओरालो बाटो हिडेको पत्तै हुँदैन। जीवजन्तुको आवाज गुञ्जिने बित्तिकै स्वर्गबाट झरेझै भान गराउने बारेकोट आसपासका जंगलहरू।  त्यही जंगलहरूका पाखा पखेरा, खोल्साखुल्सी, देउराली भञ्ज्याङ्ग र मोतिझै टल्केका हिमालहरूमा पुग्नुहुन्छ जाजरकोटको बारेकोटका गोविन्द सिंह। उहाँ जीवजन्तु र चराचुरुङ्गी संरक्षणकर्मी हुन्।

कम्मरको एकातिर पटुकी …

0 comment
0 FacebookTwitterEmail

१५ वर्षको कलिलै उमेरमा विवाहबन्धनमा बाँधिनुभएकी सोममाया मगर अहिले ७० वर्ष पुग्नु भएको छ। विवाह गरेर आएको करिव ५३ वर्षसम्म उहाँको दैनिकी एकै नासले चल्यो। बिहान झिसमिसे उज्यालोमै डोकोमा गाग्री बोकेर खानेपानीको व्यवस्थापन गर्नुपर्ने उहाँको दैनिकी अहिले फेरिएको छ।

तनहुँको सदरमुकाम दमौलीबाट करिब १२ किलोमिटरको दुरीमा रहेको चुँदेर गाउँमा विवाह गरेर आउनु भएकी सोममाया तीन सन्तान हुर्काउने, घरव्यवहार सम्हालने मात्र नभई घण्टौं समय खर्चिएर खानेपानीको जोहो गर्नुपर्ने बाँध्यता थियो। यो बाँध्यता अहिले फेरिएको छ। खानेपानीको समस्य भएपछि तीन छोरा सुविधाको खोजिमा शहरबजार केन्द्रित भए, श्रीमान् बितेपनि एक्लै यहि बस्दै आएको छु’, उहाँले भन्नुभयो, ‘बुबा …

एउटा धारोका कारण ५३ वर्षपछि फेरियो सोममाया मगरको जिन्दगी
0 comment
0 FacebookTwitterEmail

अधिकांश पहाडी र हिमाली गाउँबस्तीका लागि वियर रक्सी र अन्य पेय पदार्थका बोतल ठूलै समस्या हुन थालेका छन्। ती बोतल खाली भएपछि न त्यसको जिम्मेबारी बिक्रेताले लिन्छ न उत्पादकले। त्यसमाथि बाटो भरिका पालिकाले लगाउने कवाडी करका कारण त्यसलाई कवाडी संकलकहरूले पनि उठाउन सकिरहेका छैनन्।

यसबीचमा लमजुङको दोर्दी गाउँपालिकाले वियरको खाली बोत्तलहरु नहटाए वियर बिक्री वितरणमा रोक लगाउने भएको छ। गाउँपालिकाको आठौँ कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो ।

बैठकमा गाउँपालिकाभित्रका होटल तथा रेष्टुरेन्टमा रहेका वियर लगायत सिसाका खाली बोतलहरु आगामी छ महिनाभित्रमा नहटाएमा पालिकाभित्र वियर विक्री वितरण गर्न रोक लगाउने निर्णय गरेको छ ।

गाउँपालिकाभित्रका विभिन्न होटल तथा रेष्टुरेण्टमा विभिन्न

0 comment
0 FacebookTwitterEmail

प्लास्टिकको सामाग्रीको कारण परालबाट बन्ने ‍चटइ, विठंइका ( गुन्द्री, चकटी )  बुन्ने सीप हराउन थालेको छ। जाडो महिनामा आँगनमा वा ओछ्यानमा ओछ्‌याउने गुन्द्री, चकटी हराएको छ। पहिलेपहिले परालको गुन्द्री नभएको घर नै हुँदैन थियो। पछिल्लो समय गुन्द्री विरलै देख्न पाइन्छ। कात्तिकमा धान काटेपछि अलि लामो पराल छुट्याएर गुन्द्री बुन्ने चलन गाउँघरमा अझै पनि कहीँकतै छँदैछ। परालको गुन्द्री वर्षभरि ओछ्‌याउन, बस्न, अन्न सुकाउन, गाईवस्तुलाई गोठमा बार लगाउन र आफन्तलाई उपहार दिन बढी प्रयोग गरिँदै आएको हो।

न्यानो र स्वस्थकर मानिने यस्ता गुन्द्री  प्रयोग भने हिजोआज घट्दै गएको छ। गाउँमा कहीँकतै गुन्द्रीका तान देख्दा नयाँ पुस्तालाई नौलो लाग्न थालेको छ। मात्रै लामो

0 comment
0 FacebookTwitterEmail

गोरखा र लमजुङको सीमा भई बगेको चेपे खोलामा निर्माणाधीन ७ मेगावाटको चेपे खोला ‘ए’ जलविद्युत आयोजनाले राइनासटार सिँचाई आयोजनालाई ध्वस्त बनाउन खोजेपछि लमजुङका सातै जना सांसद नै विरोधमा उत्रिन परेको छ।

हजारौँ कृषकका लागि घातक बनेको चम्पावती विद्युत कम्पनीले बनाउन लागेको उक्त विद्युत योजनाको विरोधमा प्रतिनिधिसभा सदस्य पृथ्वी सुब्बा गुरुङ,  प्रतिनिधिसभा सदस्य उर्मिला माझी,     राष्ट्रिय सभा सदस्य दिपा गुरुङ,  गण्डकी प्रदेश सभाका सदस्यहरू डा. टकराज गुरुङ,  भेषबहादुर पौडेल,  पार्वती तामाङ, टिका बस्याल र यशोधा रिमालले एक वक्तव्य निकाल्नु भएको छ।

लमजुङ जिल्लाको गौरवका आयोजनाहरू मध्ये राइनासटार सिँचाई आयोजना पनि एक हो। यो आयोजना विगत ३५ वर्षदेखि निरन्तर सञ्चालनमा रही राइनास …

0 comment
0 FacebookTwitterEmail

राजमार्गकै कारण पर्सा राष्ट्रिय निकुञ्ज वन्यजन्तुका लागि असुरक्षित हुन थालेको छ। हरेक वर्षे ठूलो सङ्ख्यामा वन्यजन्तु सडक दुर्घटनामा परेर मर्ने गरेका छन्।

निकुञ्जको आधाभार कार्यालयको तथ्यांक अनुसार निकुञ्ज भएर पछिल्लो आर्थिक वर्षमा १३ वन्यजन्तु परेका छन्। पछिल्लो ६ वर्षको तथ्यांक सार्वजनिक गरेकामा आर्थिक वर्ष २०७३/०७४ मा २४, २०७४/०७५ मा ३५, ०७५/०७६ मा ४२, ०७६/०७७ मा २२, २०७७/०७८ मा ८ र आर्थिक वर्ष २०७८/०७९ मा १३ वन्यजन्तु मरेका छन्। उक्त क्षेत्र भएर २ वटा राष्ट्रिय राजमार्ग जाने भएकाले विशेषगरी त्रिभुवन राजपथको पथलैयादेखि अमलेखगन्ज सडक खण्ड, महेन्द्र राजमार्गको पथलैयादेखि निजगढ सडक खण्ड र महेन्द्र राजमार्गकै हेटौंडा–लोथर सडक खण्डमा बाटो काट्ने क्रममा वन्यजन्तु …

राजमार्गले असुरक्षित पर्सा निकुञ्ज
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved