दैलेखको गुराँस गाउँपालिका ३ दम्मारका ६३ वर्षिय अगुवा कृषक शिवध्वज शाहीलाई प्राङ्गारिक मलको बारेमा थाहै थिएन। त्यसमाथि व्यवसायिक कृषि गर्दै आएको १२ वर्ष पुगिसक्यो। सुरुवात देखि १२ वर्ष पुग्दा समेत उहाँले रासायनिक मलको प्रयोग गर्दै आउनुभयो। व्यवसायिक कृषि खेतिमा जमेका उहाँलाई रासायनिक मलको प्रयोग नगरेमा उत्पादन घट्छ भन्ने भ्रम मनमा पालेर बस्नु भएको थियो। सोसेक नेपालद्वारा गुराँस गाउँपालिकामा संचालित ग्रिन परियोजना लागु भएपश्चात् भने उहाँको त्यो भ्रम हटेको उहाँ बताउनुहुन्छ। ‘व्यवसायिक कृषि खेती गर्दै आएको यतिका वर्ष भयो,’उहाँले भन्नुभयो, ‘मलाई त लाग्थ्यो रासायनिक मल नभए बालीनाली सप्रिदैन भन्ने लाग्थ्यो। तर, त्यो मेरो हाम्रो गलत सोच रहेछ। आफ्ने वनजङ्गलका झारपात कुहाएर, …
