Home » विचार » Page 24
Category:

विचार

रङ्गपट (क्यानभास) मा ‘सत्यम् शिवम् सुन्दरम्’ अर्थात् शिव पुराणका पौराणिक मिथकहरूलाई उतारिएको छ। चित्रले आध्यात्मिक भावनाका साथै आधुनिकतासँग पनि उत्तिकै सुमधुर सम्बन्धको अपेक्षा राख्छ। कलाकार सुरेशकुमार द्य:लाको भदौ ६ गतेदेखि १७ गतेसम्म नेपाल कला परिषद्मा जारी रहने कलाप्रदर्शनीमा यी कुराको अनुभव कलापारखी दर्शकले सहजै गर्न सक्छन्। कलाले शीर्षकअनुसारको मर्म र भावनालाई प्रतिविम्बित गर्छन्। यसअघि चारकोल माध्यममा ‘पोट्रेट’ रचनामा कलाकार द्य:ला परिचित हुनुहुन्छ। विभिन्न जातीय अनुहार र विशिष्ठ व्यक्तिहरूको ‘पोट्रेट’ प्रदर्शनीसमेत उहाँले गरिसक्नुभएको छ। आफ्ना बुबा कलाकार बाबुराजा द्य:ला ‘बारा’ लाई कला गुरू मान्नुहुने कलाकारले यसपटकको कलाकर्ममा पृथक पहिचानलाई सशक्त रूपमा प्रस्तुत गर्नुभएको छ।

दुई दशक लामो कलासाधना र अध्ययनबाट आफूले …

रङ्गपटमा शिव पुराण-कथा
0 comment
0 FacebookTwitterEmail

नेपाली इतिहास, सभ्यता र समाज निर्माणमा पालि भाषाको कुनै सम्बन्ध नरहेको बुझाइ नेपालका थुप्रै अध्येताहरूमा पाइन्छ। संभवत: यही भएर अध्येताहरूको ध्यान यतातिर कहिल्यै गएको पाइएन। यो प्राचीन भारतमा बोलिने एक प्रमुख जनभाषा हो। गौतम बुद्ध (ईपू ५६३–४८३) ले यसै भाषालाई माध्यम भाषाको रूपमा उपयोग गरी उपदेश दिनुका साथै प्रारम्भिक बौद्ध साहित्यको लेखन पनि यही भाषामा गरेको देखिन्छ। कतिपय भाषाको विकासमा यसको पनि प्रभाव रहने संभावनालाई नकार्न सकिँदैन। अध्ययनका लागि यो महत्त्वपूण पाटो हो भन्ने कुरा बिर्सनु मनासिब हुँदैन।

मानव सभ्यताको इतिहासमा गौतम बुद्धको सन्दर्भ पौराणिक नभएर एउटा ऐतिहासिक पाटो भएको कुरामा असहमति जनाउने अवस्था छैन। यसैगरी उनको जन्मस्थल लुम्बिनी वर्तमान …

नेपाली समाजमा पालि भाषाको प्रभाव
0 comment
0 FacebookTwitterEmail

भौगोलिक आकारले सानै भए पनि नेपाल विविधताले भरिपूर्ण देश हो । यहाँ सामाजिक, भाषिक, सांस्कृतिक, धार्मिक, जैविक, वानस्पतिक लगायत मूल्य, मान्यता र जीवनयापनमा समेत विविधता पाइन्छ । विभिन्न जात जाति, भाषा भाषी र धर्मावलम्बीहरुका विचार र भावनाका शृङ्खलामा उनिएको नेपाली समाज धार्मिक, सांस्कृतिक समिश्रणको नमुना हो । धार्मिक हिसाबले हेर्दा यस सम्मिश्रणमा शाक्त सम्प्रदायको व्यापकता धेरै ठ”लो छ । किनभने नेपालका सबै जाति, जनजाति कुनै न कुनै रूपमा शाक्त मतका अनुयायी भएको, रहेको प्रमाणित हुन्छ ।

सरकारी अभिलेख अनुसार नेपालमा १ सय २५ सांस्कृतिक, १ सय २९ भाषभाषी र १० धर्मावलम्बीहरू रहेका छन् । नेपालको यस विविधतालाई कलह होइन सम्पत्तिका …

बहुधार्मिक देश नेपालमा शाक्त सम्प्रदाय
0 comment
0 FacebookTwitterEmail

स्थानीय न्यायिक समिति: बुझाइ नै गलत

स्थानीय न्यायिक समितिलाई धेरैले गलत ढङ्गले बुझेका छन्। ती बुझाइ के के हुन् त ? यो आलेख यही विषयमा केन्द्रित हुनेछ। पहिलो बुझाइ– स्थानीय न्यायिक समिति स्थानीय न्यायपालिका हो। दोस्रो, स्थानीय न्यायिक समितिका पदाधिकारी स्थानीय न्यायाधीश हुन्। तेस्रो, स्थानीय न्यायिक समितिले अदालती प्रक्रिया पूरा गरी न्याय सम्पादन गर्नुपर्दछ। चौथो, कतिपयको बुझाइमा स्थानीय न्यायिक समिति अर्धन्यायिक निकाय हो। यिनै बुझाइले गर्दा स्थानीय न्यायिक समितिले गरेका काम कारबाही विवादमा पर्ने गरेका छन्।

नेपालको इतिहास अध्ययन गर्दा स्थानीय विवादहरू स्थानीय तवरमै समाधान गरिने अभ्यास रहेको देखिन्छ। लिच्छविकालीन पाञ्चालीको अभ्यासलाई यसको उदाहरणको रूपमा लिन सकिन्छ। त्यसपछि पनि स्थानीय …

स्थानीय न्यायिक समिति: अदालत होइनन्, न त तिनका पदाधिकारी न्यायाधीश हुन्
0 comment
0 FacebookTwitterEmail

नेपालमा स्थानीय कर नयाँ अभ्यास हो। संघीयतापछि मात्रै स्थानीय कर अभ्यासमा आएको हो। स्थानीय करको शीर्षकमा हाल एकीकृत सम्पत्ति कर हटिसकेको छ। तर केही स्थानीय तहको आर्थिक ऐन पल्टाउँदा अझै पनि एकीकृत सम्पत्ति कर सङ्कलनको लागि कानून बनाएको देखिन्छ। प्रचलित कानूनमा अद्यावधिक हुन नसक्दा केही स्थानीय तहले हटिसकेको एकीकृत सम्पत्ति कर सङ्कलनको लागि आर्थिक ऐनमा उल्लेख गरेको देखिन्छ। उदाहरणको लागि सिरहाको विष्णुपुर गाउँपालिकाले चालू आर्थिक वर्ष २०७९/०८० मा एकीकृत सम्पत्ति कर लागू गरी कर प्रणालीलाई बढी सरल र प्रभावकारी बनाउन विस्तृत अध्ययन गरिने समेत उल्लेख गरेको छ।

यसैगरी सप्तरीको राजगढ गाउँपालिकाले राजस्व परिचालनको लागि स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार …

हटिसकेको एकीकृत सम्पत्ति कर उठाउन खोज्दै स्थानीय तह
0 comment
0 FacebookTwitterEmail

भ्रष्टाचारको अभिन्न सम्बन्ध मानव अधिकार र लोकतन्त्रसँग जोडिएको हुन्छ। त्यसैले यो सामग्रीको प्रारम्भ त्यहींबाट गर्न उपयुक्त हुन्छ। भ्रष्टाचार विश्वव्यापी रोग हो र यसको न्यूनीकरण संभव छ तर निदान असंभव। नेपाल भ्रष्टाचारग्रस्त मुलुक हो र यसबाट नेपाली जनताले मुक्ति पाउने सम्भावना साह्रै न्यून छ। भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने मूल संस्थागत राजनीतिक स्रोत नै भ्रष्टाचार पीडित र पीडकसमेत भएकाले उपचार  विधिले काम गर्दैन। त्यसैले देशमा भ्रष्टाचार नियन्त्रणको आवश्यकता भन्दा बढी कानूनी एवं संस्थागत संयन्त्र भएर पनि न्यूनीकरणका संकेतसम्म देखा पर्न सकेका छैनन्। ट्रान्सपरेन्सी इन्टरनेशनलको पछिल्लो भ्रष्टाचार अवधारणा सूचकाङ्क (सीपीआई) प्रतिवेदनले त्यही देखाउँछ। देश विकासको गतिमा बढेसँगै भ्रष्टाचारको गति पनि घट्दै जान्छ। हाम्रो प्रयास …

लागू नहुने कानूनले भ्रष्टाचार वृद्धि गर्छ
0 comment
0 FacebookTwitterEmail

यस धर्तीमा अनेक प्राणी बसेका छन्। तीमध्ये मान्छे मात्र एउटा त्यस्तो प्राणी हो जसले टाउको मुनि सिरानी राखेर सुत्छ। हिजो आज सिरानी टाउकोमा मात्र होइन घुँडाका बीचमा राख्ने सुत्ने चलन पनि छ। मान्छेबाहेक अन्य कुनै पनि जनावरले सिरानी राखेर सुतेको आजसम्म देखिएको छैन। आखिर मानिसले मात्र किन सिरानी राखेर सुत्छ त ? विना सिरानी सुत्दा के हानी हुन्छ ?

मानिसको एक तिहाइ जीवन सुतेरै बित्छ । त्यसो भए सिरानी बिना सुत्न सकिएला कि नसकिएला ? सिरानी नभए पनि म निदाउँछु भनेर सोच्ने मानिस कति होलान् ? सामान्यत: सुत्नुअघि नै मानिसले सिरानी खोई भन्न थालिहाल्छ। सिरानी बिना त निन्द्रा नै लाग्दैन …

0 comment
0 FacebookTwitterEmail

नयाँ सम्प्रदायको प्रवेश

‘बाबुले ओम छान्ति (ओमशान्ति) भन्छ! लाधेश्याम (राधेश्याम) भन्छ ! शाहीनाम (शाहीराम) भन्छ! जयमशी भन्छ ! लु भन भन… ! कति ज्ञानी बाबु त…! यस्तो ज्ञानी अरु त कहाँ छन् र… !’  अनि ‘आमा ओम शान्ति ! हजुरबा जयगुरुदेव !  हजुरआमा राधेश्याम ! अङ्कल/आन्टी जयमशी !’ जस्ता शब्दहरू आजकाल समाजमा नवोदित ढङ्गबाट प्रचलित भइरहेका छन्।  यी शब्दहरूले हाम्रा परम्परागत आदर वा सम्मान सूचक शब्दहरू जस्तो कि नमस्कार, नमस्ते, ढोग, प्रणाम आदिको प्रयोगलाई विस्थापित गरिरहेका छन्। आफू हुर्कंदाका क्रममा सिकेर प्रयोग गरिल्याइएका यी आदर वा सम्मान सूचक शब्दहरू किन निलम्बित वा खारेज भएर अहिले हाम्रो समाजमा अरू  नै नयाँ …

नेपालमा नयाँ धार्मिक सम्प्रदायको प्रवेश र सामाजिक विग्रह
0 comment
0 FacebookTwitterEmail

सामाजिक सञ्जालमा कोही कतै भाइरल भए भने तिनको नक्कल गर्दै आफू पनि त्यस्तै भाइरल बन्न अनेकौं हरकत गर्नेहरू टिकटकमा धेरै भेटिन्छन्। भारतीय लुङ्गी डान्सका बारेमा त सुनिएको थियो तर यतिबेला पेटीकोट डान्स यतिबेला टिकटकेहरूबीच खुबै चर्चामा रहेछ।

के हुन्छ होला है बिहेको राति, अँध्यारो कोठामा अञ्जान साथी।
के गरौं के गरौं लौ संगी तँ भन्, तँलाई पो भनेँ त अरुलाई नभन् सम्झेरै गइसक्यो सातो बरिलै”

हालसालै सार्वजनिक भएको यो गीतको एउटा दृष्यमा युवतीले पेटीकोट लगाएर नृत्य गरेकी छन्। गीत सार्वजनिक हुनासाथ यो दृष्य टिकटकमा भाइरल बनेको रहेछ। विवाहका लागि केटो हेर्न आएपछि केटीको मनमा पैदा हुने उथलपुथललाई लिएर यो …

0 comment
0 FacebookTwitterEmail

रङ्गीन चित्रहरूसहित ४६० पृष्ठको पुस्तक ‘प्रतिनिधि नेपाली कलाकार’ २०७८ साल लाग्दै गर्दा प्रकाशन भयो। यो पुस्तक लेखनमा मैले निकै समय खर्चिएको छु र दु:ख पनि त्यत्तिकै पाएको छु। सर्वप्रथमत: यो पुस्तक छापिनु नै ठूलो कुरा थियो। झन्डै एक दशकको प्रसव पीडापछि बल्लतल्ल छापियो। २०७० सालमै छापिनुपर्ने लगभग ७०० पृष्ठको यो पुस्तक प्रेसमा पुगेर बेखर बेवारिसे बन्न पुग्यो। पुनर्लेखन गरी लकडाउन–निषेधाज्ञाको त्राहिमाम जीवन र मरणको दोसाँधे समयलाई छिचोल्दै तयार भएर थप ९०० पृष्ठको बन्यो।
यसबीच कति अग्रज कलाकारहरूको निधन भयो। बाँचेकाहरूको लिखित परिचयात्मक विवरणलाई ‘अपडेट’ गर्नुको झमेला पनि झर्को लाग्दै थियो। कतिसम्म भने कति कलाकार आफूले जति काम गरे पनि चिनिएन …

पुस्तकमा ‘प्रतिनिधि नेपाली कलाकार’
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved