किसान नेताका सहिद भीमदत्त पन्तको ६९ औं स्मृति दिवस कञ्चनपुरसँगै उहाँको जन्मथलो डडेल्धुरा जिल्लामा हरेक बर्ष मनाउने गरिएको छ। कञ्चनपुरको भीमदत्त स्मृति पार्क, ब्रह्मदेव र बेलारी सँगै डडेल्धुराको बागबजारमा सहिद भीमदत्तको सालिकमा औपचारिक कार्यक्रमको आयोजना गरी साउन १७ गतेका दिन माल्यार्पण गरियो।
अहिले सालिकमा सीमित हुनुभएका सहिद भीमदत्त पन्तका बारेमा अन्यत्रको कुरा छोडौँ, उहाँको कर्मथलोका धेरै मानिसलाई थाहा छैन।
आखिर को हुन भीमदत्त? किन बन्यो उहाँको सालिक? भन्ने कुराबारे सबै अवगत हुनु आवश्यक भएको वताउनुहुन्छ अखिल नेपाल किसान महासंघ राष्ट्रिय समिति सचिवालय सदस्य खेम सुवेदी। सुदूरपश्चिम प्रदेश अध्यक्ष समेत रहनुभएका सुवेदीले भन्नुभयो, ‘उहाँ किसान नेतामात्रै नभएर आर्थिक, सामाजिक, सांस्कृतिक …