Home » समाज » Page 19
Category:

समाज

बेलायतकी महारानी एलिजाबेथ द्वितीयको मृत्युपछि प्राविधिक रूपमा उपाधिको हकदार भए तापनि प्रिन्स ह्यारी र मेघन मार्कलका छोराछोरीहरू आर्ची र लिलिबेट बेलायती शाही परिवारको वेबसाइटमा ‘मास्टर र मिस’ मात्र भएका छन्। राजा चार्ल्स र डायनाका कान्छा छोरा, ससेक्सको ड्यूक र डचेस ह्यारी र बुहारी मेघन मार्कलले शाही उपाधि त्यागे पश्चात अब उनीहरूका सन्तानले समेत शाही परिवारको उपाधि नपाउने अनुमान गरिएको छ ।

बच्चाहरूले शाही उपाधि पाउने मेगनको आशा
मेगनले गत वर्ष मार्चमा ओप्रा विन्फ्रेसँगको अन्तर्वार्तामा आर्चीसँग शाही उपाधि नभएकाले प्रहरी सुरक्षा नपाउने बताएकी थिइन् । यद्यपि, प्रिन्स चार्ल्स सिंहासनमा आएपछि आर्चीलाई राजकुमारको उपाधि दिइने आफूले आशा गरेको उनले अन्तर्वार्तामा संकेत गरेकी …

बेलायतका नयाँ राजाले छोरा ह्यारीका सन्तानलाई किन दिएनन् राजकीय उपाधि ?
0 comment
0 FacebookTwitterEmail

‘डोटी राम्रो डडेल्धुरा, अछाम राम्रो साँफ्या। मलाई पनि उडाइ लैजा हिउँचुलीका डाँफ्या…।’ यो देउडा गीतको एक पंक्ति हो। जसमा सुदूरपश्चिमको प्राकृतिक सौन्दर्यको मौलिक भाकामा बखान गरिएको छ।

देउडाभन्दा हुरुक्क नहुने सुदुरपश्चिमेली विरलै होलान्। सुदूरपश्चिमवासीको महान पर्व गौराको मुख्य आकर्षण नै देउडा हुन्छ। यसको आगमनसँगै सुदूरपश्चिमका पहाड तराईमा देउडाका भाका गुञ्जिन थालेका छन्। उसो त अरु बखत पनि देउडा गाउने गरिन्छ।

पुस्तौंदेखि देउडा खेल्ने र त्यसमा रमाउने धार्मिक तथा साँस्कृतिक परम्पराले केही वर्षयता आफ्नो मौलिकता गुमाउँदै गएको भन्दै देउडाका सर्जक र अध्येतामा चिन्ता छाएको छ। पुस्तान्तरण हुँदै जाँदा र नयाँ पिढीमा पाश्चात्य मोहले मौलिक देउडा चेपुवामा पर्दै गएको अग्रजहरूको भनाइ छ।…

पुस्तान्तरणसँगै पाश्चात्य घेराबन्दीमा देउडाको मौलिकता
0 comment
0 FacebookTwitterEmail

मोरङ, पथरी शनिश्चरेका कृष्णबहादुर सिटौलाले विराटनगरकी गीता चौधरीसँग २०६९ सालमा अन्तरजातीय  विवाह गर्नुभयो तर उहाँहरूको दाम्पत्य जीवन १० वर्ष पनि टिक्न सकेन । दुई सन्तानका अभिभावक सिटौला दम्पतीबीच विवाह भएको ६ वर्ष पुग्दा नपुग्दै खटपट सुरु भयो।

कृष्णले गीतालाई घरछेउका छिमेकीको घरमा जाँदा पनि छिमेकीको छोरासँग लागेकी भनेर शङ्का गर्ने र छोराहरूलाई स्याहार नगरेको आरोप लगाउन थाल्नुभयो।

आफूमाथिको आरोप गीतालाई सह्य नभएपछि घर झगडा सुरु भयो। श्रीमान्‌ले दिएको मानसिक तनाव बेहोर्न कठिन भएपछि गीताले गएको चैत १० गते जिल्ला अदालतमा सम्बन्धबिच्छेद (पारपाचुके) सम्बन्धी मुद्दा दर्ता गर्नुभयो । त्यसपछि  घरमा थप कलह बढ्यो । गीता आफ्नो घर त्यागेर विराटनगरस्थित माइती घरमा …

फेरिंदो समाज, बढ्दो पारपाचुके
0 comment
0 FacebookTwitterEmail

“ल भाइहरू तिमीहरू सबैजना बाहिर जाउ”।

कक्षाकोठा भित्र अर्को घण्टीको लागि शिक्षकलाई पर्खीरहेको बेला, स्वास्थ्य विषयका सर कक्षामा आउनासाथ हामीलाई भन्नुभयो। कक्षामा साथीहरूले केही पनि नसोधी सरासर बाहिर गए। सरका कुरा सुनेर कक्षामा भएका छात्राहरू पनि अक्कमक्क भएका थिए। हामी केटाहरू बाहिर गए पछि सरले भित्रबाट झ्याल र ढोका लगाउनुभयो। मनमा अनेक प्रश्नहरू घुमिरहेका थिए, के भई रहेको थियो कक्षा भित्र।  उत्सुकता कम गर्नका लागि हामी केही साथीले कक्षाको झ्याल र ढोकामा कान लगाएर सुन्ने प्रयास पनि गर्यौ, तर केही आवाज सुनिएन। हामी विद्यालयको चौरमा बसेको ४५ मिनेट भइसकेको र घण्टीको समय बिते पछि सरले ढोका खोल्नु भयो।

“लौ भाइहरू …

कहिले नसकिने महिनावारीको कुरा
0 comment
0 FacebookTwitterEmail

‘मलाई छोराले बचन लायो‚ बुहारीले मुख छोडी‚ नातिले हप्कायो‚ घरमा छोरा बुहारी र नातिनातिनाले देख्न नसकेकाले घर छोडेर वृद्धाश्रम आएँ‚ छोरो त असल नै हो अर्काकी छोरी कहाँ आफ्नी हुनसक्थी र? बुहारी त असल छे आफ्नै छोरोले भने दुश्मनको झैँ व्यवहार गर्छ‚ घरै छोडेर हिडौँ जस्तो लाग्छ।’; ‘घरमा लोग्ने र सासुको सदाको कचकच‚ माइत जाउँ भने पनि भाउजूले देख्न सक्दिनन्‌‚ मेरै भाग्य फुटेको होला।’; ‘आफैँले मागेर झ्याँइ झ्याँइ अन्माएर ल्याएकी बुहारीलाई देख्नै नसके पछि म बुबा आमाको पक्ष लिउँ कि श्रीमतीको ? म छुट्टिन बाध्य भएँ।’; ‘मलाई त्यसले यसरी हियाएर भन्ने? मुख छोड्ने? धारे हात लाउने? अरुलाई कुरा लाउने? मेरो …

अन्तर्विरोधका अनेकन कारणको सकारात्मक निरूपण
0 comment
0 FacebookTwitterEmail

मानवसेवा आश्रमले देशको ७ प्रदेशका १९ जिल्लामा रहेका २७ वटा केन्द्रहरूबाट सेवा सञ्चालन गरिरहेको र हाल एक हजार ५०० सहयोगापेक्षी सडकआश्रित मानिसहरूलाई संरक्षण दिइरहेको छ।
नेपालकै समाजसेवीहरुबाट प्रवर्द्धित मानव सेवा आश्रम अहिले मानवताको पर्याय बनेको छ।
मानसिक सन्तुलन गुमाएका वा आश्रय नपाएर सडकमा भौंतारिइरहेका मानिसका लागि अहिले यो आश्रम जीवन जीउने आधार बनेको छ। सडकमा जीवन बिताउन बाध्य भएकाहरूलाई उद्धार गरी सेवासुश्रुसा गरिरहेको मानव सेवा आश्रमले यही भदौ १३ गते एकदशक पूरा गर्न लागेको छ। घर परिवार र समाजबाट अपहेलित भएकाहरूलाई प्रदान गरेको सेवाले मानववादी दृष्टिकोणलाई व्यवहारमै उतार्न मकवानपुरको हेटौडास्थित मानवसेवा आश्रम सफल भएको छ।
मानवसेवा आश्रमकै कारण सडकमा झुत्रे …

मानव सेवा आश्रममा पन्ध्र सय संरक्षित
0 comment
0 FacebookTwitterEmail

बीस वर्षका युवाहरू देशको मेरुदण्ड हुन्।  कुनै युवाको जीवनमा यी वर्षहरू शिक्षा पूरा गरेर करिअर सुरु हुन्छ । यही बेलामा धेरैले विवाह गरेर आफ्नो परिवारकाे नयाँ जिम्मेवारी लिन्छन्। देशको कुल जनसंख्याको औसत उमेर २९ वर्ष रहेको भारत विश्वको सबैभन्दा धेरै युवा जनसंख्या भएको देश हो।

आज यस उमेर समूहका मानिसहरूले आगामी वर्षहरूका सबैभन्दा ठूलो जनसंख्याको लागि काम गर्दैछन् र यसरी भारतीय अर्थतन्त्रको विस्तारमा सबैभन्दा बढी योगदान पुर्‍याएका छन् ।

त्यसकारण युवा पुरुष र महिलाहरूले कसरी आफ्नो समय बिताउँछन् भन्ने कुराले उनीहरूले हामीलाई समाज सञ्चालनको बारेमा जानकारी दिन्छ।

युवा वयस्कहरू बीच विभाजन

राष्ट्रिय प्रतिनिधि तथ्यांकको प्रयोग गर्दै भारतका लागि  गरिएको समय …

पुरुषहरू धेरै काम गर्छन् तर महिलाहरूलाई फुर्सद कम हुन्छ
0 comment
0 FacebookTwitterEmail

ग्रामीण पर्यटन प्रवर्द्धनमा होमस्टे (घरबास)ले महत्वपूर्ण भूमिका खेल्दै आएको छ। पर्यटन प्रवर्द्धन गरी गाउँमै रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ पछिल्ला केही वर्ष यता ग्रामीण क्षेत्रमा होमस्टे सञ्चालन गर्ने क्रम पनि बढेको छ।
तनहुँको व्यास नगरपालिकाको वडा नं. १३ स्थित आँपस्वाराको सामुदायिक होमस्टेले भने अलि फरक भूमिका निर्वाह गर्दै आएको छ। यहाँका १८ घर परिवार दलित समुदायले समाजमा व्याप्त छुवाछुत अन्त्यका लागि होमस्टे सञ्चालन गरेका छन्। २०७२ सालदेखि सञ्चालनमा आएको यो होमस्टे मुलुककै पहिलो दलित होमस्टे मात्रै होइन समाजमा नमुना समेत बन्दै गएको छ।
रोजगारीका लागि भारत पसेका स्थानीय रेशम बिक गाउँ फर्किएपछि गाउँमै होमस्टे चलाउने सोच बनाए। गुरूङ, मगर, क्षेत्री, …

होमस्टेले ल्याएको परिवर्तन: दलित समुदायको भान्सामा गैरदलित
0 comment
0 FacebookTwitterEmail

केही वर्षअघिसम्म चरेस तस्करीको ‘ट्रान्जिट प्वाइन्ट’ का रुपमा चिनिएको कञ्चनपुर जिल्ला अचेल ब्राउन सुगर (खैरो हेरोइन) कारोबारको अखडा बन्दै गएको छ। ब्राउन सुगरका तस्कर, कारोबारी र प्रयोगकर्ताको जालो नै सीमान्त जिल्लाभरी फैलिएको पछिल्ला घटनाक्रम र तथ्याङ्कले उजागर गरेको छ। तस्कर, कारोबारी र सेवनकर्ता दिनैपिच्छे प्रहरीले समात्नुले लागूऔषधको जालोमा युवापिढी फस्दै गएका र यसले विकराल रूप लिँदै गएको समेत पुष्टि गरेको छ।

साउन ५ गते कञ्चनपुरको दक्षिणपूर्वी पुर्नबास नगरपालिका–११ अमरबस्तीमा तीनजना भारतीय नागरिक खैरो हेरोइनसहित पक्राउ परे। भारतबाट नेपाल आउँदै गरेका उनीबाट ७८ दशमलव ३७ ग्राम खैरो हेरोइन बरामद गर्‍यो। उक्त परिणाम अहिलेसम्मकै धेरै भएको प्रहरीको दाबी छ। तीन वर्षअघि एक …

‘ट्रान्जिट प्वाइन्ट’ कञ्चनपुर: चरेसबाट ब्राउन सुगरमा फड्को
0 comment
0 FacebookTwitterEmail

मोबाइल फोनको प्रविधि, त्यसमा जोडिएको इन्टरनेट र त्यससँग जोडिएको सामाजिक सञ्जालका फाइदा धेरै छन् तर तिनको सही प्रयोग गर्न नजान्दा अहिले   त्यसले गाउँगाउँमा पारिवारिक सम्बन्ध बिथोल्दै लगेको छ। डिजिटल लिटरेसीको अभावमा यसले हाम्रो समाजमा पारेको असरलाई यतिबेला कसैले पनि गम्भीरताका साथ लिएको देखिँदैँन।

अधिकांश नेपालीको हातहातमा अहिले स्मार्ट फोन (मोबाइल)  छ। स्मार्ट फोन बोक्ने अधिकांश इन्टरनेटसँग जोडिएका पनि छन्। इन्टरनेटका माध्यमबाट स्मार्ट फोन बाहकले प्रयोग गर्ने सामाजिक सञ्जाल ( फेसबुक, टिकटक, म्यासेन्जर, भाइबर आदि) ले फाइदा र बेफाइदा दुबै दिइएको पनि छ। मनोरञ्जन त छँदैछ, सूचना तथा संवाद आदानप्रदानमा पनि सहजता भएको छ। तर,

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved