Home » स्वास्थ्य » Page 17
Category:

स्वास्थ्य

कोभिड-१९ अब विश्वव्यापी स्वास्थ्य आपतकाल नरहेको विश्व स्वास्थ्य संगठनले शुक्रबार जनाएको छ। डब्ल्यूएचओको अन्तर्राष्ट्रिय स्वास्थ्य नियमन आपतकालिन समितिले बिहीबार कोभिड १९ का बारेमा यसको १५ औं बैठकमा महामारीको बारेमा छलफल गरेको थियो। छलफलमा डब्ल्यूएचओका महानिर्देशक टेड्रोस गेब्रेयससले अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपतकालिन, वा पीएचईआईसी घोषणा समाप्त गर्नुपर्नेमा सहमति जनाएका थिए।

एक वर्षभन्दा बढी समयदेखि महामारी तल झरेको टेड्रोसले शुक्रबार एक पत्रकार सम्मेलनमा जानकारी दिदै भन्नुभएको हो। टेड्रोसले भन्नुभयो, “यो घटदो ट्रेन्डले धेरै देशहरूलाई पूर्ववत अवस्थामा फर्कन अनुमति दिएको छ । हिजो, आपतकालीन समितिले १५ औं पटक भेट्यो र मलाई अन्तर्राष्ट्रिय चिन्ताको सार्वजनिक स्वास्थ्य आपतकालको अन्त्यको घोषणा गर्न सिफारिस गर्‍यो। मैले …

कोभिडको विश्वव्यापी स्वास्थ्य आपतकाल समाप्त- डब्ल्यूएचओ
0 comment
0 FacebookTwitterEmail

संविधानको धारा ३५ (१) मा “प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्यसेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट बञ्चित गरिने छैन्” उल्लेख गरिएको छ । स्वास्थ्य सेवालाई संविधानले मौलिक हक अन्तर्गत राखेको भएपनि सप्तरीको राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार गराउन आउने सेवाग्राही भने स्वास्थ्य सेवा पाउनबाट बञ्चित भएका छन् ।

जनशक्तिको अभावमा डेढ महिना भन्दा बढी समय देखि अस्पतालको भिडियो एक्सरे, सिटिस्क्यान, अल्ट्रासाउण्ड सहितका सेवा बन्द हुँदा सेवाग्राही स्वास्थ्य सेवा पाउनबाट बञ्चित भएका हुन् । दैनिक अस्पतालमा उपचार गराउन आउने सैयौँ बिरामी सरकारी अस्पतालमा चिकित्सकसँग जाँच गरिएपनि महँगो शुल्क तिरेर भिडियो एक्सरे, सिटिस्क्यान, अल्ट्रासाउण्ड सहितका सेवा

0 comment
0 FacebookTwitterEmail

नारायणी अस्पतालको बन्द अवस्थामा रहेको २३ बेडको आई.सी.यु. वार्ड वीरगञ्ज महानगरपालिकाको सहयोगमा संचालनमा आउने भएको छ।महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बुधबार अस्पतालको अनुगमन गर्नुहुँदै बन्द अवस्थामा रहेको आई.सी.यू.वार्ड आउँदो आइतबारबाट पूर्ण क्षमतामा संचालनमा ल्याउन आवश्यक जनशक्ति सहयोग गर्ने बताउनु भयो।

आई.सी.यु. संचालनमा ल्याउन २८ जना जनशक्ति आवश्यक पर्ने अस्पतालले जनाएको छ। यस्तै अस्पतालको प्रसुति गृहमा बिरामीलाई सहज सेवा प्रदानका लागि आवश्यक संरचना निर्माण गर्न पनि महानगरले आउँदो अर्थिक वर्षमा लगानी गर्ने महानगर प्रमुख सिंहले बताउनु भयो।

अस्पतालमा आउने बिरामीहरूलाई उपचारमा कुनै कमी नराख्न पनि उहाँले चिकित्सक, स्वास्थ्यकर्मीलाई आग्रह गर्नु भयो।अनुगमनमा पुग्नु भएका नगरप्रमुक सिंहलाई अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.चित्तरन्जन साहले अस्पतालको समसामयिक …

0 comment
0 FacebookTwitterEmail

तपाईँले नियमित खाने औषधि भारतमा खारेज भएको कम्पनीको त हैन? एक पटक सोधखोज गर्नै पर्ने भएको छ किनकी भारत सरकारले यो साता नक्कली औषधि बनाउने हिमाञ्चल प्रदेशमा ७०, उत्तराखण्डमा ४५ र मध्य प्रदेशमा २३ गरी १३८ कम्पनीलाई कारबाही गरेको छ। भारतको ड्रग्स कन्ट्रोलर जनरल (डीसीजीआई) ले नक्कली औषधि उत्पादन गर्ने भारतका १८ फार्मा कम्पनीको लाइसेन्स खारेज गरेको छ।

भारतको ड्रग्स कन्ट्रोलर जनरल (डीसीजीआई) ले २० राज्यका ७६ कम्पनीको निरीक्षणपछि यस्तो कारबाही गरेको हो।  स्रोतले बिहीबार सो जानकारी दिएको हो।

डीसीजीआई कारबाही भएका अधिकांश कम्पनीहरू नेपालसँग सिमाना जोडिएको उत्तराखण्ड र हिमाञ्चल प्रदेशका छन्।  ३० डिसेम्बर २०२२ देखि उत्पादन गर्दै आएको देहरादुनमा …

तपाईँले खाने औषधि भारतमा खारेज भएको कम्पनीको त हैन?
0 comment
0 FacebookTwitterEmail

नेपालमा सन् २०२२ देखि २०२५ सम्म अर्थात आगामी तीन वर्ष भित्र औलो निवारण गर्ने सरकारको लक्ष्य छ। औलो निवारणका लागि स्थानीय औलो बिरामीको संख्या शून्य हुनुपर्छ। तर शून्यमा झार्ने सरकारको यो लक्ष्य लुम्बिनी प्रदेशमा भने पूरा हुने छैन। विदेशबाट आउने औलोको बिरामीको बढ्दो सङ्ख्या यो चुनौति सृजना गरेको हो।

स्थानीय औलोका बिरामीको संख्या घटेपनि भारतबाट आयातीय औलोको बिरामीको संख्यालाई कम गर्न चुनौती रहेको लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा. बिनोदकुमार गिरीले बताउनु भयो।

यस आर्थिक वर्षमा लुम्बिनी प्रदेशमा १ सय ४० जना औलाको बिरामी मध्ये ८ जना मात्र स्थानीय औलो बिरामीको संख्या रहेको डा. गिरीले बताउनु भयो। डा. गिरी भन्नुभयो, ‘१ …

0 comment
0 FacebookTwitterEmail

काठमाडौँ उपत्यकामा कोरोना भाइरसको जोखिम बढ्दै गएको छ । बितेको २४ घण्टामा एक सय ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

पीसीआर र एन्टिजेन गरी दुई हजार ४५० जनामा गरिएको नमूना परीक्षणबाट एक सय ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै बितेको २४ घण्टामा थप ६६ जना संक्रमित निको भएका छन् भने कोरोना संक्रमणका कारण कसैको पनि ज्यान गएको छैन।

नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या तीन सय ८६ जनामा झरेको छ। पछिल्लो २४ घण्टामा कोरोनाविरुद्धको खोप ४५ हजार ६५२ जनाले लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ ।

काठमाडौँ उपत्यकामा मात्रै दैनिक रुपमा कोरोनाविरुद्धको …

0 comment
0 FacebookTwitterEmail

सुर्खेत । कालिकोटकी मनमाया बुढा (परिर्वतित नाम) यहीँ चैत्र २० गते भारतबाट नेपाल फर्किनुभयो  । केही समय अघि मनमाया र उनका श्रीमान् रोजगारीका लागि भारत जानुभएको थियो । तर, उहाँ नेपाल फर्किदा एक्लै हुनुहुन्थ्यो ।
स्वदेश एक्लै फर्कनुमा उहाँको उद्देश्य थियो पेटमा भएको सन्तानको लिङ्ग पहिचान गर्ने । उहाँको सोच थियो छोरा भए सन्तानको जन्मदिने र छोरी भए गर्भपतन गर्ने ।

भारतबाट नेपालगन्ज पुग्नुभएकी बुढाले छोरा वा छोरी भनेर जाँच्नका लागि डाक्टर कहाँ जानुभयो । डाक्टरले जाँच्नका लागि श्रीमान् सँगै हुनुपर्ने बताएपछि उहाँले श्रीमान साथमा नभएको बताउनुभयो । श्रीमानसँगै नभए केही गर्न नमिल्ने भन्दै डाक्टरले उहाँलाई फर्काइदियो । त्यसपछि पेटमा …

0 comment
0 FacebookTwitterEmail

रुपन्देही  सिमानाका बेलहियामा मनोपरामर्श  सहित एच आईभी परिक्षण गरिएको छ। रोजगारीको शिलसिलामा छिमेकी देश भारत जाने नेपालीहरूको संख्या उल्लेखनीय  रहेको कारण सिमामा मनोपरामर्श  सहित एच आईभी परिक्षण गरिदै आएको हो।

रोजगारीको क्रममा विदेश जाँदा कुनै साथी भाईको लहैलहमा लागेर वा यौन चाहनाले मानिसले असुरक्षित यौन सम्पर्क गर्ने गरेको पाईन्छ ।  जसको कारण यदी यौन पार्टनर एचआईभी तथा अन्य रोगबाट संक्रमित भएको भए उताबाट जोखिमयुक्त यौन सम्पर्क गर्ने व्यक्तिलाई पनि रोग सर्ने संभावना उच्च रहन्छ ।

नेपालमा रोजगारी गरेर वा अन्य प्रयोजनबाट भारत जाने नेपालीहरूको लागि सिमा नाका बेलहियामा निःशुल्क एचआईभीको परिक्षण हुन्छ भन्ने कुरा विरलै मात्रा थाहा छ ।  सिमा …

नेपाल भारत सिमामा १०० जना जाँच्दा एकलाई एचआइभी पोजेटिभ
0 comment
0 FacebookTwitterEmail

माओवादीको जनयुद्ध र त्यसपछिको मधेस आन्दोलनका कारण भावनात्मक रूपमा टाढा बनाइएका आम मधेसीसँग लोकल्याणकारी कामका मार्फत जोडिन थालेको छ, नेपाली सेना। ‘आफ्नै सत्ता, आफनै शासन, मधेसी सेना, मधेस सरकार’ जस्ता माग बनाएर भड्काइएका युवाहरूको मनोवैज्ञानिक खाडल पुरेर देशभक्तिको मार्गमा ल्याउन सेनाले लोकल्याणकारी कामलाई अभियानको रुपमा चलाउदै आएको छ।

डाक्टर र औषधी लिएर घर–दैलोमै सेवा गर्न सेना पुगेपछि मधेसी जनताको सामिप्यता गासिदै गएको छ।यो शनिबार पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवलाई भ्याई नभ्याई थियो। नेपाली सेनाले आफ्नै गाउँपालिकामा राखेको स्वस्थ्य सिविरलाई व्यवस्थापन गर्नमा लागि पर्नु भएको थियो उहाँ।पर्सा उत्तरी भेगमा रहेको गाउँपालिकाका स्थानीयहरू उपचारको लागिसेनाको सिविरमा बिहानै देखि लाइनमा लागेका थिए।पुरुष …

0 comment
0 FacebookTwitterEmail

काठमाडौँ उपत्यकामा रेबिज रोगको संक्रमण अत्यधिक रुपमा फैलिएको पाइएको छ । उपत्यकामा भुस्याहा कुकुरको आक्रमणमा परी रेबिज संक्रमित भै उपचार गर्न आउनेको दैनिक ४०० देखि ५०० जनासम्म पुगेको जानकारी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको बहिरङ्ग विभागले दिएको छ ।

अस्पतालका बहिरङ्ग विभागका चिकित्सक  डा. शङकर पाण्डेका अनुसार, रेबिज लागेको भुस्याहा कुकुरले टोकेका बिरामीहरूको संख्या दिनानुदिन बढ्दै गएको छ । संक्रमित कुकुर वा पशुले टोकेको पहिलो दिनमै वा टोक्ने बितीकै एन्टिरेबिज भ्याक्सिन लगाएमा रोगको निवारण हुन्छ । तर हेलचेक्र्याइँ गरेमा बिरामीको मृत्यु हुन सक्छ ।

टेकु अस्पतालमा रेबिजको उपचार गर्ने आउनेहरु मध्ये धेरैजसोलाई भुस्याहा कुकुरले टोकेको छ । तर

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved