
अनिल तिवारी
माओवादीको जनयुद्ध र त्यसपछिको मधेस आन्दोलनका कारण भावनात्मक रूपमा टाढा बनाइएका आम मधेसीसँग लोकल्याणकारी कामका मार्फत जोडिन थालेको छ, नेपाली सेना। ‘आफ्नै सत्ता, आफनै शासन, मधेसी सेना, मधेस सरकार’ जस्ता माग बनाएर भड्काइएका युवाहरूको मनोवैज्ञानिक खाडल पुरेर देशभक्तिको मार्गमा ल्याउन सेनाले लोकल्याणकारी कामलाई अभियानको रुपमा चलाउदै आएको छ।
डाक्टर र औषधी लिएर घर–दैलोमै सेवा गर्न सेना पुगेपछि मधेसी जनताको सामिप्यता गासिदै गएको छ।यो शनिबार पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवलाई भ्याई नभ्याई थियो। नेपाली सेनाले आफ्नै गाउँपालिकामा राखेको स्वस्थ्य सिविरलाई व्यवस्थापन गर्नमा लागि पर्नु भएको थियो उहाँ।पर्सा उत्तरी भेगमा रहेको गाउँपालिकाका स्थानीयहरू उपचारको लागिसेनाको सिविरमा बिहानै देखि लाइनमा लागेका थिए।पुरुष भन्दा महिलाहरूको संख्या पनि त्यतिकै थियो।गाउँमै स्वास्थ्य उपचार पाएपछि स्थानिय वासी उत्साहित भएका थिए। नेपाली सेनाले चलाएको निशुल्क स्वास्थ्य शिविरमा उपचार गराइ औषधी लिएर फर्कदै गरेका ८० वर्षिय बृद्ध दुखी हजरा दुसाद भन्नुहुन्छ,‘ पहिले सेना बन्दुक बोकेर गाँउमा आउँथे , तर आज डाक्टर र दवाई ( औषधी ) बोकेर पो आएछन् , सेना त साच्चै हामी जनताको लागि पो रहेछन्।’
नेपाली सेनाको श्री श्रीजंग गणले आयोजना गरेको शिविरबाट १ हजार भन्दा धेरै जना बिरामी लाभान्वित भएको कार्यक्रममा जनाइएको थियो। नेपाली सेना मध्य पूर्वी पृतना हेडक्वाटरको निर्देशन अनुरुप आयोजित शिविरमा सखुवाप्रसौनी, पटेर्वासुगौली, जिराभवानी गाउँपालिकासँगै बहुदरमाई नगरपालिका समेतका बिरामीहरूले स्वास्थ्य परीक्षण गराएका छन्। शिविरमा फिजिसियनदेखि आँखा, दाँत, नाक, कान, घाँटी, छाला, स्त्री तथा प्रसुती रोगहरूको परीक्षण गरिएको थियो। गाँउमै सेनाले शिविर लगाइदिदाँ उपचारसँगै निशुल्क औषधी पनि पाएपछि गाउँलेहरू झन खुशी थिए।
एक दर्जन भन्दाबढी बिशेषज्ञ डाक्टरहरूले शनिबार दिन भरी गाउँलेहरूको चेकजांच गर्नुका साथै औषधी समेत बितरण गरेका थिए। ग्रामिण क्षेत्रमा रहेको सखुवाप्रसौनी गाउँपालिकाका जनतालाई उपचारका लागि बाहिर जानुपर्ने प्रतिकुल अवस्थालाई मनन् गर्दै नेपाली सेनासँगको सहकार्यमा बृहत स्वास्थ्य शिविरको आयोजना गरिएको गाउँपालिका अध्यक्ष जसवन्त यादवले बताउनुभयो। उहाँले भन्नुभयो, ‘हाम्रो गाउँपालिका पूर्ण रुपमा ग्रामिण क्षेत्र हो। साथै यहाँका जनता एकदम धेरै विपन्न छन्। आर्थिक अभावकै कारण पनि उपचार गर्न आपतकालीन अवस्था बाहेक बुढ्यौलीमा लाग्ने रोगहरूको उपचारका लागि सदरमुकाम जान सक्दैनन । गाउँमै सेनाले शिविरको आयोजना गरेपछि सबै उत्साहित भएको हौ।’
बरिष्ठ फिजिसियन डा. निरज कुमार सिंह, सर्जन डा. मनोज गुप्ता, स्त्री तथा प्रसुती रोग विशेषज्ञद्वय डा. लक्ष्मी थापा र डा. प्रिती यादव, नाक कान घाँटी रोग विशेषज्ञ डा. आमोद श्रेष्ठ, डेन्टल सर्जन डा. विकास पटेल, छाला विशेषज्ञ डा. निलमणी प्रियदर्शनी लगायतले बिरामीको परीक्षण गर्नुभएको थियो।
आँखा विशेषज्ञ एवम् केडिया आँखा अस्पतालका मेडिकल डाइरेक्टर डा. नितिन तुल्स्यान, डा. सरिता यादव, राजदेव साह, राजेश यादव, लालबाबु मण्डल लगायतले आँखा सम्बन्धी चेकजाँच गरेका थिए। नारायणी अस्पतालमा कार्यरत स्टाफ नर्सहरू सृष्टि बिष्ट, ओशिका भट्टराई, मनिषा पाण्डे, अस्मिता थापा, अस्मि बस्नेतले पनि शिविरमा सहभागी बिरामीहरूको नाम दर्ताका साथै मधुमेह तथा रक्तचाप परीक्षण गर्नुभएको थियो।
नेपाली सेनाका उपरथी प्रेमध्वज अधिकारीले स्थानीयको आवश्यक्तालाई मध्यनजर गर्दै बृहत स्वास्थ्य शिविरको आयोजना गरिएको प्रतिक्रिया दिनुभयो। जनता र नेपाली सेनाबिचको सम्बन्धलाई सुमधुर बनाउन पनि शिविरले सघाउ पुग्ने विश्वास उपरथी अधिकारीले व्यक्त गर्नुभयो।उहाँले भन्नुभयो, ‘हामी सिमाको सुरक्षासँगै जनसेवा जस्ता कुरालाई पनि प्राथमिकता दिने अभियानमा छौ।मधेसका अन्य जिल्लामा पनि यस्ता शिविर निरन्तर रुपमा गर्दै आएको हुँदा यहाँ पनि गरिएको हो।’
नेपाली सेनासँगै सखुवाप्रसौनी गाउँपालिका, नेशनल मेडिकल एशोसिएशन, केडिया आँखा अस्पताल, प्रभु हस्पिटल, श्रीराम हस्पिटल, शान्ति क्लिनीक र नेपाल औषधी कर्मचारी संघको सयुँक्त पहलमा शिविर सम्पन्न भएको हो।
शिविरमा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मि, पर्साका सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलिया, श्रीजंग गणका गणपती कर्णेल डायमण्ड कार्की, सामाजिक अभियानताहरू प्रकाश थारु, दिलिपराज कार्की, वीरगञ्ज युवा समाजका संस्थापक अध्यक्ष कमल चौगाई लगायतको उपस्थिति रहेको थियो।
स्वास्थ्य शिविरमा सखुवा प्रसौनी गाँउपालिका, नेपाल मेडिकल एशोसियसन, केडियाँ आँखा अस्पताल , प्रभु हस्पिटल , श्रीराम हस्पिटल , शान्ति क्लिनिक र नेपाल औषधी कर्मचारी संघले पनि सहयोग गरेको थियो।
शनिबार दिनभर चलेको उक्त स्वास्थ्य शिविरमा सखुवाप्रसौनी र पटेर्वा सुगौली गाँउपालिकाका साथै त्यस आसपासका गरि १० भन्दा बढि गाँउका स्थानीयले निशुल्क उपचार पाएका छन्।
उक्त शिविरमा सबै रोगका बिरामीको स्वास्थ्य परिक्षण र ल्याब टेष्ट समेत गरि निशुल्क औषधी वितरण गरिएको थियो। शिवीरबाट महिला र पुरुष गरि १ हजार १ सय ५० जना लाभान्वित भएको नेपाली सेनाले जनाएको छ। गरिबीका कारण सदरमुकाम वीरगन्जका सुविधा सम्पन्न अस्पतालमा उपचार गराउनका लागि जान असमर्थ समुदायलाई लक्षित गरि सेनाले श्रीपुर पन्चगावामा बृहत् निशुल्क स्वास्थ्य शिविरिको आयोजना गरिएको जनाइएको थियो।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
अनिल तिवारी /वीरगञ्ज का अन्य पोस्टहरु:
- पञ्चायत, प्रजातन्त्र र गणतन्त्रमा ‘प्रहरी तन्त्र’ !
- मधेसीलाई अपहेलित गरेको भन्दै वीरगन्जमा चीनको विरोध
- इस्लाम प्रति चीनको दोहरो नीति: ‘तालिबानसँग साठगाँठ, उइगुरको नरसंहार’
- बीरगन्जको किङ्गस् क्यासिनो: पर्यटन विभागको नियम लत्त्याउँदै अवैध सञ्चालन
- पर्सामा बालिका बलत्कार, बिचौलियाको सक्रियतामा मुद्दा दबाउने प्रयास भएको आरोप
- मेयर संम्लग्न किर्ते नागरिकता प्रकरण: एक हप्ता देखि जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन
- शिविर लगाएर धार्मिक ठगी, पक्राउ पर्ने सूचना पाएपछि फरार भए काली कम्बल
- उपेन्द्र यादवको चर्को बिरोध पछि जसपा सरकारमा नजाने सङ्केत
- दलाई लामा र चिसिँदै गएको अमेरिका चिन सम्बन्ध !
- क्याम्पसको नवनिर्मित भवनमा गाई गोठ, भवन निर्माणमा अनियमितता भएको आरोपपछि ठेक्कापट्टाको फाइल नै गायब
