बागमती प्रदेशको राजधानी हेटौँडामा अझै पनि डेङ्गुको प्रकोप नियन्त्रणमा आउन सकेको छैन। जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार हेटौँडा उपमहानगरपालिकासहित मनहरी गाउँपालिका, मकवानपुर गढी, थाहा नगरपालिकालगायतका क्षेत्रमा डेङ्गु देखिएको हो। बुधबारसम्म मकवानपुर जिल्लामा सात सय ५० जना भन्दा बढी डेङ्गु रोगीको पहिचान भएको छ। रोग पहिचान हुने बित्तिकै उनीहरूलाई तत्काल उपचारको व्यवस्था मिलाइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। डेङ्गु सङ्क्रमित भएका गम्भीर प्रकृतिका बिरामीलाई काठमाडौँको त्रिभुवन शिक्षण अस्पताल, पाटन अस्पताल, वीर अस्पताल र चितवनको भरतपुर अस्पतालमा उपचार गराइरहेका छन्।… केही सामान्य प्रकारका डेङ्गु रोगका बिरामीलाई हेटौँडा अस्पताल तथा चुरेहिल अस्पतालमा उपचार भइरहेको छ। हेटौँडा उपमहानगरपालिकाको वडा नम्बर ४ र ५ मा
स्वास्थ्य
खाना आफैंमा कुनै धर्म होइन। खाना केवल शरीर र मनको ऊर्जाको स्रोत हो। यद्यपि खाना धर्म संस्कृति आदिसँग पनि जोडिन्छ। जसलाई खानाको धार्मिक सांस्कृतिक पाटोको रूपमा अथ्र्याइन्छ। फेरि पनि खाना कुनै धर्मको अंग होइन, यो केवल ऊर्जाको स्रोत हो– शरीरको, मनको र जीवनको।
पृथ्वीमा अस्तित्वमा रहेका सबै खाले जैविक अजैविक पदार्थमा औषधीय गुण हुन्छ। जसलाई कुनै न कुनै रूपमा औषधि बनाएर प्रयोग गर्न सकिन्छ तर ती सबै पदार्थलाई खानाको रूपमा प्रयोग गर्न सकिदैन। कुनै पनि चिजलाई खानाको रूपमा प्रयोग गरिनु र औषधीको रूपमा प्रयोग गरिनु फरक फरक दृष्टिकोण र अभ्यास हो।
प्राचीनकालदेखि नै वैदिक समाजले दैनिक खानपिनमा प्याज …
अन्धविश्वास र विश्वास दुवैको जग वस्तुगत हुँदैन। दुबै कुरा विषयगत हुन्। भौतिक विज्ञानमा दुवै विषय स्वीकार्य विषय होइनन्। भौतिक विज्ञानले पदार्थको सत्ता वा वस्तुगत जगबाहेकका सबै विषयहरूलाई अवैज्ञानिक मान्दछ।
समाजशास्त्र पनि विज्ञान हो, विषयगत विज्ञान। समाजशास्त्रमा अन्धविश्वास र विश्वास दुवै स्वीकार्य विषय हुन्। दुवैलाई दृष्टिकोण मानिन्छ। दुवैलाई सिद्ध वा असिद्ध गर्न तर्क, तथ्य एवं तथ्याङ्क भए पुग्छ। एउटा व्यक्ति वा समूहलाई कुनै अभ्यास (विषय) तर्क, तथ्य र तथ्याङ्कको आधारमा अन्धविश्वास लाग्नसक्छ भने त्यही अभ्यास (विषय) अर्को तर्क, तथ्य र तथ्याङ्कको आधारमा विश्वास हुनसक्छ। तसर्थ अन्धविश्वास र विश्वास दुवै वैयक्तिक एवं विषयगत विषय मात्र नभएर सापेक्षित विषय …
“ल भाइहरू तिमीहरू सबैजना बाहिर जाउ”।
कक्षाकोठा भित्र अर्को घण्टीको लागि शिक्षकलाई पर्खीरहेको बेला, स्वास्थ्य विषयका सर कक्षामा आउनासाथ हामीलाई भन्नुभयो। कक्षामा साथीहरूले केही पनि नसोधी सरासर बाहिर गए। सरका कुरा सुनेर कक्षामा भएका छात्राहरू पनि अक्कमक्क भएका थिए। हामी केटाहरू बाहिर गए पछि सरले भित्रबाट झ्याल र ढोका लगाउनुभयो। मनमा अनेक प्रश्नहरू घुमिरहेका थिए, के भई रहेको थियो कक्षा भित्र। उत्सुकता कम गर्नका लागि हामी केही साथीले कक्षाको झ्याल र ढोकामा कान लगाएर सुन्ने प्रयास पनि गर्यौ, तर केही आवाज सुनिएन। हामी विद्यालयको चौरमा बसेको ४५ मिनेट भइसकेको र घण्टीको समय बिते पछि सरले ढोका खोल्नु भयो।
“लौ भाइहरू …
दक्षिण भारतमा ‘टमाटो फ्लू’ भनेर चिनिने नयाँ भाइरस देखापरेको छ । एउटा दुर्लभ भाइरलका रूपमा देखिएको यो भाइरसको संक्रमण भारतमा बढ्दोक्रममा रहेको छ । अहिलेसम्म यो भाइरसबाट १०० जना बालबालिका प्रभावित भएका छन्। यो भाइरस केरला हुँदै तमिलनाडु र उडिसा राज्यमा फैलिसकेको छ। यसका बारेमा भारत सरकारले एउटा स्वास्थ्य निर्देशन जारी गर्दै सबैलाई सावधान रहन भनेको छ। यो निर्देशिकामा परीक्षण र बचावका उपायका साथै अभिभावकलाई आफ्ना बालबालिकामा आएका स्वास्थ्य समस्याका बारेमा अलि बढी सचेत रहन भनिएको छ।
दक्षिण भारतमा रिपोर्ट गरिएको यो “नयाँ” भाइरसलाई चिकित्सकहरूले हात, खुट्टा र मुखसम्बद्ध रोग (HFMD) को एक प्रकार भएको पुष्टि गरेका छन्। चिकित्सकहरूका अनुसार …
लुम्बिनी प्रादेशिक अस्पताल असहाय र विपन्न वर्गका लागि सहारा बनेको छ। यस अस्पतालमा आएका कुनै पनि बिरामीले आर्थिक अभावकै कारण उपचार नपाएर फर्किनु परेको छैन।
अस्पतालको सामाजिक सेवा एकाइबाट उनीहरूको उपचार नि:शुल्क गर्ने गरिएको छ। आर्थिक वर्ष २०७८/७९ मा १० हजार ५ सय जनाले यस अस्पतालबाट नि:शुल्क उपचार सेवा लिइसकेका छन् ।
सम्बन्धित पालिकाले दिएको सिफारिस तथा परिचयपत्रको आधारमा बिरामीलाई नि:शुल्क उपचार, खाना र आवश्यकता अनुसार आउने जाने भाडा समेत उपलब्ध गराइरहेको अस्पतालले जनाएको छ।
यस अस्पतालबाट अहिलेसम्म गरिब, असहाय, लैंगिक हिंसाबाट प्रभावित, जेष्ठ नागरिक, महिला स्वास्थ्य स्वयंम्सेविका, कुपोषित, शहीद परिवार, प्राकृतिक प्रकोप प्रभावित, थुनुवा र दुर्घटनामा परेर घाइते भएकालाई …
यस धर्तीमा अनेक प्राणी बसेका छन्। तीमध्ये मान्छे मात्र एउटा त्यस्तो प्राणी हो जसले टाउको मुनि सिरानी राखेर सुत्छ। हिजो आज सिरानी टाउकोमा मात्र होइन घुँडाका बीचमा राख्ने सुत्ने चलन पनि छ। मान्छेबाहेक अन्य कुनै पनि जनावरले सिरानी राखेर सुतेको आजसम्म देखिएको छैन। आखिर मानिसले मात्र किन सिरानी राखेर सुत्छ त ? विना सिरानी सुत्दा के हानी हुन्छ ?
मानिसको एक तिहाइ जीवन सुतेरै बित्छ । त्यसो भए सिरानी बिना सुत्न सकिएला कि नसकिएला ? सिरानी नभए पनि म निदाउँछु भनेर सोच्ने मानिस कति होलान् ? सामान्यत: सुत्नुअघि नै मानिसले सिरानी खोई भन्न थालिहाल्छ। सिरानी बिना त निन्द्रा नै लाग्दैन …
भारत दिल्लीको उच्च अदालतले बुधवार योग गुरु बाबा रामदेवलाई एलोप्याथिक औषधि र कोविड भ्याक्सिनको बारेमा जनतालाई भ्रममा पार्नु हुँदैन भन्यो।भारतीय पत्रिका हिन्दुस्तान टाइम्सका अनुसार अदालतले रामदेवलाई पतञ्जली उत्पादन कोरोनिलको पक्षमा बोल्दा निराधार दाबी नगर्न आग्रह गरेको छ ।
कोभिड–१९ को उपचारका लागि पतञ्जली कम्पनीले विकास गरेको कोरोनाको सम्बन्धमा कोभिड–१९ विरुद्धको खोपको प्रभावकारिताबारे गलत सूचना फैलाएको, जनतामा भ्रम फैलाएको भन्दै रामदेवविरुद्ध डाक्टरहरूको विभिन्न संघसंस्थाले दायर गरेको मुद्दामा अदालतमा सुनुवाइ भइरहेको छ ।
न्यायाधिश अनुप जयराम भम्बानीले रामदेवलाई भन्नुभयो, ‘सुरुदेखि मेरो एउटै चिन्ता छ। तपाईंका अनुयायीहरू राख्न स्वतन्त्र हुनुहुन्छ। तपाईं आफ्ना चेला बनाउन पनि स्वतन्त्र हुनुहुन्छ। तपाईंले भनेका सबै कुरा सुन्ने र …
विश्वको कुल जनसंख्याको एक चौथाई जनसंख्याको आश्रयस्थल दक्षिण एसियाली देशहरू (अफगानिस्तान, बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलंका) मा मानसिक स्वास्थ्य समस्या व्यापक रूपमा छ। यहाँ १५ देखि २० करोड मानिसहरू व्यग्रता ( एनजाइटी), डिप्रेसन (अवसाद), बाइपोलार डिसअर्डर, आत्महत्याजन्य व्यवहार, अनेकथरीका फोबिया (डर) र सुर्ती/औषधि/मदिराको लतबाट पीडित छन्। डिप्रेसन, बाइपोलार डिसअर्डर, सिजोफ्रेनिया र अन्य मनोवैज्ञानिक विकारहरू, डिमेन्सिया, बौद्धिक असक्षमता र अटिजम जस्ता शारिरीक विकासका अशक्ततालाई मानसिक तथा स्नायुजन्य समस्यालाई विश्व स्वास्थ्य संगठनको मानसिक स्वास्थ्य ग्याप एक्शन प्रोग्राम (एमएचग्याप) भीत्र राखेको छ। यस क्षेत्रका आठ राष्ट्रहरूमध्ये, पाकिस्तानमा सामान्य मानसिक समस्याहरू सबैभन्दा बढी छ।
सम्भ्रान्तदेखि सामान्य मानिससम्म आमरूपमा मानसिक स्वास्थ्य समस्याहरूबाट …
छाला, कपाल, नङ, ओठ आदिलाई कृत्रिम तरिकाले सुन्दर देखाउनु वा सिँगार्नुभन्दा प्राकृतिक रूपमै स्वस्थ बन्नु हरेक दृष्टिले उत्तम हो। आयुर्वेदमा आहार, निद्रा र ब्रह्मचर्यलाई स्वास्थ्यको त्रि–स्तम्भ भनिन्छ। यी तीन चिजको सन्तुलित एवं गतिशील अभ्यासबाट आरोग्यसँगै दिगो सुन्दरता पनि प्राप्त गर्न सकिन्छ भन्ने मान्यता छ। अस्वस्थ मान्छे सुन्दर भएर पनि दुखी हुन्छ। स्वस्थ मान्छेलाई बाहिरी सुन्दरता नभए पनि खुशी भएर बाँच्न सक्छ। स्वास्थ्य प्राथमिक विषय हो भने सुन्दरता सहायक।
आहार
भोजन जीवनको लागि हुन्छ नकि जीवन भोजनका लागि। सामान्यत भोजनले ३ थरीको कार्य गर्दछ: पहिलो शारीरिक कार्य (शरीर निर्माण, ऊर्जा प्रदान, सुरक्षा, …