आजभोलि हिन्दूधर्मावलम्बीहरू दशैंको रमाइँलोमा झुमिरहेका छन्। अधिकांश वृद्धवृद्धा पूजापाठमा मग्न छन्। धेरै उमेरदारलाई भने घुमघाम र खानपानको परिकार बनाउने, खाने र खुवाउने कार्यमा तल्लिन छन्। कसैलाई पूजापाठको आनन्द कसैलाई खानपिनको रमाइलो। धेरैजना त रक्सी र मासुकै आकर्षणले पो तानिएका छन् कि झैं देखिन्छ। जे होस्, दसैंमा रमाइँलोका लागि प्राय: धेरैले छाकैपिच्छे मासु खाने गर्दछन्। मासुसँगै रक्सी पिउनेहरूको संख्या पनि कम हुँदैन। रक्सी मात्र अधिक पिउनाले स्वास्थमा तत्कालै समस्या आउन सक्छ तर रक्सीको साथमा सितन मिलाएर खाए प्रत्यक्ष नकारात्मक प्रभावबाट धेरै हदसम्म बच्न सकिन्छ। दशैंको बेलामा यस विषयमा सबै सजग बन्नु जरूरी देखिन्छ।
रक्सीसँग सामान्यत: माछामासु नै सितन खान मानपराएको पाइन्छ। …
स्वास्थ्य
काठमाडौं उपत्यका भित्र घरैपिच्छेजस्तो डेंगु रोगी छन्। उपत्यकाबाहिर जिल्लाहरूमा पनि ग्रामीण स्तरसम्म डेंगुको संक्रमण फैलिसकेको देखिन्छ। अस्पताल र डाक्टरहरूले यस रोगका रोगीहरूमा गरिरहेको भनेको लाक्षणिक चिकित्सा मात्र हो। आधुनिक चिकित्सा विज्ञानमा यस रोगको कुनै खास औषधी छैन।
डेंगु रोग लक्षणसहित र लक्षण विनाको पनि देखिन्छ। जब संक्रमण बोकेको लामखुट्टेले व्यक्तिलाई टोक्दछ त्यसको ३ देखि १४ दिनभित्र डेंगु ज्वरो देखा पर्दछ। सामान्यत: यो रोग एक हप्तामा आफैं निको भएर जाने हुन्छ। यो रोग वृद्धवृद्धा र बालबालिको लागि बढी घातक मानिन्छ।
एडिस एजेप्टी नामक पोथी लामखुट्टेको टोकाइबाट सर्ने डेंगु संक्रामक रोग भएको कारणले यसको कारण भनेको विषाणु (भाइरस) हो भन्ने विषय सबैले …
बडादशैं संघारमै आइसकेको छ। सबैको ध्यान यसपालीको दशैं कसरी विशेष बनाउने वा रमाइलोसँग मनाउने भनेर योजना बनाउनमा केन्द्रित छ।
दशैं भनेको उपासनाको पर्व हो। विजय र हर्ष उल्लासको चाड हो। उपासनापछि हरेक व्यक्तिमा नयाँ जोस, जाँगर, उत्साह, ओज र तेजको अवतरण भए मात्र सही अर्थमा उपासना गरिएको सावित हुन्छ।
दशैंको समयमा नयाँ पुस्ताको ध्यान पूजापाठ गर्नेमा भन्दा पनि नयाँ–नयाँ कपडा किन्ने, साथीभाइ तथा आफन्तजनहरू भेट्ने र रमाइलो गर्नेमा केन्द्रित हुने गरेको पाइन्छ। रमाइलो गर्न आम रूपमा स्वादिलो खानपान र मदिरा सेवन गर्ने चलन त छँदैछ। धेरैले दशैंलाई मासु र मदिरा पिउने अवसरका रूपमा समेत पर्खिरहेका हुनसक्छन्। वस्तुत: दशैं मनाउने शैली …
रूपन्देहीमा पछिल्लो दुई तीन महिनायता डेंगुको संक्रमण महामारीका रूपमा फैलिन थालेको छ। सङ्क्रमितको संख्या बढिरहँदा मृत्यु हुनेको संख्या पनि त्यतिकै सङ्ख्यामा बढिरहेको छ। लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा विकास देवकोटाले असोज र कार्तिक महिनासम्म डेंगुको प्रकोप रहने बताउनु भयो।
लुम्बिनीमा साउनयता डेंगु संक्रमणबाट ३ जनाले ज्यान गुमाएको र २ हजार ७ सय ८ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य सचिव डा विकास देवकोटाले बताउनु भयो। उहाँले अझै २ महिना सचेत रहन आग्रह गर्नु भयो ।
अहिले संक्रमणको दर केही घटे पनि डेंगुको प्रकोप रहने भएकाले डेंगु रोगबाट बच्ने उपाय भनेकै लामखुट्टेको टोकाईबाट बच्नु नै हो । मन्त्रालयले महामारी रोग …
वायु प्रदुषणलाई हल्का रूपमा लिइरहनु भएको छ भने सावधान हुनुहोस् किनकी कहिल्यै चुरोट बिडी नखाने मानिसमा पनि वायु प्रदुषणका कारण फोक्सोको क्यान्सर हुनसक्ने अनुसन्धानकर्ताहरूले पत्ता लगाएका छन्। नेपालको वायु प्रदूषण स्तर विश्वमै उच्च स्तरमा रहेको र सोही प्रदूषणकै कारण वर्षिक ३० हजार भन्दा बढी मानिसको मृत्यु हुने गरेको छ भनेर विश्व बैंकले वताएको केही समयमा नै यो अनुसन्धान सार्वजनिक भएको हो।
वेलायत लन्डनको फ्रान्सिस क्रिक इन्स्टिच्युटका अनुसन्धानकर्ताहरूले आफ्नो अध्ययनका आधारमा भनेका छन्-फाइन पार्टिकुलेट म्याटर (पीएम) २.५ को प्रदुषित हावाको निरन्तर सम्पर्कमा बस्ने व्यक्तिहरूलाई फोक्सोको क्यान्सर हुन सक्छ। ४० हजार मानिसमा गरिएको यो अनुसन्धानको नतिजा सेप्टेम्बरको दोश्रो साता सार्वजनिक गरिएको थियो …
बागमती प्रदेशको राजधानी हेटौडामा पनि डेङ्गु सङ्क्रमित बढेका छन् । बुधबार २४ घण्टामा मात्रै मकवानपुरमा १४८ जना संक्रमित भइसकेका छन् । जसमा हेटौडा उपमहानगरपालिकाका मात्र १४४ जना रहेका छन् । यसैगरी मकवानपुरगढी गाउँपालिकामा २ जना, मनहरी र भीमफेदी गाउँपालिकामा २/२ जना फेला परेका छन् । डेङ्गुकै कारण हेटौडा उपमहानगरपालिकामा एकजनाको मृत्युसमेत भैसकेको छ ।
अहिले हेटौडा अस्पतालमा डेङ्गुको उपचार पाउनसमेत समस्या भएको छ । डेङ्गुका बिरामीको चापका कारण हेटौडा अस्पतालको इमर्जेन्सी कक्षको एउटै बेडमा २ जनालाई राखेर समेत उपचार भैरहेको छ । हेटौडा अस्पतालमा डेङ्गुका बिरामीको चाप बढेपछि बिरामीहरू उपचारका लागि छिमेकी जिल्ला चितवन तथा काठमाडौं जान थालेका छ्न् ।…
नेपालीहरूको महान चाड दशैं आउनै लागेको छ। दशैंमा मिठो खानु पर्छ वा खान पाइन्छ भन्ने सोच र अपेक्षा आम मानिसको हुन्छ। खाना स्वादिलो बनाउन विभिन्न खालका मसलाको अधिक प्रयोग गरिन्छ। जसले गर्दा मिठो खाने चक्करमा चाडपर्वका बेला धेरै मानिस बिरामी हुने गर्दछन्। मसलाहरूको प्रयोग सही रूपमा गर्न जानिएन भने यसले स्वास्थ्यमा प्रत्यक्ष हानी पुर्याउँछ।
अन्यत्र भन्दा नेपाल र भारतमा मसलाको प्रयोग अधिक हुने गर्दछ। मसलाको प्रयोग नेपाली एवं भारतीयहरूको संस्कार एवं संस्कृतिकै रूपमा रहेको छ। मसलाहरू स्वास्थ्यका लागि हानिकारक हो कि स्वस्थकर ? भन्ने प्रश्न पनि धेरैको मनमा होला। मसला स्वस्थको लागि हानिकारक नै हुन्छ भन्ने धारणा पनि हुनसक्छ। यसको …
विद्यार्थीलाई नियमित उपस्थित गराएर शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्देश्यका साथ तनहुँका केही पालिकाले ‘एक माध्यमिक विद्यालय एक नर्स’ कार्यक्रम अघि सारेका छन्।
सामुदायिक विद्यालयमा पठनपाठनसँगै स्वास्थ्य सेवा समेत प्रदान गर्ने उद्देश्यका साथ तनहुँको आँबुखैरेनी गाउँपालिका, शुक्लागण्डकी नगरपालिका र व्यास नगरपालिकाका केही सामुदायिक विद्यालयमा ‘एक मध्यमिक विद्यालय एक नर्स’ कार्यक्रम सुरु गरिएको छ।
विद्यालयमा बालबालिकाको नियमित उपस्थिति र स्वास्थ्य परीक्षणका लागि आँबुखैरेनी गाउँपालिकाले आन्तरिक श्रोतबाट तलब तथा अन्य सेवा सुविधा उपलब्ध गराउने गरी करारमा नर्स नियुक्ति गरेको छ।
गाउँपालिकाले वडा–३ स्थित रामशाह माध्यमिक विद्यालयबाट यो कार्यक्रमको सुरुवात गरेको हो। भदौ महिनाको पहिलो साताबाट उक्त विद्यालयमा स्टाफ नर्स प्रकृति कट्वाललाई तीन महिनाको …
काठमाडौं उपत्यका भित्र घरैपिच्छेजस्तो डेंगु रोगी छन्। उपत्यकाबाहिर जिल्लाहरूमा पनि ग्रामीण स्तरसम्म डेंगुको संक्रमण फैलिसकेको देखिन्छ। अस्पताल र डाक्टरहरूले यस रोगका रोगीहरूमा गरिरहेको भनेको लाक्षणिक चिकित्सा मात्र हो। आधुनिक चिकित्सा विज्ञानमा यस रोगको कुनै खास औषधी छैन।
डेंगु रोग लक्षणसहित र लक्षण विनाको पनि देखिन्छ। जब संक्रमण बोकेको लामखुट्टेले व्यक्तिलाई टोक्दछ त्यसको ३ देखि १४ दिनभित्र डेंगु ज्वरो देखा पर्दछ। सामान्यत: यो रोग एक हप्तामा आफैं निको भएर जाने हुन्छ। यो रोग वृद्धवृद्धा र बालबालिको लागि बढी घातक मानिन्छ।
एडिस एजेप्टी नामक पोथी लामखुट्टेको टोकाइबाट सर्ने डेंगु संक्रामक रोग भएको कारणले यसको कारण भनेको विषाणु (भाइरस) हो भन्ने विषय सबैले …
कडा लडाउन लगाइए पनि चीनको हाइनानमा तीब्र गतिले कोरोना संक्रमण फैलिएको छ। सङ्क्रमितको संख्या यता तीन महिना सबैभन्दा बढी भएको छ। सङ्क्रमितहरूको उपचारमा हजारौं स्वास्थ्यकर्मी खटिएका छन्। चीनमा पुन कोविड–१९ को संक्रमण दर तीन महिनाको उच्चमा पुगेको हो। दक्षिणी हेनान टापु क्षेत्रमा बिग्रँदै गएको अवस्थाले गत वर्षको साङ्घाई बन्द भएदेखि नै सबैभन्दा चिन्तित बनाएको हो।
यसबाहेकका गर्मी ठाउँहरूमा सङ्क्रमणको बढ्दो क्रमले गर्दा अझै अवस्था भयभीत हुनसक्ने स्वास्थ्यकर्मी चीन्ता रहेको बताइएको छ। चीनको छिमेकी प्रान्तहरूले यस क्षेत्रका यात्रु तथा नागरिकहरूलाई प्रवेशमा रोक समेत लगाएका छन्। जसले गर्दा तिब्बतको राजमार्गमा सयौँ सवारी साधनहरू अलपत्रमा परेका छन्।
अर्कोतर्फ सियामेनको तटीय सहरका अधिकारीहरूले यस …