Home » खोज » Page 17
Category:

खोज

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, २०७२ सालको विनाशकारी भूकम्पपछि ध्वस्त भएका भौतिक संरचना पुनर्निर्माण प्रयोजनका लागि गठन भएको महत्वपूर्ण निकाय हो। जसले विनाशकारी भूकम्पपछि ध्वस्त संरचनाको दिगो तथा योजनाबद्ध पुनर्निर्माणको नेतृत्व गरिरहेको छ। भूकम्प प्रभावित तथा अति प्रभावितसहित ३१ जिल्लाका नागरिकलाई सामाजिक न्याय प्रदान गर्दै पुनर्वास र पुन:स्थापनाको समेत प्रबन्ध गर्नु यही प्राधिकरणको दायित्व हो। २०७२ साल पुस १० गते गठन भएको प्राधिकरणले २०७६ साल पुस २८ गते तयार पारेको विपद्पछिको पुनर्निर्माण तथा लाभ ढाँचाको संशोधित लागत अनुमान ४ खर्ब ६९ अर्ब ९३ करोड ५३ लाख रूपैयाँ रहेकोमा गएको आर्थिक वर्ष मै प्राधिकरणले ३ खर्ब ७१ अर्ब ५३ करोड ६७ लाख …

भूकम्प पीडितको आडमा अर्बौं अपचलनको आशंका: १६ अर्ब तत्काल असुल्न निर्देशन
0 comment
0 FacebookTwitterEmail

राज्य कोषबाट एक वर्षमा तलब र सेवा सुविधाका लागि १७ करोड २४ लाख ९९ हजार खर्च भइरहेको संघीय संसद्का ३९३ जना कर्मचारीको योग्यता माथि नै महालेखाले प्रश्न उठाएको छ। राज्य सञ्चालनका तीन खम्बामध्ये कानुन निर्माण गर्ने महत्त्वपूर्ण निकाय व्यवस्थापिकाका त्यति धेरै कर्मचारीको योग्यतामै प्रश्न उठाइनुले हाम्रो शासन व्यवस्थाको जग कति कमजोर रहेछ भन्ने प्रष्ट बुझिन्छ। राज्य सञ्चालनको अर्को महत्त्वपूर्ण खम्बा न्यायपालिका र जनप्रतिनिधि चुनेर सहज राज्यसञ्चालकमा सहगोग गर्ने जिम्मा पाएको संवैधानिक निकाय निर्वाचन आयोगका कयौँ गतिविधिमा आर्थिक अपचलनका कुरा महालेखाले उठाएको छ।

संविधानले दुई सदन सहितको संघीय संसद्का गतिविधि सुचारु गर्न संघीय संसद्‌ सचिवालयको परिकल्पना गरेको छ। जस अनुसार प्रतिनिधिसभामा …

0 comment
0 FacebookTwitterEmail

 

नेपाल आयल निगमले गएको वर्ष नेपाल सरकारलाई इन्धन कारोबार बापत विभिन्न शीर्षकमा ९८ अर्ब ५९ करोड रूपैयाँ कर भुक्तानी गर्‍यो । एक वर्षको अवधिमा २ खर्ब ३२ अर्ब ४५ करोड रूपैयाँको पेट्रोलियम पदार्थ र हवाई इन्धन बिक्री गरेको निगमले सोही अवधिमा निक्षेप तथा कर्मचारी सापटीको व्याजबाट एक अर्ब ८२ करोड ८० लाख, आईओसीको खरिद समायोजनबाट ४ करोड २२ लाख, व्यावसायिक तर्फको शीर्षकमा एक करोड १५ लाख, घरभाडा बाट २७ लाख ९७ हजार, विविध आम्दानी, लेखा समायोजन तथा अन्य आम्दानी समेतका हिसाबले सरकारलाई उक्त कर दाखिला गरेको हो । यो वर्ष समग्रमा निगमको ढुवानी खर्च प्रशस्तै बचत भएको छ । …

आयल निगम भित्र बेथितिको चाङ: हचुवाको भरमा १७ पटक मूल्य समायोजन
0 comment
0 FacebookTwitterEmail

महालेखाको पछिल्लो प्रतिवेदन अनुसार नेपाल विद्युत् प्राधिकरणको ऋण एक खर्ब ८१ अर्ब ९४ करोड पुगेको छ। समीक्षा अवधिमा विभिन्न बैंक तथा दातृ निकायबाट लिएको यो ऋणका लागि प्राधिकरणले नेपाल सरकारसँग सहायक सम्झौता गरेको छ। महालेखाले यसरी प्राप्त वैदेशिक ऋणको सदुपयोग र पारदर्शी खर्च विवरणमाथि भने प्रश्न उठाएको छ। विगतदेखि नै प्राधिकरणले ऋण रकम नेपाल सरकारको हिसाबसँग भिडान गरेको छैन। भाखा नाघेको र भाखा ननाघेको साँवा तथा व्याज रकमको वास्तविक आँकडा के भन्ने विवरण प्राधिकरणले देखिने गरी कतै राखेको छैन। समयमै साँवा तथा व्याज रकम भुक्तानी नगर्दा वर्सेनि व्याजसहितको ऋण रकम वृद्धि भइरहेको विगतका प्रतिवेदनमा समेत औंल्याइएको कमजोरी हो तर स्थिति …

विद्युत् प्राधिकरणको ऋण नै १ खर्ब ८२ अर्ब पुग्यो: ३७ अर्ब बक्यौता डुब्दै
0 comment
0 FacebookTwitterEmail

राज्य सञ्चालनमा रहेकाहरू यो असार १५ को धानदिवस मनाउने क्रममा हिलो छ्यापाछ्याप गरिहेका थिए, त्यही दिन  प्रहरीका एक पूर्व अतिरिक्त महानिरीक्षक राज्य संयन्त्रमा कसरी माफिया हावी भैरहेका छन् भन्ने जानकारी गराइरहेका थिए। अपराधकर्मको अनुसन्धान गर्ने निकाय भएकाले होला प्रहरी अधिकृतका अनुभव अरुभन्दा बढी आधिकारिक मानिनु स्वाभाविक पनि होला। त्यसमाथि यो उनको आफ्नै अनुभवको, आफैंले भोगेको  कुरा थियो।

विषय चाहिँ प्रहरी संगठनका नाममा हातहतियार खरिद गर्दा त्यसको खाँचो प्रहरीलाई भन्दा यो क्षेत्रका माफियालार्ई पर्ने गरेको सन्दर्भ हो जसले सम्बन्धित वस्तुको आवश्यकता पहिचान, बजेटको तर्जुमा, त्यसको निकासादेखिका सबैकुरा गराउँछन । सम्बन्धित अधिकृतले केवल हस्ताक्षर मात्रै गरिदिए पुग्छ।

दशवर्षअघिको करिब डेढअर्बको हतियार खरिद …

0 comment
0 FacebookTwitterEmail

​​​​​​​नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले २०७८ असोज ३  गते एउटा सार्वजनिक कार्यक्रममा ऊर्जामन्त्री कै अघिल्तिर विद्युत खरिद बिक्री सम्झौता (पीपीए) तत्काल खुलाउन माग गरे। ढकालले पीपीए नगरिदिँदा करोडौं लगानी गरिसकेका परियोजना सङ्कटमा परेको बताएपछि स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) ले पनि यसका लागि निरन्तर राजनीतिक लबिङ गरिरहेको थियो। ढकाल सहितको व्यवसायिक समुहले माउन्टेन इनर्जी नेपाल लिमिटेड, हिमालयन पावर पार्टनर, रोबष्ट इनर्जी लि, आदिशक्ति विद्युत विकास कम्पनी लिमिटेड जस्ता कम्पनी मार्फत विभिन्न आयोजनामा लगानी गरिरहेको छ। यही समुह अहिले पीपीएका सन्दर्भमा मन्त्रिपरिषद्‌बाट नीतिगत निर्णय गराउन सफल भएको बताइन्छ। जस अनुसार चुनावको मुखमा नीतिगत निर्णयको आडमा बिद्युत् प्राधिकरणले …

करोडौँको चलखेल: प्राधिकरणले १५०० मेगावाट मात्रै ‘टेक अर पे’ को पीपीए गर्दै
0 comment
0 FacebookTwitterEmail

भीममाया मर्साङ्गी मगर (५५) विहानै अगेनाको छेउमा कोदोको रोटी पकाउँदै हुनुहुन्थ्यो। त्याे गाउँमा आएका पर्यटकका लागि विहानी खाजा (ब्रेकफास्ट) को तयारी थियो। मिछुर्लुङ पुग्ने पर्यटकका लागि गाउँमै उत्पादित अर्गानिक खानाले स्वागत गरिन्छ। कोदोको रोटी, गोलभेडाको अचार, मासको बारा, ढिँडो, सिस्नु, गुन्द्रुक, मौसमी तरकारीसँगै लोकल मासु होमस्टेको खाजा/खानाको परिकार हो। मिछुर्लुङमा अतिथिका लागि विशेष सांस्कृतिक कार्यक्रम अन्तर्गत मगर समुदायको कौरा र नचरी नाच पनि प्रदर्शन
गरिन्छ। लोप हुने अवस्थामा रहेको कौरा नाचलाई संरक्षण र प्रवर्द्धन गरिनुपर्ने मिछुर्लुङ सामुदायिक होमस्टे व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र थापा मगरले बताउनुभयो। उहाँले भन्नुभयो- “कौरा नाचलाई संरक्षण गर्नका लागि नै नयाँ पुस्ताका नानीहरूलाई पनि सिकाएका छौं। मगर …

पर्यटकको पर्खाइमा तनहुँको मगर गाउँ मिछुर्लुङ
0 comment
0 FacebookTwitterEmail

 

भाषा भनेको के हो? वातावरणसँग भाषाको कस्तो सम्बन्ध हुन्छ ?  भाषा र वातावरणबीचको अन्तरसम्बन्ध भनेको  के हो?  भाषा र पर्यावरणबीचको सम्बन्धले मानिसमा कस्तो प्रभाव पार्छ ? भाषा र वातावरण बीचको प्रभाव एकदिशात्मक (युनिडिरेक्सनल) वा द्विदिशात्मक (बाइडिरेक्सनल)  हुन्छ ? २० औं शताब्दीको अन्त्य र २१ औं शताब्दीको सुरुमा यस्ता सम्बन्धको अध्ययनमा नयाँ ढोका खुलेको छ।

मानव समाज र पारिस्थितिकी सन्दर्भमा अनुसन्धान गर्न पारिस्थितिकीय भाषाविज्ञानले धेरै ठूलो सहयोग पुर्‌याएको छ। भाषिक पर्यावरणशास्त्रले मानिस अन्य प्रजाति , वनस्पति र भौतिक वातावरणको विश्लेषण गरी मानव जीवन र दिगो विकासमा भाषिक भूमिकाको महत्व दर्शाएको छ। मानव समाजको पारिस्थितिक सन्दर्भ र व्यावहारिक परिणामलाई विचार गर्दै  …

भाषा पारिस्थितिकीः नेपाली शिक्षाले नछोएको पाटो
0 comment
0 FacebookTwitterEmail

कागजात किर्ते गरेको अभियोगमा मालपोत कार्यालय चाबहिलका प्रमुख तथा मुद्दा शाखामा कार्यरत नायब सुब्वाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
मालपोत कार्यालय चाबहिलका प्रमुख हिमालयजीबी उपाध्याय र मुद्दा शाखाका नायब सुब्बा चित्र खतिवडा विरुद्ध शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगालमा उजुरी दर्ता भएको हो ।
उजुरीकर्ताका अनुसार मालपोत प्रमुख उपाध्याय र खतिवडा मिलेर किर्ते कागजात तयार गरी सेवाग्राहीलाई पीडा दिएको र कर्मचारीले घुसबापत रकमसमेत माग गरेको आरोप लगाइएको छ ।
जग्गाधनी ठूलीमाया ठकुरीले बुढानीलकण्ठ नगरपालिका–५ (साविक विष्णु गाविस ८ घ) को कित्ता नम्बर २४८ को २ रोपनी ५ आना जग्गामध्ये १ रोपनी ८ आना जग्गा बिक्री गर्न …

चाबहिलका मालपोत प्रमुखविरुद्ध अख्तियारमा उजुरी
0 comment
0 FacebookTwitterEmail

यो सरकारका अर्थमन्त्रीले पनि अत्यधिक कर लगाएको वस्तुमा पर्‍यो त्यही विजुली गाडी। पाँच दलीय सरकारको यो बजेटमा विगतका सरकारको भन्दा अलिक फरक र हुनै नहुने के भयो भने त्यस्ता सम्बन्धित व्यापारिक घरानाका प्रतिनिधिहरू नै करका दरहरू हेरफेर गर्ने ठाउँमा रातविरात प्रवेश गर्न पाए। साथै उनीहरूले मनमौजी यस्ता दरहरू आफ्नो कारोबारको वस्तुबाट हुने नाफाघाटासँग भिडाएर हिसाब गरी–गरी बजेट बनाइरहे। यता बजेटचाहिँ अर्थमन्त्री शर्माको नाममै आयो।

देशमा लामो समयदेखि चल्दै आएको माफियाराजको अन्त्य गर्ने मानिएको नेकपाको दुई तिहाइको सरकारले चारवटा बजेट ल्यायो तर यी चारवटै बजेटमा करका दरहरू उच्चदरमा परिवर्तन भइरहे। यस्तो हेरफेर वर्षमा दुई पटक समेत भयो।

२०७७ सालको बजेट त्यो …

नाम अर्थमन्त्रीको काम माफियाको
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved