Home » प्रोफाइल/अन्तर्वार्ता » Page 7
Category:

प्रोफाइल/अन्तर्वार्ता

सरकारले विश्वासको मत लिने दिनसम्म प्रदेशसभा बैठकको अध्यक्षता आफ्ना सांसदले गर्नु नपर्ने निश्चितता खोजिरहेको कोशीको सत्ता गठबन्धनले आफ्ना ज्येष्ठ सदस्यलाई मन्त्रीमण्डलमा सामेल गरेको छ।

त्यही अवस्था छल्ने उद्देश्यकै लागि प्रदेशसभाका सबैभन्दा ज्येष्ठ सदस्य गयानन्द मण्डललाई मुख्यमन्त्री उद्धव थापाले बुधवार कृषि राज्यमन्त्रीमा नियुक्त गर्नुभयो। सत्ता गठबन्धनको यो कदमले मुख्य विपक्षी एमालेलाई दबाबमा पारिदिएको छ।

९३ सदस्यीय प्रदेशसभामा सरकार जोगाउन चाहिने बहुमत संख्या ४७ पुर्याउन सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर मन्त्री बनाएपछि सत्ता गठबन्धनलाई उपसभामुख सिर्जना दनुवारले पनि राजीनामा दिने डर भने कायमै छ। दनुवार नेकपा एमालेकी सांसद हुनुहुन्छ।

दनुवारलाई एमालेले राजीनामा गराएमा प्रदेशसभा बैठकको अध्यक्षता ज्येष्ठ सांसद मण्डलले गर्नुपर्ने बाध्यता आइलाग्छ।

0 comment
0 FacebookTwitterEmail

नेपाली परम्परामा जन्मदेखि मृत्युपर्यन्त आवश्यक पर्ने कुनै चिज छ भने त्यो फूल हो। यसै पनि फूललाई शान्त तथा सुन्दरताको प्रतीक मानिन्छ। कसैलाई उपमा दिँदा पनि फूल प्रयोग भएको पाइन्छ– फूलजस्तै मान्छे, फूलजस्तै कोमल, फूलझैं निष्पाप आदि–इत्यादि।

समयक्रमसँगै फूलको आयातन फैलिएको छ। आफ्नो रुचिका लागि बगैंचादेखि कौसीसम्म फूल रोप्ने मानिस छन् भने कतिले यसलाई व्यवसाय पनि बनाएका छन्। जस्तो धनकुटा औरखौलेका रोहितराज सुवेदीले बनाउनुभएको छ।

किसानी परिवारमा जन्मिएका सुवेदीले सानैमा बुवा गुमाउनुभयो। त्यसपछि पारिवारिक अवस्था पनि बिग्रन थाल्यो। त्यसलाई भरथेग गर्न सुवेदी पढाइ बीचमै छोडेर घरबाट भाग्नुभयो।

सुरुमा गाउँकै चिनेका दाइसँग विराटनगर पुग्नुभयो सुवेदी। त्यहाँ उहाँले माडेको पसलमा काम गर्नुभयो। कामचाँहि …

निरन्तरको संघर्षपछि सफल बनेका रोहित, टनेल नसर्रीबाटै मासिक २ लाख कमाइ
0 comment
0 FacebookTwitterEmail

दाह्री–कपाल काट्न या मिलाउन सैलुन जाने बानी धेरैको हुनुपर्छ। सैलुनमा गएर आफूलाई ‘स्मार्ट’ बनाउन नचाहने कमै होलान्। तर के सैलुन चलाउने मान्छेको जीवन साँच्चै ‘स्मार्ट’ हुन्छ होला त ? त्यो थाहा पाउन इस्राफेल महमदलाई पढ्नुपर्ने र उहाँको जीवन–संघर्ष बुझ्नुपर्ने हुन्छ।

भारतको सितामणि जिल्लामा जन्मिनुभएका इस्राफेल महमद (३७) सैलुन सञ्चालक हुनुहुन्छ। साधारण परिवारमा जेठो सन्तानका रुपमा जन्मिनुभएका उहाँले गाँउकै स्कुलमा कक्षा तीनसम्म अध्ययन गर्नुभएको छ।

आर्थिक अवस्था कमजोर भएकाले लाउन–खानै समस्या पथ्र्यो। त्यसमाथि इस्राफेलको थप अध्ययन असम्भवजस्तै बन्यो। अन्ततः बुबा रियाजत महमदले तीन कक्षादेखि स्कुल छुटाइदिनु भयो। ‘म पढ्न कक्षाकै सबैभन्दा जान्ने थिएँ। कक्षामा कसैलाई नआएको कुरा मलाई आँउथ्यो। तर के …

सैलुन सञ्चालक इस्राफेलको जीवन–संघर्ष : जुन पेसाले लखपति बनायो त्यसैले सडकमा पुर्‍यायो
0 comment
0 FacebookTwitterEmail

“अब यति नै साथीहरू, तिमीहरूले मलाई हर चीज दियौ, मैले तिमीहरूलाई सबैथोक दिएँ, यो सबै हामीले मिलेर गर्‍यौँ”, बुधवारका दिन आफ्नो ट्वीटरमा यस्तो सन्देशसहितको भिडियो पोष्ट गर्दै इटालीका महान गोलरक्षक जियानलुइजी बुफोनले आफ्नो २८ वर्षे खेलजीवनमा पूर्णविराम लगाएका छन्। ‘गिगी’ उपनामले चर्चित ४५ वर्षका यी किर्तिमानी गोलरक्षकले सन्यासको घोषणा गर्नु केही समय अघिमात्रै आफ्नो बाल्यकालको क्लब पार्मासँगको २०२४ सम्म रहेको सम्झौता भङ्ग गरेका थिए। सन् १९९५ मा १७ वर्षको कलिलो उमेरमै इटालीको प्रथम श्रेणी (सिरी ए) क्लब पार्मामा अनुवन्ध भएका बुफोनले त्यही सिजन सिरी एमा डेब्यु गरेका थिए। पार्मामा ६ वर्ष बिताएर २००१ मा किर्तिमानी रकममा टुरिन क्लव युभेन्टस् गएका

0 comment
0 FacebookTwitterEmail

यही साउन ४ गते स्वतन्त्र समाचार सेवा (आइएनएस) मा हामीले ‘निःसन्तान दम्पतीलाई वरदान बनेको प्रसूतिगृह, कम खर्चमा टेस्ट ट्युब बेबी’ शीर्षकमा समाचार प्रकाशित गरेका थियौँ। उक्त समाचारलाई लिएर धेरै जनाले चासो देखाउनुभयो। हामीलाई प्रत्यक्ष म्यासेज, कमेन्ट गरेर निःसन्तानसम्बन्धी सेवा, शुल्कलगायतका विविध विषयमा कैयौँ प्रश्नहरू सोध्नुभयो।

यसैलाई मध्येनजर गर्दै यसपटक तपाईंहरूकै जिज्ञासा र प्रश्नलाई परोपकारी प्रसूति तथा स्त्री रोग अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीलाई राखेका छौँ। अधिकांश प्रश्न एकै  खालका भएकाले ती सबैको प्रतिनिधित्व हुने गरी प्रश्न छनौट गरिएको छ।

हामीले निःसन्तानसम्बन्धी गरेको समाचारप्रति धेरैले चासो देखाउनुभयो। थुप्रै प्रतिक्रिया आए। ती प्रश्नमध्ये केही प्रतिनिधि प्रश्न तपाईंलाई राख्नेछौं। एउटा प्रश्न थियो–टेस्टट्युब बेबी

0 comment
0 FacebookTwitterEmail

काठमाडौँमा एकबिहानै सुतिरहेकै अवस्था सुनिन्छ, ‘कबाडीवाले ! आयो फलाम, कापीकिताब… !’

यो आवाज लगाउनेमध्येका कैयौँ पात्रमध्ये एक हुनुहुन्छ चन्द्र खत्बे।

पानी पिएपछि बोत्तल जहाँ पायो त्यहीँ फ्याँक्ने हामीमध्ये धेरैको बानी अझै गइसकेको छैन। सिसाका भाँडा चर्किएपछि पनि फोहोरसरि कतै न कतै फालिरहेकै हुन्छौँ। पढिसकेका पुराना किताबकापी पनि फाल्नै हतारो गर्छौं। यस्तै घरमा कुच्चिएका, प्वाल परेका भाँडाकुँडा, जस्ताका टुक्राटाक्रीलगायत काम नलाग्ने चिज कहाँ थन्क्याउने भनेर मेसो पाइरहेका हुँदैनौँ। ती चिजले घरको ठाउँ ओगटेका हुन्छन्। यी सबैको समाधान पनि खत्बेजस्तै पात्रहरू हुनुहुन्छ।

देशमा रोजगारीको अवसर छैन भन्नेलाई गतिलो सिकाइ बन्नुभएका सर्लाही जिल्ला, चकरघट्टा गाँउपालिका वडा नं–४ का खत्बे दैनिक कबाडी उठाउने काम …

पौरखी चन्द्र खत्बे, जसले कबाडीबाटै मासिक ७० हजार कमाउनुहुन्छ
0 comment
0 FacebookTwitterEmail

अब चोटहरूले पिरोल्दैन मलाई
गहिरो घाउ छातीमै छ

गीतजस्तै भएको छ हाँस्दै खेल्दै गरेको सुमधुर जीवन। एकपटक उठेर हिँड्न, दौडिन पाए, धोको पुर्याएर नाच्न पाए पनि हुन्थ्योजस्तो लाग्छ हिजोआज।पाल्पाको रिप्दीकोट–३ मा सातौं सन्तानका रुपमा जन्मिनुभयो कृष्ण खड्का। परिवारको कान्छो छोरा भएकाले सबैको माया स्नेह पाउनुभयो। खासै दुःख पनि भएन त्यतिबेला।

मध्यम वर्गको परिवारमा जन्मिएका कृष्ण १९ वर्षको हुँदा मलेसिया जाने तयारी गर्नुभयो। ‘घरमा दुःख पाएर भन्दा पनि नयाँ परिवेश, नयाँ रहनसहन सिक्न र घुमघाम गर्न मन लाग्यो,’ उहाँले सुनाउनुभयो, गाँउघरका आफ्नो उमेर समूहका प्रायः सबै साथीसँगी बिदेसिएका भएर पनि विदेश जान मन लाग्यो।’

मलेसियामा उहाँले हाउसकिपिङको काम गर्नुभयो। ५/७ महिनापछि …

0 comment
0 FacebookTwitterEmail

मन्त्रिपरिषद्को गत मङ्गलवार बसेको बैठकको निर्णय अनुसार महिला तथा बालबालिका मन्त्रालयमा कार्यरत सहसचिव लक्ष्मी बस्नेतको सचिवमा बढुवा भएको छ। लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा आइतबार सिंहदरबारमा बसेको बढुवा सिफारिस समितिको बैठकले बस्नेतलाई सचिवका लागि सिफारिस गरेको थियो। बस्नेत कर्णाली प्रदेशबाट सचिव हुने पहिलो महिला हुनुहुन्छ। साथै निजामती सेवामा प्रवेश गरेको समयावधिका आधारमा सबैभन्दा छिटो सचिव हुनेमा पनि उहाँको नाम अंकित भएको छ।

निजामती सेवा ऐनअनुसार कार्यसम्पादन मूल्याङ्कन (८० प्रतिशत)का आधारमा हुने बढुवामा लगातार चार पटकसम्म एक सचिवका लागि तीन वरिष्ठ सहसचिव र पाँचौँ पटक ज्येष्ठता (२० प्रतिशत) बाट एक जना मात्र ज्येष्ठ सहसचिवको नाम सिफारिस गर्ने व्यवस्था

0 comment
0 FacebookTwitterEmail

कल्पना गर्नुस् त ! तपाईं काम विशेषले कतै जाँदै हुनुहुन्छ र अचानक बाटोमा जुत्ताको सोल उप्किन्छ या चप्पल चुँडिन्छ। एउटा मनस्थिति बनाएर काममा हिँडेको तपाईं पक्कै छट्पटिनुहुन्छ। तपाईंसँग नयाँ जुत्ता–चप्पल किन पर्याप्त पैसा नहुन पनि सक्छ। अनि यस्तो बेला कोही जुत्ताचप्पल सिलाउने कोही छ कि भनेर यताउति हेर्नुहुन्छ वा यसबारे कसैलाई सोध्नुहुन्छ। यस्तै समस्याको समाधान हुनुहुन्छ किसनराम चमार।

सर्लाही जिल्ला रामनगर गाँउपालिका वडा नं ४ बहुहारवामा जन्मिएका किसन ४१ वर्षका हुनुभयो। उहाँका किसान बुवा मडु महरा चमारले साहुहरूको खेती कमाउँदै परिवार पाल्दै आउनुभएको थियो। तर उहाँ अहिले ८३ वर्षको हुनुभो। खेतीपाती गर्न सक्नुहुन्न। बुवाले गरिआएको कृषि पेसा मन नपरेर आफैं …

जुत्ताचप्पल सिलाएरै महिनामा ७० हजार कमाउने किसनराम
0 comment
0 FacebookTwitterEmail

सडक छेउतिर कतै ठेलामा त कतै भुइँमै बसेर जाडो–गर्मी, हिउँद–बर्खा नभनी बाह्रैमास मकै पोलिरहेको दृश्य हाम्रा लागि नयाँ होइन। यो दृश्य सम्झँदा मात्रै पनि मुख रसाउँछ। अझ ट्वाक्क नुनखुर्सानी लगाएर मकै खानुको मज्जै अर्कै ! तर पोलेका मकै पोल्नेको कथा मकैजस्तो स्वादिलो भने छैन। त्यहीमध्येका एक पात्र हुनुहुन्छ, कृष्णप्रसाद ढकाल।

काभ्रेको चौरीदेउराली गाँउपालिका–५ मा जन्मिनुभएका ढकाल नाङ्लो (साना) व्यापारी हुनुहुन्छ। उमेरमा ६५ वर्षको हुनुभयो। सामान्य परिवारमा कान्छो सदस्यका रूपमा जन्मिएका ढकालले देउराली स्कुलमा कक्षा ६ सम्म अध्ययन गर्नुभयो। कान्छो छोराले अंश छान्न पाउने नियममा धेरै पढ्यो भने बाठो हुन्छ र आफ्नो भागमा आउने अंश पढेर सक्छ भनेर दाजुहरूले उहाँलाई पढ्न …

‘बुढेसकालको सहारा नाङ्लो पसल छोडेर अब कहाँ जानु, के खानु?’
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved