Home » प्रोफाइल/अन्तर्वार्ता » Page 8
Category:

प्रोफाइल/अन्तर्वार्ता

एउटा भनाइ खुबै प्रचलित छ – ‘यदि कसैले मर्न डराउँदिन भन्छ भने कि त उसले झुट बोलेको छ वा उ गोर्खा सैनिक हो।’ हो , ब्रिटिस आर्मीका एक पूर्वगोर्खा सैनिकले यो कुरा सत्य साबित गरेका छन्।

शुक्रबार , मे १९ का दिन दिउँसो ३ बजे हरि बुढा मगरले विश्वको सबैभन्दा अग्लो हिमालको चुचुरोमा पहिलोपटक दोहोरो घुँडा टेकेर सगरमाथाको सफल आरोहण गरेका छन्। यी सिपाहीले अफगानिस्तान युद्धमा आफ्ना दुवै खुट्टा गुमाए पनि विश्वको सर्वोच्च शिखर सगरमाथालाई जितेका छन्। सन् २०१० मा  मगरले अफगानिस्तानमा बारुदी सुरूङको ठक्करबाट आफ्ना दुवै खुट्टा गुमाएका थिए।

दुवै खुट्टा गुमाएको १३ वर्षपछि हरिले ८,८४९ मिटरको चुचुरोमा पुग्न …

दुवै खुट्टाबिना सगरमाथाको सफल आरोहण गर्दै हरि बुढामगरले रचे इतिहास
0 comment
0 FacebookTwitterEmail

दुल्लु राम्रा पञ्चदेवल मेरी लै लै दैलेख राम्रा गढी साली सम्झिन्छौँ कि कहिलै ?

कर्णालीको पहिचान झल्काउने ठाडी भाका। यही भाकामा आफ्नो बालापनको बह पोख्दै हुनहुन्छ गायक शेरबहादुर खड्का। विसं २०२० कार्तिक १९ गते दैलेखको दुल्लु नगरपालिकामा जन्मिनुभएका शेरबहादुर उमेरले ६० वर्ष लाग्नुभयो। सुर्खेतको वीरेन्द्रनगर–४ स्थित भैरवस्थानको एउटा सुनसान कोठाभित्र तानमा कपडा बुन्न व्यस्त शेरबहादुर दैलेखी लोक देउडा गुनगुनाउदै हुनुहुन्थ्यो।

झट्ट सुन्दा यी शब्द बुझिँदैन। शब्दले के भन्न खोजेको होला भन्ने लाग्छ। तर सुनिरहँदा भने मन्त्रमुग्ध बनाउँछ। गीतमा दैलेखको दुल्लुस्थित पञ्चदेवल र दैलेखकै गढीलाई जोडिएको छ। गायक खड्काले दुल्लु राम्रा पञ्चदेवल, दैलेख गढी र सालीलाई सम्झन्छौ कि कहिलेकाहीँ भन्ने दैलेखको …

0 comment
0 FacebookTwitterEmail

लुम्बिनी प्रदेशको  मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरी नियुक्त हुनु भएको छ। प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम २ वा २ भन्दा बढी दलको समर्थनमा बहुमत जुटाउनु भएका प्रदेश सभा सदस्यका हैसियतमा चौधरीलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो

चौधरीलाई नेपाली कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका ४ जना, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३–३ जना, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका एक–एक जना र स्वतन्त्र एक सांसद गरि ५३ जना साँसदको समर्थन रहेको छ। नेकपा एमालेले भने प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि गरेको आह्वान नै गैरकानुनी भएको दाबी गर्दै …

0 comment
0 FacebookTwitterEmail

सर्वहारा वर्गको राज्यसत्ता स्थापना गर्न भन्दै विद्रोही (नेकपा माओवादी)ले २०५२ फागुन १ गते जनयुद्ध घोषणा गर्‍यो। जनयुद्ध घोषणा पश्चात् जनयुद्धमा होमिनेको लहर चल्यो। जनयुद्धका चर्का चर्का नारा लागेपश्चात् चुलोचौको सिमित नारीहरू पनि होमिए।

चुलोचौकोमा सिमित रहेका नारीहरू युद्धकै क्रममा जनयुद्धताका बेला उकाली ओराली हुँदै तराईका समथर भुभाग हुँदै पहाडका खोँचसम्म पुगे। त्यही तराईको समथर भुभाग हुँदै पहाडको खोँचसम्म यात्रा गर्ने चेली हुनुहुन्छ दैलेखको ठाटीकाँध गाउँपालिका – २ टोम्टाल्लाकी उर्मिला थापा (रुपा)।

चुलोचौकोमा सीमित उर्मिला पनि जनयुद्धका चर्का नारापश्चात् चुलोचौको छाडेर युद्धमा होमिएको बताउनुहुन्छ। दश वर्षे सशत्र जनयुद्धमा होमिएकी उर्मिला अहिले फेरि चुलोचौकोमै सिमित हुनुभएको छ। तत्कालिन माओवादीले सुरु गरेको माओवादी …

0 comment
0 FacebookTwitterEmail

म प्रचण्ड भएको भए म त्यही गर्थें जो उनी गर्दै छन्। किनभने उनले यो व्यवस्थामा जे गर्न सके त्यो नै उनले गरेका हुन्। त्यस मानेमा उनले कुनै अस्वाभाविक काम गरेका छैनन्। व्यवस्थाले दिएको सबै फाइदा उठाउँने र आफु बलियो हुने काम गर्नु अस्वाभाविक होइन। हुन त उनले रुचाएको र चाहेको व्यवस्था यो होइन तर उनको ईच्छा विपरित पनि काम गर्नु पर्ने हुनाले उनले यसको सक्दो लाभ उठाएका हुन्। यस मानेमा यो व्यवस्थामा भएका सबैले उनलाई मानेर बसेका छन्।

‘किन म प्रधानमन्त्री हुन ईच्छा गरें?  किनभने मैले २०६३ देखि प्रधानमन्त्री हुने खालका मानिसहरूलाई प्रधानमन्त्री बनाएँ। तर उनीहरूबाट मैले अपजस सिवाय केही …

0 comment
0 FacebookTwitterEmail

भारतको पञ्जाबबाट फरार अमृतपाल सिंह नामक व्यक्तिको खोजीमा भारतीय क्षेत्रीय गुप्तचर निकायसँगै खुफिया ब्युरो (आईबी) सक्रिय भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। पहिले पञ्जाबमा फैलिएको आतङ्कवादको क्रममा शंकास्पद देखिएका मानिसहरूलाई गोप्य रुपमा निगरानी गरिएको रिपोर्टमा जनाएको छ। यसै प्रयोजनका लागि भारतीय अधिकारीहरूले नेपाल-भारत सीमामा अलर्ट जारी गर्दै आउनेजाने मानिसहरूबाट परिचयपत्र जाँच गरेर मात्र नेपाल जान दिने गरेको समाचार स्रोतले जनाएको छ।

नब्बेको दशकमा पञ्जाबमा फैलिएको आतङ्कवादको समयमा धेरै डरलाग्दा आतङ्कवादीहरूले यस क्षेत्रमा शरण लिएका थिए। प्रहरीको नजरमा त्यसबेला यहाँका केही किसानहरू पनि शंकास्पद थिए। उनीहरूको सूची पनि तयार भएको थियो तर पञ्जाबमा आतंकवाद समाप्त भएपछि त्यो सूचीको उपयोगिता पनि समाप्त

0 comment
0 FacebookTwitterEmail

ठाकुर पराजुलीले ‘गोरखापत्र’ र ‘हालखबर’मा गीतकविता प्रकाशित गरेर साहित्यिक क्षेत्रमा प्रवेश गरेका थिए। २०१४ सालमा उनको पहिलो लेखरचना प्रकाशित भएको थियो। त्यसपछि उनी निबन्ध र कथा–लेखनतिर प्रवृत्त भए।

पराजुली ‘सिंहनाद’ र ‘जयतु संस्कृतम्’ पत्रिकाको सम्पादनको क्रममा गरिएका पुस्तक–पुस्तिकाहरूको. परिचय, टिप्पणी र समालोचना, छात्रावासमा बसेका बखत छात्र पुस्तकनिकेतनद्वारा आयोजित कृतिकेन्द्रित प्रतियोगितात्मक प्रवचन र एम्.ए. अध्ययनका क्रममा गरिएको साहित्यसम्बन्धी सैद्धान्तिक अध्ययनबाट समालोचनातिर आकर्षित भएका थिए।

२०२२ साल असोज ३० गतेको ‘गोरखापत्र’मा ‘आधुनिक कवितामा मूल्याङ्कनको समस्या र रससिद्धान्त’ शीर्षकको सैद्धान्तिक समालोचनाबाट पराजुलीको प्राज्ञिक स्तरको समालोचनात्मक लेखनको श्रीगणेश भएको थियो। त्यसपछि लगातार २०३० सालसम्म उनले ‘गोरखापत्र’, ‘रत्नश्री’, ‘रूपरेखा’ ‘रमझम’ ‘मधुपर्क’ र ‘हाम्रो संस्कृति’मा तीन …

0 comment
0 FacebookTwitterEmail

तारा वाग्ले/बहराइन

दौरा सुरूवाल र नेपाली ढाका टोपिमा सजिएर नेत्र विशेषज्ञ डा. सन्दुक रुइत बहराइनको मनामास्थित ईशा कल्चरल सेन्टरको मञ्चमा उभिदा विश्वको ध्यान आकृष्ट भयो। उहाँको शिष्ट र शालिन उपस्थितिबाट वरपरका मानिसहरु मोहित भए। उहाँसंगै उभिँदा मात्र पनि आनन्दको अनुभूति गर्ने डा. रुइतलाई प्रशंसकहरुबाट बधाई र सम्म्मानको ओइरो आउँदा डा. रुईतको मात्र नभई पुरै नेपालको नाम विश्वभर गुन्जायमान भएको थियो। बहराइनका राजा हमाद विन इशा अल खालिफाबाट यही फागुन ९ गते  १ मिलियन डलर राशि (झन्डै १४ करोड रुपैयाँ)को इसा अवार्डबाट सम्मानित हुनुभएको हो।

मानवीय सेवाको क्षेत्रमा आँखा उपचारलाई सुरक्षित, सुलभ र प्रभावकारी बनाउन पुर्याउनुभएको  विशिष्ट योगदानको निम्ति डा. रुइतलाई …

0 comment
0 FacebookTwitterEmail

विभिन्न खाडी मुलुकहरूजस्तै ओमान पनि नेपालको वैदेशिक रोजगारको लागि प्रमुख गन्तव्य मुलुक बनेको छ। नेपालले ओमानसँग २१ जनवरी १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना गरेसँगै दुबै देशबीच सुमधुर सम्बन्ध रहदै आएको छ।  नेपालले ओमानमा १, सेप्टेम्बर २०१३ मा कार्यवाहक राजदूतस्तरमा र २०१७ मा  राजदूतको नियुक्ति भएपछि राजदूतस्तरमा स्तरोन्नती गरी राजदूतावासबाट नेपाली श्रमिकका हककित र चासोका सम्वन्धमा विभिन्न कार्य हुँदै आएका छन्। नेपाल र ओमानले अन्तर्राष्ट्रिय मामिलाहरूमा साझा धारणा राख्छन भने संयुक्त राष्ट्र संघ, असंलग्न आन्दोलन लगायत विभिन्न अन्तर्राष्ट्रिय संगठनहरूका सदस्यहरू रहेका छन्। पर्यटन, लगानी, व्यापार लगायतका क्षेत्रहरूमा प्रशस्त अवसरहरू रहेको मुलुक ओमानमा नेपालको प्रतिनिधित्व गरिरहनुभएको छ राजदूत डोरनाथ अर्यालले। गत चैतमा …

अवैधरुपमा ओमान आएका घरेलु महिला कामदारका समस्या निकै चुनौतिपूर्ण  –  डोरनाथ अर्याल,  ओमानका लागि नेपाली राजदूत
0 comment
0 FacebookTwitterEmail

हामीले साउदी वा साउदी अरब भन्ने  खाडी राष्ट्र साउदी अरेबिया अधिराज्य ठूलो संख्यामा नेपाली श्रमिक कार्यरत रहेको मुलुक हो। नेपालले साउदी अरेबियासँग सन् १९७७ मा द्विपक्षीय सम्बन्ध स्थापना गरे देखियता उक्त सम्बन्धलाई व्यापार, पर्यटनसहितका क्षेत्रमा अझ विस्तार गर्नमा जोड दिइएको छ। साउदी अरेबियासँगको सम्बन्धलाई सुमधुर बनाउने तथा त्यहाँ कार्यरत नेपालीका समस्यालाई सम्बोधन गर्ने जिम्मेवारी हाल साउदी अरबका लागि नेपाली राजदूत नवराज सुवेदीको काँधमा आएको छ। गत चैत्र २४ गतेको मन्त्रिपरिषद् बैठकले नवराज सुवेदीलाई साउदी अरेबियाका लागि राजदूत सिफारिस गरेको थियो। गत ६ महिनादेखि साउदी अरेबियामा नेपालको प्रतिनिधित्व गर्दै आउनु भएका राजदूत सुवेदीले यसअघि प्राध्यापक, कानुन व्यावसायी तथा प्रतिनिधिसभा सदस्य रहेर …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved