Home » विज्ञान/प्रविधि » Page 10
Category:

विज्ञान/प्रविधि

विश्वका नम्बर एक धनाढ्य एलन मस्कले सामाजिक सञ्जाल ट्विटर खरिद गरेपछि अभिव्यक्ति स्वतन्त्रताको लागि लोकप्रिय यो सञ्जालको निष्पक्षता माथि आशंका बढेको छ । सामाजिक सञ्जालको सञ्चालनमा पारदर्शिता र उत्तरदायित्वको अवस्था सुनिश्चित नभएको र कम्पनीका व्यवस्थापकहरूको मनोमानी झन् बढ्न सक्ने चिन्ताले अहिले अभिव्यक्ति स्वतन्त्रताका पक्षहरूलाई थप गम्भीर बनाएको छ ।
त्यसैले सूचना र लोकतन्त्रका लागि विश्वव्यापी फोरमको पहल सुरु भएको छ । रिपोटर्स विदाउट बोडर्स (आरएसएफ) को पहलमा सुरु भएको यो फोरमले सामाजिक सञ्जालका सञ्चालक धनाढ्यहरूलाई जवाफदेही र उत्तरदायी संयन्त्र बनाउन र स्वेच्छाचारी ढंगले सञ्जालको नीति तय गर्ने प्रवृत्ति त्याग्न आग्रह गर्दै दबाब दिन थालेको छ ।
नयाँ प्रोडेमोक्रेटिक सोसल मिडिया …

सामाजिक सञ्जालहरूलाई उत्तरदायी र पारदर्शी हुन दश बुँदे सिफारिस
0 comment
0 FacebookTwitterEmail

सन् १९८४ को अन्त्यमा, जब दोस्रो विश्वयुद्धको धङ्धङ्ती आममानिसको दिमागमा ताजै थियो, भर्खरै  गठन गरिएको संयुक्त राष्ट्र संघको महासभाले एउटा गजबको दस्ताबेज पारित गर्‍यो जुन त्यसपछि एक बेन्चमार्क बन्यो र एक आदर्श बन्यो: त्यो हो मानव अधिकारको विश्वव्यापी घोषणापत्र। यो दस्ताबेजमा जीवनको अधिकार, समानता, निजी सम्पत्ति र अभिव्यक्तिको स्वतन्त्रता सहित ३० विश्वव्यापी र अपरिहार्य अधिकार र स्वतन्त्रताहरू समावेश गरिएको छ। यी त्यस्ता अधिकारहरू हुन्, जसका बारेमा संयुक्त राष्ट्रसंघ आफैंले भनेको छ, “हामी मानवको रूपमा जन्मेपछि यी अधिकार हामीले पाउनै पर्छ – ति कुनै पनि राज्यले प्रदान गर्ने होइन।”

त्यसयता घोषणापत्र परिमार्जन नभए पनि हालैका वर्षहरूमा अन्य अधिकारहरूले ‘मानव अधिकार’ दर्जा …

इन्टरनेट पहुँचको अधिकार नयाँ मानवअधिकार हो त ?
0 comment
0 FacebookTwitterEmail

आजभोली मनोविज्ञानको निकै चर्चा हुन्छ। सन् १९०२ मा भारतीयले अंग्रेजीको साइकोलोजी भन्ने शब्दलाई मनोविज्ञान भनेर अनुवाद गरे। ठ्याक्कै यही शब्द नेपाल शिक्षा जगतले पनि अँठ्याए। अंग्रेजीको साइकी शब्दको अर्थ प्राणसरह हुनुपर्छ भन्नेतिर कसैले ध्यान दिएनन्। यो समस्या मनोविज्ञानमा मात्र होइन विश्वविद्यालयमा अध्यापन गराइने धेरैजसो विषयहरूमा भेट्न सकिन्छ। अरूलाई अभिनिर्माण गरेका शब्दहरूलाई जस्ताको तस्तै राख्दा आफूले प्राकृतिक रूपमा प्राप्त गरेका तदनुकुल शब्दहरू गुमाउनु पर्छ। आधुनिक साइकोलोजी र प्राचीन साइकोलोजीको बुझाइ र परिभाषामा निकै फरक आइसकेको छ र अनुसन्धान खारिएपछि यस्तो हुनु स्वाभाविक हो तर नेपाली तथा भारतीयहरूसँग आफ्नै मौलिक शब्द हुँदाहुँदै पनि कताकता नमिलेका शब्दहरू टपक्क टिपेर राख्ने चलन छ। प्राध्यापक …

0 comment
0 FacebookTwitterEmail

विश्वभरि लगभग ६९ प्रतिशत मानिसले इन्टरनेट चलाउँछन्। जनसांङ्खिक हिसाबले भन्ने हो भने वर्ल्ड पपुलेशन रिभ्युका अनुसार ४.९ अर्ब मानिसले इन्टरनेट चलाइरहेका छन्। इन्टरनेट चलाउनेको संख्या हरेक वर्ष चार प्रतिशतले बढिरहेको छ। वर्ल्ड पपुलेशन रिभ्युका अनुसार नेपाल तीन करोडभन्दा धेरैले इन्टरनेट चलाउँछन। एकै मानिसले एक भन्दा बढी डिभाइसबाट इन्टरनेट चलाइरहेका हुनाले तीन करोडभन्दा बढी नेपालीले इन्टरेनट चलाएको देखिएको हो। तर विश्व बैंकको एक तथ्याङ्क अनुसारचाहि ३८ प्रतिशत नेपालीले इन्टरनेट चलाउँछन। त्यसमध्ये तपाईँ पनि एक हो। तर तपाईँलाई इन्टरनेटमा अधिकार र कर्तव्यका बारेमा थाहा छ?

डिजिटल राइट्स नेपालका अनुसार इन्टरनेटले मानवअधिकारको कार्यान्वयनमा अभूतपूर्व अवसरहरू प्रदान गरेको छ। हाम्रो दैनिक जीवनमा यसको भूमिका …

0 comment
0 FacebookTwitterEmail

झुटा कुरा फैलाउनका लागि ह्वाट्एप जस्तो सजिलो सामाजिक सञ्जाल सायद अर्को छैन। ह्वाट्सएप गोप्य छ र निःशुल्क पनि छ तर यस्ता सुविधाका आफ्नै नकारात्मक पक्ष पनि छन्। ह्वाट्सएपमा भएको ‘एन्ड–टु–एन्ड इन्क्रिप्सन’ सुरक्षाका दृष्टिकोणले राम्रो भए पनि यसै प्रणालीका मार्फत झुट कसरी सम्प्रेषण भइरहेको छ भन्ने थाहा पाउन बाहिरी सरोकारवाला निकायको कुरै छाड्म ह्वाट्सएप आफैँलाई हम्मेहम्मे परेको छ। ह्वाट्सएपको सञ्जाल विशाल छनिःशुल्क पनि छ, त्यसैले सजिलै उपलब्ध छ र व्यक्तिगत तथा सामूहिक दुवै किसिमको संवाद हुन सक्ने सुविधकाका कारण भ्रामक समाचार फैलाउनेहरूका लागि  आकर्षणको केन्द्र बनेको छ ह्वाट्सएप। आफ्नो संवाद (मेसेजिङ) लाई बाधारहित बनाउन सक्षम भयो ह्वाट्सएप

कसरी जोगिने भ्रामक समाचारको बाढीबाट
0 comment
0 FacebookTwitterEmail

आज जुन चिजलाई प्रविधि भनिन्छ- त्यो भाषा हो। अर्थात् भाषा प्रविधि हो। कुनै पनि साधन बेगर साध्य प्राप्त गर्न सकिँदैन। प्रविधि साध्य हो भने भाषा साधन हो। आज विश्वमा जे जति प्रविधिको विकास भएको छ सबै भाषाप्रविधिमा आधारित छ। भाषा-प्रविधिका माध्यमबाट चल्ने कम्प्युटर प्रोग्राम वा इलेक्ट्रोनिक उपकरणहरूले मानिसको क्रियाकलापलाई विश्लेषण, परिमार्जन गर्दछ; समाज र संस्कृतिलाई प्रविधि सक्षम बनाउँछ। जसरी सभ्यताको सुरुआतमा मानिसले बोल्न जान्यो र मानिस अरु प्राणीभन्दा फरक भयो। अनि लेख्न जानेपछि त सभ्यताको विकास नै सुरु भयो। त्यसैगरी आज मानिसले आफ्नो भाषा,संस्कृति र सभ्यतालाई  सङ्केतन (इन्कोडिङ) मा ढालेर सान्सारिक वास्तविकताबाट आभासी वास्तविकता( भर्चुअल रियालिटी) को निर्माण गरिरहेको छ। …

सूचना प्रविधिमा कसरी परजीवी बनाइएको छ नेपालीलाई?
0 comment
0 FacebookTwitterEmail

काठमाडौं उपत्यका भित्र घरैपिच्छेजस्तो डेंगु रोगी छन्। उपत्यकाबाहिर जिल्लाहरूमा पनि ग्रामीण स्तरसम्म डेंगुको संक्रमण फैलिसकेको देखिन्छ। अस्पताल र डाक्टरहरूले यस रोगका रोगीहरूमा गरिरहेको भनेको लाक्षणिक चिकित्सा मात्र हो। आधुनिक चिकित्सा विज्ञानमा यस रोगको कुनै खास औषधी छैन।

डेंगु रोग लक्षणसहित र लक्षण विनाको पनि देखिन्छ। जब संक्रमण बोकेको लामखुट्टेले व्यक्तिलाई टोक्दछ त्यसको ३ देखि १४ दिनभित्र डेंगु ज्वरो देखा पर्दछ। सामान्यत: यो रोग एक हप्तामा आफैं निको भएर जाने हुन्छ। यो रोग वृद्धवृद्धा र बालबालिको लागि बढी घातक मानिन्छ।

एडिस एजेप्टी नामक पोथी लामखुट्टेको टोकाइबाट सर्ने डेंगु संक्रामक रोग भएको कारणले यसको कारण भनेको विषाणु (भाइरस) हो भन्ने विषय सबैले …

डेंगु रोगः मेवा–पातको रस र विज्ञान
0 comment
0 FacebookTwitterEmail

अमेरिकीहरूले चीनलाई उनीहरूको “प्रविधि” तथा “डाटा” चोरी गरेको कपिराइट तथा पेटेन्ट राइट उलङ्घन गरेको र तिनै चोरिएका प्रविधिबाट चिनियाँ प्रविधि निर्माण गरेको आरोप लगाउँदै आएका छन्। तर पछिल्लो समयमा चिनियाँहरू आफ्ना प्राविधिक केन्द्रहरूमा अमेरिकाले निरन्तर साइबर आक्रमण गरेको बताउन थालेका छन्।

चीनको ग्लोबल टाइम्सले मंगलबार पोष्ट गरेको समाचार अनुसार अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सी (एनएसए) ले उत्तरपश्चिमी चीनको शान्सी प्रान्तमा रहेको उड्डयन, एयरोस्पेस र नेभिगेसन अध्ययनका लागि प्रख्यात नर्थवेस्टर्न पोलिटेक्निकल युनिभर्सिटी विरुद्ध साइबर हमला सुरु गरेको छ। यो हमलाको उद्देश्य चीनको पूर्वाधारका मुख्य उपकरणहरूमा घुसपैठ र नियन्त्रण गर्ने तथा संवेदनशील पहिचान भएका चिनियाँहरूको निजी डाटा चोरी गर्ने थियो।

नर्थवेस्टर्न पोलिटेक्निकल युनिभर्सिटीले

0 comment
0 FacebookTwitterEmail

गुलियो खान मन पर्छ तर डाक्टरले हुँदैन भनेको छ? तपाईँलाई खुशीको खबर छ-  चिनीको प्राकृतिक विकल्प खोजिएको छ तर त्यो बजार आउनका लागि केही समय लाग्ला।  फ्लोरिडा विश्वविद्यालयको इन्स्टिच्युट अफ फूड एण्ड एग्रिकल्चरल साइन्सेसका वैज्ञानिकहरूले पहिलो पटक सुन्तला, अंगूर, सुन्तलाजस्ता सिट्रस (रसदार) फलफूलमा प्राकृतिक मिठास पत्ता लगाएका छन्। यसले खाद्य उद्योगको भविष्य परिवर्तन गर्न सक्छ भन्ने वताइएको छ।

वैज्ञानिकहरूका अनुसार, सिट्रस (अमिलो जातको वा अम्लयुक्त रसदार) फलहरूमा पाइने यी प्राकृतिक तत्वहरूलाई मिठासका लागि चिनीको विकल्पका रूपमा प्रयोग गर्न सकिन्छ। कार्बोहाइड्रेट भएका फलफूल, तरकारी र अन्न आदिमा चिनी पाइन्छ। हाम्रो शरीरलाई पनि चिनी चाहिन्छ, तर यसप्रतिको धेरै लगाव वा यसको बढी …

खोजियो चिनीको प्राकृतिक विकल्प
0 comment
0 FacebookTwitterEmail

आज जुन चिजलाई प्रविधि भनिन्छ- त्यो भाषा हो। अर्थात् भाषा प्रविधि हो। कुनै पनि साधन बेगर साध्य प्राप्त गर्न सकिँदैन। प्रविधि साध्य हो भने भाषा साधन हो। आज विश्वमा जे जति प्रविधिको विकास भएको छ सबै भाषाप्रविधिमा आधारित छ। भाषा-प्रविधिका माध्यमबाट चल्ने कम्प्युटर प्रोग्राम वा इलेक्ट्रोनिक उपकरणहरूले मानिसको क्रियाकलापलाई विश्लेषण, परिमार्जन गर्दछ; समाज र संस्कृतिलाई प्रविधि सक्षम बनाउँछ। जसरी सभ्यताको सुरुआतमा मानिसले बोल्न जान्यो र मानिस अरु प्राणीभन्दा फरक भयो। अनि लेख्न जानेपछि त सभ्यताको विकास नै सुरु भयो। त्यसैगरी आज मानिसले आफ्नो भाषा,संस्कृति र सभ्यतालाई  सङ्केतन (इन्कोडिङ) मा ढालेर सान्सारिक वास्तविकताबाट आभासी वास्तविकता( भर्चुअल रियालिटी) को निर्माण गरिरहेको छ। …

सूचना प्रविधिमा परजीवी सोच कहिलेसम्म ?
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved