Home » समाचार » फिचर
Category:

फिचर

(धुन्चे र बेत्रावती, रसुवा)— भदौ १०, २०८३ (अगस्ट २६) को बिहान गीतामाया डंगोल नुवाकोटको उत्तरगया पब्लिक स्कुलको क्यान्टिनमा थिइन्। त्यही बेला विद्यार्थी दौडँदै आए र भने– बाढी आयो।

उनले पत्याइनन्। ती विद्यार्थीलाई भनिन्, “पहिलेजस्तै सानै आएको होला, तिमीहरू झुक्याउँदै छौ।”

बच्चाहरूले भने, “यो पहिलेभन्दा ठूलो हो। सरले भन्नुभएको हो।”

गीतामाया नदीको एकदमै छेउमा उभिएकी थिइन्। “यता दौडिएको भए म बाँच्दिनथेँ,” उनले अर्को छेउ देखाउँदै भनिन्।

उनी विद्यालय भवनपछाडि डाँडोतिर उक्लिइन्। ३–४ घण्टा हिँडेर सुरक्षित ठाउँ पुगिन्। २ दिन पहाडमै बसिन्, त्यसपछि नुवाकोट झरिन्। ५ दिनपछि उनी आफू बसेको ठाउँ हेर्न फर्किइन्। केही सामान झिक्न होइन, उनी भन्छिन्, “हेर्न मात्रै।”

घर …

0 comment
0 FacebookTwitterEmail

म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीका भीमसेन केसीको हाँसो जेठ १०, २०७२ मा लुटिएको थियो। त्यो दिन बेनी–जोमसोम सडकको बैसरीभन्दा पारिको अन्नपूर्ण गाउँपालिका– ८ महभीरको पहाड फुटेर सुक्खा पहिरो खसेको थियो। त्यो पहिरोले कालीगण्डकी नदी वारिको बैसरी गाउँ पुर्दा उनीसहित २२ परिवारका ७३ जना विस्थापित भए।

पहिरोबाट घरवार गुमाएका विस्थापितहरू केही पर बेनी–जोमसोम सडक छेउमा खोरिया सामुदायिक वनको राहुपारेमा अस्थायी आश्रयस्थल बनाएर बसे। पहिरो झर्नुअघि नै घर छाडेका कारण उनीहरूको ज्यान जोगियो। पहिरोबाट विस्थापित भीमसेन केसी भन्छन्, “पहिरोमा सर्वस्व पुरिए पनि जीवित थियौं, हिम्मत पुरिएको थिएन।”

दुई दिन अघिदेखि नै माथि पहाडबाट बैसरीमा सानो सानो माटो खस्न थालेको थियो। त्यसपछि माथि गएर …

0 comment
1 FacebookTwitterEmail

जुम्लाकी आङ्मु बुढा (२४) गत जेठमा यार्सागुम्बा संकलन गर्न डोल्पाको शे–फोक्सुन्डो गाउँपालिका–८ स्थित फूलबारी पाटन पुगेकी थिइन्। समुद्री सतहबाट चार हजार मिटरभन्दा बढी उचाइको त्यही पाटनमा उनलाई लेक लाग्यो। उपचारका लागि करिब एक दिन टाढा पर्ने स्वास्थ्य संस्थातर्फ लगियो, तर बाटामै उनको मृत्यु भयो।

जुम्लाकै चन्द्रजंग हमाल (३३) ले गत १४ चैतमा ताप्लेजुङको फक्ताङलुङ–६ स्थित लोनाक क्षेत्रमा लेक लागेर ज्यान गुमाए। समृद्ध पहाड संस्थामा योजना अधिकृत रहेका हमाल कामको सिलसिलामा ४ हजार ६ सय मिटर उचाइको लोनाक क्षेत्र पुगेका थिए।

एउटै जिल्लाका बुढा र हमाल फरक उद्देश्यसाथ फरक–फरक उच्च हिमाली क्षेत्र पुगेका थिए। उनीहरू दुवै जना सक्रिय उमेर समूहका थिए। …

0 comment
1 FacebookTwitterEmail

खोटाङकी  जानुका लम्साल (२२) छालामा समस्या देखिएर काठमाडौंको सिभिल अस्पताल गएकी थिइन्। चिकित्सकले क्यान्सरको शंका गरे। परीक्षण गर्दा एक्युट लिम्पोब्लास्टिक ल्युकेमिया (एक प्रकारको रक्त क्यान्सर) देखियो। त्यसपछि त्यही अस्पतालमा भर्ना भइन्। उपचार सुरु गरेको छ महिनापछि चिकित्सकले ‘ब्लिनसाइटो’ नामक औषधी लेखिदिए।  केमोथेरापीबाट रोग सुधार नभएपछि चिकित्सकले त्योभन्दा प्रभावकारी मानिएको इम्युनोथेरापीको औषधी लेखिदिएका थिए।

जानुकाकी दिदी मेनुकाले काठमाडौंका लगभग सबै फार्मेसी चहारिन्। तर कतै औषधी पाइएन। अधिकांश फार्मेसीवालाको एउटै जवाफ हुन्थ्यो, “यो औषधी नेपालमा दर्ता नभएकाले सजिलै फार्मेसीमा पाइँदैन।”

औषधी खोज्ने दौडधुपकै बीच मेनुकाले थाहा पाइन्- औषधी व्यवस्था विभाग (डीडीए)ले विशेष सिफारिस बनाइदियो भने फार्मेसीवालाले भारतबाट झिकाइदिन्छन्। नत्र गैरकानुनी बाटोबाट ल्याइएको …

0 comment
0 FacebookTwitterEmail

(यो स्टोरीमा उल्लेख भएको केयूकेएलसँग सूचना माग गरिएको घटना निमजिनका लागि गरिरहेको अर्को स्टोरीका लागि हो -सम्पादक। )

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का प्रवक्ता प्रकाशकुमार राईलाई मेलम्ची खानेपानी आयोजनाअन्तर्गत केयूकेएलले कति पानी वितरण गर्‍यो ? र त्यसबापत् कति महसुल उठायो ? भन्ने जानकारी लिन हामीले चैत ८, २०८२ आइतबार दिउँसो १२ः२७ बजे फोन गरेका थियौँ।  उनले यो सूचना यसै दिन नमिल्ने भन्दै सूचनाको हकको अधिकार (आरटीआई) प्रयोग गरेर निवेदन दिने विकल्प देखाए।

संविधानको धारा २७ मा ‘प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयमा सूचना माग्ने र पाउने हक हुनेछ’ भन्ने उल्लेख छ।

सूचनाको हकसम्बन्धी ऐन, २०६४ को …

0 comment
1 FacebookTwitterEmail
काठमाडौँमा छोटिँदै वैवाहिक जीवनको आयु

धुमधामले विवाह गरेकी काठमाडौँकी संगीता लामाको वैवाहिक जीवन जम्माजम्मी दुई साता पनि टिकेन। दुई परिवारको सहमतिमा कुरा छिनेर जीवनसाथी रोजेकी २२ वर्षीया संगीताले विवाहको १३ दिनमै श्रीमानसँग सम्बन्धबिच्छेद गरिन्। र यति चाँडै वैवाहिक जीवन तोड्ने यस्तो निर्णय गरेकोमा उनलाई पछुतो छैन। “सबै कुरा थाहा पाइसकेपछि मैले यो सम्बन्ध जोगाउन आवश्यक ठानिन,” संगीता भन्छिन्, “अनि (श्रीमानलाई) छाडेँ।”

‘सात जुनी सँगै बिताउने’ कसम खाएर विवाह–बन्धनमा बाँधिने नेपाली समाजमा वैवाहिक जीवनको आयु कुन रफ्तार र परिमाणमा घटिरहेको छ भनेर देखाउने यो एक दृष्टान्त हो। विवाह गरेको दुई साता नबित्दै सम्बन्धबाट अलग्गिने निर्णयमा पुग्न संगीतालाई जे कारणले बाध्य पारेको थियो, उनी जस्तै सम्बन्धबिच्छेदको निर्णय …

काठमाडौँमा छोटिँदै वैवाहिक जीवनको आयु
0 comment
1 FacebookTwitterEmail

पाँचथरको फालेलुङ गाउँपालिकाको नाम्लुवामा फागुन १७, २०८१ मा तत्कालीन स्वास्थ्यमन्त्री प्रदीप पौडेलले पाँच शय्याको आधारभूत अस्पताल भवन उद्घाटन गरे।  अब गाउँमै डाक्टरबाट स्वास्थ्योपचार सेवा पाइने भयो भनेर स्थानीय बासिन्दा खुसी भए।  तर उद्‍घाटनको डेढ वर्ष बित्दा पनि अस्पतालमा डाक्टर देखिएका छैनन्।

अस्पतालको स्वामित्व र जिम्मेवारी कानुनतः स्थानीय तहको हो।  तर त्यसका लागि स्थानीय तह आफैँ सक्षम छैन।  संघ र प्रदेश सरकारबाट सहयोग हुन सकेन।  त्यसपछि नजिक रहेको स्वास्थ्य चौकीलाई यही भवनमा सारेर आधारभूत अस्पताल भनिएको छ।

गाउँपालिका अध्यक्ष वीरविक्रम थाम्सुहाङले अस्पताल सञ्चालन सहयोगका लागि संघ र प्रदेश सरकारसँग पटक–पटक गुहार मागेको सुनाए।  “तर दुर्गममा डाक्टर आउनै मान्दैनन् र केन्द्रले पनि …

0 comment
0 FacebookTwitterEmail

राजीव खान एक चर्चित जनसङ्ख्या आनुवंशिकविद् (Population Geneticist), विज्ञान लेखक तथा पोडकास्टर हुन्। मानव इतिहास, प्राचीन बसाइसराइ, डिएनए विश्लेषण र विभिन्न मानव समुदायको अनुवांशिक बनावटबारे उनका खोजमूलक लेख तथा विश्लेषणहरू विश्वभर चासोका साथ पढिन्छन्।

विगत दुई दशकमा प्राविधिक विकाससँगै प्राचीन डिएनएको अध्ययनमा क्रान्ति नै आएको छ। यस क्रान्तिले मानव इतिहास, संस्कृति र भाषाको विस्तारलाई हेर्ने पुरानो दृष्टिकोणमा व्यापक परिवर्तन ल्याइदिएको छ। यसै सन्दर्भमा राजीव खानले इन्डो-युरोपियन भाषा परिवार बोल्ने मानव समुदायहरूको अनुवांशिक एकरूपता र उनीहरूको ऐतिहासिक फैलावटबारे गहन अध्ययन तथा विश्लेषण प्रस्तुत गर्दै आएका छन्।

राजीव खान र उनको अध्ययनको पृष्ठभूमि

राजीव खानको जन्म बङ्गलादेशी मूलको परिवारमा अमेरिकामा भएको हो। …

0 comment
0 FacebookTwitterEmail

गोरखाका सुजन खनाल र काठमाडौंका सुजन चित्रकारको नाम मात्र मिलेको छैन, उनीहरूमाथि भएको ठगी पनि ठ्याक्कै मिलेको छ। यी दुई सुजनको अनलाइन भुक्तानी सेवा कनेक्ट आईपीएस ह्याक गरेर रकम चोरी भएको छ। गोरखाको सुजनले आफ्नो खाताबाट २५ लाख ४४ हजार १ सय रुपैयाँ र काठमाडौंका सुजनले ७ लाख ५४ हजार रुपैयाँ चोरिएको भन्दै उजुरी दिएका छन्।

गोरखाका सुजनले दिएको विवरणअनुसार जेठ २९, २०८२ को दिउँसो सवा ४ बजे उनको मोबाइलमा एउटा एसएमएस आयो। अंग्रेजी भाषामा ‘द अलर्ट’ नामबाट आएको एसएमएसमा लेखिएको थियो, ‘योर कनेक्ट आइपीएस लिंङ्क्ट अकाउन्ट ह्याब बिन सस्पेन्डेड ड्युटु सेक्युरिटी कन्सर्न। प्लिज कम्प्लिट द सेल्फ-भेरिफाइ प्रोसेस। (तपाईँको कनेक्ट …

0 comment
0 FacebookTwitterEmail

सन् १९४५ मा दोस्रो विश्वयुद्धको महाविनाशबाट भर्खरै तङ्ग्रिँदै गरेको विश्वका सामु एउटा निकै ठुलो चुनौती थियो। त्यो चुनौती कुनै देशको सिमाना पुनर्लेखन गर्ने वा ध्वस्त भएका अर्थतन्त्रहरूलाई ब्युँताउने मात्र थिएन, बरु मानवताले आफ्नो विनाश आफैँ रोक्न सक्ने खालका संस्थाहरू निर्माण गर्न सक्छ कि सक्दैन भन्ने थियो। संयुक्त राष्ट्रसङ्घ (UN) को स्थापना यसै साझा दृढ विश्वासबाट भएको थियो कि मानव अस्तित्वको रक्षाका लागि अन्तर्राष्ट्रिय सहयोग र सहकार्य रहर मात्र नभई एक अनिवार्य आवश्यकता हो। राष्ट्रिय सिमानाभन्दा बाहिरका अस्तित्वगत खतराहरूसँग लड्न एउटा सामूहिक ढाँचा आवश्यक छ भन्ने कुराको त्यो एउटा बलियो स्वीकारोक्ति थियो।

त्यसको ८१ वर्षपछि, संयुक्त राष्ट्रसङ्घको अगुवाइमा जेनेभामा आयोजना गरिएको

0 comment
0 FacebookTwitterEmail
Newer Posts
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved