सुर्खेत । बसन्त ऋतुको आगमनले रूखहरूमा पालुवा पलाएका थिए । वनभर पलाएका पालुवाले डाँडापाखा हेर्नेका मन चंगा जस्तै हुन्थे । न्याउलीको न्याउँ न्याउँ र कोइलीको कुहुकुहुले वनजंगल डाँडापाखा गुन्जायमान थिए । जोकोहीलाई त्यो न्याउली चरी र कोइली चरीको आवाजको धुनले एकान्तमा एक्लै बहकिने गराउँछ । डाँडापाखा उकाली चहार्दै कोइली र न्याउलीको धुनसँगै यात्रा ओरालो तर्फ लाग्यो । अग्ला डाँडाकाँडा निहारिँदै साल र सल्लाले सुसेल्दै गरेको स्वच्छ चिसो हावालाई फोक्सोसम्म पुर्याउँदै आनन्दित महसुस गर्दै यात्रा भैरवी गाउँपालिका– १ र दुल्लुको बिचमा पर्ने नाभिस्थान खोली किनारमै पुग्यो । आँखा अनौठो दृश्यमा ठोकियो र हिँड्दै गरेको पाइला टक्क रोकियो ।
त्यो अनौठो दृश्य …
