Home » समाचार » फिचर » Page 5
Category:

फिचर

दोलखाको तामाकोसी गाउँपालिका– १ का लछुमन माझी । लामो समय भयो न राम्रोसँग सुत्न सकेका छन् न नियमित काममा जान सकेका छन्। लछुमन, जतिबेला पनि घर मुन्तिरको मुख्य सडकमा त्रसित भावले हेरिरहेका हुन्छन्। माझीको परिवारलाई एउटै त्रास छ– कति खेर पुलिसले समाउँछ ? किनकी लछुमन माझीको परिवार खाँदै नखाएको विष लागेर छटपटाउन थालेको डेढ वर्ष नाघेको छ।

घटना त्यति पुरानो हैन। २०७२ सालमा गएको विनाशकारी भूकम्पले माझीको मुन्टो लुकाउने पुरानो माटोको घर भत्केको थियो‍। भुकम्पसँगै लामो समय बजार र ग्राहकको अभावले, तामाकोशीको भङ्गालोमा पसेर साँझ बिहान माछा मार्ने पेशा सङ्कटमा पर्‍यो। न खाने टुंगो, न बासको टुंगो। यही पीडाको अचानोमा …

एउटा अनिँदो माझीगाउँ…
0 comment
0 FacebookTwitterEmail

काठमाडौं उपत्यका भित्र घरैपिच्छेजस्तो डेंगु रोगी छन्। उपत्यकाबाहिर जिल्लाहरूमा पनि ग्रामीण स्तरसम्म डेंगुको संक्रमण फैलिसकेको देखिन्छ। अस्पताल र डाक्टरहरूले यस रोगका रोगीहरूमा गरिरहेको भनेको लाक्षणिक चिकित्सा मात्र हो। आधुनिक चिकित्सा विज्ञानमा यस रोगको कुनै खास औषधी छैन।

डेंगु रोग लक्षणसहित र लक्षण विनाको पनि देखिन्छ। जब संक्रमण बोकेको लामखुट्टेले व्यक्तिलाई टोक्दछ त्यसको ३ देखि १४ दिनभित्र डेंगु ज्वरो देखा पर्दछ। सामान्यत: यो रोग एक हप्तामा आफैं निको भएर जाने हुन्छ। यो रोग वृद्धवृद्धा र बालबालिको लागि बढी घातक मानिन्छ।

एडिस एजेप्टी नामक पोथी लामखुट्टेको टोकाइबाट सर्ने डेंगु संक्रामक रोग भएको कारणले यसको कारण भनेको विषाणु (भाइरस) हो भन्ने विषय सबैले …

डेंगु रोगको उपचारमा मेवा–पात रसको वैज्ञानिक प्रामाणिकता
0 comment
0 FacebookTwitterEmail

प्रदीप गिरिको निधन भएको आज १८ दिन भयो। भौतिक रूपमा उहाँको अवसान भए पनि वैचारिक रूपमा गिरिको जीवन्त चर्चा चलिरहेको मात्र छैन, उहाँका विचारहरूको प्रवाह पनि पछिल्ला केही साता जति कहिल्यै भएको थिएन।

गिरिको सम्झनामा उहाँको विचार शृङ्खलाको निरन्तरता नै सबैभन्दा उपयुक्त हो। त्यसैले स्वतन्त्र समाचार सेवा (आइएनएस) ले पनि उहाँले आज भन्दा करिब ४० वर्ष अगाडि लेख्नुभएको र समतामा प्रकाशन भएको अनि फेरि बीस वर्ष अगाडि पुनर्सम्पादन भई पुनर्प्रकाशन भएको चर्चित आलेख ‘मार्क्सवाद् र समाजवाद’ प्रकाशन गरेका छौं। राजनीतिज्ञ, चिन्तक र अधिकारीवादी भएर जीवनको पूरै समय जगत्, मानव र समाजको भलाइका लागि अर्पण गर्नु भएका प्रदीप गिरिको यो

0 comment
0 FacebookTwitterEmail

सोसियल मिडियालाई लक्षित गरेर सन् २०१२ मा  स्थापना गरिएको समाचार संस्था नाउ दिसका अध्यक्ष एथन स्टेफानोपौलोसले  समाचार र राजनीति विषयका लागि फेसबुक, युट्युब र ट्विटरमा अमेरिकामा सबैभन्दा बढी हेरिने ब्रान्ड कसरी बन्यो भनेर रहस्य खोल्नु भएको छ।

एथन स्टेफानोपौलोसले सोसल मिडिया केन्द्रित भएर समाचार रिपोर्टिङ गर्ने नाउ दिसले टेलिभिजनकै स्तरको गुणस्तरीय  समाचार सामग्री दिने मात्र होइन यसले त आफूलाई टिभी कार्यक्रम उत्पादन गर्न सक्ने ब्रान्डका रूपमा स्थापित गरेको छ।

डेमोक्रेटिक पार्टीतर्फ झुकाव भएको दस वर्ष पुरानो यो ब्रान्डको बेलायतमा पनि धेरै फलोअर्स छन्। टिकटकमा लगभग ९० लाख फलोअर्स भएको यसको एपलाई त्यसमा सबैभन्दा ठूलो समाचार माध्यमको ब्रान्ड मानिन्छ। सन् …

0 comment
0 FacebookTwitterEmail

कोही नरिवल र पूजा सामग्री मात्र त कोही बाख्रोको पाठो समेत बोकेर सडक छेउको एक हारमा उभिइरहनुभएको छ । त्यही लाइनमा हुनुहुन्छ– दाङ घोराहीबाट आउनुभएकी अनिता थापामगर । उहाँले पनि एक हातमा बाख्राको पाठो र अर्को हातमा पूजाको थाली बोक्नुभएको छ । आधाघण्टाजति उभिएर मन्दिर नजिकै आइपुगेपछि माइकमार्फत एउटा सन्देश आयो– ‘बलि चढाउन आउनु हुने भक्तजनहरू मन्दिरको दाहिनेतर्फबाट र अरु देब्रेतिरबाट मुख्य मन्दिरतर्फ प्रवेश गर्नूहोला ।’
सन्देशलाई शिरोधार्य गर्दै बोका समाएर उभिनुभएका करिब १५/१६ जना भक्तजन मन्दिरको दाहिनेतर्फ प्रवेश गर्नुभयो । अनिता पनि दाहिनेतिर सोझिएको हारमा मिसिनु भयो । उहाँले भन्नुभयो– ‘सुपा देउराली माताको पूजाको लागि आउँदा खुसी लागिरहेको छ …

अर्घाखाचीको सुपा देउराली: भारतीय भक्तजनको घुइँचो
0 comment
0 FacebookTwitterEmail

मानवसेवा आश्रमले देशको ७ प्रदेशका १९ जिल्लामा रहेका २७ वटा केन्द्रहरूबाट सेवा सञ्चालन गरिरहेको र हाल एक हजार ५०० सहयोगापेक्षी सडकआश्रित मानिसहरूलाई संरक्षण दिइरहेको छ।
नेपालकै समाजसेवीहरुबाट प्रवर्द्धित मानव सेवा आश्रम अहिले मानवताको पर्याय बनेको छ।
मानसिक सन्तुलन गुमाएका वा आश्रय नपाएर सडकमा भौंतारिइरहेका मानिसका लागि अहिले यो आश्रम जीवन जीउने आधार बनेको छ। सडकमा जीवन बिताउन बाध्य भएकाहरूलाई उद्धार गरी सेवासुश्रुसा गरिरहेको मानव सेवा आश्रमले यही भदौ १३ गते एकदशक पूरा गर्न लागेको छ। घर परिवार र समाजबाट अपहेलित भएकाहरूलाई प्रदान गरेको सेवाले मानववादी दृष्टिकोणलाई व्यवहारमै उतार्न मकवानपुरको हेटौडास्थित मानवसेवा आश्रम सफल भएको छ।
मानवसेवा आश्रमकै कारण सडकमा झुत्रे …

मानव सेवा आश्रममा पन्ध्र सय संरक्षित
0 comment
0 FacebookTwitterEmail

थोरै क्षेत्रफलमा धेरै पाटे बाघ। नेपालका बाघ संरक्षित क्षेत्रमध्ये एक कञ्चनपुर जिल्लाको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पहिचान यही हो। त्यतिमात्रै नभएर विश्वसामु नेपालले गरेको प्रतिबद्धतासमेत शुक्लाफाँटाले त्यस अगावै पुरा गरिसकेको छ। त्यो हो, सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर गर्ने।

प्रतिबद्धताको आठ वर्षमा नै शुक्लाफाँटामा बाघको संख्या दोब्बर भैसकेको थियो।  विश्वमा बाघ पाइने १३ मुलुकका सरकार तथा राष्ट्र प्रमुखको सन् २०१० मा रसियाको सेन्टपिटर्समा भएको सम्मेलनले बाघको संख्या सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिबद्धता व्यक्त गरेको थियो। जुन प्रतिबद्धता अनुरूप नेपालमा पनि बाघको बासस्थान रहेका संरक्षित क्षेत्रमा संरक्षणका गतिविधि तीव्र थालिएका हुन।

शुक्लाफाँटाका निमित्त प्रमुख संरक्षण अधिकृत मनोज ऐरका अनुसार पछिल्लो …

0 comment
0 FacebookTwitterEmail
Older Posts
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved