Home » विश्व » Page 26
Category:

विश्व

बंगलादेशमा पछिल्लो विरोध प्रदर्शनका क्रममा पीडितको न्यायका लागि भन्दै विद्यार्थीले फेरि आन्दोलन शुरू गरेका छन् । पक्राउ परेकाहरूको रिहाइका लागि विद्यार्थीले फेरि आन्दोलन शुरू गरेका हुन् ।

न्यायको माग गरेर भइरहेको प्रदर्शनका क्रममा  प्रहरी र विद्यार्थी प्रदर्शनकारीबीच झडप भएको छ ।

प्रदर्शनकारीले प्रहरीमाथि आक्रमण गरेपछि अश्रुग्यास छर्न बाध्य भएको प्रहरीले जनाएको छ । राजधानी ढाका र अन्य शहरमा पनि झडप भएको बीबीसीले जनाएको छ ।

रोजगारीमा कोटा प्रणाली हटाउनुपर्ने माग गर्दै बङ्गलादेशमा विद्यार्थीले गरेका पछिल्लो आन्दोलनमा २ सय जनाभन्दा धेरैको ज्यान गएको थियो । झण्डै १० हजार मानिसलाई पक्राउ गरिएको विद्यार्थीको आरोप छ ।

0 comment
0 FacebookTwitterEmail

भारतमा भारी मनसुनी वर्षाले निम्त्याएको पहिरोमा परी कम्तीमा २४ जनाको मृत्यु भएको छ । सयौँ मानिसहरू पहिरोमा फसेको आशंका गरिएको अधिकारीहरूले बताएका छन् ।

भारतको दक्षिणी तटीय राज्य केरलामा वर्षाका कारण वायनाड जिल्लास्थित घटनास्थलको  प्रमुख पुल भत्किएकाले उद्धार कार्यमा बाधा पुगेको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

केरला राज्यकी स्वास्थ्यमन्त्री रीना जर्जले विभिन्न अस्पतालमा २४ वटा शव प्राप्त गरेको प्रेस ट्रस्ट अफ इन्डियालाई बताइन् ।

खोज तथा उद्धार कार्यका लागि २०० भन्दा बढी सैनिकहरू तैनाथ गरिएको उनले बताइन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्समा केरला सरकारलाई विपद्को अवस्थामा सम्भावित सबै सहयोग गर्ने आश्वासन दिएका छन् ।

0 comment
0 FacebookTwitterEmail

वेस्ट ब्याङ्कमा रहेका हमासका एक नेताको इजरायली हिरासतमा मृत्यु भएको प्यालेस्टिनी अधिकारीले शुक्रवार बताएका छन् ।

प्यालेस्टाइनको कैदी मामिला निकाय र प्यालेस्टिनी प्रिजनर्स क्लबको संयुक्त विज्ञप्तिका अनुसार दक्षिणी इजरायलको जेलबाट अस्पतालमा सारिएपछि ६३ वर्षीय मुस्तफा मोहम्मद अबू आराको मृत्यु भएको हो ।

‘हामी नेता शेख मुस्तफा मोहम्मद अबू आराको निधनमा शोक व्यक्त गर्दछौं र चिकित्सकीय लापरबाहीबाट उहाँको मृत्यु भएकाे हाम्रो ठहर छ,’ हमासद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ ।

आरालाई अक्टोबरमा गम्भीर स्वास्थ्य समस्या सामना गरिरहेको बेला पक्राउ गरिएको प्यालेस्टिनी निकायले जनाएका छन् । उनले नजरबन्दको समयमा क्रुर यातना सामना गर्नुपरेको उनीहरूले बताएका छन् ।

यस विषयमा इजरायली सेनाले प्यालेस्टिनी टिप्पणीको …

0 comment
0 FacebookTwitterEmail

अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी नोभेम्बरमा हुने नयाँ राष्ट्रपतीय निर्वाचनका लागि आफु उम्मेदवारी दर्ता नगर्ने घोषणा गरेका छन् । निर्वाचन हुनु चार महिनाअघि उनले आफ्नो उम्मेदवारीबाट पछि हट्ने निर्णय गरेका हुन् ।

बाइडेनले आफ्नो सामाजिक सञ्जालमा एक विज्ञप्तिमार्फत यो जानकारी दिएका हुन् । उता रिपब्लिकन पार्टीबाट पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प चुनावी मैदानमा छन् ।

बाइडेनले डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिको नयाँ उम्मेदवारका रुपमा कमला ह्यारिसलाई समर्थन पनि गरेका छन् । डेमोक्रेटिक पार्टीका तर्फबाट अब नयाँ उम्मेदवारको प्रतिस्पर्धामा ह्यारिस नै अघि हुनेछिन् ।

बाइडनले राष्ट्र र पार्टीको हितका लागि यस्तो निर्णय लिएको जानकारी दिएका छन्।

‘राष्ट्रपतिका रूपमा सेवा दिन पाउनु मेरो जीवनको …

0 comment
0 FacebookTwitterEmail

इजराइली संसद्ले बिहीबार प्यालेस्टिनी राज्यलाई ‘अस्तित्वको खतरा’का रूपमा विरोध गर्न मतदान गरेको छ ।

इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले सांसदहरूलाई सेनाले हमासको संवेदनशील क्षेत्रमा आक्रमण गरेको बताएको एक दिनपछि संसद्ले मतदान गरेको हो ।

प्यालेस्टिनी नेतृत्व र अन्तर्राष्ट्रिय समुदायबाट तीव्र आलोचना भएको उक्त मतदान धेरै हदसम्म प्रतीकात्मक रहेको विश्लेषण गरिएको छ । आगामी बुधबार अमेरिकी कांग्रेसमा नेतान्याहुको सम्बोधन गर्नुअघि मतदान हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

नेतान्याहुले गाजाका लागि युद्धविराम र बन्धकहरूको रिहाइ सम्झौताको मध्यस्थता गर्ने अमेरिकी प्रयासमा कम रुचि देखाएका छन् । उनले हमासमाथि ‘पूर्ण जीत’ निकाल्ने अवस्था रहेको भन्दै सैन्य दबाब बढाउने वाचा गरेका छन् ।

इजराइलले हालका दिनहरूमा …

0 comment
0 FacebookTwitterEmail

ओमानको समुन्द्रमा तेल ट्याङ्कर पल्टिँदा १३ भारतीय बेपत्ता भएका छन् । सोमबार एक तेल ट्याङ्कर जहाज ओमान नजिकैको समुन्द्रमा पल्टिएको थियो ।

जहाजमा अफ्रिकी देश कोमोरोसको झण्डा थियो । ओमानको सामुद्रिक सुरक्षा केन्द्रले सामाजिक सञ्जाल ‘एक्स’ मा जहाज पल्टिएको जानकारी दिएको छ ।

जहाज पल्टिएपछि जहाजमा रहेका १६ सदस्यीय चालक दल बेपत्ता छन् । जहाजमा रहेका १६ सदस्यीय चालक दलमध्ये १३ भारतीय नागरिक र तीन जना श्रीलंकाका छन् ।

सामुद्रिक सुरक्षा केन्द्रका अनुसार जहाज डुबेको जानकारी प्राप्त हुनासाथ खोजी तथा उद्धार कार्य शुरू गरिएको थियो ।

 

0 comment
0 FacebookTwitterEmail

मस्को र किएभबिच चलिरहेको द्वन्द्वका बिच अमेरिकाले भारतलाई रुससँगको लामो समयदेखि रहेको सम्बन्धलाई उपयोग गर्दै राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमा युद्ध अन्त्यको पहल गर्न आग्रह गरेको छ।

अमेरिकी विदेश विभागका प्रवक्ता म्याथ्यू मिलरले सोमबार आयोजित पत्रकार सम्म्लनमा दिल्ली–मस्कोको बलियो सम्बन्धलाई उल्लेख गर्नुका साथै पुटिनलाई संयुक्त राष्ट्रको बडापत्रको सम्मान गर्न आग्रह गरे।

“रुससँग भारतको लामो समयदेखि सम्बन्ध रहेको हामी सबैलाई थाहा छ। हामीले भारतलाई रुससँगको त्यो लामो समयदेखि रहेको सम्बन्धलाई चलिरहेको द्वन्द्व अन्त्य गर्नका लागि उपयोग गर्न आग्रह गर्दछौ। साथै राष्ट्रपति पुटिनलाई युद्धको अन्त्य गर्दै न्यायपूर्ण, स्थायी शान्ति खोज्न आग्रह गर्न भारतलाई प्रोत्साहित गरेका छौं’ उनले भने।

हालै मस्कोको आधिकारिक भ्रमणमा आउनुभएका …

0 comment
0 FacebookTwitterEmail

पाकिस्तानका एक वरिष्ठ पत्रकार हसन जेबलाई आइतवार पेशावरको नौशेरा जिल्लाको अकबरपुरा क्षेत्रमा अज्ञात आक्रमणकारीहरूले गोली हानी हत्या गरेका छन् ।

अनवर जेबले अकबरपुरा प्रहरी चौकीमा दर्ता गराएको एफआईआर अनुसार उनी र उनका भाइ हसन जेब कारमा गइरहेको बेला अज्ञात मोटरसाइकल चालकले उनका भाइलाई गोली हानेको थिए । अनवर जेबले आक्रमणबाट आफू जोगिएको तर आफ्नो भाइको घटनास्थलमै मृत्यु भएको कुरा प्रहरीलाई बताएका छन् ।

४० वर्षीय हसन जेब पाकिस्तानको पेशावरको उर्दू दैनिक आजसँग सम्बन्धित थिए । यसका साथै हसन जेब खैबर पत्रकार सङ्घ र पेशावर प्रेस क्लबका सदस्य पनि थिए।

प्रहरीले अपरिचित आक्रमणकारी विरुद्ध मुद्दा दर्ता गरी आक्रमणको अनुसन्धान सुरु गरेको …

0 comment
0 FacebookTwitterEmail

अमेरिकी राष्ट्रपति जो बाइडेनले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि भएको घातक हमलाको निन्दा गरेका छन् ।  राष्ट्रका नाममा गरेको सम्बोधनमा उनले आक्रमणमा मारिएका व्यक्तिका परिवारप्रति समवेदना व्यक्त गरेका हुन् ।

 हिंसाको बारेमा कुरा गर्दै बाइडेनले भने- ‘हामी यो बाटोमा जान सक्दैनौं । यसमा हामी पनि जानु हुँदैन । हामीले हाम्रो इतिहासमा धेरै हिंसा सहेका छौं ।’

ओभल अफिसबाट दश मिनेटभन्दा कमको सम्बोधनमा उनले राष्ट्रिय एकतामा जोड दिए ।

यद्यपि, बाइडेनले केही रिपब्लिकन नेताहरूमाथि लगाइएको आरोपबारे केही भनेनन् । धेरै रिपब्लिकन नेताहरूले बाइडेनले ट्रम्पविरूद्ध विभाजनकारी भाषणलाई बढावा दिएको आरोप लगाएका छन् ।

एक बन्दुकधारीले आइतबार ट्रम्पमाथि गोली प्रहार गरेका थिए । गोली ट्रम्पको …

0 comment
0 FacebookTwitterEmail

प्यालेस्टिनी लडाकू समूह युद्धविरामका लागि आयोजना गरिएको वार्ताबाट पछि हटेको हमासका एक वरिष्ठ अधिकारीले एएफपीलाई बताएका छन् ।

हमासका अर्का एक अधिकारीले हमासका सैन्य नेता मोहम्मद देइफलाई लक्षितगरी आक्रमण गरे पनि उनी‘सकुशल’ रहेको र इजरायलले गाजाको दक्षिणी शिविरमा व्यापक गोलाबारी गरिरहेको बताएका छन् ।

गाजाको स्वास्थ्य मन्त्रालयले शिविरमा भएको आक्रमणमा परी ९२ जनाको मृत्यु भएको जनाएको छ ।

हमासका राजनीतिक नेता इस्माइल हनियाले अन्तर्राष्ट्रिय मध्यस्थकर्ता कतार र इजिप्टलाई अमेरिकी राष्ट्रपति जो बाइडनले मे महिनामा पहिलोपटक अघि सारेको युद्धविराम योजनामा वार्ता समाप्त भएको बताए ।

युद्धविराम योजनामा सम्झौताको पहिलो चरणमा इजरायली जेलमा रहेका प्यालेस्टिनी कैदीहरूका लागि अक्टोबर ७ मा इजरायलमाथि हमासले …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved