नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार दुई रोमाञ्चक खेल सम्पन्न भएका छन्। बिहीबार सम्पन्न पहिलो खेलमा जनकपुर बोल्ट्सले काठमाडौँ गुर्खाजलाई ८ विकेटले पराजित गर्यो भने दोस्रो खेलमा कर्णाली याक्सले अन्तिम बल बाँकी छँदा विराटनगर किंग्सविरुद्ध ४ विकेटको रोमाञ्चक जित दर्ता गर्यो।
काठमाडौँमाथि जनकपुर बोल्ट्सको सहज जित
दिनको पहिलो खेलमा काठमाडौँ गुर्खाज र जनकपुर बोल्ट्स आमनेसामने भएका थिए। टस जितेर पहिले ब्याटिङ रोजेको काठमाडौँ गुर्खाजको सुरुआत कमजोर रह्यो। जनकपुरका बलरहरूको उत्कृष्ट र कसिलो बलिङसामु काठमाडौँका ब्याटरहरू लामो समय क्रिजमा टिक्न सकेनन्।
काठमाडौँ १९.३ ओभरमा केवल ११५ रन जोड्दै अलआउट हुन पुग्यो। जनकपुरका बलर राहुल यादवले …

…