Home » ताजा खबर » Page 25
Category:

ताजा खबर

राष्ट्रिय शैक्षिक परार्मश संघको  साधारणसभाबाट सन्तोष प्याकुलेरको नेत्तृवमा नयाँ कार्यसमिति चयन भएको छ । संघ (NECA) को चौथो वार्षिक साधारण सभाले अध्यक्ष सन्तोष प्याकुरेल, उपाध्यक्षहरू भुपेन्द्र सिटौला र रमण कोइराला, महाँसचिब दिपक कोइराला, सचिबहरू प्रधुम्न बोगटी र सुभेन्द्र थापा, कोषाध्यक्षमा रबिन्द्र थापा र सदस्यहरूमा  सुर्य पोख्रेल, प्रतिक्षा श्रेष्ठ, त्रिलोचन अधिकारी, कमला बस्नेत, ध्रुब थापा, केशब सिम्खडा र अशोक भण्डारीलाई चयन गरेको छ।

साधारण सभा मार्फत वार्षिक प्रगति प्रतिबेदन, वार्षिक आर्थिक प्रतिबेदन र आगामी कार्य योजना बहुमतले पारित गर्दै नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरीएको छ । कार्यक्रमको प्रमुख अथिति नेपालको लागि अष्ट्रेलियन राजदुत फेलिसिटी भोल्क, अथितिहरूमा नेपाल अभिभावक महांसंघका अध्यक्ष …

0 comment
0 FacebookTwitterEmail

काठमाडौं । राष्ट्रिय सूचना आयोगले सूचना नदिने सिरहा नगरपालिका कार्यालय प्रमुख बलिराम यादवलाई १५ हजार जरिवानाको फैसला गरेको छ ।

सिरहा नगरपालिक– ७ निवासी परशुराम साहले गरेको पुनरावेदनमा सूचना आयोगले उक्त फैसला गरेको हो ।

शिक्षक साहले सिरहा नगरपालिकासँग आफ्नो सरुवा सम्बन्धी भएको निर्णयको प्रमाणित प्रतिलिपी माग गरेका थिए ।

सूचनाको हकसम्बन्धी ऐन २०६४, अनुसार उक्त नगरपालिकासँग माग गरेको सूचना नपाएपछि सूचना मागकर्ता हकले कानुन अनुसार राष्ट्रिय सूचना आयोगमा सूचना नदिने प्रमुख र सूचना अधिकारीलाई विपक्षी बनाई पुनरावेदन दर्ता गरेका थिए ।

पुनरावेदन दर्ता पछि नगरपालिका प्रमुखलाई सूचना उपलब्ध गराउनु भन्दै आयोगबाट पटक–पटक आदेश भएको, कारबाहीको बारेमा सजग गराएको साथै …

0 comment
0 FacebookTwitterEmail

निर्माण सामाग्री उत्पादन गर्ने उद्योगहरूले निर्माण सामग्रीहरूको मूल्य अत्याधिक मात्रामा वृद्धि गरेमा काठमाडौं उपत्यका निर्माण व्यवसायी संघले विरोध जनाएको छ ।  

संघका महासचिव शान्तकुमार श्रेष्ठले आज एक विज्ञप्ति निकालेर विभिन्न शक्ति केन्द्रहरूको आडमा केही समूहहरूले निर्माण सामग्रीहरू, नदीजन्य पदार्थ, तरल पदार्थ र खनिज पदार्थ लगायत सञ्चालन गर्ने गरेकाे बताएका हुन् । जसले गर्दा यी उद्योगहरूको वैज्ञानिक तथा व्यवहारिक समस्या समाधान हुन नसकेको विज्ञप्तिमा उल्लेख छ ।  

उद्योगहरूबाट उत्पादित निर्माण सामग्रीहरूमा कृत्रिम अभाव देखाउँदै कालोबजारीबाट उच्च मूल्यमा खरिद गर्नुपर्ने अवस्थाबाट निर्माण व्यवसायी तथा उपभोक्ताहरू मारमा परेको भन्दै संघले विरोध जनाएको हो । 

गृहमन्त्रालयले गत पुष २० गते  एक सूचना मार्फत दिएको

निर्माण सामाग्रीको मूल्य वृद्धिमा व्यवसायी संघको विरोध 
0 comment
0 FacebookTwitterEmail

तेन्जिङ हिलारी एभरेष्ट म्याराथन २०२३ को तयारी सुरु भएको छ। तेन्जिङ हिलारी एभरेष्ट म्याराथनका अध्यक्ष तथा अभियन्ता विक्रम पाण्डे काजीले तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले सगरमाथाको सफल आरोहण गरेको ७० वर्ष पूरा भएको अवसरमा २०२३ मे २९ तारिखमा खुम्बु हाइल्याण्ड देखी एभरेष्ट बेस क्याम्पसम्म म्याराथन दौड  आयोजना गर्दै हुनुहुन्छ । 

यसैको तयारीका लागि लामो समयदेखि बेलायतलाई कर्मभूमि बनाउँदै आउनु भएका सेफ विनोद  बराल ‘तेन्जिङ हिलारी एभरेष्ट म्याराथन २०२३’ का लागि  अननरी गुडविल एम्बेसडर नियुक्त हुनुभएको छ। वरिष्ठ सेफ बराललाई तेन्जिङ हिलारी एभरेष्ट म्याराथनका अध्यक्ष विक्रम पाण्डे काजीले यो साता गुडविल एम्बेसडर नियुक्त गर्नुभएको हो । 

विनोद बराल लण्डनमा

एभरेष्ट म्याराथन २०२३ को तयारीः विनोद  बराल गुडविल एम्बेसडर
0 comment
0 FacebookTwitterEmail

नेपाल वातावरण पत्रकार समूह(नेफेज)को ३७ औं साधारणसभाबाट अध्यक्षमा रोशनी अधिकारी निर्वाचित हुनु भएको छ। रोशनी आईएनएस-स्वतन्त्र समाचारकी स्तम्भकार हुनुहुन्छ।

त्यसैगरी उपाध्यक्षमागोपाल तिवारी, महासचिवमा सविन शर्मा, सचिवमा  प्रगती ढकाल र कोषाध्यक्षमा सोमनाथ लामिछाने निर्विरोध निर्वाचित हुनुभएको छ ।

सदस्यहरूमा टिका बन्दन, अभयराज जोशी, सृष्टि काफ्ले, सुजता कार्की र शैलेन्द्र पोखरेल चुनिनु भएको छ  भने लेखा समिति संयोजकमा  विजयराज पौडेल र  सदस्यहरू  निमेश अधिकारी र शोभा मानन्धर  रहनु भएको नेपाल वातावरण पत्रकार समूहले जनाएको छ ।

0 comment
0 FacebookTwitterEmail

राष्ट्रिय सभा, दिगो विकास तथा सुशासन समितिले दिगो विकासका सम्बन्धी धेरै विषयमा कार्ययोजना तयार गरेको छ। समितिका सभापति प्रकाश पन्थको सभापतित्वमा यही असोज ५ र ६ गते बसेको कार्ययोजना तयारी समितिको बैठकले सो निर्णय गरेको हो।

समितिले  दिगो विकासका सम्बन्धमा सम्बन्धित मन्त्रालय र निकायसँग चालु विकास आयोजनाका सम्बन्धमा छलफल र अन्तरक्रिया गर्ने कार्ययोजना तयार गरेको छ।  यसैगरी  विकास र कानून,  विकास र सुशासनका सम्बन्धमा केन्द्रीय र प्रदेश स्तरको छलफल र अन्तरक्रिया गर्ने कार्ययोजना पनि तयार गरेको छ।

यसैगरी दिगो विकासका दृष्टिले पूर्वाधार, शहरी विकास, खानेपानी, सरसफाई, वातावरणीय सन्तुलन र फोहोर व्यवस्थापन सम्बन्धमा सरोकारवालाहरूसँग अन्तरक्रिया गर्ने पनि कार्ययोजना समितिले तयार गरेको …

0 comment
0 FacebookTwitterEmail

गत वर्ष भदौ २९ गते निधन भएका बिन्दुकुमार चौहानको सम्झनामा स्थापना भएको ‘स्व. बिन्दुकुमार चौहान स्मृति पत्रकारिता पुरस्कार’ लुम्बिनी दैनिकमा कार्यरत पत्रकार  मोहम्मद हविवले पाएका छन् ।

मधेसी पत्रकार समाज नेपाल जिल्ला कार्य समिति रुपन्देहीद्वारा स्थापना भएको उक्त नगदसहितको पुरस्कार  एक कार्यक्रमका बीच वितरण गरिएको थियो ।

स्वर्गीय चौहान रुपन्देहीको लुम्बिनीका स्थायी बासिन्दा भए  पनि उनी कपिलवस्तु  र रुपन्देही जिल्लामा चर्चित पत्रकार थिए ।

पुरस्कार वितरण समारोहमा बोल्दै पत्रकार महासंघ रुपन्देहीका सभापति रामराज पोखरेलले चौहान अभाव र दबाब छिचोल्दै अगाडि बढेका एक निस्ठावान, असल र इमानदार पत्रकार भएको बताए । पोखरेलले भने ‘चौहान र मैले सँगसँगै काम पनि गर्यौं । …

चौहान स्मृति पत्रकारिता पुरस्कार पत्रकार  मोहम्मद हविवलाई
0 comment
0 FacebookTwitterEmail

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकार लोकन्त्रान्त्रिक मूल्य मान्यता स्थापित गर्न पूर्ण प्रतिवद्धता रहेको र सोका लागि सूचनाको हक प्रभावकारी रुपमा कार्यान्वयन हुनुपर्ने वताउनु भएको छ।

उहाँ राष्ट्रिय सूचना दिवसका अवसरमा बोल्दै हुनुहुन्थ्यो। सूचनाको हकसम्बन्धी ऐन प्रमाणीकरण भएर कार्यान्वयनमा आएको सम्झनामा प्रत्येक बर्ष भदौ ३ गते राष्ट्रिय सूचना दिवस मनाउदै आइरहेको छ ।

सोही अवसरमा प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले सूचनाको हकलाई भूई तहका नागरिकसम्म पुर्‍याउन अझै प्रयास गरी लोकतन्त्रको बलियो बनाउन सकिने धारणा व्यक्त गर्नुभयो । यस आयोगका पूर्व सूचना आयुक्त श्रीआचार्यले राष्ट्रिय सूचना आयोगलाई स्रोत, साधन सहित थप अधिकार सम्पन्न बनाउनुपर्ने कुरामा जोड दिनुभयो । आयोगका …

लोकन्त्रान्त्रिक मूल्य मान्यता स्थापित गर्न सूचनाको हक
0 comment
0 FacebookTwitterEmail

नेपालमा यतिबेला अशिक्षित मात्र होइन अर्ध शिक्षित र उच्च शिक्षा प्राप्त जनशक्ति समेत रोजगारी नपाएर भौँतारिनु परेको छ किनकी हामीकहाँ रोजगारीको अवसर अत्यन्त सीमित छ। तथ्याङ्कले पनि रोजगारीका सीमितताहरूलाई स्पष्ट गरिसकेको छ। शैक्षिक संस्थाको संख्या बढ्दै गए अनुसार प्रत्येक वर्ष शिक्षित जनशक्तिको संख्या पनि उल्लेखनीय रुपमा बढिरहेको छ तर नेपालमा प्राविधिक रोजगारी तर्फ थोरै मात्र जनशक्तिले काम पाइरहेका छन्। त्यसमा महिलाको संख्या अझ कम छ। खाडी मुलुक जानेको बढ्दो सङ्ख्याले देशमा रोजगारीको अवसर ज्यादै कम भएको तथ्यलाई प्रमाणित गरिरहेको छ। देशमा रोजगारीको बढ्दो अपेक्षा हेर्दा आ व २०७८ को जनगणनाले प्रमाणित गरेको ४०.३५ प्रतिशत युवा (१६–४० वर्ष) को जनसांख्यिक लाभको …

निशुल्क तालिम दिदैँ कोड रस
0 comment
0 FacebookTwitterEmail

नेपालमा मानसिक स्वास्थ्यमा रहेको लाञ्छनाको परिस्थितिलाई फेर्नका लागि ६ वटा संस्थाले ‍नेपाल मेन्टल हेल्थ इनिसिएटिभ शुरु गरेका छन्। यसका लागि ती संस्थाहरूले साउन २२ गते एक समारोह बीच नेपाल मेन्टलहेल्थ डटकम नामक वेवसाइट पनि शुरु गरेका हुन्।

यो प्रयासमा मानसिक स्वास्थ्यको क्षेत्रमा रहेको विभिन्न बिषयहरूमा काम गर्ने ६वटा संस्थाहरू, ग्लोबल सेपर्स काठमाडौं हब, अन्तरङ, युवा, ह्याप्पी माइन्ड्स, नेपाल इन्स्टिच्युट फर रिसर्च एण्ड कम्युनिकेसन्स, र पहिलो कदम जोडिएका छन्।

यो पहलका बारेमा यसका सदस्य सौरभ थापा श्रेष्ठले भन्नुहुन्छ, “मानसिक स्वास्थ्य विशेषज्ञहरू खोज्नलाई सजिलैसँग जानकारी उपलब्ध गराउने प्रयासका साथै उनीहरूले आफू कहाँबाट परामर्श लिन उपयुक्त छ भनी छनोट गर्न सक्ने प्लेटफर्म हो …

मानसिक स्वास्थ्यमा लाञ्छना हटाउन ६ संस्थाको प्रयास
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved