प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले पेश गरेको बन्दसूचीमा समावेश भएका तर स्थानीय तह सदस्य निर्वाचन २०७९ मा उम्मेदवार भएर निर्वाचन खर्चको विवरण तोकिएको समयाभित्र नबुझाएका कारण जरिवाना ठेकिएका उम्मेदवारलाई सार्वजनिक बिदाको दिनमा पनि जरिवाना बुझाउन सकिने व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ।
निर्वाचन आयोगका अनुसार, कात्तिक ५ गते शनिबार सार्वजनिक बिदाको दिनमा समेत प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा कार्यालय समयभित्र जरिवाना बुझाउन व्यवस्था मिलाइएको छ। जरिवाना बापतको रकम नबुझाउने उम्मेदवारहरूको हकमा प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीबाट नाम हटाउने निर्णय आयोगबाट भएको जानकारी आयोगले दिएको छ।
निर्वाचन आयोगका …