Home » नीति/राजनीति » Page 20
Category:

नीति/राजनीति

जनता समाजवादी पार्टीमा फेरि एकपटक विवाद सुरु भएको छ। विगतको चुनावमा घात–अन्तरघातबाट सुरु भएको जसपा पर्साको गुटबन्दी उत्कर्षमा पुगेको छ। पार्टीका पर्सा जिल्ला अध्यक्ष रामनरेश यादव र जसपाका संघीय सचेतक प्रदीप यादवबीचको गुटबन्दीले पार्टीमा भाँडभैलो भएको छ।

सांसद प्रदीप यादवले जिल्ला अध्यक्ष रामनरेश यादविरुद्ध सिंघासन साह तेलीलाई समानान्तर अध्यक्ष बनाउनुभएको छ। बुधबार अनमोल पार्टीमा बसेको विद्रोही समूहको बैठकले जिल्ला कार्यसमितिको अध्यक्षमा तेलीलाई बहुमतले अध्यक्ष बनाइएको दाबी गरेको छ। तर यादवले आफू अध्यक्ष नै रहेको दाबी गर्न छोड्नुभएको छैन। जिल्ला कमिटीका बहुमत सदस्यको बैठकले यादवलाई अध्यक्षबाट हटाएर तेलीलाई अध्यक्ष चयन गरिएको बताइएको छ।

सांसद यादव र अध्यक्ष रामनरेश यादवबीच गत आमनिर्वाचनमा …

जसपा पर्सामा भाँडभैलो !
0 comment
0 FacebookTwitterEmail

सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस २०८०

सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस २०८० का अवसरमा युनेस्कोले यस वर्षका लागि सूचनामा पहुँचका लागि अनलाइन स्पेसको महत्वलाई प्राथमिकता दिएको छ। यही विषयवस्तुमा केन्द्रित रहेर नेपालमा राष्ट्रिय सूचना आयोगले अनलाइन स्पेस र सूचनाको हक: अवसर र चुनौतीका विषयमा बहस चलाउँदै अनलाइन स्पेसको सदुपयोगबाट सूचनाको हकको प्रवर्द्धनका लागि प्रयास गर्दैछ। राष्ट्रिय सूचना आयोगले पछिल्लो अवधिमा आयोगले सही सूचना प्रवाहका लागि सामाजिक सञ्जाल, इन्टरनेट, इमेलजस्ता विद्युतीय माध्यमहरूको सदुपयोगमा जोड दिँदै पनि आएको छ। यसबाट स्वाभाविक रूपमा सूचना मागकर्ता र सार्वजनिक निकायलाई सहज बनाएको विश्वास आयोगको रहेको छ।

सेप्टेम्बर २८ लाई सूचनामा विश्वव्यापी पहुँचको लागि …

0 comment
0 FacebookTwitterEmail

सडक व्यापारीको पक्षमा १९९ घण्टादेखि (नौ दिन) उभिएर आन्दोलनरत अभियन्ता ईः र काठमाडौँ महानगरपालिका बिच बुधवार राती सहमति भएको छ। महानगरपालिका र यी बिच भएको वार्ता पछि चार बुँदे सहमति भएको जनाइएको छ। सहमतिपछि ईःपक्षले बेलुका ९ बजे पत्रकार सम्मेलनमार्फत सहमति भएको भन्दै आन्दोलनका कार्यक्रमहरू स्थगित भएको घोषणा गरेको छ। उक्त सहमतिमा फुटपाथ, सार्वजनिक स्थलमा व्यापार गर्ने क्रममा जफत भएका सामग्रीहरू महानगरले सम्बन्धित धनीलाई फिर्ता दिने उल्लेख छ।

त्यस्तै, महानगरले अनौपचारिक क्षेत्रमार्फत हुने व्यापारलाई व्यवस्थित गर्न अध्ययन समिति बनाउने सहमति भएको छ। समितिमा महानगर, अभियन्ताका प्रतिनिधि तथा सरकार प्रतिनिधि रहने उल्लेख छ। सडक व्यापारी प्रतिनिधिको रोहबरमा भएको सहमति पत्रमा काठमाडौँ …

0 comment
0 FacebookTwitterEmail

फुटपाथ व्यवसायीहरूको पक्षमा निर्णय गराउनका लागि राष्ट्रिय सभागृह अगाडि एक सातादेखि उभिएर आन्दोलन गरिरहनु भएका सामाजिक अभियन्ता ई: लाई काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले जवाफ दिनु भएको छ। मेयर बालेन शाहले आफ्नो सामाजिक सञ्जालमा पोस्टमा भन्नुभएको छ, ” तपाईँले माग गर्नु भएको ठाउँहरूमध्ये एउटा ठाउँ ५२ वर्षदेखि नेपाल सरकारले मुआब्जा नदिएर १५० परिवारलाई सुकुम्वासी बनाइएको छ। त्यो ठाउँमा कुन चैँ नैतिकतामा हामीले व्यापार गर्न दिन मिल्ला ? ”

दुई थरी कुरा गर्ने नेताहरूका बारेमा मेयर बालेन शाहले उक्त पोस्टमा भन्नुभएको छ, ” उहाँहरू नियम बनाउने ठाउँमा हुनुहुन्छ तर खोइ त्यो बारेमा स्पष्ट नियम बनाउनु भएको ? खोइ त्यो बारेमा प्रयत्न …

0 comment
0 FacebookTwitterEmail

अमेरिकाको स्टेट डिपार्टमेन्टले बङ्गलादेशमा लोकतान्त्रिक निर्वाचन प्रक्रियालाई कमजोर पार्ने बङ्गलादेशी व्यक्तिहरूलाई भिसा प्रतिबन्ध लगाउने बताएको छ। उक्त कदम चाल्ने घोषणाको जानकारी अमेरिकाको स्टेट डिपार्टमेन्टका प्रवक्ता म्याथ्यू मिलरले एक प्रेस विज्ञप्ति जारी गरेर बताउनुभएको हो।

“स्टेट डिपार्टमेन्टले बङ्गलादेशमा प्रजातान्त्रिक निर्वाचन प्रक्रियालाई कमजोर पार्ने वा यसमा संलग्न भएको बङ्गलादेशी व्यक्तिहरूलाई भिसा प्रतिबन्ध लगाउने कदम चालेको छ। यी व्यक्तिहरूमा कानुन कार्यान्वयन गर्ने निकायका सदस्यहरू, सत्तारुढ दल र राजनीतिक विपक्षीहरू समावेश छन्, “ अमेरिकाको स्टेट डिपार्टमेन्टको विज्ञप्तिमा भनिएको छ।

यी व्यक्तिहरू र उनीहरूको नजिकका परिवारका सदस्यहरू अमेरिकामा प्रवेशको लागि अयोग्य ठहरिन सक्छन्। बङ्गलादेशमा प्रजातान्त्रिक निर्वाचन प्रक्रियालाई कमजोर पार्ने जिम्मेवारी वा संलग्नतामा थप व्यक्तिहरू पनि …

0 comment
0 FacebookTwitterEmail

मलंगवाको  अवस्था तनावपूर्ण बन्दै गएपछि वीरगन्जमा सद्‌भाव र्‍याली निकालिएको छ । मलंगवाको घट्नाको विरोधमा हिन्दुवादी सङ्गठनहरूले शुक्रवार विरोध प्रदर्शन गरी शनिवार वीरगन्ज बन्द गरेपछि अवस्थालाई सामान्य बनाउन सद्‌भाव र्‍याली निकालेको हो । वीरगन्जको अवस्थालाई साम्प्रदायिक बनाउन खोज्ने केही तत्त्वहरू सक्रिय भएको भन्दै वीरगन्ज महानगरपालिकाले सोमबार सूचना जारी गर्दै  सोमबार हुने सद्‌भाव र्‍यालीमा सहभागी हुन अनुरोध गरेको थियो ।

वीरगन्ज महानगरपालिकाद्वारा जारी गरिएको सूचनामा महानगरपालिकाका सबै कर्मचारी तथा विद्यालयका सबै शिक्षकहरूलाई र्‍यालीमा अनिवार्य रुपमा उपस्थित हुन  उल्लेख गरिएको थियो । जसमा विद्यालय बन्द गरेर सबै शिक्षक शिक्षिकाहरू पुगेका थिए । केही हप्ता अगाडि पेशागत अधिकारको लागि पुगेका शिक्षकहरूलाई अविलम्ब कार्यवाही गर्ने …

0 comment
0 FacebookTwitterEmail

गत मङ्गलवार देखि राष्ट्रिय सभागृह अगाडि उभिएर आन्दोलनरत सामाजिक अभियन्ता ई: फुटपाथ व्यवसायीहरूको गुनासाका बारेमा काठमाडौँ महानगरका मेयर बालने शाहको ध्यानाकर्षण गराउन खोज्नुभएको हो। फुटपाथ व्यवसाय र व्यवसायीलाई व्यवस्थित बनाउनुपर्ने, गरिखान देऊ, गरिब निमुखाको रोटी नखोस्नु लगायतका माग राखेर छ  दिनदेखि अभियन्ता ई: आन्दोलन गरिरहनु भएको छ। उहाँको दुवै गोडा नराम्ररी सुन्निएका छन् । लगातार लगभग १४० घण्टासम्म उभिँदा पनि उहाँको माग सरोकारवालाले बेवास्ता गरेका छन् ।

सहरमा रहेका १० हजारभन्दा बढी फुटपाथ व्यवसायीको रोजीरोटीको अधिकारका लागि आफूहरू आन्दोलनमा रहेको सामाजिक अभियन्ता ई: बताउनुहुन्छ । ई: का दुई वटा गोडा सुन्निएर लट्ठी टेक्दै हिँड्न पनि कठिन भएको छ । “मचक …

0 comment
0 FacebookTwitterEmail

सरकार र आन्दोलनरत शिक्षकबिच सहमति भएको छ । शुक्रवार दिउँसो गृह मन्त्रालयमा सरकार र आन्दोलनरत नेपाल शिक्षक महासङ्घबिच ७ बुँदे सहमति भएको जनाइएको छ।

उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ नेतृत्वमा यो वार्ता भएको हो । वार्तामा शिक्षामन्त्री अशोक राई, कानुन मन्त्री धनराज गुरुङ, शिक्षा सचिव सुरेश अधिकारीसहित गृह, अर्थ र कानुन मन्त्रालयका सचिवहरु सहभागी हुनुहुन्छ ।

यसअघि बिहीबार सरकार र शिक्षकबिच दुई चरणमा छलफल भएको थियो । यही असोज ३ गतेदेखि विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक नेपाल शिक्षक महासङ्घ १८ बुँदे माग राख्दै आन्दोलनमा गरिरहेको थियो।

यो सहमतिमा राहत शिक्षकहरू भने असन्तुष्ट भएको जनाइएको छ। उनीहरूले …

0 comment
0 FacebookTwitterEmail

अन्ततः भारतमा ऐतिहासिक महिला आरक्षण विधेयक सर्वसम्मतले संसद्बाट पारित भएको छ। विधेयकको समर्थनमा २१४ भोट र विरोधमा शून्य भोट परेको थियो।

संसद्बाट पारित विधेयक राष्ट्रपतिकहाँ पुग्नेछ। राष्ट्रपतिको स्वीकृतिपछि महिला आरक्षणसम्बन्धी विधेयक कानुन बन्नेछ। यद्यपि पहिले जनगणना र सिटको सीमा निर्धारणको काम हुनेछ। माथिल्लो सदनमा विधेयक पारितपछि दुवै सदन अनिश्चितकालका लागि स्थगित गरिएको छ।

जानकारहरुका अनुसार महिला आरक्षण विधेयकलो यात्रा लामो छ। जनगणना र सीमा निर्धारणपछि आरक्षण विधेयक सन् २०२९ को लोकसभा चुनावसम्म लागू हुन सक्छ। १२८औं संविधान संशोधन विधेयक (नारी शक्ति वन्दन विधेयक) लाई अधिकांश राज्य विधानसभाको अनुमति आवश्यक हुन्छ। यसलाई जनगणनाको आधारमा संसदीय र विधानसभा क्षेत्रलाई पुनः तयार पार्न …

0 comment
0 FacebookTwitterEmail

बाँकेको डुडुवा गाउँपालिकामा रहेको जयेन्दु बालसुधार गृहका दुई समूहबिच शुक्रवार भएको झडपमा एक जना मारिए भने १० जना गम्भीर घाइते भए।दोहोरो झडपमा घाइते भएका अपहरण, शरिरबन्धक र जबरजस्ती करणीको मुद्दामा सजाय पाएका कपिलवस्तु रुद्रपुरका सुलभ केसीको उपचारका क्रममा अस्पतालमा निधन भएको हो। गम्भीर घाइतेहरूको शिक्षण अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ। यसअघि माघ अन्तिम साता पनि दुई पक्षबिच झडप भएपछि आगजनी र तोडफोड गरिएको हो।

बाल सुधार गृहमा हुने झडप यो पहिलो होइन। भक्तपुरको बालसुधार गृहमा झडपले उग्र रूप नै लिएको थियो। अहिले आठको सङ्ख्यामा रहेको बालसुधार गृह तीन वटा मात्र हुँदा एउटा अध्ययन गरिएको थियो। नौ वर्ष अगाडिको अध्ययन प्रतिवेदनले …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved