लामो समयदेखि समस्यामा रहेका एकल महिलाबाट जन्मेको र पितृत्वको ठेगाना नभएको बच्चाको हकमा सरकारले एउटा सकारात्मक निर्णय गरेको छ। राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले एक सूचना निकालेर त्यस्ता बालबालिकाको जन्मदर्ता मावलीको थरबाट हुन सक्ने जनाएको छ।
जन्मदर्ता बेगर स्कुल समेत भर्ना हुन नपाउने तथा अन्य सरकारी पहिचानका कागजातका लागि समेत योग्यता नपुग्ने भएकाले राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले गरेको निर्णयले धेरै बालकालिकालाई राहत पुग्ने देखिएको छ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका अनुसार त्यस्ता बालबालिकाको जन्मदर्ताका विषयमा थप प्रष्ट पारिदिन स्थानीय तहबाट अनुरोध भइ आएकाले दोहोरो दर्ता नहुने गरी उक्त व्यवस्था गरिएको हो।
विभागको सूचनामा भनिएको छ, “विवाह अघि जन्म भएको …
