नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चुनावभन्दा अगाडि नेताहरू मिलेर चुनावमा जाने परम्पराले नेपालको राजनीतिलाई दूषित बनाएको बताउनुभएको छ। गोदावरी नगरपालिकाको आठौँ स्थापना दिवसका अवसरमा २७ फागुनमा गोदावरीमा आयोजित कार्यक्रममा महामन्त्री थापाले पछिल्लो सत्ता गठबन्धनको उद्देश्य पनि आगामी चुनावमा गठबन्धन गर्न नै हो भन्नुभयो। उहाँले चुनावी गठबन्धनले राजनीतिलाई दूषित बनाएको तर्क गर्नुभयो।
“अहिले पनि संसद्मा कुनै दलको बहुमत छैन, यही प्रणाली हुँदा भोलि पनि कुनै दलको बहुमत हुँदैन। यसले नेताहरूको स्वार्थमा संसद् र सरकार बन्धक बनाउँछ। जनताको आवश्यकता र अपेक्षाको सम्बोधन हुनुपर्छ। राजनीतिलाई दूषित हुनबाट बचाउन निर्वाचन प्रणालीलाई बदल्नुपर्छ,” महामन्त्री थापाले भन्नुभयो।
मिश्रित निर्वाचन प्रणाली विकृत भएको र त्यसबाट नेताहरूलाई सत्तामा …
