Home » भ्रष्टाचार/अनियमितता » Page 2
Category:

भ्रष्टाचार/अनियमितता

जिल्ला प्रहरी कार्यालय बाँकेले नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न अग्रसरता देखाएको छ।

राप्ती नदी र अन्य खोलाबाट अवैध रूपमा हुने गरेको माटो तथा नदीजन्य पदार्थ उत्खनन एवं ढुवानी रोक्न नियमित अनुगमन तथा निगरानी बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिए। उनका अनुसार शनिबारमात्रै कोहलपुर नगरपालिका–७ लखनहवा र बैजनाथ गाउँपालिका–२ जब्दहवा क्षेत्रमा अवैध रूपमा माटो तथा नदीजन्य पदार्थ उत्खनन एवं ढुवानीमा संलग्न तीन सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले एक थान जेसिबी, एक थान टिपर र एक थान ट्याक्टर नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिइएका सवारीसाधनलाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित …

0 comment
0 FacebookTwitterEmail

महालेखापरीक्षकको ६३ औँ वार्षिक प्रतिवेदनले सिन्धुपाल्चोक जिल्लाका स्थानीय तहहरूमा व्यापक वित्तीय बेथिति उजागर गरेको छ। लेखापरीक्षणका क्रममा आर्थिक अनुशासनको उल्लङ्घन, फितलो खर्च व्यवस्थापन र कागजी प्रक्रियामा देखिएका त्रुटिहरूका कारण यहाँका १२ वटा स्थानीय तहमा कुल ३१ करोड ९२ लाख ४१ हजार रुपैयाँ बेरुजु देखिएको हो।

प्रतिवेदन अनुसार सबैभन्दा निराशाजनक अवस्था मेलम्ची नगरपालिकाको पाइएको छ, जहाँ जिल्लाकै सर्वाधिक ८ करोड ३२ लाख ७० हजार रुपैयाँ बेरुजु कायम भएको छ। यसै गरी, वित्तीय अनुशासनमा चुकेको बाह्रबिसे नगरपालिका ५ करोड २८ लाख ४८ हजार रुपैयाँ बेरुजुसहित दोस्रो स्थानमा छ।

जिल्लाको सदरमुकाम समेत रहेको चौतारा साँगाचोकगढी नगरपालिकामा पनि ४ करोड १७ लाख ९६ हजार

…
0 comment
0 FacebookTwitterEmail

मुलुकको आर्थिक सुशासन र वित्तीय पारदर्शिताको ऐना मानिने महालेखापरीक्षकको ६३औँ वार्षिक प्रतिवेदन शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरिएको छ। राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहका बिच महालेखापरीक्षक तोयम रायाले आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदन राष्ट्रपतिलाई बुझाउनुभएको हो।

नेपालको संविधानको धारा २९४ बमोजिम प्रतिवेदन बुझाउँदै महालेखापरीक्षक रायाले यस वर्ष ५ हजार ५२६ निकायको कुल ९४ खर्ब ८४ अर्ब ५० करोड रुपैयाँ बराबरको लेखापरीक्षण सम्पन्न गरिएको जानकारी दिनुभयो।

महालेखापरीक्षकको प्रतिवेदन अनुसार यस वर्ष मात्रै थप ८८ अर्ब ९ करोड ११ लाख रुपैयाँ बेरुजु कायम भएको छ। यससँगै मुलुकको कुल अद्यावधिक बेरुजु ७ खर्ब ५५ अर्ब १७ करोड रुपैयाँ पुगेको

…
0 comment
0 FacebookTwitterEmail

काठमाडौँ जिल्ला प्रशासन कार्यालय र महानगरपालिकाको सक्रियतामा आज (शनिबार) बिहानैदेखि नदी किनारका अनधिकृत सुकुम्बासी बस्ती हटाउने कार्य सुरु भएको छ। प्रशासनले दिएको वैशाख ११ गते साँझ ७ बजेसम्मको अन्तिम समयसीमा सकिएसँगै आज बिहान ६ बजेदेखि डोजर प्रयोग गरी संरचना भत्काउन थालिएको हो।

थापाथलीमा बाक्लो प्रहरी परिचालन, अवरोधरहित उत्खनन

नदीको प्राकृतिक बहावमा अवरोध पुगेको र सहरी पूर्वाधार विकासमा असर परेको भन्दै थापाथलीस्थित सुकुम्बासी बस्तीबाट हटाउने अभियान सुरु गरिएको छ। शनिबार बिहान साढे ८ बजेदेखि बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरी अनधिकृत घर टहरा हटाउन थालिएको हो। शुक्रबार सुकुम्बासीका नाममा केही प्रदर्शन भए तापनि आज भने अधिकांश बासिन्दाले आफ्ना सामान सुरक्षित स्थानमा सारिसकेका

…
0 comment
0 FacebookTwitterEmail

मुलुकमा व्याप्त भ्रष्टाचार र दण्डहीनताको अवस्था अन्त्य गर्ने लक्ष्यका साथ २०६२/६३ यताका राज्यका उच्च पदाधिकारीहरू र राजनीतिक नेतृत्व तहमा रहेकाहरूको सम्पत्ति छानबिन गर्न सरकारले गठन गरेको ‘सम्पत्ति छानबिन आयोग’ले औपचारिक रूपमा कार्य प्रारम्भ गरेको छ।

२०८३ वैशाख २ गतेको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको अध्यक्षतामा पाँच सदस्यीय आयोग गठन गरेको थियो। आयोगको कार्यालय केशर महलमा स्थापना गरिएको छ। आयोगका नवनियुक्त अध्यक्ष भण्डारीले आजै कायम मुकायम (कामु) प्रधानन्यायाधीश सपना प्रधान मल्ल समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो भने अन्य सदस्यहरू तत्कालीन पुनरावेदन अदालतका पूर्व मुख्य न्यायाधीश पुरुषोत्तम पराजुली, उच्च अदालतका पूर्वन्यायाधीश चण्डीराज ढकाल, पूर्व प्रहरी नायब महानिरीक्षक गणेश …

0 comment
0 FacebookTwitterEmail

मधेश प्रदेशमा गाउँगाउँमा स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले सुरु गरिएको ५२ करोड रुपैयाँको जनस्वास्थ्य प्रयोगशाला परियोजना अहिले व्यवस्थापकीय कमजोरी, समन्वय अभाव र नीतिगत अन्योलको सिकार बनेको छ। सुरुमा उपकरण, जनशक्ति र संरचना उपलब्ध गराइएका प्रयोगशालामध्ये अहिले अधिकांश सञ्चालनमा छैनन्। कतै भवन छैन, कतै केमिकल अभाव छ त कतै कर्मचारी छैनन्। परिणामस्वरूप नागरिकले पाउनुपर्ने आधारभूत स्वास्थ्य परीक्षण सेवा पाएका छैनन्।

मधेश प्रदेशका १३६ वटै स्थानीय तहमा झन्डै तीन वर्षअगाडि ५२ करोड रुपैयाँमा महँगो उपकरणसहित सञ्चालन गरिएका सुविधासम्पन्न जनस्वास्थ्य प्रयोगशाला जनशक्ति, केमिकल र व्यवस्थापन अभावले प्रयोगविहीन बनेका हुन्। सरकारी अधिकारीहरूको ध्यान उपकरण खरिदमा मात्र केन्द्रित हुँदा प्रयोगशाला बिजोग अवस्थामा पुगेका हुन्। सञ्चालन …

0 comment
0 FacebookTwitterEmail
राउटे समुदायका युवयुवती। तस्वीरहरु: ज्योति कटुवाल

२०६५ सालमा तत्कालीन दैलेख जिल्ला विकास समितिले पहिलो पटक राउटे समुदायलाई सामाजिक सुरक्षा भत्ता बाँड्दा उनीहरूको जनसंख्या १६५ थियो। १७ वर्षपछि २०८२ साल फागुन १३ गते सामाजिक सेवा केन्द्र (सोसेक) ले गरेको गणना अनुसार यो संख्या १३३ मा झरेको छ।

यसबीच राउटे समुदायको उत्थानका लागि भन्दै सरकारी र गैरसरकारी स्तरबाट विभिन्न कार्यक्रम भए। तर, अनुसन्धानकर्ताका अनुसार, अवस्था यस्तै रहिरहेमा राउटेको उत्थान त परको कुरा, यो समुदाय नै लोप हुन धेरै समय लाग्ने छैन।

प्रकृतिमाथि निर्भर र न्यूनतम आवश्यकतामा जीवनयापन गर्ने यो फिरन्ते समुदायलाई सरकारले ‘मूलप्रवाहीकरण’ का नाममा भत्ता मात्र होइन, खाद्यान्नदेखि साबुनसम्म बाँड्ने गर्छ। विभिन्न संस्था र व्यक्ति राउटे बस्तीमा …

राउटे समुदायका युवयुवती। तस्वीरहरु: ज्योति कटुवाल
0 comment
0 FacebookTwitterEmail

नुवाकोटको विभिन्न स्थानमा सञ्चालित अवैध क्रसर उद्योगले स्थानीयवासी पीडित हुँदै आइरहेका छन्। नदी तथा खोलामा अवैध रूपमा उत्खननले तीव्रता पाइरहेका छन्। कानुनको अभाव र नियमनकारी निकायको कमजोरीका कारण प्राकृतिक स्रोतको दुरुपयोग गर्दै राजस्व सङ्कलनमा समेत छलकपट हुँदै आइरहेको छ।

नुवाकोटको दक्षिणपूर्वमा पर्ने शिवपुरी पञ्चकन्या र लिखु गाउँपालिका हुँदै पश्चिमतर्फ बग्ने लिखु खोलाका विभिन्न स्थानमा सञ्चालनमा रहेका अवैध क्रसर उद्योगले स्थानीय जनताको स्वास्थ्यमा प्रतिकूल असर पुगेको भन्दै चौतर्फी विरोध भइरहेको छ। पूर्वपश्चिम मध्यपहाडी लोकमार्ग निर्माणका नाममा विभिन्न राजनीतिक दलको संरक्षणमा सञ्चालन भएका ती क्रसर उद्योगबाट करोडौँ रुपैयाँको नदीजन्य सामग्री ढुङ्गा, गिट्टी, बालुवाको दोहन हुनुका साथै उद्योग आसपासका बस्ती विपद्को जोखिममा परेका …

0 comment
0 FacebookTwitterEmail

अन्तर्राष्ट्रिय बजारको अभावलाई बहाना बनाएर खाना पकाउने एलपी ग्यासमा भइरहेको कालोबजारी रोक्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सक्रियता बढाएको छ। पछिल्लो समय बजारमा ग्यास लुकाउने, बढी मूल्य लिने र अवैध कारोबार गर्ने क्रम बढेपछि विभागले यस्ता अनुचित व्यापारिक क्रियाकलापबारे जानकारी दिन आम उपभोक्तालाई आग्रह गरेको छ। उपभोक्ताले देशको जुनसुकै स्थानबाट ग्यास अभाव वा ठगीसम्बन्धी सूचना विभागको निःशुल्क टेलिफोन नम्बर ११३७ मा फोन गरेर टिपाइ सहयोग गर्न सक्नेछन्।

नेपाल आयल निगमले आपूर्ति व्यवस्था सहज बनाउन आधा सिलिन्डर ग्यास बिक्री गर्ने व्यवस्था गरे पनि बजारमा अझै अभाव कायमै छ। यसै सन्दर्भमा विभागले देशभर स्थलगत अनुगमन र निरीक्षणलाई तीव्र पारेको छ। अनुगमनका

…
0 comment
0 FacebookTwitterEmail

२०८१ असोज १२ गते नल्लु खोलाको बाढीले गोदावरी–६ की ६५ वर्षीया सानुमाया नगरकोटीको घर बगायो।  बाढीले उनको छिमेकका अरू १० घर पनि लग्यो।  नगरकोटीको घरछेउमै क्रसर उद्योगहरूले धेरै वर्षदेखि ढुंगा, बालुवा खोस्रिरहेका थिए।  खानीबाट निस्केको गेग्रान व्यवस्थापन गरिएको थिएन।  जथाभावी उत्खनन रोक्न नगरकोटी दम्पतीले पटक–पटक वडा, नगरपालिका र वन कार्यालयमा निवेदन दिँदा पनि कसैले सुनेन।  “२०३८ सालको भेलले पनि केही गर्न नसकेको हाम्रो घर, पोहोर ग्राभेलसहितको बाढीले बगायो,” सानुमाया भन्छिन्।

यस्तो पीडा सानुमायाको मात्र होइन।  नल्लु खोलामास्तिर डाँडामा ७० वर्षीय चकना नगरकोटीको परिवार बस्छ।  खानी र क्रसर उद्योगबाट उड्ने धूलो र टिपरबाट आउने प्रदूषणले यो परिवारलाई घरमा बसिनसक्नु बनाएको छ।  …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved