Home » वातावरण/जलवायु » Page 42
Category:

वातावरण/जलवायु

अव्यवस्थित सहरीकरण, जग्गाको लोभले पुरिएका खोल्सा एवं नालाहरू मात्र होइन जलवायु परिवर्तनका कारण पहिला पहिला दुई दिनमा पर्ने पानी अहिले दुई घण्टामै आउँछ जसले गर्दा एक छिनमै पानी धेरै ठाँउमा जमिसकेको हुन्छ र त्यसले निकास पाउँदैन र काठमाडौँ पानी परेको केही क्षणमा नै डुब्छ।

काठमाडौको थापागाउँ नजिक धोवी खोलाको किनारमा वर्षौंदेखि छाप्रो हालेर बसेका ८० वर्षीय चक्रबहादुर लामा रातभरि परेको झरीका कारण छाप्रो भित्र पसेको पानी सफा गर्दै हुनुहुन्थ्यो। लामाका लागि यो नित्य कर्म जस्तै सामान्य समस्या हो। ‘सानो दर्के झरी परेपछि धोवीखोला उर्लिएर आउँछ’, लामाले भन्नुभयो– ‘खोलाले ढलको निकास छेक्छ अनि बाटोबाट ढल उम्लिन थाल्छ। पानी दर्किन थालेपछि सामान …

सानो झरीमा पनि किन डुब्न थाल्यो काठमाडौं?
0 comment
0 FacebookTwitterEmail

अमेरिकाका ब्रोटन कोबर्नले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनालाई कसरी चलाउने भनेर नेपालका प्रख्यात संरक्षणकर्मी डा. चन्द्रप्रसाद गुरुङ र डा. मिङ्मा नोर्बु शेर्पासँग मिलेर अपरेशन प्लान बनाउनु भयो। आज तिनै ब्रोटन कोबर्नलाई अन्नपूर्ण संरक्षण क्षेत्रमा हिँड्दा मन दुखिरहेको थियो। चामेमा आईएनएससँग कुरा गर्दै प्रख्यात संरक्षणकर्मी तथा लेखक ब्रोटन कोबर्नले भन्नुभयो, ‘एक्याप (अन्नपूर्ण संरक्षण क्षेत्र) का केही कुराले त खुशी दिन्छ नै । तर धेरै कुराले भने निराश बनाएको छ। फोहोर जताततै बढेको छ। बाटोमा फोहोर फाल्ने भाडो राखिएको त छ तर त्यसबाट फोहोर झिकेर कसैले तह लगाउँदैन। ‘

ब्रोटन कोबर्न झण्डै तीस वर्ष अगाडि डा. चन्द्र र डा. मिङ्मासँग अन्नपूर्ण संरक्षण क्षेत्र …

संरक्षणकर्मीको दुखेको मन
0 comment
0 FacebookTwitterEmail

आज जुन ५, विश्व वातावरण दिवस। ज्येष्ठ शुक्ल षष्ठी अर्थात् सिथि नखः। पानीका श्रोतहरूको सरसफाइ र सुव्यवस्था गर्ने पर्व। अरू वातावरणसम्बन्धी यी दुई पर्व मनाइरहेका बेलामा काठमाडौँको एउटा अव्यवस्थित बस्ती कपनमा भने आकाशतिर हेरेर पानी पर्ने हो की बाढी आउने हो भनेर बस्न बाध्य छन् स्थानीय बासिन्दा।

कपनको मिलन चोक आसपासको क्षेत्र भएर बग्ने ठाडो खोला वातावरणलाई पूरै वेवास्ता गरेर नेपालमा विकास कसरी हुन्छ र त्यसले कसरी विनाश ल्याउँछ भन्ने कुराको राम्रो उदाहरण हो। विकास यसरी चाहिँ गर्न हुँदैन भनेर पाठ्यपुस्तकको एउटा पाठ बनाएर विद्यार्थीलाई पढाउनु पर्ने उदाहरण हो।

काठमाडौंको कपन मिलन चोक, भृकुटी चोक, तेन्जिङ चोक वर्षायाम सुरुभएपछि सँधै …

खोलामा बस्ती कि बस्तीमा खोला: मिलन चोकको कथा
0 comment
0 FacebookTwitterEmail

पहिलो त्यता कोही जाँदैनथ्यौं, डर लाग्ने ठाउँ थियो। झार थियो। हामीले त्यतिबेला थाहा पाउँदा ताल ठूलो थियो। त्यतिबेला कमलपोखरी ताललाई बुडुवा भन्थ्ये। अहिले त तालको छेउछाउको जग्गा मिचेर, अहिले धान खेत छ त्यहाँ।’

७९ वर्षीय केशबहादुर विश्वकर्माले वताएको यो ताल अहिले पोखरा महानगरपालिका वडा नं १३ कुँडहरमा पर्छ। १ सय ८२ रोपनी क्षेत्रमा फैलिएको ताल खुम्चिएर हाल ३२ रोपनीको भएको छ। केशबहादुर वा हस्तिमाया विश्वकर्माले आमा समूह बनाएर ताल नजोगाएको भए अहिले त्यही ३२ रोपनीको ताल पनि देखिने थिएन।

विश्व रामसार सूचीमा सूचीकृत कमलपोखरी तालको संरक्षणका लागि जीवन विताउनु भएकी ७४ वर्षीय हस्तिमाया भन्नुहुन्छ, ‘त्यतिबेला …

विश्वकर्मा समुदायले जोगाइदिएको पोखराको कमलपोखरी
0 comment
0 FacebookTwitterEmail

मृग पालेर उर्वर मृगस्थलीलाई उजाड मरुभूमि जस्तो बनाइएपछि बल्ल अहिले कोषले राष्ट्रिय वन्यजन्तु विभागलाई केही मृग हस्तान्तरण गर्ने पहल थालेको छ। पर्याप्त चरन क्षेत्र चाहिने यस्ता प्रकृतिप्रेमी जनावरलाई तारजालीभित्र थुनेर कोषले धार्मिक क्षेत्रमा किन अपराध गरिरहेको छ ?

 

झट्ट हेर्दा रमाइलो लाग्छ। फोटो खिचाउन झुम्मिएका सर्वसाधारण, हातमा चाउचाउ र बिस्कुट लिएर लाइन लागेका अवलोकनकर्ता अनि मान्छेलाई देखेर नजिकिएका तारबार भित्र थुनिएका सुन्दर मृगको बथान।
हिन्दू धर्मसँग जोडिएको पवित्र पाशुपत क्षेत्रको श्लेस्मान्तक वनको मृगस्थलीमा देखिने यो सामान्य दृश्य हो। २०६१ सालमा सदर चिडियाखाना जाउलाखेलबाट तत्कालीन महेन्द्र प्रकृति संरक्षण कोषसँगको सहकार्यमा पशुपति क्षेत्र विकास कोषले १८ वटा कृष्णसार, १० वटा चित्तल …

त्यो मृगस्थली ! न जोगिए मृग न जोगियो प्रकृति
0 comment
0 FacebookTwitterEmail

यार्सागुम्बा संकलनका लागि मनाङ आएको हो। लेकमा बसेको साढे एक महिना भयो। यार्सा ठेकेदारले लिने र चार जनाको लागि साढे चार लाख खर्च गरेको छ’, तामाङले भन्नुभयो- ‘पिसको चार सयमा ठेकेदारले लिन्छ । पुर्जी र रासनको खर्च पुग्ने गरी संकलन गरेको छु। गतवर्ष भने घाटा भएको  थियो।’

 

मनाङ-औषधीजन्य जडिबुटी यार्सागुम्बा संकलन रोकिएको छ । हिमाली जिल्ला मनाङमा हिमपात हुन थालेपछि यार्सागुम्बा संकलनका लागि खर्कमा पुगेका संकलकहरू फर्किएका छन्।

हिमपातले गर्दा यार्सागुम्बा संकलन गर्न सक्ने अवस्था नभएपछि बेसी फर्किएको धादिङका मिलन तामाङले बताउनुभयो। ‘मनाङमा पानी परेपछि भ्राताङ लेकमा हिउँ पर्दा बेसी झरेको हो। यार्सागुम्बा संकलन गर्न नसकेर बेंसीतर्फ फर्र्किएको हो। …

हिमपातका कारण खर्कबाट फर्किए यार्सागुम्बा संकलक
0 comment
0 FacebookTwitterEmail

निकुञ्ज भन्छ, बाघ बढेको संकेत

चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गतको हात्ती प्रजनन् केन्द्र सौराहामा माउतेको जागिर सुरु गर्दा रमेशको उमेर २० वर्षको थियो ।  काममा लागेको पाँच महिना मात्रै भएको थियो । गएको वैशाख ६ गते बाघले आक्रमण गर्‍यो। हात्ती चराएर फर्किने क्रममा जंगलबाट बाहिर नै निस्कन पनि पाउनुभएन रमेशले। काम थालेको पाँचै महिनामा जीवन गयो ।
जंगलभित्र काम गर्ने रमेश मात्रै होइनन् । निकुञ्जको मध्यवर्ती क्षेत्रसँग दैनन्दिन जोडिनुपर्ने बाध्यता रहेका व्यक्तिहरू पनि बाघको शिकार हुने गरेका छन् । यही जेठ ८ गते आइतबार भरतपुर महागरपालिका १३ की फूलकुमारी बोटलाई बाघले आक्रमण गर्‍यो ।
मध्य दिउँसो दुई बजे उनी चितवन राष्ट्रिय …

0 comment
0 FacebookTwitterEmail
खोइ कुवा? न छ पोखरी, न त ढुंगेधारो
पानीका भरपर्दा स्रोत (ढुङ्गेधारा, कुवा र पोखरी) संरक्षण गर्दा संकटका सारथी बन्छन् भन्ने एउटा गतिलो उदाहरण धुम्बाराही चोकसँगैको जोर कुवा हो । जहाँ वर्षैभरि पानी जम्मा भइरहन्छ र आसपासका सयौं सर्वसाधारण वर्षौदेखि यही कुवाको पानीमा आश्रित छन् ।

—-

 

ढुंगेधारा र कुवाको इतिहास काठमाडौको प्राचीन सभ्यतासँग जोडिएको छ। अहिलेको पुस्ता भने ढुंगेधारा अथवा कुवाको महत्त्व थाहा पाउनेस्थितिमा छैन। कुवाको चिसो पानी अथवा ढुंगेधाराबाट कलकल निस्कने भूमिगत पानीलाई आधुनिकताले पुरिदिएको छ।
पानीका यी मुहान संकटमा पारेका छन्। परिणाम काठमाडौको तिर्खा मेट्ने भरपर्दा स्रोत कुवा, ढुङ्गेधारा तथा इनारहरू लगभग मासिएका छन्। जति अस्तित्वमा …

पानी सुक्दै जमिन भासिदै: शहरको अस्तित्व नै संकटमा
0 comment
0 FacebookTwitterEmail

हरितगृह ग्यासहरू, समुद्रको सतहमा वृद्धि र तापक्रमको रूपमा बढ्दो समुद्री अम्लीकरण रेकर्ड स्तरमा पुगेको छ।

विश्व मौसम विज्ञान संगठन (डब्लुएमओ)ले  सन् २०२२ को मे १८ मा जारी गरिएको नयाँ प्रतिवेदन अनुसार, विश्व जलवायु सम्बन्धी प्रकोपतिर अघि बढिरहेको छ, किनकि जलवायुसम्बन्धी चार प्रमुख सूचकहरूले २०२१ मा रेकर्ड पार गरेका छन्। हरितगृह ग्यास (ग्रिनहाउस ग्यास) को मात्रा, समुन्द्री सतहमा बृद्धि, समुन्द्री तापक्रम वृद्धि र अम्लीकरण इतिहासकै उच्च विन्दुमा पुगेको पाइएको छ ।

वैज्ञानिकहरूले अन्नाइसौं शताब्दीको उत्तरार्ध देखि यी सूचकहरूको निरन्तर निगरानी गरिरहेका छन्। डब्लुएमओले जारी गरेको ‘२०२१ स्टेट अफ द ग्लोबल क्लाइमेट’ प्रतिवेदनले यसका लागि हरितगृह ग्यासको द्रुत गतिमा बढ्दो उत्सर्जनलाई दोष …

विश्व विनाशको बाटोमा: जलवायुसँग सम्बन्धित चार प्रमुख सूचकहरूले सन् २०२१ मा कीर्तिमान तोडे
0 comment
0 FacebookTwitterEmail

च्याउले पनि एक आपसमा कुराकानी गर्छन् भन्दा तपाइँलाई अनौठो लाग्ला तर वैज्ञानिकहरूले यस्तै भएको पाएका छन्। च्याउले विद्युतीय आवेगहरूको उपयोग गर्दै एक अर्कासँग गफ गर्दा ५० भन्दा बढी शब्द प्रयोग गरेको पाएका छन्। जब च्याउको सम्पर्क खाद्य स्रोत वा संभावित खतरासँग हुनपुग्छ त्यसवेला यस्तो सवांद हुने गरेको दाबी वैज्ञानिकहरूले गरिरहेका छन्।

अध्ययनले के देखाएको छ भने च्याउ उमार्न प्रयोग गरिने पराल वा छ्वालीमा उम्रिएका स्पलिट गिल जातको च्याउलाई कुनै पनि काठ (फरेन उड) सँग छुवाइयो भने त्यसले खतरा महसुस गरी तीव्र विद्युतीय आवेगहरू उत्पादन गर्दछन्।

लुइस क्यारोलले १८६५ मा एलिस एडभेञ्चर्स इन वण्डरल्याण्ड (पुस्तक) लेख्ने क्रममा धूमपान गर्ने बिरालाहरू र …

विज्ञान: गफाडी च्याउ
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved