गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि लुम्बिनीको भ्रमणमा आउने पर्यटकको संख्या ह्वात्तै बढ्ने नेपाली बुझाइले फेल खाएको छ। यो विमानस्थलको प्रयोजन लुम्बिनी आउने धार्मिक पर्यटकसँग मात्र सीमित त होइन तर यसको प्रमुख लक्ष्य भने धार्मिक पर्यटक नै रहेको पाइन्छ। यस अन्तर्राष्ट्रिय विमानस्थलका सम्बन्धमा भएका कागजात तथा विचारविमर्शहरूले यो कुराको पुष्टि गर्दछ। यसरी नै प्रचार गरिँदै आएको वर्षौवर्ष भइसक्यो पनि तर बौद्ध स्थलको भ्रमणमा आउने पर्यटकहरू मात्रै होइन, अन्यका लागि पनि यो विमानस्थल अपेक्षा गरिएजस्तो उपयोगमा आउन सकिरहेको छैन।
विमानस्थलको उद्घाटनका बेला दैनिक दशदेखि पन्ध्र वटासम्म उडान भर्ने अपेक्षा राखिएको थियो तर उद्घाटनको छ महिना बितिसक्दासमेत हप्तामा बल्ल एउटा उडान भरेर …
