Home » विचार » Page 31
Category:

विचार

विश्व आर्थिक मञ्चले भर्खरै जारी गरेको  विश्वव्यापी लैंगिक अन्तर प्रतिवेदन, २०२२ मा पाकिस्तान अन्तिमबाट दोस्रो स्थानमा छ। प्रतिवेदनले शैक्षिक उपलब्धि, आर्थिक सहभागिता, स्वास्थ्य र राजनीतिक सशक्तिकरणलगायतका क्षेत्रमा लैङ्गिक अन्तर कति ठूलो छ भनेर मापन गरेको छ। यो सूचकांकमा समावेश भएका १४६ देशहरूमध्ये, पाकिस्तान १४५ औं स्थानमा छ, जुन अफगानिस्तान भन्दा अलिकित मात्र राम्रो छ। समाचारले कसैलाई अचम्म पार्दैन। पाकिस्तान अस्तित्वमा आएदेखि नै पुरुषको देशमा नारी हुनुको डर र असुविधाप्रति विलाप हुँदै आएको छ। असमानता ठूला छन् – र यदि कसैलाई कति ठूलो छ भनेर वास्तवमै बुझ्ने चाहना छ भने, त्यसका लागि यो प्रतिवेदन उपयोगी छ। यदि तपाईं  संख्यामा हेर्न चाहानुहुन्छ …

0 comment
0 FacebookTwitterEmail

पिपलको रुखलाई प्राचीन र पवित्र रूख मानिन्छ। वैदिक कालमा पिपललाई पिप्पल र अश्वत्थ दुवै नामले जनाइन्थ्यो। धर्मग्रन्थहरु अनुसार हिन्दू धर्ममा पिप्पल वा अश्वत्थ, बौद्ध धर्ममा बोधि, जैन धर्ममा पीपल, क्रिश्चियन धर्ममा फिकस रिलिजियोसा वा फिग ट्रि भनिने पिपललाई संसारकै पवित्र रूख मानिन्छ। गौतम बुद्धलाई पिपलको वृक्षमुनि बसेर ध्यान गर्दा बुद्धत्व प्राप्त भइकाले यसलाई बोधिवृक्ष भनिन्छ। जैन धर्मका १४ औँ तीर्थङ्कर अनन्तनाथले पनि पिपलका रूखमुनि बसेर ज्ञान प्राप्त गरेको कुरा जैन साहित्यले बताउँछ। अङ्ग्रेजीमा फिकस रिलिजियोसा वा फिग ट्रि भनिएको छ। अङ्ग्रेजी भाषाको वंशमूल जनाउने जीनसबाट लिइएको नाम फिकस र ल्याटिन रिलिगियोसा वा रिलिजियोसाले पनि फिग ट्रि लाई क्रिश्चियन धर्मकै आधारबाट …

0 comment
0 FacebookTwitterEmail

पाँचथरको मिक्लाजुङ गाउँपालिकामा एउटा विशाल मूर्ति बनेको छ, गौतम बुद्धको हाउभाउ वा आकृति दर्शाउने गरी। बनाइएको मूर्ति गौतम बुद्धकै हो तर बेढङ्गको। आजभोलि नेपालमा बुद्धको बेढङ्गका मूर्तिहरूको निर्माण गर्ने प्रवृत्ति देखिएको छ। एक समय सुन्दर र कलात्मक मूर्ति निर्माणमा कहलिएको नेपाली कला अहिले ह्रासोन्मुख छ। केही अघिबाट अर्को प्रवृत्ति पनि देखिएको छ– बुद्धले मूर्तिपूजाको विरोध गरेका थिए तर विश्वमा उनकै मूर्ति बढी बन्छ भन्ने पाण्डित्याइँ छाँट्ने। यिनीहरू यसो भन्न पनि बाँकी राख्दैनन्– बुद्धले ‘मेरो मूर्ति नबनाउनू, पूजा पनि नगर्नू। भगवान्‌को मात्रै मूर्ति बनाएर पूजा गर्ने हो, म भगवान् होइन’ भनेका थिए रे!

बुद्ध र भगवान् बारेको यो भनाइ सर्वथा गलत …

मिक्लाजुङमा बेढङ्गको मूर्ति: छैनन् बुद्ध बुद्धजस्ता
0 comment
0 FacebookTwitterEmail

हामी यस्तो स्थितिमा छौ:

मुहारपुस्त (फेसबुक) खोलेर भित्ता उभोँ सार्दै गर्दा इलामका किशोर चाहारको लेखोट (स्टाटस) मा ट्वाक्क आँखा अडिन पुगे। उनले लेखेका रहेछन्: “देशलाई बचाउने अब एउटै उपाय छ: सङ्घीयता र समानुपातिक सभासद्को खारेजी। नभए देशलाई अब श्रीलङ्का हुनबाट कसैले जोगाउन सक्दैन”। उनको टिपोटमा कुनै मित्रले टिप्पणी लेखे: “शेरबहादुर, केपी, प्रचण्ड, बाबुराम, उपेन्द्र आदिलाई संसद्मा छिर्नै नपाउने गरी नहराएसम्म सङ्घीयता खारेजै गरे पनि देश बन्दैन”। भित्तो उभो सार्दै लगेँ। कसैले समाचार साझा गरेको भेटेँ: “प्रदेशको अर्थ रहेन दुई तहको सङ्घीयता कायम गरेर अगाडि बढौँ: देव गुरुङ”। अझै तल सार्दै जाँदा अर्को समाचार साझा गरेको भेटेँ: “समानुपातिक सभासद र प्रदेश …

राज्यसंरचनाको जनअपेक्षित ढाँचा र बदलिनुपर्ने नागरिकका भूमिका
0 comment
0 FacebookTwitterEmail

मुद्दाको चाप धेरै
नेपालका अदालतहरूमा मुद्दाको चाप कायमै छ। न्यायाधीशको दरबन्दी क्रमश: बढिरहेको छ। साविकमा सर्वोच्च अदालतमा प्रधान न्यायाधीशसहित एक्काईस जना न्यायाधीशको दरबन्दी रहने व्यवस्था गरिएको छ। यसैगरी अहिले उच्च अदालतमा न्यायाधीशको संख्या १६० रहेको छ। जिल्ला न्यायाधीशको संख्या २८७ रहेको छ। पछिल्लो तीन वर्षमा जिल्ला न्यायाधीशको दरबन्दी ४७ जना थप भएको हो। न्यायाधीशहरूको दरबन्दी बढेको छ तर अदालतमा मुद्दाको संख्या पनि बढिरहेको छ। अदालतमा पुराना मुद्दाको बक्यौता पनि सोही अनुपातमा बढिरहेको छ। गतवर्षको वार्षिक प्रतिवेदनलाई आधार मानेर हेर्दा सर्वोच्च अदालतमा २७,७७७ थान मुद्दा विचाराधीन रहेका छन्। ती मध्ये करिब पन्ध्र हजार मुद्दा दुई वर्ष नाघेका छन्। पाँच वर्ष नाघेका …

कसरी पुगोस् न्यायमा पहुँच; कोही छानबिनको दायरामा, कोही काजमा
0 comment
0 FacebookTwitterEmail

तालि बजाउनु विश्वव्यापी रूपमै सहज मानवीय अभ्यास हो। भजन कीर्तनमा ताली बजाउनु धार्मिक संस्कार हो। हिन्दु, ईसाई, ईस्लाम, सिख, बौद्ध आदि सबै धर्ममा ताली बजाउने चलन रहेको पाइन्छ। भजन कीर्तनमा ताली बजाउनुलाई शुभ सूचक
मानिन्छ। सांगीतिक धुनको लागि पनि तालि बजाइन्छ। खुसी साझा गर्न एवं अरुलाई उत्साह वा शुभकामना दिँदा पनि तालि बजाउने अभ्यास हामी कहाँ छ।
तालि बजाउनु, हेर्दा सानो शारीरिक क्रिया जस्तो देखिन्छ। त्यसलाई धेरैले सचेत रूपमा अभ्यास गरेको हुँदैन। केहीलाई तालि बजाउनु व्यर्थ जस्तो लाग्छ। अरुले गडगडाहट ताली बजाइ राख्दा पनि धैरे मान्छ हात जोडेर शान्त भएर बसेका हुन्छन्। त्यस्ता व्यक्तिलाई उत्साहहीन मान्न सकिन्छ।
ताली बजाउनुको अर्थ …

ताली बजाउनुहोस्, रोग निको पार्नुहोस् !
0 comment
0 FacebookTwitterEmail

लैंगिक न्याय र स्वतन्त्रतामा आफ्नो विश्वासको प्रतीक कालीको छविलाई एक महिला निर्देशकले आफ्नो कुरा भन्नका लागि छनौट गरिन। त्यसको विरोधमा इन्टरनेटमा आगो ओकलिरहेका यी ‘आस्थावान’ हरू महिलाहरू स्वतन्त्रताको यो उन्मुक्त चित्रणबाट डराएका हुन त? वा कालीको स्वतन्त्रताको पक्षमा नारीले गरेको कुराले उनीहरूलाई अप्ठ्यारो परिरहेको छ?

“त्यसपछि अम्बिकाले ती शत्रुहरूप्रति ठूलो क्रोध प्रकट गरिन्। त्यतिबेला रिसले उनको अनुहार कालो भयो। निधारमा आँखीभौंहरू माथि उठेका थिए, र त्यहाँबाट तुरुन्तै तरबार र पासो बोकेकी विकरालमुखी काली देखा परिन। उनी मालाले सजिएकी थिइन्। उनको शरीरको मासु सुकेको थियो, हड्डीको संरचना मात्र थियो, जसले गर्दा उनी निकै डरलाग्दो देखिइन। उनको मुख एकदमै ठूलो थियो, मुखबाट …

कालीको दिगम्बर र स्वतन्त्र स्वरूपबाट तर्सेकाहरू
0 comment
0 FacebookTwitterEmail

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीद्वारा सञ्चालित पछिल्लो शसस्त्र विद्रोहको सुरक्षित अवतरण (सेफलेण्डिङ्) र त्यस पार्टीमा आएको विग्रहपछि अब नेपाली राष्ट्रिय समाजमा राजनीतिक क्रान्ति र विद्रोहको अवसान भएको हो त? नेकपा (माओवादी) द्वारा सञ्चालित दशवर्षे सशस्त्र युद्धको अवतरण र वर्तमान संविधान प्राप्तिपछि यो दल कैयौं समूहमा विभाजित बन्दै र कमजोर हुँदैजाँदा अब त्यसको नेतृत्वमा पुन: क्रान्ति हुने सम्भावना समाप्त भएको हो ? मधेसी जनअधिकार फोरमदेखि विभिन्न नामहरूमा परिवर्तित हुँदै मधेश विद्रोहको अगुवा बन्न पुगेको उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजित भएर छरिएको अवस्थामा त्यस पार्टीको नेतृत्वमा मधेस लगायत नेपाली राष्ट्रिय समाजको रूपान्तरणका लागि पुन: विद्रोह र क्रान्ति हुने सम्भावना …

नेपालमा क्रान्तिको अवसान कि नयाँ क्रान्तिको सन्नाटा?
0 comment
0 FacebookTwitterEmail

पाटनका मल्लकालीन नेवार राजा सिद्धिनरसिंह मल्लले मन्दिर, मूर्ति तथा वास्तुकलाका साथै अमूर्त कलातर्फ समेत धेरै रूचि लिए। हरेक वर्ष पाटन दरबार परिसरमा कात्तिक नाच नचाउने तथा शास्त्रीय सङ्गीतमा भजनहरू गाउन लगाउने परम्परा बसाले। चारसय वर्ष पूर्वका कृष्णका भक्त कवि राजाले कृष्णप्रतिको आस्थाबाट प्रेरित भई नेवार भाषामा थुप्रै भक्ति गीतहरू रचना गरे। ती गीतहरूमा प्रयोग गरिएका कतिपय शब्दहरू विभिन्न भाषाबाट आएको देखिएको हुँदा उपत्यका बाहिरका कला, संस्कृति, एवम् भाषाको प्रभाव उनीमा परेको बुझ्न सकिन्छ। उनले धेरै गीति कविता रागमालाको रूपमा लेखे। ती भक्तिगीतहरू विभिन्न ऋतु र पर्व सुहाउँदो रागमा त्यो बेलादेखि अद्यापि गाइने चलन छ।

ती भजनहरूलाई सङ्कलित गरी रागमाला सिर्जना …

सिद्धिनरसिंह मल्लका गीतमालामा आधारित चित्रकला
0 comment
0 FacebookTwitterEmail

सबैभन्दा पहिला सरकारको नेतृत्व गरेको एक वर्ष पूरा भएकोमा पार्टी सभापति शेरबहादुरजीलाई बधाइ दिन चाहन्छु । आगामी संसद् र प्रदेशसभाको निर्वाचनको बेलासम्म सरकारको नेतृत्व गरिरहन सफलता पाउनु होस् भन्ने शुभकामना पनि दिन चाहन्छु ।
नेपालमा लोकतन्त्र र नेपाली कांग्रेसका लागि कांग्रेस नेतृत्वमा वर्तमान गठबन्धनको सरकार रहनु स्वभाविक हो र यो आवश्यक पनि छ । त्यसका लागि हामी सबैको सहयोग रहनु पर्दछ ।
सभापति शेरबहादुरजीले स्थानीय तहको चुनाव गराउनु भयो– त्यो पनि एकै दिनमा । हाम्रो जस्तो भौगोलिक अवस्थाका कारण चरणबद्ध गराउनु पर्छ र एकै चरणमा संभव होला कि नहोला भन्ने आशंका भइरहेका बेला एकै दिन स्थानीय तहको निर्वाचन सम्पन्न हुनु …

सिद्धान्त र व्यवहारिक राजनीति दुबैलाई सँगसँगै लानुपर्छ
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved