Home » शिक्षा » Page 6
Category:

शिक्षा

वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसका विद्यार्थीको उत्तरपुस्तिका साटेको आरोपमा प्रहरीले दुई शिक्षकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ठाकुरराम बहुमुखी क्याम्पस परीक्षा शाखाका पूर्वप्रमुख मोहन यादव र त्रिजुद्ध माध्यमिक विद्यालय परीक्षा केन्द्रका सहायक प्रमुख विनोद स्वर्णकार रहेका छन्।

ठाकुरराम क्याम्पसमा अध्यनरत बिमाकुमारी यादवलाई उत्तीर्ण गराउने उद्देश्यले उत्तरपुस्तिका साट्न खोजेको प्रहरीले जनाएको छ। बुधबार परीक्षाको अन्तिम समयमा पूर्वप्रमुख यादवले छात्रा बिमाकुमारीले लेखेको उत्तरपुस्तिका त्रिजुद्ध माविको परीक्षा केन्द्रमा केन्द्र प्रमुख स्वर्णकारलाई दिँदै गरको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।

ठाकुरराम बहुमुखी क्याम्पसको बीबीएस दोस्रो वर्षको परीक्षाकेन्द्र वीरगन्जस्थित त्रिजुद्ध माविमा तोकिएको छ। बुधबार अंग्रेजी विषयको परीक्षा थियो।

यसअघिका विषयमा समेत उत्तरपुस्तिका साट्ने चलखेल भएको त्रिजुद्ध माविका …

विद्यार्थीको उत्तरपुस्तिका साट्ने दुई शिक्षक पक्राउ
0 comment
0 FacebookTwitterEmail

छोराछोरीले राम्ररी पढून् भन्ने चाहना सबै अभिभावकको हुन्छ। असल, अनुशासित अनि सुसंस्कृत बनून् भन्ने चाहना पनि नहुने कुरै भएन। तर सन्तति कस्ता बन्छन् भन्नेमा उनीहरूले पाउने शिक्षाले ठूलो भूमिका खेल्दछ। त्यसो भए विद्यालय वा कलेज शिक्षा नै पर्याप्त हो त ? पक्कै होइन।

‘अभिभावकको बुझाइ नै सन्तानलाई विद्यालय पठाइदिएपछि सबै समस्या निराकरण भइहाल्छ भन्ने छ,’ बालकल्याण आधारभूत विद्यालय चिसापानीका प्रधानाध्यापक यमबहादुर बिसी भन्नुहुन्छ, ‘तर विद्यार्थीलाई असल बनाउन अभिभावक, शिक्षक र सरकार तीनै पक्षको सहकार्य हुनुपर्छ।’

बिसीका अनुसार बालबालिका विद्यालयमा रहने सात­आठ घण्टा मात्र हो। बाँकी समय घरपरिवारमै बिताउँछन्। विद्यार्थीले विद्यालयमा सिक्ने­जान्ने अवसर पाउँछन्। तर त्यसलाई अभ्यास गर्ने घरपरिवारमै हो। त्यसकारण …

अभिभावक नै शिक्षक, बिदाको सदुपयोग गर्दै गुराँसका विद्यार्थी
0 comment
0 FacebookTwitterEmail

बैतडीको दशरथचन्द नगरपालिकाका उपप्रमुख कौशिला चन्दले प्राविधिक शिक्षा पढ्ने २२ जना विद्यार्थीलाई वार्षिक ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ।

बुधबार पत्रकार सम्मेलन गर्दै चन्दले आफूले पाउने पारिश्रमिकबाट हुन आउने रकमलाई ‘उपमेयर अक्षयकोष’ मा जम्मा गर्ने र त्यसबाट १२ छात्रा र १० छात्र गरी २२ जना विद्यार्थीलाई ५० हजारका दरले वार्षिक सहयोग गर्ने घोषणा गर्नुभएको हो।

एसईई उत्तीर्ण गरी प्राविधिक शिक्षा हासिल गर्न चाहने विद्यार्थीलाई यस कार्यक्रममा समेट्न लागिएको हो। नगरपालिकामा छनौट समिति गठन गरिने र उक्त समितिबाट छनौट भएका विद्यार्थीले सो रकम सहयोगस्वरुप पाउनेछन्। छनौटमा दलित विद्यार्थी १० जना हुनेछन् भने बाँकी आर्थिक अवस्था कमजोर भएका र लक्षित …

परोपकारी उपमेयर कौशिला : आफ्नो पारिश्रमिक विद्यार्थीलाई पढ्न सहयोग गर्दै
0 comment
0 FacebookTwitterEmail

बैतडीको पाटन नगरपालिका ९ को सरस्वती आधारभूत विद्यालयमा दिउँसो १ बजेको बजेको घण्टीले खाजा खाने समयको संकेत गर्यो। दिवाखाजा खान विद्यार्थीहरू लहरै उभिएर धारामा हात धुन थाले। हात धुने तरिकाबारे यहाँका विद्यार्थी जानकार छन्। साबुन पानीले मिचिमिचि हात धोइसकेपछि टेबलमा खाजा आइपुग्छ। अनि खान सुरु गर्छन्।

खाजा खाइसेपछि आफूलाई मन पर्ने बालउद्यानका संरचनामा गएर खेल खेल्छन्। बालउद्यानका सामग्री, शौचालय र कक्षाकोठा बालमैत्री छन्। यसले सिकाइमा मात्रै नभई अतिरिक्त क्रियाकलापमा पनि सहयोग पुग्ने गरेको छ।

कोठा पनि खुला र आकर्षक देखिन्छन्। बस्नका लागि कार्पेटमाथि म्याट्रेस र कुसुम लहरै मिलाएर राखिएको छ। फरक र आकर्षक शैक्षिक सामग्रीले कक्षाकोठा सजाइएको छ। भित्तामा बालबालिकालाई …

बैतडीमा बालमैत्री संरचना, हाँस्दै खेल्दै पढ्न पाएपछि दंग बालबालिका
0 comment
0 FacebookTwitterEmail

वीरगन्ज महानगरपालिका जनप्रतिनिधिको शपथग्रहणका बेला पूर्वमन्त्री प्रदीप यादवले भन्नुभएको थियोे, ‘महानगरपालिकाको शैक्षिक महाशाखा भ्रष्टाचारको अखडा भएको छ। यसका प्रमुख अरविन्दलाल कर्णको सरुवा नभएसम्म महानगरको विकास कुनै हालतमा हुन सक्दैन। नगरप्रमुखको पहिलो दायित्व अरविन्दलाल कर्णको सरुवा गर्नु हुन्छ।’

यादवले अरविन्दलाल कर्णको सरुवा नभएसम्म महानगरपालिकाको शैक्षिक महाशाखाको अवस्थामा कुनै प्रगति नहुने दाबी गर्नुभएको थियो।

यता वीरगन्ज महानगरपालिकाका वडा अध्यक्ष प्रदीप चौरसियाले पनि शैक्षिक प्रशासन महाशाखा भ्रष्टाचारको अखडा भएको आरोप लगाउनुभएको छ। नगरप्रमुखले शिक्षा क्षेत्रमा राम्रो काम गर्ने प्रयास गरे पनि अरविन्दलाल कर्णलगायतका शैक्षिक महाशाखाका कर्मचारीको कमिसनतन्त्रले महानगरको शिक्षालाई धरापमा पारेको उहाँको दाबी छ। ‘शिक्षकको नियुक्तिदेखि सरुवा तथा बजेट निकासा सबैमा कमिसन लिने–दिने …

वीरगन्ज महानगरको शैक्षिक महाशाखा भ्रष्टाचारको अखडा भयो :  वडाध्यक्ष चौरसिया
0 comment
0 FacebookTwitterEmail

 

नेपालका सामुदायिक विद्यालयहरूमा कार्यरत लेखापाल र सहायक कर्मचारीहरू सरकारसँगको सम्झौता अनुसार तलब वृद्धि हुन नसकेको र आफूहरूमाथि चरम श्रमशोषण भैरहेको भनी आन्दोलनमा उत्रिएका छन् ।

 देशभरी करिब ३५ हजार सङ्ख्यामा रहेका ती कर्मचारीहरूको प्रतिनिधि संस्था नेपाल विद्यालय कर्मचारी परिषद्को आह्वानमा आज उनीहरूले काठमाडौँमा थाल ठटाएर प्रर्दशन गरेका थिए ।

 सामुदायिक विद्यालयहरूमा कार्यरत लेखापालका लागि ३२ हजार ९०० रुपैयाँ र सहायक कर्मचारीको लागि २४ हजार ७०० रुपैयाँ न्यूनतम मासिक पारिश्रमिक हुनुपर्ने उनीहरूको माग छ । यस सम्बन्धमा गत भदौ १९ गते तत्कालीन शिक्षामन्त्री देवेन्द्र पौडेलले सो परिषद्सँग न्यूनतम पारिश्रमिक वृद्धि गरी उल्लेखित रकम आगामी बजेटबाट उपलब्ध गराउने सम्झौता गर्नुभएको थियो

सामुदायिक विद्यालयका ३५ हजार कर्मचारी आन्दोलित 
0 comment
0 FacebookTwitterEmail

अफगानिस्तानका तालिवानी शासकहरूको लहडपनका कारण अफगानिस्तानका पाँच लाखभन्दा बढी  बालबालिकाको भविष्य अन्धकारमा परेको छ।पछिल्लो समयमा बालबालिकाको क्षेत्रमा काम गर्ने संघसंस्थामा नै तालिवानीहरूले प्रतिबन्ध लगाएपछि अफगान बालबालिकाको अवस्था संसारले नै परित्याग गरेको जस्तो भएको छ।

युनिसेफले हाल विद्यालय बाहिर रहेका अफगान बालबालिकालाई शिक्षा प्रदान गर्ने अन्तर्राष्ट्रिय गैर-सरकारी संस्थाहरू (एनजीओ) मा तालिबान सरकारले लगाएको कथित प्रतिबन्धप्रति चिन्ता व्यक्त गरेको छ। यो प्रतिबन्धले लगभग पाँच लाखभन्दा बढी  बालबालिकाहरूको शिक्षा जोखिममा पार्ने युनिसेफले जनाएको छ ।

राष्ट्रसंघीय निकाय युनिसेफले शिक्षा क्षेत्रमा प्रत्यक्ष रूपमा संलग्न विदेशी संस्थाहरूका अधिकारीहरूले विरोध गरेको रिपोर्टका सम्बन्धमा सक्रिय रूपमा थप जानकारी खोजिरहेको बताएको छ।

झण्डै दुई वर्षअघि सत्ताग्रहण गरेदेखि तालिबानले …

0 comment
0 FacebookTwitterEmail

अमेरिकाको भर्जिनियास्थित रिचमन्ड इलाकामा रहेको युनिभर्सिटीमा गोली चलेको छ। रिचमन्ड इलाकाको मनरो पार्कनजिक युनिभर्सिटी परिसरमा हाइस्कुल ग्रयाजुएसन सेरेमोनीका बेला गोली चलेको हो। गोली लागेर दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। गोली प्रहार गर्ने दुई जनालाई प्रहरीले हिरासतमा लिएको छ, जसमध्ये एक जनाको उमेर १९ वर्ष रहेको बताइएको छ।

गोली चल्नु केही समयअघि अल्ट्रिया थिएटरमा ग्रयाजुएसन सेरेमोनी सुरु भएको थियो। गोली लागेर मृत्यु हुनेहरु सेरेमोनीमा भाग लिन आएका थिए। मृत्यु हुनेमध्ये एकको उमेर १८ र अर्काको उमेर ३५ वर्ष रहेको बुझिएको छ।

रिचमन्ड पब्लिक स्कुलका अधिकारीका अनुसार सोही साँझ दुई अन्य स्कुलको ग्रयाजुएसन समारोह पनि थियो। …

अमेरिकाको युनिभर्सिटीमा गोली चल्दा दुई जनाको मृत्यु
0 comment
0 FacebookTwitterEmail

रोहिणीको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि १९ बुँदे प्रतिबद्धता जनाएको छ। रोहिणी गाउँपालिकाको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि प्रधानाध्यापक तथा सरोकारवालाहरुले प्रतिवद्धता जनाएका हुन्। गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले रोहिणी–३ स्थित धकधईमा आयोजना गरेको शैक्षिक वर्ष २०७९ को पढाइ समीक्षा (सिकाइ उपलब्धि विश्लेषण) कार्यक्रममा प्रधानाध्यापक तथा सरोकारवालाहरुले १९ बुँदे प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका छन्।

बितेको शैक्षिकसत्रको अवस्थाबारे बृहत् रुपमा समीक्षा गर्न कार्यक्रम गरिएको गाउँ शिक्षा समिति सदस्य तारानाथ त्रिपाठीले बताउनुभयो। उहाँले विगत २–३ वर्षदेखि कोभिड–१९ लगायत कारणले अपेक्षित रुपमा शैक्षिक गुणस्तर सुधार एवं अभिवृद्धि हुन नसकेको बताउँदै विगतका वर्षको सिकाइ उपलब्धि विश्लेषण गरी नयाँ तरिकाले कसरी अघि बढ्ने भन्नेबारे कार्यक्रममा छलफल गरिएको …

रोहिणी गाउँपालिकाको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न १९ बुँदे प्रतिबद्धता
0 comment
0 FacebookTwitterEmail

जापान जस्तो अति विकसित देशमा समेत जापानमा रहेका विदेशी नागरिकहरूका बालबालिकामध्ये ६ प्रतिशत बालबालिकाले विद्यालय भर्ना नगरेको आश्चर्यजनक तथ्यांक सार्वजनिक भएको छ ।

जापानको शिक्षा मन्त्रालयले सन् २०२२ मा गरेको सर्वेक्षण अनुसार जापानमा रहेका आप्रवासीहरूका एक लाख ३६ हजार ९२३ बालबालिकाहरू प्राथामिक तथा आधारभूत शिक्षाका लागि विद्यालय जान योग्य देखिएका छन् । 

तर, शनिबार सार्वजनिक गरिएको मन्त्रालयको सर्वेक्षण प्रतिवेदन अनुसार त्यस्ता बालबालिकामध्ये ८ हजार १८३ जना विद्यालय भर्ना भएका छैनन् ।
जापानको शिक्षा मन्त्रालयले ठूलो सङ्ख्यामा विद्यालय बाहिर बालबालिका रहनुलाई चिन्ताजनकरूपमा लिदैँ त्यस्ता बालबालिकाहरूको विद्यालय भर्नाको लागि उनीहरूको अभिभावकलाई उचित सूचना दिने अभियान सुरु गरेको छ । 

विद्यालय भर्नाबाट बाहिर

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved