एक जमाना थियो जुनबेला मान्छेले सबथोक काँचै (प्राकृतिक वा अप्रशोधित) खाने गर्थे। आगोको आविष्कार भएपछि खाद्य पदार्थलाई आधा पकाएर, पकाएर वा उमालेर खान थालियो। पकाइएको खानालाई स्टोर गर्ने चलन थिएन। एकपटक पकाइएको खाना बारम्बार खाने चलन पनि थिएन। खानालाई प्याक गरी राखेर खाने चलन त छँदै थिएन। काँचो खाद्य पदार्थलाई प्राकृतिक विधिद्वारा प्रशोधन गरी मसला, मस्यौरा, सुकुटी आदि बनाउने चलन मात्र थियो।
अहिलेका मान्छेहरू अधिकांश खाद्य पदार्थ पकाएर खाने गर्छन्। व्यस्त जीवनशैलीका कारण एकपटक पकाइएको खाना फ्रिजमा स्टोर गरेर बारम्बार खाने गर्दछन्। पकाइएको केही परिकार प्याक गरेर राखिन्छ। यसरी एकपटक बनेको खानालाई पटकपटक खाने चलन अहिले चलेको छ। भात, रोटी, …
