नेपालीहरूको महान चाड दशैं आउनै लागेको छ। दशैंमा मिठो खानु पर्छ वा खान पाइन्छ भन्ने सोच र अपेक्षा आम मानिसको हुन्छ। खाना स्वादिलो बनाउन विभिन्न खालका मसलाको अधिक प्रयोग गरिन्छ। जसले गर्दा मिठो खाने चक्करमा चाडपर्वका बेला धेरै मानिस बिरामी हुने गर्दछन्। मसलाहरूको प्रयोग सही रूपमा गर्न जानिएन भने यसले स्वास्थ्यमा प्रत्यक्ष हानी पुर्याउँछ।
अन्यत्र भन्दा नेपाल र भारतमा मसलाको प्रयोग अधिक हुने गर्दछ। मसलाको प्रयोग नेपाली एवं भारतीयहरूको संस्कार एवं संस्कृतिकै रूपमा रहेको छ। मसलाहरू स्वास्थ्यका लागि हानिकारक हो कि स्वस्थकर ? भन्ने प्रश्न पनि धेरैको मनमा होला। मसला स्वस्थको लागि हानिकारक नै हुन्छ भन्ने धारणा पनि हुनसक्छ। यसको …
