शुक्रवार बिहान वीरगन्जमा एक महिलाको हत्या भएको छ । पर्सामा दुई हप्ता अगाडि भएको हत्याको घटना सेलाउन नपाउँदै अर्को हत्याको घटना भएको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १ छपकैयामा महिलाको हत्या भएको हो । धारिलो हतियारले प्रहार गरी छपकैया की पुनम देवीको हत्या भएको प्रहरी स्रोतले जनाएको छ ।
टाउकोमा गम्भीर चोट लागेर घाइते भएकी पुनमको उपचारको लागि नेशनल मेडिकल कलेज पुर्याइएको थियो । मृतकको अत्यधिक रक्तस्रावको कारण मृत्यु भएको जनाइएको छ ।
स्रोतका अनुसार घटना स्थलमा प्रहरी जाँदा उनी अचेत अवस्थामा थिइन् । मृतक पुनम घरमा एक्लै बस्दै आएकी थिइन्। पुनम देवीको श्रीमान् भारत राजस्थानको ग्वालियरमा छन् । उनको एक छोरा र एक छोरी छन् । छोरीको बिहे भइसकेको छ भने छोरा पढाइको सिलसिलामा भारतकै दिल्लीमा छन्।
घटनाबारे प्रहरीलाई बिहान ४ बजे जानकारी गराइएको थियो । जितिया पर्वका लागि बिहानै उनको घरमा पुगेकी बहिनीले दिदीलाई अचेत अवस्थामा बेडमा लडिरहेको देखे पछि प्रहरीलाई जानकारी गराइएको थियो ।
लगभग दुई हप्ताको अन्तरालमा पर्सा जिल्लामा दुई महिलाको हत्याले स्थानीयवासीको शान्ति सुरक्षालाई लिएर ठुलो त्रास उत्पन्न भएको छ ।
यसअघि २ असोजमा जगरनाथपुर मसिहानीकी कान्तिदेवी बिनको धारिलो हतियार प्रयोग गरी हत्या भएको हो ।
मृतक पुनम देवी हत्या प्रकरणमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । हत्याको घटनामा संलग्न रहेको आशङ्कामा प्रहरीले सोधपुछका लागि एक जनालाई नियन्त्रणमा लिएको स्रोतले जनाएको छ ।
पर्सा प्रहरी नियन्त्रणमा रहेका युवकसँग सोधपुछ चलिरहेको र आरोप पुष्टि भई नसकेकोले नाम गोप्य राखिएको प्रहरी स्रोत जनाएको छ । प्रहरी नियन्त्रणमा रहेका ती युवक मृतक पुनमको छिमेकी नै रहेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय पर्सामा राखी उनीमाथि अनुसन्धान जारी रहेको स्रोतको भनाइ छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
अनिल तिवारी /वीरगञ्ज का अन्य पोस्टहरु:
- पर्सामा बालिका बलत्कार, बिचौलियाको सक्रियतामा मुद्दा दबाउने प्रयास भएको आरोप
- मेयर संम्लग्न किर्ते नागरिकता प्रकरण: एक हप्ता देखि जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन
- शिविर लगाएर धार्मिक ठगी, पक्राउ पर्ने सूचना पाएपछि फरार भए काली कम्बल
- उपेन्द्र यादवको चर्को बिरोध पछि जसपा सरकारमा नजाने सङ्केत
- दलाई लामा र चिसिँदै गएको अमेरिका चिन सम्बन्ध !
- क्याम्पसको नवनिर्मित भवनमा गाई गोठ, भवन निर्माणमा अनियमितता भएको आरोपपछि ठेक्कापट्टाको फाइल नै गायब
- किर्ते नागरिकता प्रकरण: सूचना माग्दा प्रमाण गायब, प्रमाण लुकाउन १० लाखको चलखेल भएको आशङ्का
- वीरगन्जको एक सहकारीमा महानगरपालिको सिलबन्दी, जीवी राईलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन
- मेयर जोडिएको किर्ते नागरिकता प्रकरण: छानबिन गर्न समिति गठन
- नक्कली बाबु बनेर नागरिकता दिने वीरगन्ज महानगरपालिका प्रमुख सिंह विरुद्ध उजुरी दर्ता