बाराको सदरमुकाम कलैयामा होटलका कर्मचारीहरूलाई भ्याइ नभ्याई छ । पहिले सुनसान जस्तै हुने कलैयाका सेकुवा पसलहरू अहिले भरि भराउ हुन थालेका छन् । होटलमा आउने अधिकांश दलका नेता वा कार्यकर्ताहरू नै अहिले होटलका ग्राहक हुने गरेका छन् । बैशाख १० गतेको उपनिर्वाचन नजिकिँदै जाँदा मधेस प्रदेशको राजनैतिक ध्यानाकर्षण बारा तिर केन्द्रित हुँदै गएको छ ।
चुनावी क्षेत्रका प्राय सबै घरघरमा मत माग्दै मासु बाढ्ने तथा टाेल टाेलमा अहिले पनि भाेज गर्दै हिड्ने उम्मेदवार तथा कार्यकर्ताहरूले आचारसंहिताको धज्जी उडाइरहेका छन् । यस्ताे विकृति रोक्न निर्वाचन कार्यालयले कुनै पहल गर्न नसकेकाे समाजसेवीकाे गुनासाे छ ।
केन्द्रीय देखि प्रदेश सरकारका मन्त्री हुँदै सबै दलका नेताहरूले अहिले बारा जिल्ला भरिभराउ हुने गरेको छ । प्रतिनिधिसभा सदस्यको यो उपनिर्वाचनमा सहभागी दलहरूद्वारा आचारसंहिता उल्लंघन पनि भैइरहेको छ । आचारसंहिता उल्लंघन गर्दै दलहरूले विभिन्न गतिविधि गर्ने होडबाजी नै चलेको छ । आचारसंहिता कार्यान्वयन गराउने तथा उल्लंघन भए कारबाहीसमेत गर्ने अधिकार प्राप्त निर्वाचन कार्यालय यसलाई नियन्त्रण गर्न निरिह देखिएको छ ।
चुनावी सरगर्मी तातिदै जाँदा दलका प्रचारका स्तरमासमेत अत्यन्तै निकृष्ट हुँदै गएको छ । उम्मेदवार जिताउन बनाइएका समाजिक सञ्जालबाट हदैसम्मको नकारात्मक आक्रमण प्रतिआक्रमण गर्नुका साथै असभ्य टिप्पणीहरू व्याप्त हुन थालेको छन् ।
मुख्यरूपमा सिके राउत र उपेन्द्र यादव बीच देखिएको चुनावी प्रतिस्पर्धा टोलटोलमा झगडाको कारण बन्न थालेको छ । सिके राउत पक्षले उपेन्द्र यादवलाई भगौडा साबित गर्न समाजिक सञ्जालमा हदैसम्मको आक्रमण गरिरहेकाछन् । त्यस्तै उपेन्द्र यादव पक्षले सिके राउतलाई कालानाग देखि बिखण्डनकारी बनाएर सामाजिक सञ्जालहरूमा प्रचार गर्न थालेका छन् । यता गाउँघरका घरदैलोसम्ममा कार्यकर्ताहरू आफ्ना उम्मेदवारलाई जिताउन आचारसंहिता उल्लंघन गर्दै चुनावी अभियानमा सक्रिय छन् ।
घरदैलो भेटघाट र नमस्कार गर्दै मत माग्ने पार्टीका सांसदसमेत रहेका केन्द्रीय नेताहरूले नै आचारसंहिता उल्लंघन गरिरहेका छन् । सरकारका तर्फबाट भने औपचारिकता लागि अनुगमन गरिए पनि सत्ताधारी दलका नेताहरूबाटै आचारसंहिता उल्लङ्घनका गतिविधि रोकिएको छैन ।
आचारसंहिता अनुगमन अधिकृत हरिकृष्ण बरालले भन्नुभयो– ‘सामाजिक सञ्जालमा आचारसंहिता उल्लंघन व्यापक छ । नियमनको लागि बैठक चाँडै बस्दैछौँ । सुरुदेखि नै तराईमा यस्तै अभ्यास चलिआएकोले पनि यसको पालनाको लागि कठिन भैरहेको छ ।’
बारा जिल्ला क्षेत्र नम्बर २ मा पर्ने गाउँहरू अहिले मधेसको तिहार छठ जस्तै रंगीचंगी देखिएका छन् । मठमन्दिर देखि चोक, चौतारा, विद्यालय, स्वास्थ्य केन्द्रहरूमा व्यापक पोस्टर, पम्प्लेट, तुल ब्यानर, झण्डा झुन्डयाइएका छन् ।
बैशाख १ गते देखि भोज भतेरको क्रम पनि बढ्दै गएको छ । कार्यकर्ता देखि आम मतदाता समेतको घर घरमा मत संख्या अनुसार मासु देखि मादकपदार्थको व्यवस्थापनमा कार्यकर्ताहरू लागी परेका छन् । साँझ पर्ने बितीकै गाउँका विभिन्न टोलमा सामूहिक भोजहरू समेतको आयोजन भइरहेको छ । गाउँले पसलहरूलाई पनि चुनावी चटारो लागेको छ । किराना पसलहरूमा चामल दाल नपाए पनि रक्सी, र चिसो पेय पदार्थहरू पहिलेको तुलनामा अहिले फ्रिजहरू भरिएका छन् ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
अनिल तिवारी /वीरगञ्ज का अन्य पोस्टहरु:
- पर्सामा बालिका बलत्कार, बिचौलियाको सक्रियतामा मुद्दा दबाउने प्रयास भएको आरोप
- मेयर संम्लग्न किर्ते नागरिकता प्रकरण: एक हप्ता देखि जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन
- शिविर लगाएर धार्मिक ठगी, पक्राउ पर्ने सूचना पाएपछि फरार भए काली कम्बल
- उपेन्द्र यादवको चर्को बिरोध पछि जसपा सरकारमा नजाने सङ्केत
- दलाई लामा र चिसिँदै गएको अमेरिका चिन सम्बन्ध !
- क्याम्पसको नवनिर्मित भवनमा गाई गोठ, भवन निर्माणमा अनियमितता भएको आरोपपछि ठेक्कापट्टाको फाइल नै गायब
- किर्ते नागरिकता प्रकरण: सूचना माग्दा प्रमाण गायब, प्रमाण लुकाउन १० लाखको चलखेल भएको आशङ्का
- वीरगन्जको एक सहकारीमा महानगरपालिको सिलबन्दी, जीवी राईलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन
- मेयर जोडिएको किर्ते नागरिकता प्रकरण: छानबिन गर्न समिति गठन
- नक्कली बाबु बनेर नागरिकता दिने वीरगन्ज महानगरपालिका प्रमुख सिंह विरुद्ध उजुरी दर्ता