वीरगन्ज महानगरपालिकाको नगर प्रमुख राजेशमान सिंह श्रेष्ठले किर्ते गरी नागरिकता दिलाएको भन्दै कारबाहीको माग गरी जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी परेको छ । नगरप्रमुख श्रेष्ठले नक्कली बाबु बनेर एक युवतिलाई नागरिकता दिलाएको भन्दै जिल्ला प्रशासन कार्यालय पर्सामा मङ्गलवार उजुरी दर्ता भएको हो । नेपाली काँग्रेस पर्सा क्षेत्र नं २ का सभापति मह्महद साहबुदिनले नगर प्रमुख सिंहले किर्ते गरेमा कारबाहीको माग गर्दै जाहेरी दरखास्त दर्ता गराउनुभएको हो ।
मेयर सिंहले किर्ते गरी रुबीना श्रेष्ठ भन्ने युवतीलाई आफ्नो छोरी बनाइ जिल्ला प्रशासन कार्यालय पर्साबाट नागरिकता दिलाएको समाचार प्रकाशित भए पछि जाहेरी दरखास्त दर्ता गरिएको छ । जाहेरी दर्ता गराउन जिल्ला प्रशासन कार्यालय पुगेका क्षेत्रीय सभापतिसँग कुरा गर्दै घटनाको सत्य तथ्य छानबिन गरी आवश्यक कारबाही अगाडि बढाउने प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नगर प्रमुख सिंहको विरुद्ध दर्ता गरिएको जाहेरीमा झुटो विवरण पेस गरी जन्म दर्ता गरी नागरिकता बनाएकोले ‘नागरिकता र राहदानी’ खारेज गरिनुका साथै नागरिकता लिने तथा नक्कली बाबु बनेर नागरिकता दिलाउने नगर प्रमुख सिंहलाई कानुन अनुसार कारबाही गर्न माग गरिएको छ । घटनाको बारेमा नगर प्रमुख राजेशमान सिंहलाई फोन सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।
वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह र श्रीमती अन्नपूर्ण मानन्धरका एक मात्र छोरा छन् । तर, मेयर सिंहले जिल्ला प्रशासन कार्यालय पर्सामा विभिन्न प्रमाण पेस गरी रुबीना श्रेष्ठ आफ्नो भएको दाबी गरी नागरिकता दिलाएको खुलासा भएको छ । किर्ते जालसाजी गरी नागरिकता लिएकी युवती श्रेष्ठले पासपोर्ट समेत बनाएर विदेश पुगेकी छिन् ।
मेयर सिंहले वडा देखि जिल्ला प्रशासन कार्यालय पर्सासम्मका कर्मचारीलाई प्रभावमा पारेर नागरिकता दिलाएको आरोप मेयर सिंहमाथि छ । गएको स्थानीय निर्वाचनमा वीरगन्ज महानगरको मेयरका उम्मेदवार बनेको बेला पेस गरेका पारिवारिक विवरणमा समेत रुबीनालाई छोरी बनाएको कुरा लुकाएको नेपाली काँग्रेस क्षेत्रीय सभापति मह्महद साहबुदिनको आरोप छ ।
साहबुदिनका अनुसार–‘घटनाको वास्तविकता लुकाउन धेरै प्रमाणहरू गायब गरेको देखिन्छ । सिंहले नागरिकता किर्तेको घटना लुकाउन वडा कार्यालय देखि जिल्ला प्रशासन कार्यालयसम्मका कर्मचारीहरूलाई प्रलोभनमा पारेको आरोपहरू लागेका छन् । वीरगन्ज महानगरपालिकाको पञ्जीयन महाशाखामा रहेको जन्म दर्ताको ढड्डा लगायत कतिपय लिखत प्रमाणहरू गायब गराएको मह्महदको दाबी छ । नेपालको कानुनले नक्कली बाबु बनेर अपरिचित युवतीलाई नागरिकता दिलाइनु फौजदारी कसुर हो ।
पर्सा जिल्ला प्रशासन कार्यालयको नागरिकताको ढड्डा अनुसार २०७५ साउन १३ गतेको क्रम सङ्ख्या ३ मा रुबीना श्रेष्ठले ३४–०१–७५–८८८४७ नम्बर उल्लेखित नागरिकताको प्रमाण पत्र प्राप्त गरेकी छिन् । नागरिकताको सनाखत गर्ने व्यक्तिको नाम राजेशमान सिंहको नागरिकता नम्बर ३४१६०३८८८१७ उल्लेख गरिएको छ । राजेशमान सिंहको छोरी बनाएकी रुबीना श्रेष्ठलाई प्रदान गरिएको नागरिकतामा तत्कालीन प्रशासकीय अधिकृत षड्कुमार पोखरेलले हस्ताक्षर गर्नुभएको छ ।
नागरिकता जारी भएको १० दिन पछि राहदानी विभागले ११०८८८१७ नम्बरको राहदानी जारी गरेको छ । पहिलो पटक नागरिकता जारी भएको १९ महिना पछि रुबीनाले प्रतिलिपि निकालेकी छिन् ।
दुई साता अघि मात्रै पर्साका प्रमुख जिल्ला अधिकारी बनेर पुगेका सहसचिव दिनेश सागर भुसालले पनि मेयर सिंह नक्कली बाबु बनेर एक किशोरीलाई नागरिकता दिएको विषय छानबिन गरी आवश्यक कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । ‘एक किशोरीको बाबु बनेर नागरिकता दिएको जानकारीमा आएको छ, तर सरुवा भएको केही दिन मात्रै भएकाले थप अध्ययन गर्न पाएको छैन’ भुसालले भन्नुभयो । ‘प्राप्त जाहेरी विभिन्न सूचनाको आधारमा अनुसन्धान अघि बढाइने छ ।’
किर्ते गरी नागरिकता लिने रुबीना श्रेष्ठ नगर प्रमुख राजेशमान सिंह श्रेष्ठकी प्रेमिकाको छोरी भएको वीरगन्ज महानगरमा चर्चा छ । रुबीनाको बुवा सिन्धुली घर भई काठमाडौँमा ट्याक्सी चलाउँदै आएका एक व्यक्तिकी छोरी हुन् । ट्याक्सी चालकका श्रीमतीसँग नगर प्रमुख राजेशमान सिंहको आत्मीयता गाँसिँदै गएको कारण बाध्यतामा परेर नागरिकता दिलाउनु परेको छपकैयामा चर्चा चलेको छ ।
हेर्नुहोस् उजुरी
ujuri pdfश्रोत: आइएनएस-स्वतन्त्र समाचार
अनिल तिवारी /वीरगञ्ज का अन्य पोस्टहरु:
- पञ्चायत, प्रजातन्त्र र गणतन्त्रमा ‘प्रहरी तन्त्र’ !
- मधेसीलाई अपहेलित गरेको भन्दै वीरगन्जमा चीनको विरोध
- इस्लाम प्रति चीनको दोहरो नीति: ‘तालिबानसँग साठगाँठ, उइगुरको नरसंहार’
- बीरगन्जको किङ्गस् क्यासिनो: पर्यटन विभागको नियम लत्त्याउँदै अवैध सञ्चालन
- पर्सामा बालिका बलत्कार, बिचौलियाको सक्रियतामा मुद्दा दबाउने प्रयास भएको आरोप
- मेयर संम्लग्न किर्ते नागरिकता प्रकरण: एक हप्ता देखि जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन
- शिविर लगाएर धार्मिक ठगी, पक्राउ पर्ने सूचना पाएपछि फरार भए काली कम्बल
- उपेन्द्र यादवको चर्को बिरोध पछि जसपा सरकारमा नजाने सङ्केत
- दलाई लामा र चिसिँदै गएको अमेरिका चिन सम्बन्ध !
- क्याम्पसको नवनिर्मित भवनमा गाई गोठ, भवन निर्माणमा अनियमितता भएको आरोपपछि ठेक्कापट्टाको फाइल नै गायब
