सातबुँदे लुम्बिनी घोषणापत्र जारी गर्दै दोस्रो अन्तर्राष्ट्रिय बुद्धिस्ट ट्राभल मार्ट–२०२३ सम्पन्न

विश्वभरका पर्यटकलाई बुद्धजन्मस्थल लुम्बिनी भ्रमणको निम्तो दिँदै दोस्रो अन्तर्राष्ट्रिय ट्राभल मार्ट–२०२३ सातबुँदे लुम्बिनी घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ।

गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आयोजित दोस्रो अन्तर्राष्ट्रिय बुद्धिस्ट ट्राभल मार्ट तथा बिमस्टेकको रजत जयन्ती समारोह सम्पन्न भएको हो।
नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डको आयोजना, नेपाल एसोसियसन अफ टुर एन्ड ट्राभल (नाट्टा) को संयोजन तथा लुम्बिनी विकास कोष,नेपाल वायुसेवा निगमको सहकार्य एवं अन्य संघ संस्थाहरुको सहयोगमा लुम्बिनीमा मार्टको दोस्रो संस्करण आयोजना भएको थियो।

चन्द्रकान्त खनाल/रूपन्देही

सन् २०२४ को मार्च २४ मा तेस्रो अन्तर्राष्ट्रिय बुद्धिस्ट ट्राभल मार्ट आयोजना गर्ने लुम्बिनी घोषणा पत्र सार्वजनिक गर्दै मार्ट सम्पन्न भएको हो। सातबुँदे घोषणापत्रमा लुम्बिनी, भगवान् बुद्ध (शाक्यमुनि) को जन्मस्थल र शान्तिको मुहानलाई बौद्ध परिक्रमाको सुरुवात बिन्दु र शान्ति गन्तव्यको रूपमा प्रवर्धन गर्ने, लुम्बिनी र अन्य बौद्ध स्थलहरूमा पर्यटकको बसाइँ विस्तार गर्न विभिन्न गतिविधिसहितको साझा प्याकेज विकास गर्ने, पर्यटकहरूलाई अन्तरर्राष्ट्रिय नेटवर्किङ र संलग्न गतिविधिलाई प्राथमिकता दिने उल्लेख छ।

यस्तै बुद्धसँग सम्बन्धित क्षेत्रका चार प्रमुख पवित्रस्थल लुम्बिनी, बोधगया, सारनाथ र कुशीनगरको बौद्ध सर्किटलाई अन्य बौद्ध स्थलमा विस्तार गर्ने, प्रवर्द्धन लागि साझा कथा विकास गर्ने गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्य अन्तर्राष्ट्रिय गन्तव्यमा कनेक्टिभिटीको प्रवर्धन र विस्तार गर्नेलगायतका विषय समेटिएका छन्। मार्टले अन्तर्राष्ट्रिय क्षेत्रमा बौद्ध पर्यटन, उत्पादन र गतिविधिको विकास, ब्रान्ड र प्रदर्शन गर्ने वार्षिक कार्यक्रमका रूपमा स्थापित हुने विश्वास गरिएको नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रग्मीले बताउनु भयो।

उहाँले मार्टमा सहभागी विभिन्न देश तथा क्रेता र बिक्रेताको उपस्थितिले लुम्बिनीको पर्यटनलाई थप चलायमान बनाउने समेत बताउनुभयो। ‘लुम्बिनी आफैँमा बुद्ध पर्यटनको केन्द्र हो। मार्टले कोभिडपछि शिथिल भएको पर्यटनलाई पुर्नजागृत गर्न र लुम्बिनीको महत्वलाई थप गजागर गर्न सहयोग पुग्ने अपेक्षा छ,’ उहाँले भन्नु भयो।

लुिम्बनी विश्वविद्यालयका डिन डा.मानिकरत्न शाक्यले लुम्बिनीमा आयोजना गरिएको अन्तर्राष्ट्रिय मार्टले यस बुद्ध दर्शन तथा यस क्षेत्रको प्रचारमा थप सहयोग पुग्ने बताउनुभयो। कार्यक्रम कार्यक्रम समापनका अवसरमा पर्यटन विज्ञ प्रा.डा. हिमलाल घिमिरे, नाट्टाका अध्यक्ष रमेश थापा, वरिष्ठ उपाध्यक्ष प्रमोद दाहाल लगायतले मार्ट नेपालको बुद्ध पर्यटनका लागि एउटा महत्वपूर्ण प्रडक्टका रुपमा विकास हुँदै गइरहको र यसले नेपालको समग्र पर्यटन चलायमान बनाउने बताउनुभयो। मार्टका अवसरका विभिन्न क्षेत्रका बौद्ध स्कलरहरूले बुद्ध दर्शन, बुद्ध पर्यटन बुद्धमार्गी देशहरूसँगको सहकार्यलगायका विभिन्न विषयमा सेसन सञ्चालन गरेका थिए।

मार्टको विहिबार लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षुु मैत्तय (अवधेश कुमार त्रिपाठीले उद्घाटन गर्नुभयो। मार्टमा नेपालसहित भारत, मलेसिया, चीन, कोरिया, बंगलादेश, म्यानमार, थाइल्यान्ड, श्रीलंकालगायत देशहरूबाट २८ वटा ट्राभल/टुर कम्पनी सहभागी रहेको नेपाल पर्यटन बोर्डका मिडिया कन्सल्टेन्ट टिपी भुसालले जानकारी दिनुभयो।

सम्मेलनले लुम्बिनीमा पर्यटकहरूलाई आकर्षित गर्न टेवा पुग्ने विश्वास लिइएको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

चन्द्रकान्त खनाल/रूपन्देही का अन्य पोस्टहरु:
सातबुँदे लुम्बिनी घोषणापत्र जारी गर्दै दोस्रो अन्तर्राष्ट्रिय बुद्धिस्ट ट्राभल मार्ट–२०२३ सम्पन्न
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link