पर्साको जगरनाथपुरमा भएको महिला हत्याको कारण दुई हप्तापछि खुलेको छ। दुई हप्ताअघि घरभित्रै शव भेटिएकी महिलाको हत्या चोरीको पोल खुल्ने डरले उहाँकै जेठाजुले गरेको पर्सा प्रहरीले जनाएको छ।
असोज २३ गते जगरनाथपुर गाँउपाालिका वडा नम्बर ५ मसिहानीका स्वर्गीय सनिक राउतकी पत्नी ५६ वर्षकी कान्तीदेवी बिनको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव भेटिएको थियो।
सो घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेर मंगलबार सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा घटनाको विवरणसहित हत्याका आरोपित तीनै जनालाई पर्सा प्रहरीले सार्वजनिक गरेको हो।
पक्राउ पर्नेहरुमा मृतकका जेठाजु ५९ वर्षीय चन्द्रिका राउत बिन र ५७ वर्षीय अमेरिका राउत बिन रहेका छन्। सोही घटनामा संलग्न मसिहानीकै ३६ वर्षीय लालबाबु राउत बिनलाई प्रहरीले सार्वजनिक गरेको थियो।
घटनाबारे जानकारी गराउँदै लालबाबुलाई असोज ७ गते तथा चन्द्रिका र अमेरिकालाई असोज १४ गते पक्राउ गरिएको प्रहरी उपरीक्षक कोमलविक्रम शाहले बताउनुभयो।
प्रहरी उपरीक्षक शाहका अनुसार एक गते राति आरोपित तीनै जना मृतक कान्तिदेवीको घरमा चोरी गर्ने उद्देश्यले सुरुङ खनेर पसेका थिए। तर, घरमै सुतीरहेकी कान्तिदेवीले चिनेपछि पोल खुल्ने डरले कान्तिदेवीको हत्या गरिएको हो।
टाउकोमा रड र काठको फलेकले प्रहार गर्दा कान्तिदेवी बेहोस भएपछि सिरानीले मुख थुनी धारिलो हतियारले घाँटी रेटेर हत्या गरेको लालबाबुले आफ्नो बयानमा स्वीकारेको प्रहरी उपरीक्षक शाहको भनाइ छ।
कान्तिदेवीका एक्ला छोरा अर्जुन मुखिया बिन वैदेशिक रोजगारको सिलसिलामा मलेसियामा भएकाले कान्तिदेवीको शव पोस्टमार्टमपछि पक्राउ परेका जेठाजु चन्द्रिकाले नै बुझेर दाहसंस्कार गरेका थिए।
यता, आमाको मृत्युको खबर पाएर घर फर्किएका छोरा अर्जुनले असोज ७ गते प्रहरीमा किटानी जाहेरी दिएपछि त्यही दिन प्रहरीले लालबाबुलाई पक्राउ गरेको थियो।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
अनिल तिवारी /वीरगञ्ज का अन्य पोस्टहरु:
- पञ्चायत, प्रजातन्त्र र गणतन्त्रमा ‘प्रहरी तन्त्र’ !
- मधेसीलाई अपहेलित गरेको भन्दै वीरगन्जमा चीनको विरोध
- इस्लाम प्रति चीनको दोहरो नीति: ‘तालिबानसँग साठगाँठ, उइगुरको नरसंहार’
- बीरगन्जको किङ्गस् क्यासिनो: पर्यटन विभागको नियम लत्त्याउँदै अवैध सञ्चालन
- पर्सामा बालिका बलत्कार, बिचौलियाको सक्रियतामा मुद्दा दबाउने प्रयास भएको आरोप
- मेयर संम्लग्न किर्ते नागरिकता प्रकरण: एक हप्ता देखि जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन
- शिविर लगाएर धार्मिक ठगी, पक्राउ पर्ने सूचना पाएपछि फरार भए काली कम्बल
- उपेन्द्र यादवको चर्को बिरोध पछि जसपा सरकारमा नजाने सङ्केत
- दलाई लामा र चिसिँदै गएको अमेरिका चिन सम्बन्ध !
- क्याम्पसको नवनिर्मित भवनमा गाई गोठ, भवन निर्माणमा अनियमितता भएको आरोपपछि ठेक्कापट्टाको फाइल नै गायब
