Home » Archives for तारा वाग्ले » Page 5
Author

तारा वाग्ले

सरकारले यही साता ४४ जना सहसचिवको सरुवा र पदस्थापन गर्यो। मन्त्रिपरिषद्को बैठकले दीपकराज नेपाल, झक्कप्रसाद आचार्य, प्रदीपकुमार कोइराला, कमलराज ढकाल, बद्रीनाथ गैह्रे, कमलप्रसाद भट्टराईलगायतको सरुवा गरेको थियो। यसैगरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यही बैशाखको दोस्रो साता २२ जना उपसचिवको सरुवा गरेको थियो।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका उपसचिवहरू नरहरि तिवारीलाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय, मनोज रेग्मीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, होमप्रसाद घिमिरेलाई गृह मन्त्रालय, विकासकुमार यादवलाई महालेखा नियन्त्रकको कार्यालय र मोहन पौडेललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको जनाइएको छ। सरकारले सरुवा र पदस्थापन गर्दा केही कर्मचारीले नियमित रूपले

0 comment
0 FacebookTwitterEmail

एक : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मधेस प्रदेशको मुख्यमन्त्री कार्यालयमा कार्यरत शाखा अधिकृत शम्भु यादवलाई १४ वैशाखमा सर्लाहीको हरिपूर्वा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा काजमा खटायो। यादवले १७ वैशाखमा हाजिर गरेर एक घण्टा कार्यालयमा बिताउन नपाउँदै फिर्ता बोलाइयो। प्रमुख प्रशासकीय अधिकृतको हाजिर भएको एक घण्टामै यादवको सरुवा भयो। संघीय मामिला मन्त्रालयद्वारा खटाइएका यादवलाई सोही मन्त्रालयले फिर्ता बोलायो।

दुई : मोरङ, केराबारी गाउँपालिकामा सरुवा हुनुभएका शाखा अधिकृत विनोद भट्टराई संघीय मन्त्रालयमै बस्नुभएको छ। सरुवा भएको रमाना बुझेर पनि तोकिको क्षेत्रमा जान पाउनुभएको छैन। उहाँलाई केराबारीका प्रमुख प्रशासकीय अधिकृत नवराज कार्कीको सरुवा गरेर सो ठाउँमा पठाइएको थियो तर कार्की फर्कन …

‘शक्तिकेन्द्र’ को आडमा कर्मचारी र जनप्रतिनिधिको मनोमानी, चेपुवामा मन्त्रालय
0 comment
0 FacebookTwitterEmail

विभिन्न राजनीतिक दल निकट कर्मचारीका युनियनहरूले संघीय निजामती सेवा ऐन तत्काल जारी गर्न सरकारलाई दबाब दिएका छन् । संयुक्त ट्रेड युनियन सञ्जालले कर्मचारीमैत्री संघीय निजामती सेवा ऐन तत्काल जारी गराउनको लागि दबाबमूलक कार्यक्रम सार्वजनिक गर्दै आफूले उठाएको माग समेटेर संघीय निजामती सेवा विद्येयकको सार्वजनिक गर्न सरकारलाई दबाब दिएका हुन् ।

विभिन्न ५ वटा निजामती कर्मचारीका  ट्रेड युनियनको सञ्जालले बुधबार संयुक्त विज्ञप्ति जारी गरी १८ वैशाखभित्र ट्रेड युनियनले साझा मागको रूपमा उठाएको विषय समेटेर संघीय निजामती सेवा विद्येयकको मस्यौदा सार्वजनिक गर्न सरकारलाई अल्टिमेटम दिएका छन् । साथै उनीहरूले ऐनका सम्बन्धमा आफूहरूसँग वार्ता गर्नसमेत माग गरेका छन् ।

सञ्जालले नेपाल निजामती कर्मचारी

0 comment
0 FacebookTwitterEmail

पाँच  वर्ष  देखि प्रशासनिक संघीयता कार्यान्वयनको लागि पहिलो प्राथामिकतामा रहेको संघीय निजामती सेवा विद्येयक अझै मन्त्रालय–मन्त्रालयको चक्करमा अल्झिएको छ । हरेक संसद् अधिवेशनमा ‘छिट्टै संसद्मा पेश गर्ने तयारी भैरहेको’ भन्दै आएको सरकारले फेरी एकपटक यही भाषा दोहोराएको छ ।

अहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार गरेको सो विद्येयकको मस्यौदामाथि कानुन मन्त्रालयमा छलफल चलिरहेको छ । तर, सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा मन्त्री शर्माले हिजो संसद्मा सरकारले सो ऐनलाई अत्यन्त प्राथमिकतामा राखेर अघि बढाएको दाबी गर्नुभएको छ ।

राष्ट्रियसभाको हिजोको बैठकमा सांसदहरूको जिज्ञासाको जवाफ दिँदै मन्त्री शर्माले सो विद्येयक संसद्मा यथाशीघ्र पेस गर्ने बताए पनि अझै …

0 comment
0 FacebookTwitterEmail

कांग्रेस पार्टी परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नुभएका स्वर्णिम वाग्लेले वैशाख १० तनहुँ १ मा हुने उपनिर्वाचनका लागि सो पार्टीका तर्फबाट मनोनयन दर्ता गराउनुभयो । रास्वपाका सभापति रवि लामिछाने पनि मनोनयन दर्तामा सहमति  जनाउँदै  तनहुँ पुग्नुभएको थियो । लामिछानेले बिहान चितवन २ मा हुने उपनिर्वाचनको लागि आफ्नो उम्मेदवारी दर्ता गरेर वाग्लेको समर्थन गर्न तनहुँ पुगेपछि चितवन २ र तनहुँ १ दुवै क्षेत्रको उपनिर्वाचनमा जनचासो अझै बढेको देखिन्थ्यो ।

उपनिर्वाचनको लागि चितवनमा २४ जनाले उम्मेदवारी दिएका छन् भने तनहुँमा ९ जनाले उम्मेदवारी दिएका छन्। चितवन २ मा राजनीतिक दलबाट १२ जना र स्वतन्त्रबाट १२ जनाले उम्मेदवारी दिएका हुन्। तनहुँ १

0 comment
0 FacebookTwitterEmail

एक महिना अघि रौतहटको गौर नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृतका रुपमा पठाइएका कर्मचारी  मोहन घिमिरेलाई हाजिरै गर्न नदिइ संघमा फर्काइयो। साथै  मोरङको रतुवामाई नगरपालिकामा खटाइएका नारायण न्यौपाने लाई पनि सो नगरपालिकाले हाजिरै गर्न दिएन।  त्यस्तै दक्षिणकाली नगरपालिकाले महिला भएको कारण काम गर्न गाह्रो हुने भन्दै  प्रमुख प्रशासकिय अधिकृत इन्दु अर्याललाई संघमै फर्काइदियो।  दक्षिणकाली नगरपालिकाका मेयरले महिलालाई सो ठाँउमा गाह्रो हुने भएका कारण देखाउँदै समान्य प्रशासन मन्त्रालयले खटाएकी अर्याललाई फिर्ता पठाए।

यी त केही उदाहरण मात्र हुन् , विभिन्न स्थानीय निकायले आफ्नो रोजाइमा नपरेका करिब दुई दर्जन कर्मचारीलाई संघमै फर्कादिएका छन्।  संघिय मामिला तथा समान्य प्रशासनले विभिन्न स्थानिय तहमा प्रमुख प्रशासकिय अधिकृत …

0 comment
0 FacebookTwitterEmail

राष्ट्रिय योजना आयोगले केन्द्रीय तथ्यांक विभाग मार्फत २०७८, २५ कात्तिकदेखि ९ मंसिर सम्म संकलन गरेको जनगाणना सार्वजानिक गर्दै  नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८  पुगेको जनाएको  छ। गत वर्ष माघमै सार्वजनिक गरिएको प्रारम्भिक नतिजा अनुसार भने नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० छ। शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालले सार्वजनिक गरेको अन्तिम नतिजाअनुसार प्रारम्भिक तथ्यांकमाभन्दा करिब २८ हजार  जनसंख्या घटेको देखिन्छ।

महिलाको जनसंख्या ७ लाखले बढि

तथ्यांक अनुसार नेपालको कुल जनसंख्या मध्ये महिलाको जनसंख्या पुरुषको भन्दा वढि छ। राष्ट्रिय तथ्यांक विभागले राष्ट्रिय जनगणना २०७८को विस्तृत विवरण सार्वजानिक गर्दै  २०७९ मंसिरसम्म देशको जनसंख्या २ करोड …

जनगणनाका विविध आयामः महिला घरमूली बढे, कस्तो छ अन्य अवस्था ?
0 comment
0 FacebookTwitterEmail

सरकारले वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका श्रमिकहरूलाई पनि  सामाजिक सुरक्षा योजना ल्याएको छ । काठमाडौंमा विहीबार आयोजित एक समारोहबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सो योजनाको  शुभारम्भ गर्दै सामाजिक सुरक्षा कोषमा  वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेत  आबद्ध गरी कार्यक्रमको दायरा विस्तार गरिने बताउनुभयो ।

कोषमा हालसम्म औपचारिक क्षेत्रका तीन लाख ९९ हजार पाँच सय ६६ श्रमिक आबद्ध भइसकेका छन् । त्यस्तै कोषमा रु ३० अर्ब ८७ करोड योगदान रकम संकलन भएको छ । कोषले योगदान कर्तालाई रु तीन अर्ब ८१ करोड दाबी भुक्तानी गरेको छ । २०७५ मंसिर ११ गतेदेखि योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको अवधारणा ल्याइ २०७६ साउन

0 comment
0 FacebookTwitterEmail

सरकारले निजी क्षेत्रमा काम गर्ने आम श्रमिकको हकहितको लागि भन्दै ल्याएको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सञ्चालनमा आएको झण्डै ४ वर्ष वित्न लागिसक्यो। सो कार्यक्रम कार्यान्वयन गर्न सरकारले २०७६ मा श्रम तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत सामाजिक सुरक्षा कोष नै खडा गरेर दर्जनौ कर्मचारी परिचालन गरी तामझमका साथ ‘सामाजिक सुरक्षा योजना’ सार्वजनिक गरेको थियो।

सो योजनामा निजी क्षेत्रमा कार्यरत सबै मजदुरलाई सामाजिक सुरक्षाको व्यवस्था गर्ने तथा वृद्धावस्थामा पेन्सन स्किम ल्याइएको थियो। त्यसका लागि मजदुर र रोजगारदाताले ‘सामाजिक सुरक्षा कोष’मा आवद्ध भएर मासिक आम्दानीबाट तोकिएअनुसारको योगदान गर्न समेत आग्रह गरिएको थियो। तर अपेक्षित प्रगति भने हुन नसकेको यस योजनाको अवधारण र …

0 comment
0 FacebookTwitterEmail

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले पदभार ग्रहण गर्दा नै संघीय निजामती ऐनको कामलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभएको थियो। त्यसलगत्तै मन्त्रालयले मस्यौदाको काम पनि अघि बढायो। मन्त्री मोदीले भनेबमोजिम अहिले मन्त्रालय कानुनको अन्तिम मस्यौदा टुंगो लगाउनमा जुटेको दावी गर्छ। तर, सो विधेयकमा राजनीति सहमति जुट्न भने सकस नै हुने देखिन्छ।
किनभने उक्त विधेयकका केही बुँदामा कुरा नमिल्दा प्रतिनिधिसभाबाट अन्तिम समयमा फिर्ता लिइएको थियो। सरकारले २७ माघ २०७५ मा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक संसद सचिवालयमा दर्ता गरेको थियो। शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७८ असोजमा विधेयक नै फिर्ता लिएको थियो। दलहरूबीच मतभेद …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved