नेपाल संस्कृति, विविधता र परिकारमा धनी देश हो । “दसैँ आयो… खाउँला ला पिउला” भन्ने वाक्यांशले नेपाली चाड दसैँको सारलाई सङ्केत गर्छ, जहाँ मानिसहरूले आफन्तहरू सँग भेटघाट गरी विभिन्न किसिमका रमाइलो गर्दै स्वादिष्ट परिकारहरू खाने गर्दछन् । यो चाडपर्वको मौसममा सबैभन्दा लोकप्रिय परिकार भनेको मासुका परिकारमा पाकेको काँक्राको अचार हो, जसलाई नेपालीमा खल्पीको आचार भनिन्छ।
पाकेको काँक्रोबाट बनाइने खल्पीको अचार एक परम्परागत नेपाली अचार हो जसलाई भदौरे काँक्रो भनिने काँक्रोको प्रयोग गरी बनाइन्छ। यो भदौरे काँक्रो नेपालको हिमालय क्षेत्र र भारतको सिक्किममा पाइन्छ र यसको आकार ठुलो र खादा स्वादिलो हुन्छ। खल्पीको अचार स्वादिष्ट मात्रै होइन पौष्टिक पनि हुन्छ । …