Home » Archives for अनिल तिवारी /वीरगञ्ज » Page 5
Author

अनिल तिवारी /वीरगञ्ज

नेपालको सिमाना नजिकै भारतको बिहारमा  एक युवा पत्रकारको हत्या गरिएको छ । अपराधीहरूले शुक्रबार दैनिक जागरणका स्थानीय संवाददाताको हत्या गरेका हुन । बिहारको अररिया रानीगञ्ज बस्ने पत्रकार विमल मण्डललाई बिहान घरमै पुगेर अपराधहरूले  गोली हानेका हुन। मण्डल घरमै सुतिरहेको अवस्थामा ‘ विमल भैया, विमल भैया’ भन्दै डाकेर घरबाट बाहिर निस्कने क्रममा अपराधीहरूले छातीमा गोली हानेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । गोली लागे पछि मण्डललाई छरछिमेकी सहयोगमा विमलकी पत्नीले अस्पताल पुर्‍याउनु भएको थियो। तर अस्पताल पुग्नु अघिनै विमलको मृत्यु भएको छ ।

पाँच वर्ष अगाडि विमल मण्डलको सरपञ्च दाजुको पनि हत्या भएको थियो र विमल त्यसको एक मात्र साक्षी भएको

सीमा नजिक अररियामा पत्रकार विमलको गोली हानी हत्या
0 comment
0 FacebookTwitterEmail

वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसका विद्यार्थीको उत्तरपुस्तिका साटेको आरोपमा प्रहरीले दुई शिक्षकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ठाकुरराम बहुमुखी क्याम्पस परीक्षा शाखाका पूर्वप्रमुख मोहन यादव र त्रिजुद्ध माध्यमिक विद्यालय परीक्षा केन्द्रका सहायक प्रमुख विनोद स्वर्णकार रहेका छन्।

ठाकुरराम क्याम्पसमा अध्यनरत बिमाकुमारी यादवलाई उत्तीर्ण गराउने उद्देश्यले उत्तरपुस्तिका साट्न खोजेको प्रहरीले जनाएको छ। बुधबार परीक्षाको अन्तिम समयमा पूर्वप्रमुख यादवले छात्रा बिमाकुमारीले लेखेको उत्तरपुस्तिका त्रिजुद्ध माविको परीक्षा केन्द्रमा केन्द्र प्रमुख स्वर्णकारलाई दिँदै गरको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।

ठाकुरराम बहुमुखी क्याम्पसको बीबीएस दोस्रो वर्षको परीक्षाकेन्द्र वीरगन्जस्थित त्रिजुद्ध माविमा तोकिएको छ। बुधबार अंग्रेजी विषयको परीक्षा थियो।

यसअघिका विषयमा समेत उत्तरपुस्तिका साट्ने चलखेल भएको त्रिजुद्ध माविका …

विद्यार्थीको उत्तरपुस्तिका साट्ने दुई शिक्षक पक्राउ
0 comment
0 FacebookTwitterEmail

केही दिनदेखि वीरगन्ज महानगरपालिका वडा नम्बर २० का वडाध्यक्ष रामकिशोर सिंह (पराग) महानगरपालिका नेतृत्वको विरोधमा अभियान सुरु गर्नुभएको छ। वडाध्यक्ष सिंहले मेयर राजेशमान सिंहलगायत महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको विरोधमा मोर्चा खोल्दै महानगरपालिमा भइरहेको भ्रष्टाचारको भन्डाफोर अभियान सुरु गर्नुभएको छ।

वीरगन्ज महानगरपालिका कार्यालय भागबन्डा र कमिसनको खेल मैदान बनेको सिंहको आरोप छ।

वडाध्यक्ष सिंहले समाजिक सञ्जालबाट महानगरमा भइरहेको भ्रष्टाचारको भन्डाफोर क्रमिक रुपमा गर्र्दै आउनुभएको छ। उहाँले आफ्नो फेसबुकमा लेख्नुभएको छ, ‘भागबन्डाको खेलमैदान बन्दै महानगर, महानगरबाट अपहेलित वडा र सिकार बन्दै वडा अध्यक्ष।’

महानगरपालिका कार्यालयका अधिकांश काम कमिसन र कृपावादबाट चलने गरेको आरोप वडाध्यक्ष सिंहको छ। महानगरबाट प्रदान गरिने अधिकांश सेवाप्रदायक काममा …

भ्रष्टाचारमा लिप्त वीरगन्ज महानगर, सबै ठेक्कापट्टामा ‘मिसन कमिसन’
0 comment
0 FacebookTwitterEmail

वीरगन्ज–२६ सुगौली गाउँमा बुधबार राति माइकिङ गरी बिहीबार बिहान चोकमा भेला हुन अनुरोध गरियो। वडाध्यक्ष शम्भु मिश्राले गर्नुभएको अनुरोधअनुसार बिहीबार बिहान सबै गाउँले भेला भए। सबैको रायसुझावमा गाउँका कुवा (इनार) सफा गर्ने अभियान सुर गरिएको बताउँदै वडाध्यक्ष मिश्राले भन्नुभयो, ‘नगर प्रमुखज्यूलाई गाउँका वडामा कुनै ध्यान छैन, वहाँ सहरमै के–के अभियान चलाइराख्नुभएको छ। वडाको बजेट र क्षमताअनुसार आफू गाउँलेको पानीको जोहोमा लागेको छु।’

गाउँमा रहेका आधा दर्जन इनार सफा गराएर पानीको व्यवस्थापन गरिरहेको उहाँको भनाइ थियो।

यस्तै वीरन्ज–१० का वडाध्यक्ष सुशील साह कानुलाई एक हप्तादेखि भ्याइ–नभ्याइ छ। सबै काम छोडेर खानेपानी व्यवस्थापनमा लाग्नुभएको छ। आफ्नो वडामा पर्ने घडिहर्वा, आदर्शनगर, अशोक वाटिकालगायतका …

काकाकुल वीरगन्ज महानगर, समस्या समाधानमा सरकारको छैन ठोस योजना
0 comment
0 FacebookTwitterEmail

वीरगन्ज महानगरपालिकाले सार्वजनिक जग्गाको अतिक्रमण हटाउने अभियान चलाएपछि फुटपाथमा बनेको ग्रिनसिटी समुदायिकको कार्यालय हटाउन माँग उठेको छ। अतिक्रमण हटाउने महानगरपालिकाको अभियान सराहनीय भएको भन्दै अहिले सो आवाज उठेको हो।

ग्रिनसिटी हटाउँदा वीरगन्जको केन्द्रबिन्दु आदर्शनगरको बाटो अझ राम्रो देखिने भन्दै उक्त कार्यालय हटाउन स्थानीय युवा तथा वुद्धिजीवीहरूले स्थानीयले आवाज मुखरित गरेका छन्। यसमा स्थानीय व्यापारीको समेत ऐक्यबद्धता रहेको छ।

केही वर्षयता ग्रीनसिटीको नाममा स्थानीय व्यापारी प्रकाश खेतानले वीरगन्जको मुख्य व्यापारिक क्षेत्र आदर्शनगर चोक नै चर्चेर नगरपालिकासँगसमेत अनुमति नलिई दुई ठाउँमा स्थायी टहरा बनाउनुभएको थियो। टहरा निर्माणपछि स्थानीयले तत्काल हटाउन महानगरलाई दबाब दिन थालेका छन्।

सडकपेटीमै निर्माण गरिएको ग्रिनसिटीले आउजाउ गर्ने बटुवा …

फुटपाथमा बनेको ग्रिनसिटी समुदायिकको कार्यालय हटाउन माग
0 comment
0 FacebookTwitterEmail

वीरगन्ज महानगरपालिकाले हरिखेतान बुहमुखी क्याम्पसको प्रांगणमा डोजर चलाएको छ।

सहरको मुख्य नाला अतिक्रमण गरी बनाइएको क्याम्पस भवनसहितको संरचना डोजर लगाएर सोमबारदेखि भत्काउन सुरु गरेको छ। सोमबार दिउँसो मेयर राजेशमान सिंह आफैं डोजर लिएर क्याम्पस पुग्नुभएको थियो।

सहरको मुख्य नालामाथि निर्माण हुँदा नाला सफाइमा अवरोध भएकाले निर्माण गरिएका भवनसहितका संरचना हटाउन महानगरले डोजर प्रयोग गरिएको जनाएको छ। ४० वर्षअघि तत्कालीन अञ्चलाधीश लक्ष्यबहादुर गुरुङको विशेष भूमिकामा नाला अतिक्रमण गरी उद्योगपति खेतान परिवारले रात्रि क्याम्पस निर्माण गरेको थियो। नाला अतिक्रमणको विरोध पटकपटक भए पनि निर्माणको ४० वर्षपछि स्थानीय सरकारले अतिक्रमण हटाउने सुरु गरेको हो।

नालामाथि बनेका संरचना हटाउन क्याम्पस प्रमुख भगवान यादव र …

क्याम्पसको प्रांगणमा वीरगन्ज महानगरको डोजर
0 comment
0 FacebookTwitterEmail

 तीन महिना देखि लगातार सीमावर्ती बजारमा भारतीय रुपैयाँको अवमूल्यन जारी छ। यसबाट दुबै देशका सुरक्षा अधिकारी चिन्तित छन्। अप्रत्याशित रुपमा नेपाल भित्रिएको भारतीय रुपैयाँ ‘कसको र कस्तो’ हो ? भन्ने ठम्याउन दुबै देशका सुरक्षा अधिकारीलाई गाह्रो भएको छ। विगत तीन महिनादेखि नेपाल भित्रिने भारतीय रुपैयाँको लर्को दशैँसम्म चलिरहने छ। कालो धनको रुपमा भारतबाट नेपाल १० अर्ब भारतीय रुपैयाँ आउने योजना रहेको छ। जसले गर्दा भारतीय रुपैयाँको तुलनामा नेपाली रुपैयाँ लगभग ५ देखि १० प्रतिशतले मङ्हगो भएको छ। सीमावर्ती बजारमा भारतीय १ सय  भारतीय रुपैयाँको १ सय ५३ नेपालीमा कारोबार भइरहेको छ। नेपालका सीमावर्ती बजारमा भने भारतीय रुपैयाँ चलिरहेको छैन। खाँचो

0 comment
0 FacebookTwitterEmail

वीरगन्ज महानगरपालिका जनप्रतिनिधिको शपथग्रहणका बेला पूर्वमन्त्री प्रदीप यादवले भन्नुभएको थियोे, ‘महानगरपालिकाको शैक्षिक महाशाखा भ्रष्टाचारको अखडा भएको छ। यसका प्रमुख अरविन्दलाल कर्णको सरुवा नभएसम्म महानगरको विकास कुनै हालतमा हुन सक्दैन। नगरप्रमुखको पहिलो दायित्व अरविन्दलाल कर्णको सरुवा गर्नु हुन्छ।’

यादवले अरविन्दलाल कर्णको सरुवा नभएसम्म महानगरपालिकाको शैक्षिक महाशाखाको अवस्थामा कुनै प्रगति नहुने दाबी गर्नुभएको थियो।

यता वीरगन्ज महानगरपालिकाका वडा अध्यक्ष प्रदीप चौरसियाले पनि शैक्षिक प्रशासन महाशाखा भ्रष्टाचारको अखडा भएको आरोप लगाउनुभएको छ। नगरप्रमुखले शिक्षा क्षेत्रमा राम्रो काम गर्ने प्रयास गरे पनि अरविन्दलाल कर्णलगायतका शैक्षिक महाशाखाका कर्मचारीको कमिसनतन्त्रले महानगरको शिक्षालाई धरापमा पारेको उहाँको दाबी छ। ‘शिक्षकको नियुक्तिदेखि सरुवा तथा बजेट निकासा सबैमा कमिसन लिने–दिने …

वीरगन्ज महानगरको शैक्षिक महाशाखा भ्रष्टाचारको अखडा भयो :  वडाध्यक्ष चौरसिया
0 comment
0 FacebookTwitterEmail

हालसालै भारतकाे कश्मीरमा  जी–२० (२० धनी देशहरूकाे समूह) शिखर सम्मेलन सम्पन्न भयो। यसबारे भारतीय राष्ट्रिय मिडियामा अनेक खालका चर्चा भए। कतिपय देशहरू विवादित कश्मीर क्षेत्रमा शिखर सम्मेलन आयोजना गरिएको भन्दै सहभागी भएनन्। तैपनि यस सम्मेलनले कश्मीरवासीलाई आर्थिक अवसर प्रदान गर्नुका साथै भारतका अन्य राज्यसँग यहाँका युवालाई वैचारिक एकीकरणमा ल्याउन योगदान पुर्याएको छ।

सन् २०२२ को डिसेम्बरमा भारतले जी–२० को अध्यक्ष पाएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले मुलुकका लागि आफ्नो शक्ति प्रदर्शन गर्ने एक उत्तम समय साबित हुने धारणा व्यक्त गर्नुभएको थियो। उहाँले भन्नुभएको थियो, ‘भारतले गरेको जी–२० को अध्यक्षता पूरै वैश्विक समाजमा समान सहभागिताको उदाहरण बन्ने छ र भारतलाई  वैश्विक लगानी र …

कश्मीर : टेरोरिजमदेखि टुरिजमसम्म
0 comment
0 FacebookTwitterEmail

वीरगञ्ज महानगरपालिकामा जनप्रतिनिधिबाट कर्मचारीहरू असुरक्षित भएको भन्दै आन्दोलनमा उत्रने चेतावनी दिएका छन्। जनप्रतिनिधिहरूको इच्छा अनुसार काम नगरेका कारण कार्यालयमा जनप्रतिनिधिको अपशब्द सहितको कोपभाजनबाट आजित भएर राजिनामा समेत दिन  कर्मचारीहरू बाध्य भएका छन्। कर्मचारी माथि भौतिक रुपमा आक्रमणका घटना बढन थालेको भन्दै वीरगञ्ज महानगरपालिकाका कर्मचारीले शान्ति सुरक्षाको व्यवस्थाको माग गर्दै महानगर प्रमुख समक्ष आन्दोलनको चेतावनी दिएका छन्।
मुख्य रुपमा महानगरमा चलिरहेको असारे विकासका परियोजनामा जनप्रतिनिधिका आसेपासेको इच्छालाई परिपूर्ति गर्न कर्मचारीहरूमाथि दबाब बढ्दै गएको एक कर्मचारीले बताए। विभिन्न स्वार्थ समूहसँग जोडिएका व्यक्तिहरूले महानगरको कार्यालय र फिल्डमा जाने कर्मचारीलाई इच्छा अनुसार काम नगरेको भन्दै  दुर्व्यवहारको घटनाहरू महानगरमा बढ्दै गएको छ। जसले गर्दा कार्यालयमा …

वीरगञ्जः अधिकृतलाई मार्ने धम्की,  कर्मचारी आन्दोलनको मुडमा
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved